विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा आचार्य जन्मनुभएको थियो । संस्कृत भाषाको रामायणलाई नेपाली भाषमा लेखेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्वपूर्ण योगदान गर्नुभएको छ । उहाँको प्रश्नोत्तर, भक्तमाला, रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कविता पनि उत्तिकै चर्चित छन् । भानुभक्तका केही कविता यस्ता छन्: एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को हित् गरौ भनि ब्रम्ह्ना ताहि थिया पर्या चरगनमा खुसि गराया पनि क्या सोद्च्हौ तिमी सोध् म भन्च्हु म भनि मर्जि भयेथ्यो जसै ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै । हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु बाकि छइन तथा बिसुन्न इछया म यो गर्द्छु आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ गर्न्याछन सब पाप् पनि सरलका निस्काम तिमा गइ । साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि कोहि जान् परत्रिमा रतहुनन कोही त हिम्सा महा दिनइलाई त अत्मा जानि रहलान् नत्तिक पसु झहि कहा । भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो मेरा ईनार न त सत्तल पाटिकै छन् जे धन चीजहरु छन् घर भित्रनै छन् त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति अमरावती कान्तिपुरी नगरी कतिका दिन याहिँ बिते सुखले यतिका कविता रचिए मुखले । अब झल्झल भो म भुलूँ कसरी अमरावति कान्तिपुरी नगरीू ूकहीं घर्घर ज्यावल(मेशिनको कहीं चिर्वीर गान् रसिला चरिको हरियो गहुँ झुल्दछ फाँटभरी अलकापुरि कान्तिपुरी नगरी । ूकटि कूच कसी हिँडन्या युवती चलन्या पथमा नलजाई रति सँगमा छ युवादल वरिपरि अमरावति कान्तिपुरी नगरी । ूमृत मूषिकको बुटि झर्छ जहाँ हिँड्दा डुलँदा टुपि जल्छ जहाँ कुतिको कलरव् अँझ ओरिपरि अमरावति कान्तिपुरी नगरी । थलियाभरि पस्कि झिँङ्गालु रस अटियाउपरै कुतिसाथ बस खूब खाऊ चपाउ पिऊ सुमरी अलकापुरि कान्तिपुरी नगरी । एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि। मान्माथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी। रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू। रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु। लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी। लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी। बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली। बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली। की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि। भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

No comments:

Post a Comment