सरकारसँग छैन स्वाइनफ्लुको पर्याप्त औषधि... संक्रमितको संख्या २० पुग्यो ...

स्वाइनफ्लुका संक्रमित बढ्दै २० पुगेका छन् । तर,स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासित संक्रमितलाई खुवाउने औषधि निश्चित परिणाममा मात्रै छ । भारतमा जस्तै नेपालमा पनि प्रकोप बढ्दै गए औषधिको अभाव हुने महाशाखाले जनाएको छ । महाशाखाले स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवानएनवानबाट संक्रमितहरुलाई खुवाउने ‘टामिफ्लु’ नामक औषधि सरकारसित हजार जनालाई पुग्ने मात्रै रहेको जनाएको छ । बजारमा नपाइने यो औषधि सरकारले निःशुल्क निजी तथा सरकारी अस्पतालहरुलाई दिँदै आएको छ । महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले स्वाइनफ्लुका बिरामीलाई कम्तीमा ५ दिनको डोज दिनुपर्ने र आफूहरुसँग २५,४५ र ७५ मिलिग्राम (एमजी) डोजका औषधि भएकाले बढीमा हजारजनालाई मात्रै पुग्न सक्ने बताए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment