काठमाडौं, फागुन १० – भारतमा देखिएको स्वाइन फ्लुको संक्रमण नेपालमा समेत प्रवेश गरेको आशंका गरिएको छ । दिल्लीबाट फर्किएका दुईजनामा स्वाइन फ्लुको संक्रमण देखिएको बुझिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसलाई गोप्य राखेको छ ।
भारतमा स्वाइन फ्लुको संक्रमण बढ्दा नेपालमा समेत यसको जोखिम रहेपनि पूर्व सतर्कता अपनाइएको छैन । सीमावर्ती क्षेत्र झन बढी जोखिममा छन् ।
यसअघि महाशिवरात्रिको बेला भारतबाट धेरै दर्शनार्थी नेपाल आएकाले स्वाइन फ्लूको खतरा हुन सक्ने भन्दै डाक्टरहरुले सचेत हुन आग्रह गरिसकेका छन् । भारतमा अहिले स्वाईनफ्लू फैलिरहेको छ ।
स्वाईन फ्लू एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्ने भएकाले भिडभाडका बेला सावधानी अपनाउन टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनको सुझाव छ । स्वाईनफ्लू रुघाखोकीको माध्यमबाट सर्ने भएकाले भिडभाडमा छिट्टै एक अर्कोमा सर्छ ।
रुघाखोकी लागे, घाँटी दुखे र पखाला लागे सामान्य रुपमा नलिई तत्काल जाँच गराउनुपर्ने डाक्टर पुनको भनाई छ । खुला सिमाका कारण भारतबाट स्वाईन फ्लू नेपाल भित्रने खतरा धेरै भएको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।
स्वाईन फ्लूबाट जोगिन घर बाहिर हिँड्दा माक्स लगाएर मात्र हिँड्न उनीहरुको सुझाव छ ।
No comments:
Post a Comment