मकवानपुर, फागुन १४ – मकवानपुरका छुट्टाछुट्टै ठाउँमा बिहीबार वर्षासँगै परेको चट्याङबाट दुईजनाको ज्यान गएको छ । चट्याङले मन्थली गाबिस वडा नंम्बर ३ बस्ने अक्कलबहादुर घिसिङ्गको छोरा १३ बर्षिय युवराज घिसिङको ज्यान गएको हो । घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिनुभयो । यसैगरी राक्सिराङ गाविस ८ चुरेडाँडामा पनि चट्याङ लागेर ३० वर्षिय सूर्यलाल चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरभित्र चेपाङ दम्पती अगेनामा आगो तापेर बसिरहेको अवस्थामा चट्याङ परेर परेको प्रहरीको भनाई छ । यस आर्थिक वर्षको ८ महिनामा मात्र चट्याङबाट मकवानपुरमा ११ जनाको ज्यान गैसकेको छ । ३३ जना घाइते भएका छन् । यस्तै दोलखामा चट्याङ लागेर एकजना घाइते भएका छन् । कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न पुगेका काभ्रेपलाञ्चोकका श्यामसुन्दर श्रेष्ठ चट्टयाङ लागेर अचेत भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

No comments:

Post a Comment