साचो प्रेम भनेको हात र आँखाजस्तो हुनु पर्छ रे जब हातमा चोट लाग्छ आँखाले आँसु बगाउँछ ! जब आँखाले आँसु बगाउँछ हातले पुछ्छ

साचो प्रेम भनेको हात र आँखाजस्तो हुनु पर्छ रे जब हातमा चोट लाग्छ आँखाले आँसु बगाउँछ ! जब आँखाले आँसु बगाउँछ हातले पुछ्छ

एसएलसीको बेला पढ्ने कसरी त ? दिन रात रटेरै पढ्ने हो त ? कसरी पढ्दा आउँछ उत्कृष्ट अँक ?

२०७० सालको एसएलसी परिक्षमा ९४ प्रतिशत अँक ल्याएकी दृष्टि गिरीको सुझाव यस्तो छ : *. पहिला त एसएलसीको भूतबाट टाढा रहने । *. स्वतन्त्र भएर पढ्ने । *. म एसएलसी दिँदैछु भनेर नआतिने । *.अरु परीक्षा जस्तै एसएलसीलाई पनि एउटा परीक्षाका रुपमा लिने । *.प्रशस्त आराम सँगै मनोरञ्जन गर्ने र दैनिक ६ घण्टा नियमित सुत्ने र त्यसछिको समयमा पढ्ने । *.एसएलसी परीक्षा भन्दा दुई महिना अघि पढ्नुभन्दा नि १० कक्षाको पढाइको सुरुवातसँगै राम्रोसँग पढ्नुपर्छ । *. एसएलसी भनेर दिनरात घोटेर पढ्नु गलत हो । *.नेपालको शिक्षा नीति नै गलत छ । एसएलसी आएपछि मात्र दुई महिने सुगा रटाई पढाइले राम्रो अंकको सट्टा पढेको कुरा पनि बिर्सिन्छ । *.त्यसैले आरामसँगै पढ्ने र पुराना प्रश्नपत्र सकेसम्म धेरै हेर्ने । *.गेसपेपर, गाईड र अन्य बिभिन्न नोटहरुले विद्यार्थीको वास्तविक क्षमता लुटिरहेको छ । त्यसैले यस्ता सामग्रीबाट टाढा रहनुपर्छ । *.किताबी ज्ञान बाहेक अन्य सामग्रीहरु नियमित रुपमा हेर्ने । *.परिवारले पनि छोराछोरीलाई राम्रोसँग पढ्ने वातावरण बनाउन पर्छ । *.स्कुलहरुमा परम्परागत शिक्षा बिधि अझै पनि कायम भएकाले एसएलसीको बारेमा नकारात्मक छाप विद्यार्थीमा परेको छ । त्यसैले अब बिद्यार्थी स्वयमले आपm्नो एउटा पढ्ने बाटो बनाउनुपर्छ ।
मकवानपुर, फागुन १४ – मकवानपुरका छुट्टाछुट्टै ठाउँमा बिहीबार वर्षासँगै परेको चट्याङबाट दुईजनाको ज्यान गएको छ । चट्याङले मन्थली गाबिस वडा नंम्बर ३ बस्ने अक्कलबहादुर घिसिङ्गको छोरा १३ बर्षिय युवराज घिसिङको ज्यान गएको हो । घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिनुभयो । यसैगरी राक्सिराङ गाविस ८ चुरेडाँडामा पनि चट्याङ लागेर ३० वर्षिय सूर्यलाल चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरभित्र चेपाङ दम्पती अगेनामा आगो तापेर बसिरहेको अवस्थामा चट्याङ परेर परेको प्रहरीको भनाई छ । यस आर्थिक वर्षको ८ महिनामा मात्र चट्याङबाट मकवानपुरमा ११ जनाको ज्यान गैसकेको छ । ३३ जना घाइते भएका छन् । यस्तै दोलखामा चट्याङ लागेर एकजना घाइते भएका छन् । कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न पुगेका काभ्रेपलाञ्चोकका श्यामसुन्दर श्रेष्ठ चट्टयाङ लागेर अचेत भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

चट्याङको डर र बच्ने उपाय 00 BDC 00 ....

चट्याङको डर र बच्ने उपाय 00 BDC 00 गर्मीयामको बेला प्रायजसो मनसुन पूवार्ध तथा मनसुनकालमा नेपालको विभिन्न स्थानमा चट्याङबाट थुप्रै मानिसको ज्यान जाने गरेको पाइन्छ । हुन त गर्मीयाममा मात्र नभई जाडोयाममा पनि चट्याङ पर्नेगर्छ तर तुलनात्मक रूपमा गर्मीयाममा चट्याङ बढी पर्ने र यसको प्रभाव बढी देखा पर्नेगर्छ । गृह मन्त्रालयबाट प्रकाशित सन् १९८३ देखि २०१० सम्मको चट्याङ सम्बन्धी तथ्याङ अनुसार नेपालमा बार्षिक सरदर ३४ जना मानिसको ज्यान हुरीबतास तथा चट्याङबाट मात्र जाने गर्छ । चट्याङ एक किसिमको बिजुलीको धार हो जुन वायुमण्डलमा देखापर्ने गर्छ । वैज्ञानिक अध्ययन अनुसार एक चोटी चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा सो भन्दा बढी मात्रामा करेन्ट उत्पत्ति हुने गर्छ । यतिधेरै करेन्ट उत्पत्ति हुने भएकोले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भई प्रवाहित हुनेबेला यसको संसर्गमा आउने मानिस वा अन्य कुनै प्राणी क्षण भरमै मृत्यु हुने गर्छ । आकाशमा एक चोटी बिजुली चम्कने बेला वायुमण्डलमा अत्याधिक मात्रामा तापशक्ति पैदा हुने गर्छ । यसले वायुमण्डललाई आकस्मिक रुपमा तताईदिन्छ । अध्ययन अनुसार आकाशमा एक चोटी विजुली चम्कने बेला वायुमण्डलीय तापमान एक्कासी बढेर ३० हजार डिग्री सेल्सियस वा सो भन्दा बढी पुग्न थाल्छ । आकस्मिक रुपमा क्षणभरमै वायुमण्डलीय तापमान यति धेरै बढ्ने कारण त्यस क्षेत्रको वायुमण्डल तातिएर आयतन एक्कासी वृद्धि हुन थाल्छ जसले गर्दा त्यहँ“ एक किसिमको विस्फोटनको आवाज निस्कने गर्छ । र यसलाई मेघ गर्जन भनिन्छ । यही कारणले गर्दा चट्याङ पर्ने बेला आकाशमा बिजुली चम्कनुको साथै मेघ गर्जनको आवाज आउने गर्छ । चट्याङ आकाशमा क्यूमलोनिम्बस नामको एक किसिमको वादल निर्माण हुनेवेला मात्र देखा पर्ने गर्छ । यस्तो वादलको स्वरुप कालो हुने गर्छ भने यस्तो वादलको निर्माणले चट्याङ पर्ने मौसमी गतिविधिलाई निम्त्याइरहेको हुन्छ । क्यूमलोनिम्वस बादलको तल्लो भागमा प्रशस्त मात्रामा पानीको थोपा रहेको हुन्छ भने माथिल्लो भागमा असिना, बरफको टुक्रा र हिउँ भैरहेको हुन्छ । त्यही कारण बादलको माथिल्लो भागको वायुमण्डलीय तापमान अत्यन्त कम हुने गर्छ । कहिलेकाही वायुमण्डलीय तापमान ४० डिग्री सेल्सियस वा सोभन्दा कम पनि हुने गर्छ । यो बादलको उचाई ठाउ“ अनुसार फरक फरक हुने गर्छ भने भूमध्य रेखा आसपास अर्थात् उष्ण प्रदेशतिर २० किलोमिटर वा सो भन्दा बढी पनि हुने गर्छ । यो बादल यसरी बाक्लो भएकै कारण कालो देखिने गर्छ भने यो बादलभित्र अत्यन्त जोडले हुरीबतास तलमाथि चलिरहन्छ । कालान्तरमा यही हुरीबतास वादलबाट वाहिर निस्कन थालेपछि पृथ्वीको सतहमा आ“धिवेहरी चल्ने गर्छ । पुनश्च: वादलभित्र हावा तलमाथि भईरहने कारण त्यस बादल भित्र रहेको पानीको थोपा, बरफ, असिना तथा हिउ“ आदि बीच एक आपसमा घस्रन हुन थाल्छ जसले गर्दा बादल भित्र घनात्मक र ऋणात्मक चार्जको विकास हुन थाल्छ । बादल भित्र विद्युतीय चार्ज उत्पत्ति हुनु नै चट्याङ पर्नुको प्रमुख कारण बन्छ । यीनै चार्जहरु बीच आकर्षणले आकाशमा बिजुली चम्कने गर्छ । सुरु सुरुमा आकाशको माथिल्लो भागमा बिजुली चम्कने गर्छ । यस्तो चट्याङबाट मानवीय हानी नोक्सानी हुने गर्दैन । तर जव आकाशमा छिटो छिटो बिजुली चम्कने र क्षण क्षणमा मेघ गर्जनको आवाज सुनिन थाल्छ तब चट्याङको डर बढ्दै जान्छ । यस्तो वेला हुरीबतास चल्न थाल्यो र पानी पर्न थाल्यो भने चट्याङबाट हानी नोक्सानी हुने खतरा बढी हुन्छ । किनभने वादलबाट निस्कने हुरीबतास र वर्षा संगसँगै विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर केन्द्रित भई प्रवाहित हुन थाल्छ ।यस्तो वेला पानीमा भिज्ने व्यक्ति वा जो कोही प्राणीलाई पनि करेन्ट लाग्ने डर अत्याधिक मात्रामा हुन्छ र यस्तो बेला मानिसको ज्यान समेत जाने सम्भावना हुन्छ । त्यसैले हुरीबतास संगस“गै पानी परेर चट्याङ परी रहेको वेला वाहिर निस्कनु खतरनाक हुन्छ । तर पानी रोकिइ सकेपछि भने चट्याङको डर हुँदैन । चट्याङ पर्ने बेला विद्युतीय धारको प्रवाह आकाशबाट पृथ्वीतिर केन्द्रित हुने भएकोले पहाडको उच्च भागमा चट्याङ पर्न सक्ने सम्भावना बढी हुन्छ । त्यही कारण पहाडको उच्च स्थानमा निर्मित घर, टहरा, गोठ आदि चट्याङको निशाना बन्न सक्ने डर हुन्छ । त्यस्तै रुख चट्याङको तारो बन्न सक्ने डर बढी हुन्छ । त्यसलेै रुखमुनी ओत लिनु खतराजनक हुन्छ भने विजुलीको खम्बामुनी बस्नु पनि खतरा नै हुन्छ । त्यस्तै चट्याङ परेको वेला खुल्ला आकाशमूनि हिडडुल गर्नु, खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुङ्गा चलाउनु डरलाग्दो हुन्छ । पुनश्च: चट्याङ पर्ने वेला विद्युतीय धारको प्रवाह फलाम वा अन्य धातुमा छिटो हुन सक्ने भएकोले फलाम वा धातु हातमा लिइ हिड्नु खतरा हुन्छ । चट्याङबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु हो । पक्की घर र त्यसमा पनि छानामा लाइटनिङ एरेष्टर लगाएको घर सबभन्दा उत्तम मानिन्छ । यदि घर बाहिर हो भने मोटरगाडी भित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ । मोटरको टायरले बिद्युतीय धारलाई भू–सतहसंगको संसर्गबाट अलग्याइदिने भएकोले चट्याङले असर पार्न सक्दैन । तर चट्याङ पर्ने बेला कतै सहारा लिने ठाउ छैन भने घुडाले भूर्ईमा टेकेर हात टाउको माथि राखी निहुरिएर बस्नु उचित मानिन्छ । तर भूर्ईमा लम्पसार पर्ने वा सुत्ने गर्नु हुदैन । यसले चट्याङको खतरा झन् बढी हुने गर्छ । चट्याङ परीरहेको बेला टेलिभिजन, एरकन्डिसन वा बिजुलीको माध्यमबाट सञ्चालन हुने यान्त्रिक साधन सञ्चालन गर्नु खतरा मानिन्छ ।

चितवनमा चारजनालाई स्वाइन फ्लु ...

चितवनमा चारजनालाई स्वाइन फ्लु २०७१ फागुन १४ गते BDC (चितवन)-छिमेकी मुलुक भारतमा स्वाइनफ्लुको माहामारी फैलिरहेका बेला सिमाना जोडिएको नेपालको चितवनमा चारजनामा स्वाइनफ्लुको सङ्क्रमण भएको फेला परेको छ । चितवनस्थित भरतपुर अस्पतालबाट पठाएका नमुना परीक्षणमा चार जनामा स्वाइनफ्लु ‘इन्फुल्न्जा ए, एचवान एनवान’ को सङ्क्रमण रहेको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ । माघ यता इपिडिमियोलोजी महाशाखा काठमाडौँमा पठाइएका ४३ वटा नमुना परीक्षणमा चारजनाका स्वाइनफ्लु रहेको पुष्टि भएको जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए । भरतपुर अस्पतालस्थित ल्यावमा रेपिट टेस्ट (नाकबाट लिइने परीक्षण) गर्दा पोजेटिभ पाइएका ४३ जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला टेकुमा पिसिआर परीक्षणका लागि पठाइएको थियो । चार जनामा ‘स्वाइन फ्लु’ भेटिएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको केसीले जानकारी दिए । ती बिरामीले केहीले औषधि सेवन गरिरहेका छन् भने एकजना निको भएर फर्केको अस्पतालले जानकारी दिएको छ । चितवनमा ‘स्वाइन फ्लु’ भित्रिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले रोकथामका लागि उच्च सतर्कता अपनाएको छ । भरतपुर अस्पतालमा स्वाइनफ्लुको कडा सङ्क्रमण भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहितको छुट्टै वार्ड स्थापना गरिएको अस्पतालले जनाएको छ । रासस

सरकारसँग छैन स्वाइनफ्लुको पर्याप्त औषधि... संक्रमितको संख्या २० पुग्यो ...

स्वाइनफ्लुका संक्रमित बढ्दै २० पुगेका छन् । तर,स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासित संक्रमितलाई खुवाउने औषधि निश्चित परिणाममा मात्रै छ । भारतमा जस्तै नेपालमा पनि प्रकोप बढ्दै गए औषधिको अभाव हुने महाशाखाले जनाएको छ । महाशाखाले स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवानएनवानबाट संक्रमितहरुलाई खुवाउने ‘टामिफ्लु’ नामक औषधि सरकारसित हजार जनालाई पुग्ने मात्रै रहेको जनाएको छ । बजारमा नपाइने यो औषधि सरकारले निःशुल्क निजी तथा सरकारी अस्पतालहरुलाई दिँदै आएको छ । महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले स्वाइनफ्लुका बिरामीलाई कम्तीमा ५ दिनको डोज दिनुपर्ने र आफूहरुसँग २५,४५ र ७५ मिलिग्राम (एमजी) डोजका औषधि भएकाले बढीमा हजारजनालाई मात्रै पुग्न सक्ने बताए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा आचार्य जन्मनुभएको थियो । संस्कृत भाषाको रामायणलाई नेपाली भाषमा लेखेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान गर्नुभएको छ । उहाँको प्रश्नोत्तर, भक्तमाला, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कविता पनि उत्तिकै चर्चित छन् । भानुभक्तका केही कविता यस्ता छन्: एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को हित् गरौ भनि ब्रम्ह्ना ताहि थिया पर्या चरगनमा खुसि गराया पनि क्या सोद्च्हौ तिमी सोध् म भन्च्हु म भनि मर्जि भयेथ्यो जसै ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै । हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु बाकि छइन तथा बिसुन्न इछया म यो गर्द्छु आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ गर्न्याछन सब पाप् पनि सरलका निस्काम तिमा गइ । साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि कोहि जान् परत्रिमा रतहुनन कोही त हिम्सा महा दिनइलाई त अत्मा जानि रहलान् नत्तिक पसु झहि कहा । भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो मेरा ईनार न त सत्तल पाटिकै छन् जे धन चीजहरु छन् घर भित्रनै छन् त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति अमरावती कान्तिपुरी नगरी कतिका दिन याहिँ बिते सुखले यतिका कविता रचिए मुखले । अब झल्झल भो म भुलूँ कसरी अमरावति कान्तिपुरी नगरीू ूकहीं घर्घर ज्यावल(मेशिनको कहीं चिर्वीर गान् रसिला चरिको हरियो गहुँ झुल्दछ फाँटभरी अलकापुरि कान्तिपुरी नगरी । ूकटि कूच कसी हिँडन्या युवती चलन्या पथमा नलजाई रति सँगमा छ युवादल वरिपरि अमरावति कान्तिपुरी नगरी । ूमृत मूषिकको बुटि झर्छ जहाँ हिँड्दा डुलँदा टुपि जल्छ जहाँ कुतिको कलरव् अँझ ओरिपरि अमरावति कान्तिपुरी नगरी । थलियाभरि पस्कि झिँङ्गालु रस अटियाउपरै कुतिसाथ बस खूब खाऊ चपाउ पिऊ सुमरी अलकापुरि कान्तिपुरी नगरी । एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि। मान्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी। रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू। रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु। लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी। लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी। बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली। बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली। की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि। भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

कोटवाडामा ३५ मजदुर मारिएको १३ वर्ष ... ०५८ फागुन १२ गते सुरक्षाफौजले गोली हानी हत्या गरेको थियो । हत्या भएकामध्ये धादिङका १७ जनामा १६ जना अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्य थिए ...

कोटवाडामा ३५ मजदुर मारिएको १३ वर्ष धादिङ, फागुन १२ - मजदुरीका लागि देशका विभिन्न जिल्लाबाट कालिकोटकोे कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३५ जना मजदुर मारिएको १३ बर्ष लागेको छ । घटना भएको १३ बर्ष भईसक्दा पनि कोटवाडामा मारिएकाहरुको शव अहिलेसम्म परिवारले पाएको छैन । विमानस्थल निर्माणका लागि धादिङ जिल्लाको जोगिमारा, धुषा गाविसबाट कोटवाडा पुगेका १७ जना र अरु जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी हुनसक्ने आशंकामा २०५८ फागुन १२ गते सुरक्षाफौजले गोली हानी हत्या गरेको थियो । हत्या भएकामध्ये धादिङका १७ जनामा १६ जना अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्य थिए । कोटवाडा घटनाको सर्वत्र विरोध भएपछि लोकतन्त्रबहाली पछिको सरकारले त्यहाँ मारिएका मजदुरका परिवारलाई प्रतिव्यक्ति ३ लाखका रुपैंयाका दरले राहत दिने निर्णय गरेको थियो । कोटवाडा घटना हुनु केही दिन अघि मात्रै तत्कालिन माओवादीले अछाम सदरमुकाम मंगलसेन आक्रमण गरेर भागेका थिए । माओवादीलाई पछ्याउँदै आएको सेनाको हेलिकप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएर माओवादीहरु भने त्यहाँबाट सुरक्षित स्थलतर्फ भागेका थिए । माओवादी त्यहाँबाट भागेपछि सेनाले घेराबन्दी गरेर चलएको गोलीबाट ३५ जना एकै चिहान भएका थिए । कमाउन गएका घर मुली तथा परिवारका सदस्यहरु मारिएपछि जोगिमाराका विपन्न चेपाङ र दलित परिवारको बिचल्ली भएको छ । Copy by ujyaalo online

कोटवाडामा ३५ मजदुर मारिएको १३ वर्ष ... ०५८ फागुन १२ गते सुरक्षाफौजले गोली हानी हत्या गरेको थियो । हत्या भएकामध्ये धादिङका १७ जनामा १६ जना अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्य थिए ...

कोटवाडामा ३५ मजदुर मारिएको १३ वर्ष धादिङ, फागुन १२ - मजदुरीका लागि देशका विभिन्न जिल्लाबाट कालिकोटकोे कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३५ जना मजदुर मारिएको १३ बर्ष लागेको छ । घटना भएको १३ बर्ष भईसक्दा पनि कोटवाडामा मारिएकाहरुको शव अहिलेसम्म परिवारले पाएको छैन । विमानस्थल निर्माणका लागि धादिङ जिल्लाको जोगिमारा, धुषा गाविसबाट कोटवाडा पुगेका १७ जना र अरु जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी हुनसक्ने आशंकामा २०५८ फागुन १२ गते सुरक्षाफौजले गोली हानी हत्या गरेको थियो । हत्या भएकामध्ये धादिङका १७ जनामा १६ जना अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्य थिए । कोटवाडा घटनाको सर्वत्र विरोध भएपछि लोकतन्त्रबहाली पछिको सरकारले त्यहाँ मारिएका मजदुरका परिवारलाई प्रतिव्यक्ति ३ लाखका रुपैंयाका दरले राहत दिने निर्णय गरेको थियो । कोटवाडा घटना हुनु केही दिन अघि मात्रै तत्कालिन माओवादीले अछाम सदरमुकाम मंगलसेन आक्रमण गरेर भागेका थिए । माओवादीलाई पछ्याउँदै आएको सेनाको हेलिकप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएर माओवादीहरु भने त्यहाँबाट सुरक्षित स्थलतर्फ भागेका थिए । माओवादी त्यहाँबाट भागेपछि सेनाले घेराबन्दी गरेर चलएको गोलीबाट ३५ जना एकै चिहान भएका थिए । कमाउन गएका घर मुली तथा परिवारका सदस्यहरु मारिएपछि जोगिमाराका विपन्न चेपाङ र दलित परिवारको बिचल्ली भएको छ ।

प्राकृतिक रुपमा स्तन बढाउन चाहनुहुन्छ भने खानुस् यी आहार

के तपाईंलाई आफ्नो स्तनको आकार सानो भएका कारण आफ्नो फिगर राम्रो नदेखिएको आभाष हुन्छ । थुप्रै महिलाहरुको शरिर अनुसार स्तनको आकार नहुँदा पूरै पर्सनालिटी नै खराब भएको थुप्रै महिलाहरु मान्ने गर्दछन् । स्तनको आकार बढाउनका लागि बजारमा थुप्रै प्रकारको खानेकुरा पाइने गर्दछ तर प्राकृतिक भोजनको सेवन गर्नु सबैभन्दा राम्रो विकल्प हुने गर्दछ । प्राकृतिक रुपमा स्तनको वृद्धि गर्न चाहनुहुन्छ भने खानुस् यी आहार १. सोयाः भटमासमा प्रचुर मात्रामा प्रोटिन पाइने गर्दछ र यसमा आइसोफलोवेन्स पनि पाइने गर्दछ जसले स्तनको आकारलाई बढाउनमा मद्दत गर्दछ । तपाईं यसका लागि सोयाबिनको तरकारी, सोया मिल्क र सोया क्यूब्सको सेवन गर्नसक्नुहुन्छ । २. जीराः जीरामा साइट्र्रोएस्ट्रेजन हुने गर्दछ जसले स्तनको आकारलाई स्वतः सहि आकारमा ल्याउन मद्दत गर्दछ । ३. डेरी उत्पादनः दुध र दहीमा यस्तो पोषक तत्व पाइक्ष्न्छ जसले स्तनको आकारलाई बढाउनको लागि मद्दत गर्ने गर्दछ । यसमा प्रचुर मात्रामा एस्ट्रोजन पाइन्छ । ४. मसलाः थुप्रै प्रकारका मसलाले शरिरलाई हानी पुर्याउने भएपनि कोही त्यस्ता मसला पनि छन् जसले फाइदा पुर्याउने गर्दछ । ल्वाङ, अलैँचीलगायतका मसलाहरुले स्तनको आकारमा वृद्धि गर्न मद्दत गर्दछ । ५. चुकन्दरः चुकन्दरमा आइरन भरपूर मात्रामा पाइने हुनाले यसको सेवनले महिलाको शरिरमा लिबिडोको मात्रा बढि हुने गर्दछ जसले स्तनको आकारलाई बढाउने गर्दछ । ६. गाजरः गाजरमा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ र यसले पनि स्तनको आकार बढाउने गर्दछ । ७. नट्सः नट्समा साइटोएस्ट्रोजन हुने गर्दछ त्यसकारण थुप्रै प्रकारको नट्स जस्तै काजु, पेस्ता, बदाम, ओखर आदिको सेवन गर्न आवश्यक छ । ८. फलफूलः पीच, स्ट्रबेरीजस्ता फलफूलको सेवनले स्तनको आकार बढाउने गर्दछ । फलफूलमा साइटोएस्ट्रोजन हुने गर्दछ । ९. पोषक तत्वले भरपूर पेय पदार्थः केहि पेय पदार्थ जस्तै रेड वाइन अथवा ह्वाइट वाइन आदिको सेवले स्तनको तन्तुहरुलाई उर्जा मिल्ने गर्दछ र त्यसको आकारमा वृद्धि हुने गर्दछ । १०. हर्बल खानुहोस्ः स्तनको आकारलाई बढाउनका लागि हर्बल निकै लाभदायक हुने गर्दछ । ब्ल्याक टी अथवा ग्रीन टीको सेवनले स्तनको आकारमा वृद्धि गर्ने गर्दछ किनभने यसमा साइटोएस्ट्रोजन हुने गर्दछ । ११. प्राटिन भएका खानेकुराः दुध, अण्डा, लीन फ्याट, पिनट बटर र चिकनमा प्रोटिनको मात्र बढि हुने हुँदा यसले स्तनको आकार बढाउने गर्दछ । १२. हरियो सागसब्जीः हरियो सागसब्जीमा आइरन र प्रोटिन भरपुर हुने हुँदा यसले स्तनलाई वृद्धि गर्ने गर्दछ । १३. मटरः मटरको सेवनले तपाईंको स्तनको आकार बढ्ने गर्दछ । यसमा एस्ट्रोजनमा उचित मात्रा पाइने गर्दछ ।

कसरी बच्ने स्वाइन फ्लुबाट ?

कसरी बच्ने स्वाइन फ्लुबाट ? सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १४ हजारभन्दा बढी संक्रमित बनेका छन् । नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रमित भइसकेको पुष्टि भएको छ । खुला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै प्रवेश गर्न सक्ने भन्दै नाकाहरुमा सरकारले कढाई समेत शुरु गरिसकेको छ । के हो स्वाइन फ्लु ? स्वाइन फ्लु भनेको एक प्रकारको स्वासप्रश्वाससम्बन्धी रोग हो जुन सुंगुरको स्वास नलीलाई संक्रमित गर्ने इन्फ्लुएन्जा भाइरस यानी एच वान एन वान भाइरसका कारण लाग्ने गर्छ । चाँडै संक्रमित हुनसक्ने स्वाइन फ्लु मानिसबाट मानिससम्म हावा, सिगान वा थुकबाट सर्न सक्छ । यस भाइरसबाट संक्रमित बनेका मानिसहरुले हाच्छ्यु गर्दा उसको मुखबाट भाइरस हावामा पुग्छ । यदी तपाईं उक्त भाइरसँग सम्पर्कमा आउनुभयो भने तपाईंलाई पनि यो रोग लाग्न सक्छ । त्यस्तै स्वाइन फ्लु रोगबाट संक्रमित बनेकाहरुले प्रयोग गरेका समान जस्तै ढोका वा हात धुने बेसन आदिको तत्काल सम्पर्कमा आउँदा पनि यो रोग सर्न सक्छ । एकपटक यस एचवान एनवान भाइरसबाट संक्रमित बनेपछि मानिस १० दिनसम्म रोगको संक्रमणमा रहन सक्छन् । यद्यपि, यसको नाम अनुसार सुंगुरको मासु वा अन्य परिकार खाँदैमा यो रोग सर्दैन । स्वाइन फ्लुका लक्षण स्वाइन फ्लुको लक्षण देखिनुभन्दा एक दिन अघिदेखि नै यो रोग संक्रमक हुन्छ । मानिसको स्वास्थ्य अवस्था हेरेर सात दिनसम्म संक्रमित रहनसक्छन् भने बालबालिकाहरु १० दिनसम्म संक्रमति रहनसक्छन् । यसका लक्षणहरु अन्य सामान्य रुघाखोकीजस्तै हुन्छ जस्तैः १) खोकी लाग्ने २) ज्वरो आउने ३) घाँटी सुख्खा हुने ४) जिउ दुख्ने ५) टाउको दुख्ने ६) जाडो लाग्ने ७) थकान लाग्ने यसले निमोनिया र स्वासप्रश्वास बन्द गर्ने जस्ता ठूलो समस्याहरु निम्ताउन सक्छ । अझ डाइबिटिज र दमका रोगीहरुका लागि यो रोग घातक हुनसक्छ । यदी तपाईंलाई सास फेर्न गाह्रो हुन्छ, बान्ता हुन्छ, पेट दुख्छ, रिंगटा लाग्छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला । कसलाई बढी खतरा ? यस रोगबाट निम्न व्यक्तिहरुलाई बढी खतरा हुन्छः ५ वर्षभन्दा मूनिका बालबालिकाहरुलाई ६५ वर्षभन्दा बढीका मानिसहरुलाई गर्भवती महिला फोक्सो, मुटु, कलेजो, रगत, स्नायु प्रणाली र पाचन प्रक्रियासम्बन्धी समस्या भएका व्यक्तिहरुलाई एचआइभीबाट संक्रमित र प्रतिरोधात्मक शक्ति कम भएकाहरुलाई अन्य रोग लागेका व्यक्तिहरुलाई कसरी उपचार गरिन्छ ? सामान्य रोघाखोकीमा प्रयोग हुने केही एन्टीभाइरल औषधिहरु पनि स्वाइन फ्लुको उपचारमा प्रयोग हुन्छ । यसको साथै ओसेल्टामिभिर (टामीफ्लु) र जनामिभर (रेलेन्जा) यस रोगको उपचारमा बढी प्रयोग भएको पाइएको छ । यद्यपि, केही प्रकारका स्वाइनफ्लु भने टामीफ्लुबाट ठीक नहुन पनि सक्छन् । यी औषधिले स्वाइन फ्लुको संक्रमणबाट चाँडै ठीक हुन मद्दत गर्छ र रोगलाई गम्भिर बनाउनबाट रोक्छ । यी औषधीहरु लक्षण देखिएको ४८ घण्टाभित्र लिए चाँडै असर गर्छ । यसमा एन्टिबायोटिकले काम गर्दैन किनभने यो रोग ब्याक्टेरियाले नभएर भाइरसका कारण लाग्छ । स्रोतः स्वास्थ्यसम्बन्धि विभिन्न वेभसाइटहरु

चितवनका होटल व्यवसायी आन्दोलित, सोमबारदेखि अनिश्तिकालिन बन्द ...

चितवनका होटल व्यवसायी आन्दोलित, सोमबारदेखि अनिश्तिकालिन बन्द चितवन,, सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी संघ चितवनले भोली (सोमबार)देखि अनिश्चितकालिन व्यवसाय बन्दको आह्वान गरेको छ । आज (आइतबार) साँझ नारायणगढमा पत्रकार सम्मेलनगरि संघले जिल्ला भित्रमा सुरक्षित रुपमा व्यवसाय संचालन गर्ने वातावरणको प्रत्याभुति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने जानकारी दिएको हो । संघले भोली (सोमबार)बाट मुङ्गलीनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकाल सम्मको लागि बन्द गर्ने जनाएको छ । संघका अध्यक्ष डासीराम ढकालले जिल्लाका होटल व्यवसायीहरुलाई धरासायी बनाउने गुरुयोजना नै बनाई बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीहरुलाई हिरासतमा लिने कार्यकोविरुद्वमा आन्दोलनमा उत्रनु परेको बताउनुभयो । उहाँले भन्नुभयो–“जबसम्म सुरक्षित वातावरण बन्दैन तब सम्म हामी व्यवसाय गर्न सक्दैनौं ।” संघका निवर्तमान अध्यक्ष इमान्दु बरालले प्रहरीले होटलमा भएको इन्ट्री बुकलाई पनि वेवास्ता गरि जबरजस्ती ग्राहकहरुलाई हिरासतमा लैजाने कार्य निन्दनीय भएको बताउनुभयो । उहाँले प्रहरीको यस्तो हर्कतले आन्तरिक तथा बाह्य पर्यटकहरु समस्यामा पर्ने गरेको भन्दै यस्तो अवस्थामा व्यवसाय चलाउन नसक्ने बताउनुभयो । उहाँले सार्वजनिक विदाको दिन प्रहरीले पटक–पटक छापा मार्ने गरेको भन्दै यसले जिल्लाको होटल व्यवसाय नै धरापमा पार्ने खेल भएको बताउनुभयो । बरालले यौन व्यवसायमा संलग्न भएको आरोपमा पक्राउ गरेकाहरुलाई प्रमाणित गरेर वेश्यावृति ऐन २०५९ बमोजिम नै कारवाही गर्न चुनौती दिनुभयो । “प्रहरीले वेश्यावृतिमा संलग्न रहेको प्रमाणित गर्न सक्दैन, उनीहरुलाई अन्य मुद्दा लगाएर फसाउने षड्यन्त्र गर्ने गरको छ, साच्चिकै वेश्या हो भने सोही ऐन अनुसार कारवाही गरेर देखाओस्”–बरालले भन्नुभयो । प्रहरीले शनिबार भरतपुर र नारायणगढका होटलहरुमा छापा मारेर ५० भन्दा बढिलाई पक्राउ गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष श्रीराम गिरीले व्यवसाय नै धरापमा पार्ने गरि हुने यस्तो हर्कतकाविरुद्व देश भरका व्यवसायीहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो–“राज्य गर्नुपर्ने काम हामीले गरिरहेका छौं, अब हामी सबैको ठेक्का लिएर हामी दुःख झेल्नुपर्ने जरुरी छैन, हामी व्यवसाय बन्दगरि आन्दोलनमा उत्रन्छौं ।” सोही पत्रकार सम्मेलमा शनिबार होटलबाट पक्राउ परेका बाँके खजुराका विष्णु सुनारले आफ्नो परिचय दिँदा दिदै पनि प्रहरीले धम्कीपूर्ण भाषा प्रयोग गर्दै जबरजस्ती पक्राउ गरेको दुखेसो गर्नुभयो । उहाँले आफू श्रीमतीको क्यान्सरको उपचारका लागि चितवन आएको जानकारी गराउँदा समेत प्रहरीले बेवास्ता गरको दुखेसो पोख्नुभयो । “मैले सबै परिचय दिँदा पनि मलाई छोडिएन, अपशब्द प्रयोग गरि जबरजस्ती गरेपछि म प्रहरीको गाडीमा गए”–पक्राउ परेका सुनार सुनाउनुभयो । उहाँले श्रीमती लक्ष्मी भट्ट सुनारको स्तनको क्यान्सर उपचार गराउन शनिबार मात्रै चितवन आएर मुनलाईट होटलमा बसेको बताउनुभयो । तर प्रहरीले सबैको अगाडि अपराधिजस्तै गरि पक्राउ गरेको भन्दै मानसिक तनाब व्यहोर्नुपरेको बताउनुभयो । प्रहरीले पक्राउ गरको मध्ये ५ जोडी श्रीमान–श्रीमती भएको पाइएपछि उनीहरुलाई साँझ नै छोडिएको थियो । समाज,मा प्रकासित भएको

लजमा बस्ने श्रीमान-श्रीमतीलाई पनि प्रहरीले छाडेन अन्नपूर्ण ...

चितवन : श्रीमान् र श्रीमती भएर लजमा बस्दै हुनुहुन्छ भने विचार गर्नुहोस् है, प्रहरीले सताउला। नारायणगढ र भरतपुरका विभिन्न लजबाट प्रहरीले शनिबार दिउँसो पाँच जोडी लोग्नेस्वास्नीलाई नियन्त्रणमा लिएर अनावश्यक सास्ती दिएको छ। अवैध यौन क्रियाकलापमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले नारायणगढ र भरतपुरको विभिन्न स्थानबाट दश जना होटल संचालक तथा अन्य ३९ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले नारायणगढको पुल्चोक, न्यूरोड, पोखरा बसपार्क, पारस बसपार्क क्षेत्रका होटल, लज तथा रेस्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। १७ महिला र १२ जना पुरुष यौनजन्य कार्य गरिरहेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक रुगम कुँवरले जानकारी दिए। नियन्त्रणमा लिएकामध्ये पाँच जोडी भने श्रीमान् र श्रीमतीको जोडी भएको पुष्टि भएपछि छाडिएको उनले बताए। प्रहरीले नियन्त्रणमा लिएकाहरू १६ देखि ५५ बर्षसम्मका छन्। होटल, लज तथा रेस्टुरेन्ट व्यवसायीले व्यवसाय सञ्चालन सम्बन्धी आचारसंहिता बनाए पनि त्यसको पालना नगरेको प्रहरीको दाबी छ। भरतपुर र नारायणगढ क्षेत्रमा झन्डै दुई सय ५० होटल, लज तथा रेस्टुरेण्ट सञ्चालनमा छन्। प्रहरीलाई शंका लागेमा होटलमै प्रारम्भिक अनुसन्धान गर्नुपर्ने भन्दै होटल व्यवसायीले माग गर्दै आएपनि प्रहरीले सबैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो। होटल व्यवसायीले श्रीमान् र श्रीमतीलाई समेत त्यसरी नियन्त्रणमा लिँदा चितवनको पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताएका छन्।

पहिलो प्रेम प्रस्तावक नै बलात्कारको नाइके...

'बल्ल खोजेको केटो भेटियो' मनमा कुरा खेल्न सुरु भएको केही दिनमै उनी सामूहिक बलात्कारको सिकार भइन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाकी १९ वर्षीया उनको पहिलो प्रेम प्रस्तावक नै त्यसका नाइके भएको खुल्यो । फोनबाट पहिलो सम्पर्क बढाएका छिमेकी गाउँ विकास बस्तीका गोविन्द रानाले महिना दिनअघि स्थानीय बजारमा उनीसँग पहिलोपटक भेटेका थिए । आफ्नो वास्तविक परिचय लुकाएर उनी राजेशको नामबाट परिचित भएका थिए । 'धनगढीमा घर र व्यापार गर्छु भनेको थियो, यता विकास बस्तीमा आफन्तको घरमा आउँछु भन्थ्यो,' सेती अञ्चल अस्पतालमा उपचाररत पीडित युवतीले भनिन्, '८/१० दिनपछि भएको दोस्रो भेटमा उसले प्रेम प्रस्ताव राख्यो, मैले कुनै जवाफ फर्काएकी थिइनँ ।' निकै हँसिलो र फूर्तिलो जीउडालको गोविन्दप्रति आकषिर्त हुन थालेकी थिइन् उनी । 'आइतबार बिहान नजिकैको विवाहको घरमा गएकी थिएँ । ब्यान्ड टोलीका सदस्यमा उसलाई देखें, खुसी लागेको थियो । बिहे सकिएपछि साँझ नाचगान चल्यो, सबै रमाइरहेका थियौं । राति करिब ११ बजेतिर उसले काम छ भन्दै नजिकैको बाटोमा बोलायो,' उनले आँसु झार्दै भनिन्, 'म पनि सँगै रहेकी साथीलाई छाडेर गएँ, एक्लै जानु नै महाभूल भयो ।' बाटोमा पुगेपछि अलिअलि भन्दै नजिकै उखुबारीमा पुर्याएर जबर्जस्ती गरेको उनले बताइन् । 'त्यसपछि डराएँ तर उम्किन सकिनँ, अरू केटाहरू पनि आए, पहिल्यै अरू उखुबारीमा लुकेर बसेका रहेछन्, ४ जनासम्म याद छ, त्यसपछि बेहोस भएँ,' उनले विवरण सुनाइन्, 'घटना राति ११ बजेतिर सुरु भयो, मेरो होस बिहान ४ बजे खुल्यो । शरीरका लुगा च्यातिएका थिए । असाध्यै डर लाग्यो । अनि दौडेर घरतिर आउन खोजें । घरभित्र पस्न डर लाग्यो । घरभन्दा यता काकाको घर थियो । उनको ढोका ढक्ढक्याएँ । उनीहरूले खोले । सोधपुछ गरे । मैले केही भन्न सकिनँ, रोइरहें ।' युवकमाथि झट्ट विश्वास गर्दा यो परिणति भोगेको उनले बताइन् । तीन दिनपछि मात्रै रक्तस्राव रोकिएको थियो । पेट र शरीरका अन्य अंग दुखिरहेको उनले बताइन् । उपचारमा संलग्न डाक्टर सुजन सापकोटाले उनलाई अझै केही दिन अस्पतालमा राख्नुपर्ने बताए ।

भारतबाट स्वाइन फ्लु नेपाल पसेको आशंका ...

काठमाडौं, फागुन १० – भारतमा देखिएको स्वाइन फ्लुको संक्रमण नेपालमा समेत प्रवेश गरेको आशंका गरिएको छ । दिल्लीबाट फर्किएका दुईजनामा स्वाइन फ्लुको संक्रमण देखिएको बुझिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसलाई गोप्य राखेको छ । भारतमा स्वाइन फ्लुको संक्रमण बढ्दा नेपालमा समेत यसको जोखिम रहेपनि पूर्व सतर्कता अपनाइएको छैन । सीमावर्ती क्षेत्र झन बढी जोखिममा छन् । यसअघि महाशिवरात्रिको बेला भारतबाट धेरै दर्शनार्थी नेपाल आएकाले स्वाइन फ्लूको खतरा हुन सक्ने भन्दै डाक्टरहरुले सचेत हुन आग्रह गरिसकेका छन् । भारतमा अहिले स्वाईनफ्लू फैलिरहेको छ । स्वाईन फ्लू एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्ने भएकाले भिडभाडका बेला सावधानी अपनाउन टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनको सुझाव छ । स्वाईनफ्लू रुघाखोकीको माध्यमबाट सर्ने भएकाले भिडभाडमा छिट्टै एक अर्कोमा सर्छ । रुघाखोकी लागे, घाँटी दुखे र पखाला लागे सामान्य रुपमा नलिई तत्काल जाँच गराउनुपर्ने डाक्टर पुनको भनाई छ । खुला सिमाका कारण भारतबाट स्वाईन फ्लू नेपाल भित्रने खतरा धेरै भएको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । स्वाईन फ्लूबाट जोगिन घर बाहिर हिँड्दा माक्स लगाएर मात्र हिँड्न उनीहरुको सुझाव छ ।

तपाईंको इमेल तथा सामाजिक सञ्जाल कतिको सुरक्षित छ ? तपार्इंको कम्प्युटर तथा महत्वपूर्ण सामग्रीलाई कसरी सुरक्षित राख्नुभएको छ ? कतै तपाईंको महत्वपूर्ण सूचना थाहा नपाइकन चोरी त भएको छैन ?

होस् गर्नुस् : इमेल तथा सामाजिक सञ्जाल थाहा नपाई ह्याक हुन सक्छ KTM, – तपाईंको इमेल तथा सामाजिक सञ्जाल कतिको सुरक्षित छ ? तपार्इंको कम्प्युटर तथा महत्वपूर्ण सामग्रीलाई कसरी सुरक्षित राख्नुभएको छ ? कतै तपाईंको महत्वपूर्ण सूचना थाहा नपाइकन चोरी त भएको छैन ? थाहा नपाइकन चोरी हुने ती सूचनाको सुरक्षाका लागि के कस्तो उपाय अपनाउनुभएको छ ? लामो समय लगाएर सङ्कलन गरिएको सूचना एकाएक हराउँदा त्यसले दिने तनाब कति पीडादायी होला सहजै अनुमान गर्न सकिन्छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा भएको उच्चतम विकासले नागरिकलाई सहज पारिदिए पनि त्यसको नकारात्मक प्रयोग गरी आफ्नो स्वार्थसिद्ध गर्न लाग्ने संस्थागत समूहका कारण मानिस हैरानी र परेसानी व्यहोर्न बाध्य भएका छन् । कम्प्युटरका महत्वपूर्ण सूचना जोगाउन सामान्य सुरक्षात्मक उपाय अपनाए मात्रै पनि हैरानी र तनाब ब्यहोर्नुपर्ने छैन । यसै विषयमा जानकारी दिनका लागि सूचना प्रविधि सुरक्षा आकस्मिक पहुँच समूह नेपालले साइबर सुरक्षा र साइबर कानुनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलनमा बैंकिङ सुरक्षा र त्यसमा अपनाउनुपर्ने उपाय, इ–गभर्मेन्स र सूचना प्रविधि सुरक्षा, डिजिटल फरेन्सिक प्रविधि, नमुना र उपाय, दुर्घटनापछि अपनाइने सुरक्षाका उपाय, साइबर सुरक्षा र कानुनका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञले तालिम दिने छन् । इमेल, इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य महत्वपूर्ण सूचनाको सुरक्षाका लागि अपनाइने विधि तथा प्रविधि नागरिकमा पु¥याउने र त्यसका लागि सहज तथा व्यावहारिक उपाय अपनाउने विषयमा सम्मेलनले ठोस कार्ययोजनासमेत तय गर्नेछ । सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव पुरुषोत्तम तिवारीले सूचना प्रविधिको विकास र विस्तारसँगै गलत मनशायका साथ काम गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न साझा प्रतिबद्धताको जरुरी रहेको बताउनुभयो । उहाँले सूचना प्रविधिले पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि यस क्षेत्रमा लागेकाले बाटो देखाउनुपर्ने बताउनुभयो । सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्रले सामान्यता वेबसाइट, इमेल, सामाजिक सञ्जालका एकाउन्ट ह्याक गर्नुलाई साइबर अपराधका रुपमा लिने गरिएको र त्यसको नियन्त्रणका लागिसरकारले प्रभावकारी कदम चालेको जानकारी दिनुभयो । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले हरेक वर्ष २० भन्दा बढी साइबर अपराधसम्बन्धी मुद्दा हेर्ने गरेको र त्यो सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएकाले थप सुरक्षात्मक उपाय अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले चालु आवको बजेट वक्तव्यमा साइबर सुरक्षा र अपराध नियन्त्रणका लागि पर्याप्त बजेटको व्यवस्था गरेको तथा सुरक्षाका उपाय थप सुदृढीकरण गर्ने योजनासमेत अगाडि सारेको जानकारी उहाँले दिनुभयो । सूचना प्रविधि सुरक्षा आकस्मिक पहुँच समूह नेपालका अध्यक्ष राजनराज पन्तले सूचना प्रविधिमा सहजतासँगै आपराधिक मानसिकतासमेत बढेकाले त्यसको नियन्त्रणका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । भारतका सूचना प्रविधि विज्ञ विवेक श्रीवास्तवले वेबसाइट र सामाजिक सञ्जालका भित्तामा देखिएका आकर्षक तस्बिर तथा विज्ञापनप्रति सचेत रहनुपर्नेमा जोड दिँदै त्यस्ता सूचना वा तस्बिर देखिएमा त्यसलाई वास्ता नगर्न सचेत गराउनुभयो । उहाँका अनुसार हरेक दिन १६ लाखभन्दा बढी विश्वभरका वेबसाइट ह्याकरको निशानामा पर्ने गरेको र ९३ लाख इमेल प्रभावित हुने गरेको छ । अस्टे«लियाका विज्ञ चम्पिका विजयातुङ्गाले साइबर अपराध नियन्त्रणका लागि सञ्चार प्रविधिका क्षेत्रमा लागेकाहरूको साझा प्रतिबद्धताको जरुरत रहेको बताउनुभयो । साइबर सुरक्षाका लागि अङ्क तथा अक्षरसहितको पासवर्ड राख्नुपर्ने, बैंक खाता, तथा एटिएम कार्डको पिन नं लेखेर राख्न नहुने र वेब पेज सुरक्षित बनाउन इन्टरनेट सुरक्षाका प्रभावकारी उपाय अपनाउनुपर्नेमा जोड दिइएको छ । सम्मेलनमा नेपाल, भारत, अस्ट्रेलिया, सिङ्गापुर, जापानलगायत मुलुकका एकसय प्रतिनिधिको सहभागिता छ । रासस

रुघाले सतायो ? यसो गर्नुहोस् डा. अरुणा उप्रेती – मौसम परिवर्तनको यो बेला धेरैलाई रुघाले सताएको छ । संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला...

रुघाले सतायो ? यसो गर्नुहोस् डा. अरुणा उप्रेती – मौसम परिवर्तनको यो बेला धेरैलाई रुघाले सताएको छ । संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् । रुघाको लागि झण्डै २ शय प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन् । घरमा वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । अझ प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने सम्भावना बढी हुन्छ । रुघा लागेको व्यक्ति कोठाका झ्याल–ढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकाले यसको विरुद्ध खोप तयार पार्न पनि गाह्रो छ । संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुनेगरी कुनै औषधि बनाउन सकिएको छैन । कतिले एण्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर, रुघा निको पार्ने औषधि छैन । यसले ठूलै समस्या नल्याओस् भन्नका लागि केहि रक्षात्मक उपाय अपनाउन सकिन्छ र समस्या भइसकेपछि पनि केहि साधारण उपाय अपनाउन सकिन्छ । रुघा लागेको व्यक्तिको संसर्ग नगर्ने : रुघा लागेका व्यक्तिको नजीक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नु परेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसै गरी रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहुँदैन । भिटामिन सी : अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलहरूको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ । भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ । आराम र पानी : रुघा लाग्नुभन्दा अघि धेरै जना नाक र घाँटीमा के–के खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिशाबबाट चाँडै बाहिर निस्कन्छन् । पानी पिउन मन नलागे तरकारीको तातो सूप प्रशस्त मात्रामा पिउनुपर्छ । रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सूपको प्रयोग गर्नाले शरीरलाई चाहिने केहि पोषण तत्व पनि प्राप्त गर्न सकिन्छ । यस्तो बेलामा शारीरिक रूपमा धेरै थाक्ने काम चाहिँ गर्नुहुन्न । घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नून हालेर घाँटीमा गारगल (कुल्ला) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५–६ चोटि, त्यो नभए दुखेको र थुक निल्न गाह«ो भएको बेला कुल्ला गर्नुपर्छ । यसले घाँटीको दुखाइ र सङ्क्रमण पनि कम गर्छ । पानीमा अलिकति ज्वानो हालेर कुल्ला गर्दा पनि फाइदा गर्छ । मह र कागती : घाँटी दुखेका बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनओटा फाइदा हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले थोरै भएपनि क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केहि कम गर्छ । धेरैले यसमा अदुवाको टुक्रा पनि हाल्छन् । अदुवा पानीको भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ । तातो पानीको वाफ : सम्भव भएमा त पूरा जीउ नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सूक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ । पानी उमालेर वाफ लिन पनि सकिन्छ । कतिपयले पानीमा बास्ना आउने सञ्चो या टिञ्चर बेञ्जिन पनि हाल्छन् । यसरी वाफ लि“दा नाकमा बास्ना आई सुँघ्न आनन्द आउने र वाफले नाक खोल्ने हुँदा सास लिन सजिलो हुन्छ । औषधि : रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन, तर टाउको दुखेको, जीउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोल जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ । यसले आराम पु¥याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जीउलाई धेरै आराम हुन्छ । घरेलु औषधि : तुलसीको पात र दानालाई २–३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले धेरै फाइदा गर्छ । घरैमा पाइने तुलसीको पात आजकल चियाका रूपमा पनि बजारमा आउन थालेको छ । (डा. उप्रेतीको पुस्तक आफ्नो स्वास्थ्य आफ्नै हातमा बाट)

गिनिजले त पत्यायाे ! के अब पत्याउलान् त दर्शकले साैगातलार्इ ?

Ktm- विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएपछि एकाएक चर्चित बनेका ‘लभ यू बाबा’का निर्देशक सौगात बिष्टले आफूलाई दर्शकले नपत्याए पनि विश्वले पत्याएकाे बताएका छन् । शुक्रबार राजधानीमा आयोजित वधाई ज्ञापन कार्यक्रममा सौगातले भने, ‘नेपाली दर्शकले मेरो फिल्म हेरिदिनु भएन । सायद म बालकले कस्तो फिल्म बनाउला र भन्ने उहाँहरुलाई लागेको होला । तर, म खुशी छु गिनिज बुकले मलाई पत्यायो ।’ ७ वर्ष ३४० दिनको उमेरमा ‘लभ यु बाबा’ निर्देशन गरेका सौगातले यसअघि भारतका कृष्ण श्रीकान्तले नौ वर्षको उमेरमा राखेको कीर्तिमानलाई उछिन्दै गिनिजमा नाम लेखाएका हुन् । कन्नडका श्रीकान्तले सन् २००६ मा ‘फुटपाथ’ शीर्षकको फिल्म बनाएर गिनिजमा रेकर्ड कायम गरेका थिए । सौगातले अब फेरि फिल्म हलमा चलाउने र सबैले हेरिदिने आशा व्यक्त गरे । त्यस्तै कार्यक्रममा सौगातले गिनिजले दिएको औपचारिकतासँग थप जिम्मेवारी बढेको अनभूति भएको बताए । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले सौगातलाई गिनिज बुकको प्रमाणपत्र प्रदान गरेका थिए । उनले सौगातको फिल्म फेरि हलमा चलाउने वातावरण बनाउन आफूले पनि सक्दो सहयोग गर्ने बताए । सौगातले नेपालकै नाम राखेको मन्त्रीले बधाई दिएका थिए । सौगातका बुबा तथा ‘लभ यू बाबा’का कलाकार गजित बिष्टले छोराले फिल्म बनाउँदा आलोचना गर्नेहरु धेरै भएपनि उसले पाएको सफलताले सबै कुरा प्रमाणित गरिदिएको बताए । कलाकार तथा सौगातकी दिदी संगम बिष्टले भाइको खुशीमा आफू पनि खुशी भएको बताइन् । सौगातले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ गत मंसिर २६ मा प्रदर्शनमा आएको थियो । फिल्ममा गजित बिष्ट, संगम बिष्ट, अशिष्मा नकर्मी, निष्मा घिमिरे लगायतका कलाकारकाे अभिनय रहेको थियो ।

तपाई kO aaJAko राशिफल ....

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ छर–छिमेकमा असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाटफाइदा उठाउन सकिनेछ। काममा लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। आलस्य जाग्नेछ। समयमा होस नपुग्नाले बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। केही चुनौती पनि आइलाग्न सक्छन्। धैर्यसाथ काम लिनुपर्ला। बृष - Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। समय उत्साहवद्र्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। मिथुन - Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। परिवारजनको भरण–पोषण वा आवश्यकता पूर्तिमा खर्च बढ्नेछ। कर्कट - Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो सानातिना काममै अल्झनुपर्ने समय छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। धर्मकर्ममा मन जाला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ। सिंह - Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। सहयोगीहरू जुटाउन निकै प्रयत्न गर्नुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। प्रयत्न गर्दा व्यावसायिक काम बन्नेछन्। कन्या - Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। उत्साहवद्र्धक समय छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने मौका छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ। प्रेमको बन्धन पनि कसिने बेला छ। तुला - Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। लेनदेनमा विवाद बढ्नुका साथै अलि अन्यायमा परिने समय छ, सजग रहनुहोला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। बृश्चिक - Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु काममा अवरोध आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिने समय छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला। धनु - Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला। मकर - Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि असमझदारी बढ्न सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछिलाभ मिल्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। कुम्भ - Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। पठनपाठनमा लाभान्वित बन्न सकिनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। मान–सम्मानमा भने केही आघात पुग्न सक्छ। तापनि, प्रशंसकहरू बढ्नेछन्। बोलीको भरमा काम सम्पादन हुने योग छ। मीन - Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।

जोगीमाराको वनजङ्गलमा तस्करीको आखाँ पर्न थालेको छ । Jogimara, Dhading

Jogimara





Jogimara, Dhading
Jogimara
 तस्वीर ः अकबर खान

नेपालीहरुको सेवामा...... '' एनसेल नेपालकै लागी ''

 एनसेल   नेपालकै लागी

www.ncell.com.np

नेपालीहरुको सेवामा ...... नेपाल टेलिकम राष्ट्रको सञ्चार

नेपाल टेलिकम राष्ट्रको सञ्चार


www.ntc.net.np






















बिचार गर्नुपर्यो...

दिनमा हैन, सुत्दा लगाउने कन्ट्याक्ट लेन्स...

दिनमा हैन, सुत्दा लगाउने कन्ट्याक्ट लेन्स सामान्यतः पावरवाला चश्माको विकल्पको रुपमा कन्ट्याक्ट लेन्सको प्रयोग गर्ने गरिन्छ । आँखाको सुन्दरता बढाउन पनि यसको प्रयोग गर्ने गरिन्छ । कन्ट्याक्ट लेन्सले चश्मा लगाउनुपर्ने झन्झट त हटाउँछ नै साथसाथै यसले लगाउनेको आँखाको सौन्दर्य अभिबृद्धि गराउने काम पनि गराउँदछ । कतिपयलाई त कन्ट्याक्ट लेन्स भन्ने बित्तिकै फिल्महरुमा हिरो हिरोइनको प्राकृतिक रंगभन्दा नितान्त फरक देखिने रंगीचंगी आँखाको पनि झझल्को आइहाल्छ । त्यसैले दिनमा हैन, सुत्दा लगाउने कन्ट्याक्ट लेन्स भनेर शीर्षक देख्दा नै तपाईंलाई हाँसो उठ्न पनि सक्छ । अझ कतिपयको मनमा त के सपना राम्रो देख्नको लागि लगाउने हो त सुत्दा पनि कन्ट्याक्ट लेन्स भनेर हाँसो पनि उठ्न सक्छ । कतिलाई शीर्षक जोक्स जस्तो पनि लाग्न सक्छ । तर कुरा सत्य हो । दिनमा मात्र हैन, रातमा लगाउने कन्ट्याक्ट लेन्स पनि हुने गर्छ । यो विशेष किसिमको कन्ट्याक्ट लेन्स सुत्ने बेलामा मात्र लगाउने गरिन्छ । यो लगाएर सुतेपछि यसले हाम्रो आँखाको कोर्नियाको बाहिरी पत्र एपिथेलियमलाई फैलाइ दिन्छ । फलतः त्यस कन्ट्याक्ट लेन्सलाई बिहान झिकिदिएपछि हाम्रो आँखाको दृष्टि कन्ट्याक्ट लेन्स वा पावरवाला चश्मा लगाएजत्तिकै सफा र राम्रो हुन्छ । त्यसो त यो लेन्स लगाउने थाल्नेबित्तिकै काम गरिहाल्छ भन्ने चाहिँ हैन । सामान्यतः यो लेन्स लगाउन थालेको ७ देखि १० दिनमा चाहिँ त्यसले काम गर्न थाल्छ । यो कुरा पनि लगाउनेको आँखाको पावर अनुसार फरक फरक हुने गर्छ । तर त्यसले दिनभरि मात्रै काम गर्छ । फेरि अर्को रात त्यही प्रक्रिया दोहोर्याउनुपर्ने हुन्छ अर्थात् फेरि सुत्दा त्यो लेन्स प्रयोग गर्नुपर्ने हुन्छ । कदाचित लेन्सको प्रयोग गर्न छाडियो भने फेरि ३ देखि ५ दिनमा प्रयोगकर्ताको दृष्टि पहिलेकै अवस्थामा फर्कन्छ । त्यसैले यो लेन्सको प्रयोग चश्मा वा दिनको कन्ट्याक्ट लेन्सबाट पूर्णतः छुटकारा पाउने विधि नभएर झन्झटबाट बचाउने एउटा उपाय मात्रै हो । विशेष गरेर बच्चा एवं किशोरहरुका लागि यो एउटा राम्रो विकल्प हुन सक्छ । किनभने दृष्टि कमजोर भएका बच्चा एवं किशोरहरु चञ्चल हुने गर्छन् र उनीहरुका लागि दिनमा चश्मा वा कन्ट्याक्ट लेन्स लगाउनु बोझिलो र झन्झटिलो हुने गर्छ । त्यसो त यो लेन्स जो पायो त्यहीले लगाइहाल्न मिल्छ भन्ने चाहिँ होइन । यो लगाउनुपूर्व आँखाको स्वास्थ्य र कोर्निया रिसेप गर्ने लेन्सले पार्न सक्ने असरका बारे विशेषज्ञले राम्ररी जाँच्नु पर्ने हुन्छ ।

दाँत ५ मिनेट मै सेतो पार्ने घरेलु तरिका तपाई पनि हेर्नुस है त.......

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ | १ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ | २. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ | ३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ | ४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ | ५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ | ६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ | ७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ | ८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ |

आफ्नो तस्वीरहरु...

नायिका सुस्मा कार्कीको तस्वीरहरु...

मलाई मन परेको सुस्मा कार्कीको तस्वीरहरु...




>>

       जति हेर्यो उति राम्रो तस्वीर >>

>>  नायिका सुस्मा कार्कीको तस्वीर 


 

>>

 

प्रेम कस्तो हुन्छ ?

    प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैं दिनरात साथ नछोड्ने मनको प्रिय मीतझैं हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम हारेर पनि जितिने एउटा महान जितझैं ।
०००
>>

प्रेम गरेर केही भागूँ, म भिखारी बन्न चाहन्नँ सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्नँ समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।
 ०००
 प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन ठूलोसानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन ए ! नसाले बेहोस बनी प्रेमको कुरा गर्नेहरू ! म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।
०००
 प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैं चरित्रले बेदाग मानौं सुनकेशरी रानीझैं शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर प्रेम तिमीलाई लाग्नेछ, हृदयको अक्षय खानीझैं ।
०००
 प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न ए ! नक्कली प्रेमको कुरा गरी आफैंलाई भुलाउनेहरू बिना आस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न ।
०००
कसैलाई माया गरी म धर्तीलाई माया गरिरहन्छु तनभरि र मनभरि म विश्वासहरू भरिरहन्छु चाहे प्रेमी भन वा पागल भन, मेरो केही भन्नु छैन म हर्दम प्रेमपत्र सम्झी सिर्जनाहरू छरिरहन्छु

 >>

>>

 प्रेम तपस्या हो स्व: परीक्षामा बस्नुपर्छ कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ घृणाको यो दुनियाँमा प्रेम गर्छु भनी ठान्छौ भने अरूका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।
 ०००
 प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन् ढुंगामाटो कणकणमा आत्मा बनी रहिरहन्छन् चाहे दुनियाँले मानोस् वा मान्न इन्कार गरोस् प्रेमीहरू नबोलिकन चरित्रले केही कहिरन्छन् ।

 ०००
 यस्तो दिन आओस् यहाँ, मायैमायाको वास होस् रिस, द्वेष, घृणाहरू सबै सबैको नाश होस् मानवताको अंश भई म यस्तो सपना देखिरहेछु मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।
०००
 मान्छेहरू मनभित्र प्रेमको खोला बगाई हेर हृदयको चेतनाले आफैंलाई जगाई हेर युगयुग सभ्यताका रातहरू कति आए चुकजस्तो अन्धकारलाई अब पूरै भगाई हेर ।
 ०००
 जब मनमा प्रेम हुन्छ प्रेमभन्दा ठूलो केही लाग्दैन हरेक क्षण प्रेम गरिरहूँ भावना अरु केही जाग्दैन घामछायाँ जिन्दगीका मूल्यहरू धेरै होलान् साँचो भन्छु, प्रेमले यहाँ मूल्य भन्नु केही माग्दैन ।
 ०००
 जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन बसेपछि मनमा त्यसले सौम्यताको सीमा नाघ्दैन जिन्दगीको प्रत्येक मोड ढुकढुकीहरूले भन्छन् यहाँ प्रेम यस्तो बहार हो जुन आई फेरि कतै भाग्दैन ।
 ०००
 प्रेम हुन्छ कसरी यहाँ ? प्रेमी मनले बोल्न सक्दैन ढुकढुकीको भाखा मीठो, प्रेमी मनले खोल्न सक्दैन हृदयको कुरालाई हृदयमै राख्नु जाती प्रेम गरी जहर यहाँ, प्रेमी मनले घोल्न सक्दैन ।
०००
 जब प्रेम हुन्छ मनमा, काँढाहरू पनि फुल्न थाल्छन् मनमा बन्द आकाशहरू एकएक गरी खुल्न थाल्छन् मान्छेको यो दुनियाँका रंगहरू धेरै होलान् प्रेम गरे जिन्दगीका रंगहरू सबै खुल्न थाल्छन् ।
०००
 बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ जिन्दगीको मूल्य खोज्दै बाहिर किन भौंतारिनु प्रेम भए आफैंभित्र दिव्य-अमोल ताज छ ।
 ०००
 प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि मृत्युञ्जयी भई म प्रत्येक क्षण जिइरहन्छु ।     
 ०००
 साँचो प्रेम गर मातहरू सबै हटेर जान्छन् जस्तो सखारपछि अँधेरी सबै कटेर जान्छन् म सत्य भन्छु प्रेम यति पवित्र हुन्छ कि यसको साथ पाए पापहरू आफैं घटेर जान्छन् ।
                 
 भन्नेहरू भनिदिन्छन् प्रेम भावनाको भेल मात्रै अनायासै बाँधिदिने हडतकडी र नेल मात्रै साँचो प्रेम गर्नेहरू कहिले पनि मान्दैनन् यो प्रेम भन्नु भोग्नुपर्ने अभिशापको जेल मात्रै ।
 ०००
 घृणाले पागल हुनुभन्दा प्रेमले पागल हुनु जाती हरेक क्षण ढुकढुकीमा प्रेमको दु:ख छुनु जाती दु:खहरू छन् दुनियाँमा, बुद्धहरू यसै भन्छन् बिर्सेर प्रेमले आफैंलाई अरुका लागि रुनु जाती ।
 ०००
 प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु तिनका नजरमा सायद कसिंगरजस्तो बन्दै हिँड्छु समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन् तर मनले नहारी धर्तीमा असङ्ख्य आशा गन्दै हिँड्छु ।
 ०००
अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।
 ०००
 जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ जीउमा भए बन्धन कतै, एकएक गरी छोडिन्छ ए ! रूपका बजारमा आफैंलाई बेची हिँड्नेहरू ! प्रेममा संक्रान्ति भई जीवनको बाटो मोडिन्छ ।
०००
 प्रेम तनले तनलाई होइन मनले मनलाई गर्नुपर्छ एकअर्काका अस्तित्वमा अस्तित्व पूरै भर्नुपर्छ धर्तीमा जन्मेका महान् प्रेम-पथिकहरूलाई सोधी हेर अदम्य भावमा लिई प्रेममा बाधाहरू सबै हर्नुपर्छ ।
०००
शरीर नासिन्छ तर प्रेम कहिले पनि नासिन्न समयको भासमा परी प्रेम कहिले पनि भासिन्न मान्छेहरू बुझिहेर जीवन क्षणिक भए पनि अजम्बरी हुन्छ प्रेम कहिले पनि मासिन्न ।
०००
 प्रेम कतै गहिरिन्छ, प्रेम कतै अग्लिन्छ प्रेम कतै हिउँपानीको खोलीझैं सग्लिन्छ उत्सर्ग र बलिदानको भाषामा भन्दा प्रेम अरूलाई उज्यालो दिई आफू मोमबत्तीझैं पग्लिन्छ ।
 ०००
 प्रेम प्रेम हो, यौनको अर्काे पाटो होइन कुण्ठा, भडाँस अनि विकृतिको साटो होइन कठमुल्लाहरू प्रेमको विरोधमा जे बोलून् प्रेम सिर्जना हो, विध्वंसको कुनै बाटो होइन ।
 ००० 

होसियार, प्रेमको नाममा ठगीहरू कति चल्दो छ दुष्ट-कुटिल मनभित्र षड्यन्त्रहरू कति बल्दो छ कहिलेकाहीँ पवित्र प्रेममा चोटपटक लाग्यो भने नसम्झनु घोर निराशामा, प्रेमको युग यहाँ ढल्दो छ ।
 ०००
 माया गर्नुभन्दा धेरै मान्छेहरू मायाको बात मारिरहन्छन् ठूलाठूला पर्खाल ठड्याएर मान्छेहरू मायालाई बारिरहन्छन् मानवताको इतिहासको यो सबैभन्दा ठूलो दुर्भाग्य हो कि हृदयले निर्धन भई मान्छेहरू, आफंैसित हारिरहन्छन् ।
 ०००
 प्रेम पूजा हो, आराधना हो, प्रेमभन्दा ठूलो प्राप्ति छैन महानता र विशालतामा प्रेमभन्दा ठूलो व्याप्ति छैन नश्वरताका नियमहरू दुनियाँमा धेरै होलान् तर प्रेम यस्तो सत्व हो, जसको जन्म छ कुनै समाप्ति छैन ।

प्रेम प्रेम हो......... एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहू......................

एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहू मानवताको लागि भनी अमृत केही साँचिरहू समय बग्छ नदीझैं अज्ञात-अनन्त सागर छुन तिमी अरूका सम्झनाभरि आस्था बनेर नाचिरहू । ००० प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख प्रेमभन्दा मूल्यवान केही अरू हुँदैन ठानिराख सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए प्रेमको इतिहास चोखो लेखिनु पर्छ मानिराख । ००० प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैं दिनरात साथ नछोड्ने मनको प्रिय मीतझैं हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम हारेर पनि जितिने एउटा महान जितझैं । ००० प्रेम गरेर केही भागूँ, म भिखारी बन्न चाहन्नँ सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्नँ समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न । ००० प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन ठूलोसानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन ए ! नसाले बेहोस बनी प्रेमको कुरा गर्नेहरू ! म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन । ००० प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैं चरित्रले बेदाग मानौं सुनकेशरी रानीझैं शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर प्रेम तिमीलाई लाग्नेछ, हृदयको अक्षय खानीझैं । ००० प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न ए ! नक्कली प्रेमको कुरा गरी आफैंलाई भुलाउनेहरू बिना आस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न । ००० कसैलाई माया गरी म धर्तीलाई माया गरिरहन्छु तनभरि र मनभरि म विश्वासहरू भरिरहन्छु चाहे प्रेमी भन वा पागल भन, मेरो केही भन्नु छैन म हर्दम प्रेमपत्र सम्झी सिर्जनाहरू छरिरहन्छु ००० प्रेम तपस्या हो स्व: परीक्षामा बस्नुपर्छ कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ घृणाको यो दुनियाँमा प्रेम गर्छु भनी ठान्छौ भने अरूका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ । ००० प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन् ढुंगामाटो कणकणमा आत्मा बनी रहिरहन्छन् चाहे दुनियाँले मानोस् वा मान्न इन्कार गरोस् प्रेमीहरू नबोलिकन चरित्रले केही कहिरन्छन् । ००० यस्तो दिन आओस् यहाँ, मायैमायाको वास होस् रिस, द्वेष, घृणाहरू सबै सबैको नाश होस् मानवताको अंश भई म यस्तो सपना देखिरहेछु मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् । ००० मान्छेहरू मनभित्र प्रेमको खोला बगाई हेर हृदयको चेतनाले आफैंलाई जगाई हेर युगयुग सभ्यताका रातहरू कति आए चुकजस्तो अन्धकारलाई अब पूरै भगाई हेर । ००० जब मनमा प्रेम हुन्छ प्रेमभन्दा ठूलो केही लाग्दैन हरेक क्षण प्रेम गरिरहूँ भावना अरु केही जाग्दैन घामछायाँ जिन्दगीका मूल्यहरू धेरै होलान् साँचो भन्छु, प्रेमले यहाँ मूल्य भन्नु केही माग्दैन । ००० जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन बसेपछि मनमा त्यसले सौम्यताको सीमा नाघ्दैन जिन्दगीको प्रत्येक मोड ढुकढुकीहरूले भन्छन् यहाँ प्रेम यस्तो बहार हो जुन आई फेरि कतै भाग्दैन । ००० प्रेम हुन्छ कसरी यहाँ ? प्रेमी मनले बोल्न सक्दैन ढुकढुकीको भाखा मीठो, प्रेमी मनले खोल्न सक्दैन हृदयको कुरालाई हृदयमै राख्नु जाती प्रेम गरी जहर यहाँ, प्रेमी मनले घोल्न सक्दैन । ००० जब प्रेम हुन्छ मनमा, काँढाहरू पनि फुल्न थाल्छन् मनमा बन्द आकाशहरू एकएक गरी खुल्न थाल्छन् मान्छेको यो दुनियाँका रंगहरू धेरै होलान् प्रेम गरे जिन्दगीका रंगहरू सबै खुल्न थाल्छन् । ००० बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ जिन्दगीको मूल्य खोज्दै बाहिर किन भौंतारिनु प्रेम भए आफैंभित्र दिव्य-अमोल ताज छ । ००० प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि मृत्युञ्जयी भई म प्रत्येक क्षण जिइरहन्छु । ००० साँचो प्रेम गर मातहरू सबै हटेर जान्छन् जस्तो सखारपछि अँधेरी सबै कटेर जान्छन् म सत्य भन्छु प्रेम यति पवित्र हुन्छ कि यसको साथ पाए पापहरू आफैं घटेर जान्छन् । ००० भन्नेहरू भनिदिन्छन् प्रेम भावनाको भेल मात्रै अनायासै बाँधिदिने हडतकडी र नेल मात्रै साँचो प्रेम गर्नेहरू कहिले पनि मान्दैनन् यो प्रेम भन्नु भोग्नुपर्ने अभिशापको जेल मात्रै । ००० घृणाले पागल हुनुभन्दा प्रेमले पागल हुनु जाती हरेक क्षण ढुकढुकीमा प्रेमको दु:ख छुनु जाती दु:खहरू छन् दुनियाँमा, बुद्धहरू यसै भन्छन् बिर्सेर प्रेमले आफैंलाई अरुका लागि रुनु जाती । ००० प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु तिनका नजरमा सायद कसिंगरजस्तो बन्दै हिँड्छु समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन् तर मनले नहारी धर्तीमा असङ्ख्य आशा गन्दै हिँड्छु । ००० अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन । ००० जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ जीउमा भए बन्धन कतै, एकएक गरी छोडिन्छ ए ! रूपका बजारमा आफैंलाई बेची हिँड्नेहरू ! प्रेममा संक्रान्ति भई जीवनको बाटो मोडिन्छ । ००० प्रेम तनले तनलाई होइन मनले मनलाई गर्नुपर्छ एकअर्काका अस्तित्वमा अस्तित्व पूरै भर्नुपर्छ धर्तीमा जन्मेका महान् प्रेम-पथिकहरूलाई सोधी हेर अदम्य भावमा लिई प्रेममा बाधाहरू सबै हर्नुपर्छ । ००० शरीर नासिन्छ तर प्रेम कहिले पनि नासिन्न समयको भासमा परी प्रेम कहिले पनि भासिन्न मान्छेहरू बुझिहेर जीवन क्षणिक भए पनि अजम्बरी हुन्छ प्रेम कहिले पनि मासिन्न । ००० प्रेम कतै गहिरिन्छ, प्रेम कतै अग्लिन्छ प्रेम कतै हिउँपानीको खोलीझैं सग्लिन्छ उत्सर्ग र बलिदानको भाषामा भन्दा प्रेम अरूलाई उज्यालो दिई आफू मोमबत्तीझैं पग्लिन्छ । ००० प्रेम प्रेम हो, यौनको अर्काे पाटो होइन कुण्ठा, भडाँस अनि विकृतिको साटो होइन कठमुल्लाहरू प्रेमको विरोधमा जे बोलून् प्रेम सिर्जना हो, विध्वंसको कुनै बाटो होइन । ००० होसियार, प्रेमको नाममा ठगीहरू कति चल्दो छ दुष्ट-कुटिल मनभित्र षड्यन्त्रहरू कति बल्दो छ कहिलेकाहीँ पवित्र प्रेममा चोटपटक लाग्यो भने नसम्झनु घोर निराशामा, प्रेमको युग यहाँ ढल्दो छ । ००० माया गर्नुभन्दा धेरै मान्छेहरू मायाको बात मारिरहन्छन् ठूलाठूला पर्खाल ठड्याएर मान्छेहरू मायालाई बारिरहन्छन् मानवताको इतिहासको यो सबैभन्दा ठूलो दुर्भाग्य हो कि हृदयले निर्धन भई मान्छेहरू, आफंैसित हारिरहन्छन् । ००० प्रेम पूजा हो, आराधना हो, प्रेमभन्दा ठूलो प्राप्ति छैन महानता र विशालतामा प्रेमभन्दा ठूलो व्याप्ति छैन नश्वरताका नियमहरू दुनियाँमा धेरै होलान् तर प्रेम यस्तो सत्व हो, जसको जन्म छ कुनै समाप्ति छैन ।

अब बिना पैसा इन्टरनेट चलाउनुस....

इन्टर सेवा कम्पनी गुगलले अब सित्तैमा इन्टरनेट सेवा दिने योजना अघि सारेको छ । विशेषगरी विकासोन्मुख देशहरुमा गुगलले सित्तैमा इन्टरनेट सेवा दिने जनाएको हो । गुगलले विकासोन्मुख देश नेपाल, इन्डोनेसिया, भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशहरुमा सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरेको छ । यी विकासोन्मुख देशहरुमा चर्को शुल्कले इन्टरनेटको पहुँच धेरै सर्वसाधारण पुग्न नसकेको ठहर गर्दै गुगलले निःशुल्क इन्टरनेट दिने अभियान सुरु गर्न लागेको छ । स्मार्टफोन ‘एन्ड्रोइड वान’ सार्वजनिक भएका देशमा यो फोन प्रयोगकर्तालाई लक्षित गर्दै निःशुल्क इन्टरनेट दिने अभियान चलाउन लागेको हो । यसका लागि गुगलले भारतका बिभिन्न मोबाइल सेवा प्रदायक र एप्स निर्माताहरुसँग छलफल गरेर योजना कार्यान्वयन गर्ने बुझिएको छ । योजना कार्यान्वयन भएमा गुगलको अगुवाईमा मोबाइल सेवा प्रदायकहरुले ग्राहकलाई निश्चित एप्स चलाउँदा पैसा नलाग्ने बनाउने छ । एप डाउनलोड गर्दा र प्रयोग गर्दा लाग्ने खर्च गुगलले टेलिफोन सेवा प्रदायक कम्पनीलाई तिर्नेछ । यसरी विकासोन्मुख देशका नागरिकले सित्तैमा यो सेवा पाउन लागेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सीको सहयोगमा

आज ६५ औं प्रजातन्त्र दिवस......

आज ६५ औं प्रजातन्त्र दिवसराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य दलका नेताहरुबाट शुभकामना व्यक्त फागुन ७– आज फागुन ७ अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस। ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईदैछ। २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ। दिवसको अवसरमा सैनिकमन्च टुँडिखेलमा आइतबार विहान बिशेष कार्यक्रम आयोजना गरिएको छ। दिवसको अवसरमा राष्ट्रपति डा रामवरण यादवले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । सन्देशमा राष्ट्रपति यादवले २००७ सालमा प्राप्त प्रजातन्त्रको जगलाई अझै मजवुत पार्न पुनः २०४६ सालमा सम्पूर्ण नेपाली लागिपरेको बताउँदै बदलिँदो परिवेशमा लोकचाहनालाई सम्बोधन गर्न विसं २०६२÷६३ को आन्दोलनमार्फत नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएको बताएका छन् । राष्ट्रपति यादवले २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनबाट जनताले आफ्नो संविधान आफैँ बनाउन विगतदेखि राखेको आकाङ्क्षा पूरा भए पनि संविधान प्राप्त गर्ने कुरामा आशावादी हुँदाहँुदै पनि संविधानसभा भङ्ग हुन पुगेको उल्लेख गर्दै पुनः भएको दोस्रो संविधानसभाले पनि गत माघ ८ गते सङ्घीय र समावेशी चरित्रको संविधान निर्माण गर्ने लक्ष्यमा अल्मलिन पुगेको बताएका छन् । उनले प्रजातन्त्रका लागि ज्यानबाजी लगाउने सहिदप्रति श्रद्धाञ्जलि एवम् नेपाली जनताका लागि चिरस्थायी उपहारका रूपमा हामी सबै मिलेर नयाँ लोकतान्त्रिक संविधान सकेसम्म चाँडो जारी गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । यसैबीच, उपरराष्ट्रपति परमानन्द झाले प्रजातन्त्र दिवसको अवसरमा २००७ सालको महान् जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले राणा निरङ्कुश जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित रहेको उल्लेख गरेका छन् । वास्तवमा यो महान दिन नेपालमा युगान्तकारी परिवर्तनको यात्राको शुभारम्भको दिन पनि भएको उनले उल्लेख गरेका छन् । यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले आज एक सन्देशमार्फत ६५आँै प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री कोइरालाले जहाँनिया, तानाशाही र एकतन्त्री शासनबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवस–२०७१ को अवसरमा सबै नेपालीलाई हार्दिक बधाई दिदै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । सो अवसरमा प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक शासनको स्थापना र विकासका लागि गरिएका २००७ सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२÷६३ को जनआन्दोलन, मधेश आन्दोलन सहित विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्वान्जली अर्पण गरेका छन् । साथै घाइते भएका ज्यूदा सहिदको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिद परिवार र लोकतन्त्रको प्राप्तीको लडाईमा संलग्न प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको प्रधानमन्त्रीद्धारा जारी सन्देशमा जनाईएको छ । “लोकतन्त्रको स्थापना र जनताको हक अधिकारका लागि हामीले अहिलेसम्म गरेका संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरेर संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारीलाई परिणाममा पु¥याउन म संविधानसभामा रहेको र संविधानसभा भन्दा बाहिरका राजनीतिक दलसँग अपिल गर्दछु” प्रधानमन्त्री कोइरालाद्वारा जारी सन्देशमा भनिएको छ । उनले संविधान निर्माण सहित मुलुकका सामु रहेका सबै समस्याहरूको निराकरण आपसी वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाटै गर्न सकिने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी सहिदका सपना र जनताका आकांक्षा पुरा गर्न प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । यस्तै विभिन्न राजनीतिक दलका नेताहरुले पनि प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सगरमाथा आरोहणको रुट परिवर्तन

काठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहणको रुट परिवर्तन गर्ने भएको छ। गत वर्षको वैशाख ५ गते सगरमाथा आधारशिविरमा गएको भीषण हिउँपहिरोमा १६ जनाले ज्यान गुमाएपछि यो वर्षदेखि रुट परिवर्तन गर्न लागिएको हो। सगरमाथा आरोही संघका अध्यक्ष वाङ्छु शेर्पाले सरकार र व्यवसायीबीच सहमति भई रुट परिवर्तनका लागि काम सुरु गरिएको जानकारी दिए। गत वर्ष हिउँपहिरोमा परेर ज्यान गएको बाटो यो वर्ष प्रयोग नगर्ने र नयाँ रुट खोल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, आरोही संघ, सगरमाथा प्रदूषण नियन्त्रण समितिसहितका सरोकारवाला निकायबीच सहमति भएकोअन्नपूर्ण पोस्टमा खबर छ। सरकोकारवाला निकायको सहमतिपश्चात् सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङ दोर्जी शेर्पाको समूहले नयाँ रुट बनाउन सुरु गरिसकेको छ। नयाँ रुट विगत दुई वर्षदेखि प्रयोग भइरहेको रुटको तुलनामा दुई घन्टा लामो हुने आरोही संघले जानकारी दिएको छ। गत वर्ष गएको हिउँपहिरोमा ठूलो मानवीय क्षति भएकोले यो वर्षदेखि नयाँ रुट पहिचान गर्न लागिएको हो। यो नयाँ रुट विगतमा पनि प्रयोगमा थियो। तर, यो लामो भएकाले विगत दुई वर्षदेखि प्रयोगमा थिएन। अन्य रुटका तुलनामा यो रुट सुरक्षित छ। हाल प्रयोगमा रहेको रुट तुलनात्मक रूपमा छोटो भए पनि हिउँपहिरो आउँदा भने जोखिम बढी हुने भएकोले ठूलो मानवीय क्षति सहनु परेको संघका अध्यक्ष शेर्पाले बताए। आरोही संघका अनुसार अघिल्ला वर्षहरूमा सगरमाथा आधारशिविरबाट उकालो लागेपछि पार गर्नुपर्ने चारवटा क्याम्पमा छुट्टाछुट्टै टोलीले बाटो बनाउने गरेको थियो। गत वर्ष सगरमाथा आरोहणको बाटो बनाउने क्रममा नै क्याम्प दुईमा झडपसमेत भएकोले यो वर्ष एउटै टिमलाई बाटो बनाउने जिम्मा दिएको छ। एउटा टिमले जिम्मा पाएपछि उसैले बाटो बनाउने र चारवटै क्याम्पमा एउटै समूहले काम गर्ने भएपछि विवाद नहुने बुझाइ शेर्पाको छ। यो वर्ष प्रयोग गर्न लागिएको नयाँ रुटमा केही गरी हिउँपहिरो आइहाले पनि गत वर्षको तुलनामा कम क्षति हुन्छ। गत वर्ष हिउँपहिरो गएको बाटोमा बढी जोखिम रहेका कारण नयाँ रुट आवश्यक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। खुम्बु आईसफलको जोखिमपूर्ण बाटो परिवर्तन गरेर सहज बनाउन खोजिएको जानकारी सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष शेर्पाले बीबीसीलाई दिएका छन्। सगरमाथा आधारशिविरबाट चौथौ क्याम्पसम्म नै नयाँ रुट हुने आरोही संघका अध्यक्ष शेर्पाले जानकारी दिए। हरेक सिजनमा एउटा भरियाले ३० देखि ४० पटक खुम्बु आइसफलको यो रुट प्रयोग गर्ने भएकोले नयाँ रुट प्रयोग हुनु सामान्य नभएको उल्लेख छ। आगामी एक महिनापछि सगरमाथा आरोहणको सिजन सुरु हुन्छ। हरेक वर्ष सगरमाथा आरोहण गर्ने समूह बढ्दै जाने गरेका छन्। मे महिना सगरमाथा आरोणको सबैभन्दा उपयुक्त सिजन हो। यो एक महिनामा मात्रै करीब ३० देखि ३५ वटा टोलीले सगरमाथा आरोहण गर्ने गरेका छन्।

चट्याङले लागेर सोलुखुम्बुमा तीन जनाको मृत्यु ...

चट्याङले लागेर सोलुखुम्बुमा तीन जनाको मृत्यु ... २०७१ फागुन ७ गते सोलुखुम्बुमा चट्याङले लागेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ । बुधबार साँझ परेको चट्याङले लागेर वाकु गाविस बडा नं १ का मोतिलाल घिमिरेका छोरा ४२ वर्षका दण्डिप्रसाद घिमिरे, नन्दराज रसाईलीकी ११ वर्षकी छोरी बालकुमारी राई र ससुरालीमा रहेका करिब ३६ वर्षका रमेश बिकको मृत्यु भएको हो । साँझ परेको चट्याङले लागेर तीन जनाको घटनास्थलमै मृत्यु भएको मृतक घिमिरेका दाजु जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरेले जानकारी दिए । चट्याङले एकै गाँउका तीन जनाको मृत्यु भएपछि पुरै गाउनै स्तब्ध भएको छ । गाविसमा वितरीत ११ किलोवाटको पेल्ट्रिकसेट पावरहाउस नजिकै चट्याङ परेको थियो ।

बबरमहलमा पर्यटक बसले ठक्कर दिँदा मोटरसाइकल पछि बसेका एकजनाको मृत्यु

बबरमहलमा पर्यटक बसले ठक्कर दिँदा मोटरसाइकल पछि बसेका एकजनाको मृत्यु बुधबार ६ फागुन, २०७१ काठमाडौं–राजधानीको ब्यस्त सडक बबरमहलमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो मोटरसाइकमा सवार धरानका प्रविण प्रधानको दर्घटनामा परी मुत्यु भएको प्रहरीले जनाएको छ। माइतीघरबाट नयाँबानेश्वरतर्फ गइरहेको बा २८ प २९४८ नं. पहेलो रङको टिभिएस् कम्पनीको मोटरसाइकल पछाडि बसी सवार भएका प्रधानलाई तत्कालै उपचारका लागि न्युरो अस्पताल लगिएको थियो।उनको उपचारका क्रममा अन्नतपुर्ण अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। नयाँबानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा १ प ११६६ नं को पर्यटक बस र उक्त मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा निजको मृत्युभएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक धादिङ नौबिसे गाविस–३ का चालक राजीव अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ। सो मोटरसाइकलमा सवार राजिव अधिकारी घाइते भएका छन्। अधिकारीको अन्नपुर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ। तीब्र गतिमा रहेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेपछि बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु ...

बबरमहलमा बा १ प ११६६ नं को पर्यटक बसले टिभीएस मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बसेका एक जनाको मृत्यु भएको छ।

झोलुङ्गे पुल नहुँदा बिना सुरक्षा ट्युबमा बसेर दिनहुँ जोखिमपुर्ण त्रिशुली नदी वारपार गर्दै

धादिङ-नदी तर्ने झोलुङ्गे पुल नहुँदा बिना सुरक्षा ट्युबमा बसेर दिनहुँ जोखिमपुर्ण त्रिशुली नदी वारपार गर्दै विद्यालय जाने गोरखा भुम्लिचोक–८ हुइलिङबेसीका बालिकालाई सुरक्षित यात्राका लागि सहज हुने विग रिभर ट्युव (बोटिङ ट्युव) सेटसहित सोलार र शैक्षिक सामाग्री सहयोग गरिएको छ। नागरिक, रिपब्लिका दैनिक र नागरिकन्युजमा जोखिमयुक्त यात्रा गरेर विद्यालय जान बाध्य बालिकाहरु बारे समाचार छापिएपछि उनीहरुको समस्यालाई सम्बोधन गर्दै विभिन्न व्यक्ति र संस्थाहरुले करिब ८० हजार बराबरको अत्यावस्यकिय सामाग्री प्रदान गरेका हुन्। लामो समयदेखि नेपाल बस्दै आएकी अष्ट्रेलियन नागरिक लिण्डेल केइन र ट्रिनिटी कलेज काठमाडौंमा अध्ययनरत विद्यार्थीहरुको समुह सहयोगका लागि त्रिशुली आएका थिए। उनीहरुलाई पहिलो पाइला नामक संस्थाका तर्फबाट याङ्ला नाओमी र फिल्म निर्माता एवं कलाकार अमित ढुंगाना संयुक्त रुपमा विग रिभर ट्युब, प्याडल, वाटरप्रुफ व्याग बालिकाहरुलाई त्रिशुली किनारमै पुगेर सहयोग गरेका हुन्। त्यसैगरी मस्टो आउट डोर्सका रमेश कुँवरले एक सेट पम्प, धादिङ घर भई काठमाडौंमा आउटडोर हिमालयन ट्रेक्समा कार्यरत बद्री अर्यालले दुई थान लाइफ ज्याकेट उपलब्ध गराएका छन्। धादिङ कुम्पुर– आदमटार घर भई काठमाडौंमा क्यारियर इन्टरनेशनल सर्भिसका (म्यानपावर व्यवसायी) प्रबन्ध निर्देशक श्यामचन्द्र खतिवडाले चार घरका निम्ति २० वाट क्षमताका चार सेट सोलार बत्ति उपलब्ध गराएका छन्। साथै, पुल्चको इञ्जिनियरिङ क्याम्पसका भिजिटिङ प्रोफेसर जगन्नाथ श्रेष्ठले दुई थान सोलार ल्याम्प उपलव्ध गराएका छन्। सिड्स धादिङको तर्फबाट कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कार्यक्रम संयोजक गंगा सुवेदी र पूर्व उपाध्यक्ष रामचन्द्र रुपाखेतीले बालिकाहरुलाई एक वर्षलाई पुग्ने शैक्षिक सामाग्री र स्कुल ड्रेस त्रिशुली किनारमै पुगेर हस्तान्तरण गरेका छन्। लिण्डेलले आफ्नो जन्म दिनको उपलक्ष्यमा घोषणा गरेको अभियानममा सहयोगका लागि पहिलो पाइलाले साथ दिएको थियो। दिनहुँ विना लाइफ ज्याकेट नदी तर्दा ट्युव पल्टिएर हुनसक्ने जोखिमबाट बचाउन अभियान चलाएको लिण्डेलले बताइन्। विद्यार्थीहरुको सहयोगका लागि पहिलो पाइलाले काठमाडौंको बौद्धलगायतका स्थानमा ह्याण्डि क्राफ्ट, कुकिज, पानी पुरीलगायतका सामाग्री बेचेर अभियानबाट रकम संकलन गरी सहयोग गरिएको याङ्लाले बताइन्। उनले भनिन् हामी जस्तै स्कुल जाने साथीहरुको यो दुःख देखेर हामीले स्वयंसेवी भावले अभियान चलाएर सहयोग गर्न पाएकामा खुसी लागेको छ। कलाकार एवं फिल्म निर्माता अमित ढुंगानाले छोरीको ग्राजुएसनमा अमेरीका जाँदा समाचार पढेपछि नेपाल फर्केर सहयोग गर्न आएको बताए। उनले भने, ‘काठमाडौंबाट यति नजिकमा पनि यस्तो समस्या छ भन्ने थाहा पाएपछि सहयोग गर्ने रुची जागेर आयो। हामी सबै मिलेर अभियान थाल्यौं भने यहाँ पुल निर्माण पनि गर्न सक्छौं तर पहिले बालिका जोगाऔं अनि अन्य अभियान सञ्चालन गरौंला भनेर पहिलो प्रयत्न गरेको बताए।’ चार घर मात्र भएको हुइलिङबेसीको चेपाङ बस्तिमा हालसम्म राज्यको कुनै पनि सेवा सुविधा पुगेको छैन। पृथ्वी राजमार्गबाट पारी पट्टी रहेको सो स्थानमा हालसम्म टुकी बालेरै घर उज्यालो बनाउँदै आएका सिमान्तकृत आदिवासी जनजाती चेपाङ समुदायका चार घरलाई सोलार बत्तिको सेट उपलब्ध गराएका श्यामचन्द्र खतिवडाले आफ्नो खाजा कटाएर गरेको बचतले उनीहरुको घर उज्यालो बनाउन पाएकामा खुसी लागेको बताए। धादिङमा गैरसरकारी संस्था मार्फत सामाजिक काम गर्दै आएका सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले यस्तो सकसपुर्ण यात्रा गरेर पनि नियमित विद्यालय जाने बालिकाहरुलाई हौसला प्रदान गर्न शैक्षिक सामाग्री र स्कुल ड्रेस उपलव्ध गराएको बताए। तुइन र जोलुङ्गे पुल नजिक नहुँदा धादिङको मझिमटारमा रहेको शंखादेवी उच्च माविमा पढ्न आउँदा नियमित रुपमा विना सुरक्षा ट्युवमा यात्रा गर्दै आएका सरिता र राममाया चेपाङलाई अमेरिका बस्दै आएकी माला महते पनि दुई थान लाइफ ज्योकट उपलव्ध गराएकी थिइन्। विग रिभर ट्युव, सहित सोलार र शैक्षिक सामाग्री पाएपछि खुसी देखिएका उनीहरुले हर्षका आँसु झार्दै दाताहरुलाई धन्यवाद दिए। पटक-पटक ट्युवको हावा कम भएर र पल्टिएर पनि बाचेका उनीहरु अब भने विगतको समस्या नआउनेमा ढुक्क देखिन्थे। वारी-पारी गर्न सुरक्षित ट्युव र लाइफ ज्याकेट भएपछि पल्टिए पनि आफु जोगिन सक्ने बताए। छोरीहरुलाई नदी तर्न आधुनिक ट्युवसहित सुरक्षित सामाग्री र शैक्षिक सामाग्री अनि अँध्यारोमा बस्नु पर्ने समस्याबाट मुक्ति मिलेकोमा सरिताका बाबु विष्ण चेपाङ हर्षित देखिन्थे। उनले सरकारले बेवास्ता गर्दै आएको ठाउँमा यतिधेरै सामाग्री पाएकामा दंग भएको बताए। दाताहरु त्रिशुली किनारमा पुगेपछि सपरिवार आएका विष्णुले झोलुङ्गे पुल तर्ने सपना देखेको बताए। उनले भने, ‘अँध्यारोमा थियौं घर उज्यालो भयो। छोरीहरु स्कुल पुगेर फर्कन्छन् कि फर्कन्न् भन्ने चिन्ता थियो आज अस्थाई रुपमै भएपनि समाधान भएकामा खुसी छौं।’ समाचार प्रकाशित भएपछि विभिन्न व्यक्ति र निकायले तुइन र पुल निर्माण गर्ने चासो व्यक्त गरेका छन्। हाल जोखिमै नदी वारपार गर्ने चार घर भएपनि सो स्थानमा पुल निर्माण गर्न सकिए दुईसय घर परिवारले लाभ लिन सक्ने नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङ बताउँछन्। copy by #nagariknews

झोलुङ्गे पुल नहुँदा बिना सुरक्षा ट्युबमा बसेर दिनहुँ जोखिमपुर्ण त्रिशुली नदी वारपार गर्दै

धादिङ-नदी तर्ने झोलुङ्गे पुल नहुँदा बिना सुरक्षा ट्युबमा बसेर दिनहुँ जोखिमपुर्ण त्रिशुली नदी वारपार गर्दै विद्यालय जाने गोरखा भुम्लिचोक–८ हुइलिङबेसीका बालिकालाई सुरक्षित यात्राका लागि सहज हुने विग रिभर ट्युव (बोटिङ ट्युव) सेटसहित सोलार र शैक्षिक सामाग्री सहयोग गरिएको छ। नागरिक, रिपब्लिका दैनिक र नागरिकन्युजमा जोखिमयुक्त यात्रा गरेर विद्यालय जान बाध्य बालिकाहरु बारे समाचार छापिएपछि उनीहरुको समस्यालाई सम्बोधन गर्दै विभिन्न व्यक्ति र संस्थाहरुले करिब ८० हजार बराबरको अत्यावस्यकिय सामाग्री प्रदान गरेका हुन्। लामो समयदेखि नेपाल बस्दै आएकी अष्ट्रेलियन नागरिक लिण्डेल केइन र ट्रिनिटी कलेज काठमाडौंमा अध्ययनरत विद्यार्थीहरुको समुह सहयोगका लागि त्रिशुली आएका थिए। उनीहरुलाई पहिलो पाइला नामक संस्थाका तर्फबाट याङ्ला नाओमी र फिल्म निर्माता एवं कलाकार अमित ढुंगाना संयुक्त रुपमा विग रिभर ट्युब, प्याडल, वाटरप्रुफ व्याग बालिकाहरुलाई त्रिशुली किनारमै पुगेर सहयोग गरेका हुन्। त्यसैगरी मस्टो आउट डोर्सका रमेश कुँवरले एक सेट पम्प, धादिङ घर भई काठमाडौंमा आउटडोर हिमालयन ट्रेक्समा कार्यरत बद्री अर्यालले दुई थान लाइफ ज्याकेट उपलब्ध गराएका छन्। धादिङ कुम्पुर– आदमटार घर भई काठमाडौंमा क्यारियर इन्टरनेशनल सर्भिसका (म्यानपावर व्यवसायी) प्रबन्ध निर्देशक श्यामचन्द्र खतिवडाले चार घरका निम्ति २० वाट क्षमताका चार सेट सोलार बत्ति उपलब्ध गराएका छन्। साथै, पुल्चको इञ्जिनियरिङ क्याम्पसका भिजिटिङ प्रोफेसर जगन्नाथ श्रेष्ठले दुई थान सोलार ल्याम्प उपलव्ध गराएका छन्। सिड्स धादिङको तर्फबाट कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, कार्यक्रम संयोजक गंगा सुवेदी र पूर्व उपाध्यक्ष रामचन्द्र रुपाखेतीले बालिकाहरुलाई एक वर्षलाई पुग्ने शैक्षिक सामाग्री र स्कुल ड्रेस त्रिशुली किनारमै पुगेर हस्तान्तरण गरेका छन्। लिण्डेलले आफ्नो जन्म दिनको उपलक्ष्यमा घोषणा गरेको अभियानममा सहयोगका लागि पहिलो पाइलाले साथ दिएको थियो। दिनहुँ विना लाइफ ज्याकेट नदी तर्दा ट्युव पल्टिएर हुनसक्ने जोखिमबाट बचाउन अभियान चलाएको लिण्डेलले बताइन्। विद्यार्थीहरुको सहयोगका लागि पहिलो पाइलाले काठमाडौंको बौद्धलगायतका स्थानमा ह्याण्डि क्राफ्ट, कुकिज, पानी पुरीलगायतका सामाग्री बेचेर अभियानबाट रकम संकलन गरी सहयोग गरिएको याङ्लाले बताइन्। उनले भनिन् हामी जस्तै स्कुल जाने साथीहरुको यो दुःख देखेर हामीले स्वयंसेवी भावले अभियान चलाएर सहयोग गर्न पाएकामा खुसी लागेको छ। कलाकार एवं फिल्म निर्माता अमित ढुंगानाले छोरीको ग्राजुएसनमा अमेरीका जाँदा समाचार पढेपछि नेपाल फर्केर सहयोग गर्न आएको बताए। उनले भने, ‘काठमाडौंबाट यति नजिकमा पनि यस्तो समस्या छ भन्ने थाहा पाएपछि सहयोग गर्ने रुची जागेर आयो। हामी सबै मिलेर अभियान थाल्यौं भने यहाँ पुल निर्माण पनि गर्न सक्छौं तर पहिले बालिका जोगाऔं अनि अन्य अभियान सञ्चालन गरौंला भनेर पहिलो प्रयत्न गरेको बताए।’ चार घर मात्र भएको हुइलिङबेसीको चेपाङ बस्तिमा हालसम्म राज्यको कुनै पनि सेवा सुविधा पुगेको छैन। पृथ्वी राजमार्गबाट पारी पट्टी रहेको सो स्थानमा हालसम्म टुकी बालेरै घर उज्यालो बनाउँदै आएका सिमान्तकृत आदिवासी जनजाती चेपाङ समुदायका चार घरलाई सोलार बत्तिको सेट उपलब्ध गराएका श्यामचन्द्र खतिवडाले आफ्नो खाजा कटाएर गरेको बचतले उनीहरुको घर उज्यालो बनाउन पाएकामा खुसी लागेको बताए। धादिङमा गैरसरकारी संस्था मार्फत सामाजिक काम गर्दै आएका सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले यस्तो सकसपुर्ण यात्रा गरेर पनि नियमित विद्यालय जाने बालिकाहरुलाई हौसला प्रदान गर्न शैक्षिक सामाग्री र स्कुल ड्रेस उपलव्ध गराएको बताए। तुइन र जोलुङ्गे पुल नजिक नहुँदा धादिङको मझिमटारमा रहेको शंखादेवी उच्च माविमा पढ्न आउँदा नियमित रुपमा विना सुरक्षा ट्युवमा यात्रा गर्दै आएका सरिता र राममाया चेपाङलाई अमेरिका बस्दै आएकी माला महते पनि दुई थान लाइफ ज्योकट उपलव्ध गराएकी थिइन्। विग रिभर ट्युव, सहित सोलार र शैक्षिक सामाग्री पाएपछि खुसी देखिएका उनीहरुले हर्षका आँसु झार्दै दाताहरुलाई धन्यवाद दिए। पटक-पटक ट्युवको हावा कम भएर र पल्टिएर पनि बाचेका उनीहरु अब भने विगतको समस्या नआउनेमा ढुक्क देखिन्थे। वारी-पारी गर्न सुरक्षित ट्युव र लाइफ ज्याकेट भएपछि पल्टिए पनि आफु जोगिन सक्ने बताए। छोरीहरुलाई नदी तर्न आधुनिक ट्युवसहित सुरक्षित सामाग्री र शैक्षिक सामाग्री अनि अँध्यारोमा बस्नु पर्ने समस्याबाट मुक्ति मिलेकोमा सरिताका बाबु विष्ण चेपाङ हर्षित देखिन्थे। उनले सरकारले बेवास्ता गर्दै आएको ठाउँमा यतिधेरै सामाग्री पाएकामा दंग भएको बताए। दाताहरु त्रिशुली किनारमा पुगेपछि सपरिवार आएका विष्णुले झोलुङ्गे पुल तर्ने सपना देखेको बताए। उनले भने, ‘अँध्यारोमा थियौं घर उज्यालो भयो। छोरीहरु स्कुल पुगेर फर्कन्छन् कि फर्कन्न् भन्ने चिन्ता थियो आज अस्थाई रुपमै भएपनि समाधान भएकामा खुसी छौं।’ समाचार प्रकाशित भएपछि विभिन्न व्यक्ति र निकायले तुइन र पुल निर्माण गर्ने चासो व्यक्त गरेका छन्। हाल जोखिमै नदी वारपार गर्ने चार घर भएपनि सो स्थानमा पुल निर्माण गर्न सकिए दुईसय घर परिवारले लाभ लिन सक्ने नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङ बताउँछन्। copy by #nagariknews

इराकमा आइएसद्धारा ४५ जनालाई ‘जिउँदै जलाएर हत्या’ ....

फाल्गुन ६ । इराकको अल–बगदादी क्षेत्रमा इस्लामिक स्टेट (आइएस)का अतिवादीहरुले ४५ जनालाई जिउँदै जलाएर हत्या गरेका छन् । मारिनेहरु को थिए र किन हत्या गरिएको भन्ने केही नखुलेको त्यहाँको प्रहरीले जनाएको छ । कर्णेल काासिम अल–ओबेदीले भने हत्या गरिएकामा कतिपय सुरक्षाकर्मी पनि हुनसक्ने आशंका गरेका छन् । सुरक्षकर्मी र स्थानीयअधिकारीहरुको परिवार रहने क्षेत्रमा उक्त घटना भएको बताइएको छ । आइएस लडाकूहरुले गत हप्तामात्र उक्त क्षेत्रको धेरै स्थान आफ्नो कब्जामा लिएका थिए । उता, नाइजेरियामा चुनाव अगाडि कतिपय क्षेत्रमा लगातार गराइएको बम विस्फोटमा ४० जना मारिएका छन् । पूर्वोत्तर सहर बियूमा सेनाको चेकपोस्टमा गरिएको विस्फोटमा ३६ जना मारिएका हुन् भने योबे राज्यस्थित रेस्टुराँमा गराइएको विस्फोटमा तीनजना मारिएका छन् भने १२ जना घाइते भएका छन् । विपक्षी पार्टी एपीसीको र्याली हुँदै गर्दा घटना भएको खबर छ । हिंसाकै कारण त्यहाँको निर्वाचन २८ मार्चका लागि सारिएको छ । (एजेन्सी)

बहादुर गोर्खालीलाई सुरक्षाको जिम्मा दिएपछि आफु र आफ्ना साथी वेष्ट ब्रोम ढुक्क...

फुटबलर डी मारियाको सुरक्षामा गोर्खा सैनिक ! अर्जेन्टिनी स्ट्राइकर एन्जेल डि मारिया रियल मड्रिड छाडेर म्यान्चेष्टर युनाइटेड पुगेका छन् । तर, बेलायतको बसाईको सुरुवातमै उनलाई अफाप भएको छ । दुई साताअघि मात्रै बन्दुकधारीहरुको एउटा समूहले डि मारिया बसिरहेको घरमा आक्रामण गरेको थियो । साँझ करिव साढे ७ बजे पत्नी र छोरीसँग खाना खाइरहेका बेला मारियाको घरमा बन्दुकधारी प्रवेश गरेका थिए । सो घटनापछि डि मारिया परिवारसहित घर छाडेर होटलमा बस्न थालेका छन् । सुरक्षाको प्रत्याभूति नभएसम्म घर नर्फकने मुडमा रहेका डि मारियालाई हालै उनका साथीहरुले समाधान सुझाएका छन् । बेलायती अनलाइन दि सन अनुसार म्यान्चेष्टरकै खेलाडी वायन रुनीले सम्पत्तिको सुरक्षाको जिम्मा भूपू गोर्खालाई दिन सुझाव दिएका छन् । भूपू गोर्खाका अगाडी कुनै पनि आक्रामणकारी घरमा प्रवेश गर्न नसक्ने भन्दै उनले उनीहरुको साथ लिन सुझाव दिएको बताइएको छ । आफुले पनि सन् २०१० देखि नै भूपू गोर्खालाई सुरक्षाको जिम्मा दिएको भन्दै उनले त्यसो भएमा फेरि आक्रामणको चिन्ता लिन नपर्ने बताएका छन् । बेलायती सेनामा काम गरिसकेका र बहादुर गोर्खालीलाई सुरक्षाको जिम्मा दिएपछि आफु र आफ्ना साथी वेष्ट ब्रोम ढुक्क भएको उनले बताएका छन् ।

शुभ प्रभात ।

Plz Yo page lai like garnu hai?? https://www.facebook.com/pages/Bishwadip-DC/113034132230023

शुभ प्रभात

हजुरहरुको दिन शुभ होस्