२०७० सालको एसएलसी परिक्षमा ९४ प्रतिशत अँक ल्याएकी दृष्टि गिरीको सुझाव यस्तो छ :
*. पहिला त एसएलसीको भूतबाट टाढा रहने ।
*. स्वतन्त्र भएर पढ्ने ।
*. म एसएलसी दिँदैछु भनेर नआतिने ।
*.अरु परीक्षा जस्तै एसएलसीलाई पनि एउटा परीक्षाका रुपमा लिने ।
*.प्रशस्त आराम सँगै मनोरञ्जन गर्ने र दैनिक ६ घण्टा नियमित सुत्ने र त्यसछिको समयमा पढ्ने ।
*.एसएलसी परीक्षा भन्दा दुई महिना अघि पढ्नुभन्दा नि १० कक्षाको पढाइको सुरुवातसँगै राम्रोसँग पढ्नुपर्छ ।
*. एसएलसी भनेर दिनरात घोटेर पढ्नु गलत हो ।
*.नेपालको शिक्षा नीति नै गलत छ । एसएलसी आएपछि मात्र दुई महिने सुगा रटाई पढाइले राम्रो अंकको सट्टा पढेको कुरा पनि बिर्सिन्छ ।
*.त्यसैले आरामसँगै पढ्ने र पुराना प्रश्नपत्र सकेसम्म धेरै हेर्ने ।
*.गेसपेपर, गाईड र अन्य बिभिन्न नोटहरुले विद्यार्थीको वास्तविक क्षमता लुटिरहेको छ । त्यसैले यस्ता सामग्रीबाट टाढा रहनुपर्छ ।
*.किताबी ज्ञान बाहेक अन्य सामग्रीहरु नियमित रुपमा हेर्ने ।
*.परिवारले पनि छोराछोरीलाई राम्रोसँग पढ्ने वातावरण बनाउन पर्छ ।
*.स्कुलहरुमा परम्परागत शिक्षा बिधि अझै पनि कायम भएकाले एसएलसीको बारेमा नकारात्मक छाप विद्यार्थीमा परेको छ । त्यसैले अब बिद्यार्थी स्वयमले आपm्नो एउटा पढ्ने बाटो बनाउनुपर्छ ।
No comments:
Post a Comment