चितवनका होटल व्यवसायी आन्दोलित, सोमबारदेखि अनिश्तिकालिन बन्द ...

चितवनका होटल व्यवसायी आन्दोलित, सोमबारदेखि अनिश्तिकालिन बन्द चितवन,, सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी संघ चितवनले भोली (सोमबार)देखि अनिश्चितकालिन व्यवसाय बन्दको आह्वान गरेको छ । आज (आइतबार) साँझ नारायणगढमा पत्रकार सम्मेलनगरि संघले जिल्ला भित्रमा सुरक्षित रुपमा व्यवसाय संचालन गर्ने वातावरणको प्रत्याभुति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने जानकारी दिएको हो । संघले भोली (सोमबार)बाट मुङ्गलीनदेखि भरतपुर क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा गेष्टहाउसहरु अनिश्चितकाल सम्मको लागि बन्द गर्ने जनाएको छ । संघका अध्यक्ष डासीराम ढकालले जिल्लाका होटल व्यवसायीहरुलाई धरासायी बनाउने गुरुयोजना नै बनाई बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्ट हाउसमा बसेका पाहुना तथा व्यवसायीहरुलाई हिरासतमा लिने कार्यकोविरुद्वमा आन्दोलनमा उत्रनु परेको बताउनुभयो । उहाँले भन्नुभयो–“जबसम्म सुरक्षित वातावरण बन्दैन तब सम्म हामी व्यवसाय गर्न सक्दैनौं ।” संघका निवर्तमान अध्यक्ष इमान्दु बरालले प्रहरीले होटलमा भएको इन्ट्री बुकलाई पनि वेवास्ता गरि जबरजस्ती ग्राहकहरुलाई हिरासतमा लैजाने कार्य निन्दनीय भएको बताउनुभयो । उहाँले प्रहरीको यस्तो हर्कतले आन्तरिक तथा बाह्य पर्यटकहरु समस्यामा पर्ने गरेको भन्दै यस्तो अवस्थामा व्यवसाय चलाउन नसक्ने बताउनुभयो । उहाँले सार्वजनिक विदाको दिन प्रहरीले पटक–पटक छापा मार्ने गरेको भन्दै यसले जिल्लाको होटल व्यवसाय नै धरापमा पार्ने खेल भएको बताउनुभयो । बरालले यौन व्यवसायमा संलग्न भएको आरोपमा पक्राउ गरेकाहरुलाई प्रमाणित गरेर वेश्यावृति ऐन २०५९ बमोजिम नै कारवाही गर्न चुनौती दिनुभयो । “प्रहरीले वेश्यावृतिमा संलग्न रहेको प्रमाणित गर्न सक्दैन, उनीहरुलाई अन्य मुद्दा लगाएर फसाउने षड्यन्त्र गर्ने गरको छ, साच्चिकै वेश्या हो भने सोही ऐन अनुसार कारवाही गरेर देखाओस्”–बरालले भन्नुभयो । प्रहरीले शनिबार भरतपुर र नारायणगढका होटलहरुमा छापा मारेर ५० भन्दा बढिलाई पक्राउ गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष श्रीराम गिरीले व्यवसाय नै धरापमा पार्ने गरि हुने यस्तो हर्कतकाविरुद्व देश भरका व्यवसायीहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो–“राज्य गर्नुपर्ने काम हामीले गरिरहेका छौं, अब हामी सबैको ठेक्का लिएर हामी दुःख झेल्नुपर्ने जरुरी छैन, हामी व्यवसाय बन्दगरि आन्दोलनमा उत्रन्छौं ।” सोही पत्रकार सम्मेलमा शनिबार होटलबाट पक्राउ परेका बाँके खजुराका विष्णु सुनारले आफ्नो परिचय दिँदा दिदै पनि प्रहरीले धम्कीपूर्ण भाषा प्रयोग गर्दै जबरजस्ती पक्राउ गरेको दुखेसो गर्नुभयो । उहाँले आफू श्रीमतीको क्यान्सरको उपचारका लागि चितवन आएको जानकारी गराउँदा समेत प्रहरीले बेवास्ता गरको दुखेसो पोख्नुभयो । “मैले सबै परिचय दिँदा पनि मलाई छोडिएन, अपशब्द प्रयोग गरि जबरजस्ती गरेपछि म प्रहरीको गाडीमा गए”–पक्राउ परेका सुनार सुनाउनुभयो । उहाँले श्रीमती लक्ष्मी भट्ट सुनारको स्तनको क्यान्सर उपचार गराउन शनिबार मात्रै चितवन आएर मुनलाईट होटलमा बसेको बताउनुभयो । तर प्रहरीले सबैको अगाडि अपराधिजस्तै गरि पक्राउ गरेको भन्दै मानसिक तनाब व्यहोर्नुपरेको बताउनुभयो । प्रहरीले पक्राउ गरको मध्ये ५ जोडी श्रीमान–श्रीमती भएको पाइएपछि उनीहरुलाई साँझ नै छोडिएको थियो । समाज,मा प्रकासित भएको

No comments:

Post a Comment