कोटवाडामा ३५ मजदुर मारिएको १३ वर्ष ... ०५८ फागुन १२ गते सुरक्षाफौजले गोली हानी हत्या गरेको थियो । हत्या भएकामध्ये धादिङका १७ जनामा १६ जना अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्य थिए ...

कोटवाडामा ३५ मजदुर मारिएको १३ वर्ष धादिङ, फागुन १२ - मजदुरीका लागि देशका विभिन्न जिल्लाबाट कालिकोटकोे कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माणमा संलग्न रहेको बेला सेनाले घेराबन्दी गरेर चलाएको गोलीबाट ३५ जना मजदुर मारिएको १३ बर्ष लागेको छ । घटना भएको १३ बर्ष भईसक्दा पनि कोटवाडामा मारिएकाहरुको शव अहिलेसम्म परिवारले पाएको छैन । विमानस्थल निर्माणका लागि धादिङ जिल्लाको जोगिमारा, धुषा गाविसबाट कोटवाडा पुगेका १७ जना र अरु जिल्लाका गरी ३५ जना मजदुरलाई माओवादी हुनसक्ने आशंकामा २०५८ फागुन १२ गते सुरक्षाफौजले गोली हानी हत्या गरेको थियो । हत्या भएकामध्ये धादिङका १७ जनामा १६ जना अति विपन्न चेपाङ र एक दलित परिवारका सदस्य थिए । कोटवाडा घटनाको सर्वत्र विरोध भएपछि लोकतन्त्रबहाली पछिको सरकारले त्यहाँ मारिएका मजदुरका परिवारलाई प्रतिव्यक्ति ३ लाखका रुपैंयाका दरले राहत दिने निर्णय गरेको थियो । कोटवाडा घटना हुनु केही दिन अघि मात्रै तत्कालिन माओवादीले अछाम सदरमुकाम मंगलसेन आक्रमण गरेर भागेका थिए । माओवादीलाई पछ्याउँदै आएको सेनाको हेलिकप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएर माओवादीहरु भने त्यहाँबाट सुरक्षित स्थलतर्फ भागेका थिए । माओवादी त्यहाँबाट भागेपछि सेनाले घेराबन्दी गरेर चलएको गोलीबाट ३५ जना एकै चिहान भएका थिए । कमाउन गएका घर मुली तथा परिवारका सदस्यहरु मारिएपछि जोगिमाराका विपन्न चेपाङ र दलित परिवारको बिचल्ली भएको छ । Copy by ujyaalo online

No comments:

Post a Comment