बबरमहलमा पर्यटक बसले ठक्कर दिँदा मोटरसाइकल पछि बसेका एकजनाको मृत्यु
बुधबार ६ फागुन, २०७१
काठमाडौं–राजधानीको ब्यस्त सडक बबरमहलमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो मोटरसाइकमा सवार धरानका प्रविण प्रधानको दर्घटनामा परी मुत्यु भएको प्रहरीले जनाएको छ।
माइतीघरबाट नयाँबानेश्वरतर्फ गइरहेको बा २८ प २९४८ नं. पहेलो रङको टिभिएस् कम्पनीको मोटरसाइकल पछाडि बसी सवार भएका प्रधानलाई तत्कालै उपचारका लागि न्युरो अस्पताल लगिएको थियो।उनको उपचारका क्रममा अन्नतपुर्ण अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
नयाँबानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा १ प ११६६ नं को पर्यटक बस र उक्त मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा निजको मृत्युभएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक धादिङ नौबिसे गाविस–३ का चालक राजीव अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ।
सो मोटरसाइकलमा सवार राजिव अधिकारी घाइते भएका छन्। अधिकारीको अन्नपुर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ।
तीब्र गतिमा रहेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेपछि बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment