चट्याङ लागेर २ को मृत्यु ३ घाइते ...

दोलखा– सोमबार परेको चट्याङले दोलखाको पश्चिमी गाउँ मागापौवास्थित आफ्नै घरमा बसिरहेका नातीनी र बज्यैको मृत्यु भएको छ। सोमबार दिउँसो १२ बजे परेको चट्याङबाट मागापौवा गाविस ४ माथिल्लो गाउँकी ६९ वर्षीया साहिली तमाङ र उनकी ११ वर्षीया नातिनी फूलमाया तमाङको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।साहिली र उनकी नातिनी घरमै बसेका बेला घटना भएको प्रहरीले जनाएको छ। सोमबार बिहानैदेखी पानी परेपछि मृतक नातिनी बज्यै मात्र घरमा थिए। प्रहरीका अनुसार घटनाको समयमा मृतक साहिलीका छोरा र अर्का २ नाती दिउँसो काममा गएका थिए। मध्यान्हको समयमा घरमा चट्याङ लागेर मृत्यु भएका उनीहरु मृत्यु भएको खबर दिउसो ३ बजे मात्र गाउँलेले थाहा पाएपछि प्रहरीलाई टेलिफोनबाट खबर गरेका थिए। यस्तै सोमबारकै चट्याङले जिल्लाकै मेलुङ गाउँमा ३ जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो ३ बजेतिर परेको चट्याङले लागेर मेलुङ गाविस वडा नं ४ की ४५ वर्षीया मैया खड्का र उनकी छोरी ९ बर्षकी सरला खड्का र डाँडाखर्क ३ का ३५ वर्र्षीया गोमा खड्का घाईते भएको प्रजिअ लामिछानेले जानकारी दिए। गोमा आफन्तलाई भेट्न मैयाको घरमा आएकी थिइन्। उनीहरुको दुवै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामय रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको तस्वीर सहित.. धादिङको जोगिमारामा आज विहान दुई ओटा बस ठोक्किदा दुई विदेशी नागरिक सहित ४ जनाको मृत्यु भएको छ ...

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारामा आज विहान दुई ओटा बस ठोक्किदा दुई विदेशी नागरिक सहित ४ जनाको मृत्यु भएको छ ।
 दुर्घटनामा थुप्रै जना घाइते भएका छन् ।
 माइक्रो बस

बलात्कारमा परेकी चितवनकी एक युवतीले आज आत्महत्या गरेकी छिन...

बलात्कारमा परेकी युवतीद्वारा आत्महत्या ... चितवन, चैत १५–केही दिनअघि बलात्कारमा परेकी चितवनकी एक युवतीले आज आत्महत्या गरेकी छिन् । चितवनको दारेचोक–९ फिस्लिङ बस्ने २४ वर्षीया श्रीमाया गुरुङले घरमा कोही नभएको मौका पारेर आत्महत्या गरेको श्रीमायाका दाजु एकबहादुर गुरुङले जानकारी दिए । बलात्कारपछि विक्षिप्त भएकी उनले त्यसैको पीडा सहन नसकेर आत्महत्या गरेको हुनसक्ने दाजु एकबहादुरले बताए । आज जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालयमा आएका बेला पत्रकारसँग कुरा गर्दै उनले बलात्कारको पीडा सहन नसकेर बहिनीले आत्महत्या गरेको दाबी गरे । पीडित परिवारले गोरखा घर भएका २९ वर्षीय महादेव कटुवालले पोखरामा बोलाएर बहिनीलाई बलात्कार गरेको आरोप लगाएका छन् । सोही आरोपमा प्रहरीले कटुवाललाई पोखराबाट पक्राउ गरेको बताइएको छ ।

प्रहरीबाटै बलात्कारपछि हत्या ...

अछाम चैत १६ अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) धनवीर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेका छन् । रानीवन उपस्वास्थ्यचौकीमा कार्यरत अनमी कलादेवी जैसीलाई प्रहरी सहायक निरीषक धामीले उनकै घरभित्र पसेर बलात्कार गरी जंगलमा लगेर हत्या गरेका हुन् । राजधानी दैनिकमा समाचार छ । पीडित परिवारका अनुसार असई धामीले ४६ वर्षकी अनमी जैसीमाथि लामो समयदेखि हिंसा गर्दै आएका थिए । असई धामीले गत २८ फागुनको मध्यराति २ बजे जैसीकै घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरी हत्यार गरेको मृतकका छोरा धनञ्जय न्यौपाने (जैसी)ले बताए । उनका अनुसार प्रहरी सहायक निरीषक धामीले अनमी कलादेवीलाई बलात्कारपछि राति नै लछारपछार गर्दै जंगलतिर तानेर लगेका थिए । सोही समयदेखि बेपत्ता भएकी उनको १३ दिनपछि शव भेटिएको थियो । उनको शव भैरवस्थान-घ स्यालघाट भन्ने स्थानमा फेला परेको थियो । ‘मध्य रातमा आमाले बचाउ भन्दै चिच्याउनुभयो । म उठेर जाँदा उसले यहाँ आइस् भने मारिदिन्छु भन्यो,’ मृतकका छोरा धनञ्जयले भने ‘अनि म डरले जान सकिनँ । त्यसपछि उसले कहाँ लग्यो थाहा भएन । खोजी गर्दा एकै पटक शव फेला पर्यो ।

नेपालीले खोलेको ‘सगुन डटकम’ फेसबुक, गुगललाई चुनौती दिन तयार ...

आईतवार 15 चैत, 2071 | 9:56 AM | Viewed: 1869 times काठमाडौं, चैत्र १५ । इन्टरनेट प्रयोगकर्ताहरुमाझ लोकप्रियता हासिल गरेका गुगल, फेसबुक, ट्यूटर, ह्वाट्सएप जस्ता साइट अर्थात सोसियल नेटवर्कलाई नै चुनौति दिन सक्ने सोसियल कम्यूनिकेशन साइट ‘सगुन डटकम’ले एसियाली देशहरुमा आफ्नो उपस्थिति देखाउन थालेको छ । अमेरिकामा बस्ने नेपालीहरुले बनाएको सगुन प्रयोग गर्दा अर्थातखाता खोल्दा पैसा पाउन सकिने भएपछि प्रयोगकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् । इन्टरनेटमा लत बसेकाहरु वा सोसियल नेटवर्क साइटहरुमा अभ्यस्त बन्न चाहने प्रयोगकर्ताहरुले सगुनलाई सजिलो र धेरै सुविधायुक्त नेटवर्कका रुपमा स्विकारेका छन् । अमेरिकामा बसेर एप्लिकेसन निर्माणमा जुटेका गोबिन्द गिरीको नेतृत्वको इन्जिनियरहरुको समुहले यस्तो एप्लिकेसनको विकास गरेपछि चल्तीमा रहेका सोसियल साइटहरुलाई चुनौती बनेको छ । पैसा प्राप्त गर्ने सुविधा, यसमा खाता खोलेपछि सबै नेटवर्कहरुको प्रयोग गर्न सकिने एडभान्स साइटको विकास भएपछि विश्वभर वर्चस्व जमाएर बसेका अन्य एप्लिकेशन कम्पनीहरुलाई चुनौति थपिएको हो । सन् २००९ मा सर्च इन्जिनका रुपमा विकास भएको सुगुनलाई थप परिमार्जन गरी सार्वजनिक गरेपछि यसलाई रुचाउनेहरु नेपाल, भारत, अष्टेलिया, अमेरिकालगायतका देशहरुमा धेरै देखिएका छन् । सार्वजनिक भएको केही साताममै यसमा खाता खोल्नेहरुको संख्या दुईलाख हाराहारीमा पुगेको छ । लगइन वा एड गरेको आधारमा अन्य साइटहरु स्वयमले पैसा पाउने व्यवस्था हुने भएपनि सगुनले प्रयोगकर्तालाई पनि साझेदारका रुपमा अघि सारेको संस्थापक गोविन्द गिरी बताउँछन् । ‘यसलाई ब्राण्डिङ्गका रुपमा विकास गरेर इन्टरनेट प्रयोगकर्ताहरुलाई नयाँ स्वाद दिन खोजेका हौ,’उनले भने–‘हामीले आफू मात्र कमाउन खोजेका होइनौं प्रयोगकर्तालाई पनि साझेदारका रुपमा अघि सारेका छौं ।’ के छ सुविधा सगुनमा खाता खोलेपछि अन्य सोसियल नेटवर्कहरुको तुलनामा पृथकता पाउन सकिन्छ । फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट, इन्स्टागामसहितका मेसेजिङ्गको विशेषता यसमा पाउन सकिन्छ । यसमा रहेको ‘माई सेक्रेट’ नामक फिचरबाट आफनो गोप्य कुरा, फोटोहरु परिवारका सदस्य, साथी र आफ्नो समुदायका व्यक्तिहरुलाई बाँड्न सकिन्छ । आफ्नो दैनिकीलाई सेडयूलमा राखेर पोष्ट गर्न सकिन्छ । यसैगरी आफ्नो समुह व्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदन प्रदान पनि गर्न सकिन्छ । सगुनबाट पठाएको फोटो तथा सूुचना सेयर हुनासाथ डिलिट हुन्छ । अर्को नौलो सुविधा भनेको तीनवटा फोटोहरु एउटै फोटो बनाई सेयर गर्न सकिने सुविधा हो । अर्को चाहीं अलइनवान पेज महत्वपूर्ण मानिन्छ । ग्रिटिङ, क्यालेन्डर जस्ता अत्यावश्यक फिचर पनि यसमै भएकाले एउटै पेजबाट भेराइटी फिचर बनाउन सकिन्छ । यी बाहेक सुगनडटकम प्रयोग गर्दै गएपछि अन्य धेरै सुविधाहरु उपयोग गर्न सकिन्छ । खाता खोल्ने तरिका अन्य सोसियल साइटहरुजस्तै sagoon.comखोलेपछि यसभित्र गएर सगुनको आधिकारिक सदस्य बन्न सकिन्छ । अन्य सोसियल नेटवर्कमा साथी नबनेको भए ‘साइन अप’मा गएर नयाँ युजर नेम र पासवर्ड राखेर यसको सदस्य बन्न सकिन्छ । फेसबुक, टयूटरमा सदस्य बनिसकेको भए फेसबुक, टयूटरमा गएर ‘कनेन्ट विद फेसबुक वा टयूटर’मा गएर क्लिक गरी सदस्य बन्न सकिन्छ । खाता खोलेपछि अन्य नेटवर्कमा भएका साथीहरुलाई रिक्वेस्ट पठाएर साथी बनाउन सकिन्छ । सगुनमा साइनइन गरेर सदस्य बनेर नियमित प्रयोग गर्न थालेपछि धेरै सुविधाहरुको उपयोग गर्न सकिन्छ । यसरी प्राप्त हुन्छ पैसा फेसबुक, ट्वीटर, ह्वाटसएप, स्न्यापच्याट, इन्स्टागामसहितका मेसेजिङ साइटको विशेषता भएको सोसियल कम्युनिकेशन साइट सगुन डटकममा पहिलो पटक खाताखोल्दा ५ डलर प्राप्त हुन्छ । रकम ५ डलरमा मात्र सिमित हुँदैन । क्रमशः यसको रकम बढदै जान्छ । त्यसकालागी साइटमा भएका फिचरहरुको प्रयोग गर्दै जाँदा निश्चित रकम पिग्गी बैंकमा जम्मा हुँदै जान्छ । बैकमा जम्मा भएको पैसा क्यास चाहीं लिन पाइदैन । जम्मा भएको रकमबाट निश्चित समय पछि सगुनका सुचिकृत बिक्रेता कहाँ गएर सामान खरिद गर्न सकिन्छ । यस साइटलाई सोसल स्मार्ट कार्डको रुपमा पनि प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले डिजाइन भएको यस कार्डले ग्राहकलाई अनलाइन सपिङ गर्न साथै उपहार पठाउन सहयोग गर्छ । सुचिकृत विक्रेताकहाँ गएर सबैभन्दा पहिले यो स्मार्ट कार्डको प्रयोग गर्नेले ५ अमेरिकी डलर बराबरको पुरस्कार पनि प्राप्त गर्न सकिने व्यवस्था छ । स्थानीय स्तरका बस्तुहरु प्राप्त गर्न पनि सगुनले प्रयास जारी राखेको छ । भावी योजना सगुनडटकम टीमले विश्वमा भइरहेको प्रविधिको चामत्कारिक फडकोमा आफूलाई दरिलो स्पर्धीको रुपमा उभ्याएर काम थालेको छ । संस्थापक गोबिन्द गिरीले ‘लङ ट्रम भिजन’ बनाएर तिब्र रुपमा कामहरु अघि बढाइरहेको बताएका छन् । उनले यस्तो अनौठो र ‘विग ड्रिम’ लामो समयको अध्ययन पश्चात तय गरेको जिकीर गरेका छन् । विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरुले उपयोग गरिरहेका चल्तीका सोसियल साइटहरुमाझ केहीबर्षमै दरिलो प्रतिस्पर्धीका रुपमा आफूहरुलाई खडा गर्ने दावी उनको छ । सानो देशको नागरिक भएपनि नेपाली पहिचानका रुपमा यसलाई विश्वभर सर्वाधिक प्रयोगकर्ताको मन जित्ने टीमको योजना छ । अन्य साइटहरु प्रयोग गरेवापत प्रयोगकर्ताहरुले पैसा भुक्तान गरिरहेको छन् । तर सगुनले प्रयोगकर्ताहरुमार्फत कमाएको नाफालाई साझेदारी गर्ने काम गरिरहेको छ । सगुनको पहिलो भर्सन सार्वजनिक भएपछि प्रयोगकर्ताको मनसाय बुझेर एडभान्स योजनाहरुको काम सुरु भइसकेको टीमले बताएको छ । तीन–तीन महिनामा भर्सनहरु चेन्ज हुनेछन् । अबको भर्सनमा ‘कम्यूनिटी इभेन्ट’, ‘मुडवेस कन्भर्सेसन’, सिटी गाइट, मोबाइल एप्लीकेसन जस्ता सुविधाहरु थप गरिनेछ । अमेरिकी, स्पेनिस, अफ्रिकीहरुलाई लक्षित गरि सगुन थप विस्तार गर्ने तयारी गरिरहेको छ ।

७१ वर्षे हजुबाबुले गरे अपांग किशोरी नातिनिको बलात्कार ...

गोरखा,चैत १४ – नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती मेला गएको मौका छोपेर ७१ वर्षे इन्द्रबहादुर गुरुङले शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत शनिबार दिउँसो ३ बजे बलात्कार गरेको पारिवारिक स्रोतले जनाएको छ । बाख्रा चराउन जङ्गल गएकी नातिनीलाई गुरुङले बलात्कार गरेको खुलेको हो । अघिल्लो हप्ता घटना घटे पनि गाउँमै मिलाउने प्रयास हुँदा घटना बाहिर आएको थिएन । गाउँमा कुरा नमिलेपछि शुक्रबार प्रहरीकहाँ उजुरी आएको थियो । प्रहरीले इन्द्रबहादुरलाई आज पक्राउ गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक अर्जुन चन्द ठकुरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा इन्द्रबहादुरलाई पक्राउ गरी जिप्रका ल्याइएको हो । इन्द्रबहादुरलाई आइतबार जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ । copy
बिहीवार 12 चैत, 2071 पोखरा, चैत्र १२ । पोखराको न्यूरोडमा रहेको डिआईबी फर्म हाउसमा आगलागी हुँदा दुई वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ । रुपा गुरुङको घरमा रहेको गोविन्द अधिकारीको फर्म हाउसमा बिजुली सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट दुई वटा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन्। पसलभित्रै राखिएका तीन वटा मोटरसाइकल पनि जलेको छ । पोखराको दुई वटा दमकल र खानेपानीका ट्याङकरको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरणको संकलन भइरहेको प्रहरीले जनाएको छ ।

बेनिघाटमा बसको ठक्कर बाट पैदल यात्रीको मृत्यु.....


धादिङ, चैत्र ११ ।
  यात्रुबसको ठक्करले पैदल यात्रीको मृत्यु भएपछि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट सडकखण्ड ठप्प बनेको छ ।

काठमाडौंबाट पूर्व तर्फ जादै गरेको ना ५ ख ४१६३ नम्बरको बसले वेनिघाट गाँउ विकास समिति वडा नं ८ गोमती खोला नजिकै एक पैदल यात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

>मृत्यु हुनेमा वेनिघाट ८ की २८ वर्षिया लक्ष्मी गुरुङ रहेकी छन् ।
 >>>>>>>>>>>>>>>>>>>


पैदल यात्रुको मृत्युपछि स्थानियले बसमा तोडफोड गरेका छन् भने चालकलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग ठप्प पारेका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
>
 बेनिघाटमा बसको ठक्कर बाट पैदल यात्रीको मृत्यु पछि सडकमा बालिएको टाएर..
 बसको ठक्कर बाट पैदल यात्रीको मृत्यु पछि सडकमा बालिएको टाएर..

Taplejung(ताप्लेजुङ) आगलागीः ३० करोड क्षति ४४ घर ध्वस्त, ११८ परिवार विस्थापित ...

ताप्लेजुङ, चैत्र १० - सोमबार साँझ सदरमुकाम फुङलिङमा भएको आगलागीबाट घरबाहेक ३० करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । विपत ब्यवस्थापन समितिका अनुसार वाट ४४ घरमा पूर्ण क्षति पुगेको छ । ३५ जनाका ३७ घर जले भने आगो नियन्त्रणमा लिन ७ घर तथा टहरा भत्काइएको थियो । होटल, पसल तथा डेरा गरी बस्ने १ सय १८ परिवार विस्थापित भएका छन् । आगलागीले ४ सय ६५ जनालाई बासबिहीन बनाएको छ । समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौलाका अनुसार विस्थापितलाई जिल्ला विकास समिति, सामुदायीक भवन र उद्योग वाणिज्य संघको भवनमा वस्ने प्रवन्ध मिलाइएको छ । मंगलवार विहान प्रारम्भीक राहत स्वरुप पाल, कम्वल, भाँडाकुँडा, थाल, एकसरो लगाउने कपडा वितरण गरिएको छ । खाद्यान्नकालागि ३० किलो चामलको वोरा, एक किलो दाल, नुन, तेल, प्रदान गरिएको थियो । खाद्यान्न पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति र कपडा लगायतका सामग्री रेडक्रस सोसाईटिले प्रदान गरेको हो । प्रतक्षदर्शी मात्रीका न्यौपानेका अनुसार खाना पकाउने ग्यासबाट आगो फैलिएको थियो । आगोले भरत श्रेष्ठ, हर्क श्रेष्ठ, किशोर शाह, ममता सुनुवार, लक्ष्मी सुनुवार, टेकनाथ पौडेल, रमेश गौतम, युवराज वराल, नारायण सिंह मादेनको घर जलेको छ । यस्तै देवीमाया गीरी, वालकुमारी न्यौपाने, श्याम तामाङ, गोरख खवास, मनमाया गुरुङ, साँवा साइली, राम प्रसाद गोम्देन, सारदा श्रेष्ठ, डिल्लीराम लिम्वु, नरेन्द्र साँवा, वमवहादुर लिम्वु, छत्र विक, चीरञ्जीवि विक, डम्बर कार्की, ज्ञान वहादुर साम्सोहाङ, खड्गवहादुर एङदेन, निलम न्यौपाने, मात्रीका प्रसाद न्यौपानेका घर जलेका छन् । अनन्त भट्टराई, मोती पालुङवा, अम्विका एङदेन, लक्ष्मी सुनुवार, योगेन्द्र भट्टराई, लोकनाथ गीरी, हर्क गुरुङका घर खरानी भएका छन । आगलागीले यसरी ध्वस्त भए फुङलिङका घर (फाेटाेफिचर) आगलागिले सरकारी तर्फ स्थानीय शान्ति समिति, जिविस उर्जा तथा वातावरण शाखा कार्यालय जलेका छन् भने गैर सरकारी संस्था तर्फ हिमाली संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ, जनमुखी कृषि सहकारी संस्था, विअस मिडिया, जनमुखी विकास सरोकार मञ्च, विअस पर्यटन तथा वातावरण विकास परिषद, आदिवासी जनजाती विकास सरोकार मञ्च, आइएमइमनी ट्रान्सफर दुइवटा र निजामती कर्मचारी संगठनको कार्यालय जलेका छन् । साँझ ६ः४५ वजेतिर सुरु भएको आगो नौ वजे आंसिक नियन्त्रणमा आएको थियो । पूर्ण नियन्त्रणमा भने विहान दमकलले पानी हालेपछि मात्रै आएको हो । तोक्मेडाँडाँ क्षेत्रमा आगो वड्ने ठाउँ नभएपछि र सदरमुकाम क्षेत्रमा भीम मीश्रको तीन तले घर माथीवाट सयौं मान्छेले ढुङगामाटो हानेर राती आगो फैलन नसक्ने वनाएका थिए । सेना, प्रहरी र स्थानियवासी रातभरीनै सडकमा बसेका थिए । आगलागि प्रभावित बृद्धबृद्धा तथा वालवालिकालाई भने आफन्त साथीभाईकोमा पुर्याएर राखिएको थियो । उनिहरु विहान उज्यालो नहुदै देखि आफ्नो विग्रीएको संरचनाको थातथलोमा भेला भएका थिए । यसरी भयो आगलागी मात्रिका न्यौपाने, प्रत्यक्षदर्शी लगभग ६ वजेर ५० मिनेट जति भएको थियो । बच्चा खेलाएर कोठामा वसेको थिए । छोडेर वाहिर निस्किए । एसो हेर्दा होटल पूर्वेलीमा आगोको सानो ज्वाला देखें । के पाक्तैथियो के भयो पक्तो पाइन । मैले देख्ता सिलिण्डरमा आगो वल्दै थियो । त्यो देखेर त्यहा भएका सवै भागे । यसलाई निभाउनु पर्छ भनेर म, होटल साहु, मास्तिरको मिलन भाई भएर निभाउने प्रयास गर्यो । ग्याँस पानीले होइन अरुलेनै निभाउनु पर्छ भनेर प्रयास गर्दागर्दै सम्भव नभएपछि मपनि छोडेर घरतिर दौडिए । श्रीमती, आमा र भाइलाई सुनाएर वाहिर निस्कदा घरको धुरीमा आगो पुगीसकेको थियो । त्यसपछि कराउने, चिच्याउने, भागदौड गर्ने क्रम सुरु भयो । हावाको वेगले आगो यत्ति उडायोकी रोक्न सक्ने कुनै सम्भावनै थिएन । copy by ekantipur

सप्तरीमा बस ठोक्किँदा दुईको मृत्यु, २५ घाइते, १५ को अवस्था चिन्ताजनक ...

मंगलवार 10 चैत, राजविराज, चैत्र १० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको त्रिकौल–८ मा मंगलबार दुईओटा यात्रुबस एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । घाइते भएका २५ मध्ये १५ जनाको अवस्था चिन्ताजनक छ । काठमाडौंबाट काँकड्भिट्टा जाँदै गरेको उज्यालो यातायात र काँकड्भिट्टाबाट भैरहवा जाँदै गरेको मुनाल यातायातको बस ठोक्किएको हो । मृतकउज्यालो यातायातका चालक बाराका रोहित भुजेल र भारत सिलिगुडीका सुरेन्द्र राई रहेको प्रहरीले जनाएको छ । घाइतेको धरान र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौबाट काँकड्भिट्टा जाँदै गरेको उज्यालो यातायातले माइक्रोबसलाई उछिन्न खोज्दा अनियन्त्रित भइ अगाडिबाट आउँदै गरेको मुनाल यातायातको बसमा ठोक्किएको ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख उमेशकुमार यादवले जानकारी दिए ।

ताप्लेजुङमा भिषण आगलागीका तस्वीरहरु..यो तस्वीर हेरेर कस्को मन रुदैन होलार?

दुई दजन जति घर जलेर नष्ट
लाखौको क्षति
 यो तस्वीर हेरेर कस्को मन रुदैन होलार?



- विश्वदीप DC

ताप्लेजुङ्ग सदरमुकाम मा भिषण आगलागी..

ताप्लेजुङ्ग सदरमुकाम फुङ्गलीनमा भिषण आगलागी..,
आगो नियन्त्रण बाहीर 
  हावा हुरीको कारण आगो फैलदै... दुई दर्जन जति घर मा आगलागी... 
विष्तृत विवरण आउन बाकी......



‘खै, अब त अनुहार पनि देख्न पाइन्छ कि पाइँदैन?

विदेशी फन्दामा नेपाली भरिया धादिङ, दार्खा–३ स्थित घरमा ७१ वर्षीय म्लाङदुङ तामाङ दम्पती। छोरो धनबहादुर १५ वर्षदेखि थाइल्यान्ड जेलमा छन्। तस्बिर :मणि दाहाल काठमाडौं-‘खै, अब त अनुहार पनि देख्न पाइन्छ कि पाइँदैन? बेलाबेला खबर र फोटो आउँछ, त्यही हेरेर चित्त बुझाएका छौं।' धादिङ, दार्खा–३ का ७१ वर्षीय म्लाङदुङ तामाङले यसो भनिरहँदा उनका हातमा छोरा धनबहादुरको फ्रेम गरिएको तस्बिर थियो। साथमा पत्नी थिइन्, जो १५ वर्षदेखि मुख नदेखेको छोरालाई सम्झेर विलौना गर्दै थिइन्। तामाङ दम्पतीका जेठा छोरा ४३ वर्षीय धनबहादुर लागुऔषध तस्करी अभियोगमा थाइल्यान्डको जेलमा आजीवन कारावास सजाय भोगिरहेका छन्। ज्यानमा पखेटा लाग्नेबित्तिकै कमाइ गर्न गाउँ छाडेर काठमाडौं उक्लेका थिए धनबहादुर। राजधानी पसेपछि एकाएक उनको फूर्तिफार्ती बढेको थियो। बेलाबेला घर आउजाउ गर्थे। आमाबाबु र परिवारका अरू सदस्यलाई नबिराई कोसेली ल्याउँथे। उनको समृद्धि देखेरै दंग परेका आमाबाबुले त्यसको स्रोत खोज्ने प्रयास भने कहिल्यै गरेनन्। तामाङ दम्पतीले जतिबेला थाहा पाए, त्यतिबेला ढिला भइसकेको थियो। छोरा धनबहादुर अपराधको अँध्यारो गुफामा यति भित्रसम्म छिरिसकेका थिए, बाहिरबाट हेर्दा त्यहाँ निष्पट्ट अन्धकारबाहेक केही देखिँदैनथ्यो। फर्कने बाटोधरी लगभग बन्द भइसकेको थियो। धनबहादुर लागुऔषध ओसारपसार अभियोगमा थाइल्यान्डको बैंकक विमानस्थलमा सन् २००० मा पक्राउ परिसकेका थिए। उनीहरूले बल्ल बुझे, छोरा लागुऔषध ओसार्ने गिरोहका भरिया बनेका रहेछन्। छोराको हातबाट पाएको जुन महँगा उपहारले उनीहरू दंग थिए, त्यो त्यही लागुऔषधको आम्दानीबाट किनिएको रहेछ। जेठो छोरा विदेशी भूमिमा पक्राउ परेपछि म्लाङदुङ तामाङको घरमा जगै भासिएजस्तो भयो। बुहारीसँग सम्बन्ध अमिलियो। दुई जना नाति च्यापेर बुहारी माइत लागिन्। अहिले म्लाङदुङका ठूलो नाति एसएलसी दिने तयारीमा छन्। धेरै भेटचाहिँ हुँदैन। ‘छोरा भइदिएको भए नातिहरू पनि घरमै हुन्थे होलान्,' म्लाङदुङले दुखेसो पोखे, ‘छोरा साथमा नभएपछि नातिहरू पनि बिरानो भएका छन्, बूढाबूढी छोराको फोटो हेरेर धुमधुम्ती बसिरहन्छौं, एक्लै घर रुंगिरहन्छौं।' ... लागुऔषध ओसारपसार अभियोगमा थाइल्यान्डको जेल पर्ने धनबहादुर एक्ला नेपाली होइनन्। थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार लागुऔषध तस्करीमा त्यहाँ कारावास सजाय काटिरहेका नेपालीको संख्या ५७ छ। तीमध्ये आधाभन्दा बढी धनबहादुरजस्तै धादिङको उत्तरी गाउँका बासिन्दा छन्। दार्खा, सत्यदेवी, तिप्लिङ, सेर्तुङ र झार्लाङ गाविसका २४ सहित धादिङ जिल्लाका ३१ जना लागुऔषध ओसारपसार अभियोगमा थाइल्यान्डका विभिन्न कारागारमा सजाय काट्दैछन्। तीमध्ये पनि नुवाकोटसँग सीमा जोडिएको सत्यदेवी गाविसका मात्र १७ जना छन्। त्यस्तै, दार्खाका एक, तिप्लिङका दुई, सेर्तुङका तीन र झार्लाङका एक जना रहेको नेपाली दूतावासले जनाएको छ। थाई जेलमा रहेका बारा, डुमरवानाका कैदी पनि धादिङेकै आफन्त हुन्। ५७ मध्ये ९ जना बैंककबाहिर चियाङराई र चियाङमाई जेलमा छन्। ‘पक्राउ पर्ने र छुट्ने कैदी निरन्तर रुपमा हुने गरेको छ,' बैंककस्थित नेपाली दुतावासका डिपुटी चिफ अफ मिसन डोरनाथ अर्यालले नागरिकसँग भने। लागुऔषधको स्वर्णभूमि मानिने ‘गोल्डन ट्यांगल' अन्तर्गत पर्ने थाइल्यान्डमा लागूऔषध तस्करीमा संलग्नलाई कडा सजाय दिइन्छ। अदालतले दोषी ठहर्यााएका अधिकांशले जन्मकैद वा लामो समय जेलसजाय पाउने गरेका छन्। विदेशमा बन्दी जीवन बिताउँदै आएका नेपालीसँग समन्वय गर्ने गैरसरकारी संस्था बन्दी आदानप्रदान सन्धि नेपालको विवरणअनुसार लागुऔषध कारोबारमा संलग्न अभियोगमा मकाउ, चीन, श्रीलंका, इन्डोनेेसियमा १–१ र सिंगापुरमा जेलमा दुई नेपाली बन्दी छन्। ती सबै धादिङ, सत्यदेवीकै हुन्। ‘कतिपय परिवारका पतिपत्नीसहित अन्य सदस्यसमेत पक्राउ परेका छन्,' सत्यदेवीका पूर्वप्रधानपञ्च वीरबहादुर तामाङले नागरिकसँग भने। सत्यदेवीकी बिमला तामाङ पाँच वर्षअघि म्यानमारबाट लागुऔषध थाइल्यान्ड ल्याउँदै गर्दा पक्राउ परेकी थिइन्। केही समयपछि उनका पति आइतराम नेपालमा समातिए। अहिले बिमला थाइल्यान्डको चियाङली जेलमा आजीवन कारावास काटिरहेकी छन् भने २० वर्ष जेल सजाय पाएका उनका पति आइतराम राजधानीकै केन्द्रीय कारागारमा छन्। गत वर्ष नेपाल प्रहरीले धादिङ, सत्यदेवीकै ‘काइँली' भनिने गोपी तामाङको बालाजुस्थित घरमा छापा मारेर उनका छोराछोरीसहित पाँच जनालाई लागुऔषध तस्करी अभियोगमा पक्राउ गरेको थियो। उनी लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय गिरोहमा संलग्न रहेको प्रहरी दाबी छ। यसरी एउटै गाउँबाट यति धेरै व्यक्ति लागुऔषध तस्करीमा संलग्न हुनुको कारण के त? ४० को दशकमा ‘झिटिगुन्टा' व्यापार निकै चल्तीमा थियो। व्यापारीहरू गरिब तथा बेरोजगार युवालाई आफूसँग ‘भरिया' का रूपमा विदेश लैजान्थे। र, उनीहरूमार्फत रेडियो, टेलिभिजनलगायत तेस्रो मुलुकका सामान आयात गर्थे। विदेशबाट फर्कनेले आफूसँग ल्याउने निश्चित परिमाणको सामानमा भन्सार नलाग्ने व्यवस्थाकै कारण ‘भरिया' पेसा फस्टाएको थियो। यसबापत गरिब तथा बेरोजगार युवाले विदेश भ्रमणको मौका र सामान आयात गरिदिएबापत ज्यालासमेत पाउँथे। व्यापारीले बिनाभन्सार नेपाल भित्रिएका त्यही सामान बढी नाफामा स्थानीय बजारमा बिक्री गर्थे। यसरी फस्टाएको पोके तस्करीमा पछि सुन र लागुऔषध पनि जोडियो। त्यही समयतिर सत्यदेवीका गणेश लामा व्यापारीको ‘भरिया' बनेर हङकङ, बैंकक र सिंगापुर आउजाउ गरिरहन्थे। झिटिगुन्टा व्यापारअन्तर्गत तेस्रो मुलुकका विद्युतीय उपकरण ल्याउने काममा छिरेका उनी पछि लागुऔषध कारोबारीसँग जोडिन पुगे। अहिले थाइल्यान्डकै जेलमा छन्। ‘पोके व्यापार गर्दागर्दै गणेश लामा लागुऔषधको समेत भरिया बनिसकेका रहेछन्,' गणेशसँग परिचित सत्यदेवीका एक स्थानीयले भने, ‘उनकै पछि लागेर गाउँका अरू पनि भरिया बने र लागुऔषध तस्करी गिरोहमा सामेल भए। एउटाले अर्कोको आर्थिक उन्नति देखेर सिको गर्ने क्रममा यो जालो गाउँभरि फैलिँदै गयो।' त्यसपछि उनी ठमेल पर्यटन व्यवसायीको रुपमा काम गर्थे। धादिङको उत्तरी क्षेत्रबाट लागुऔषध तस्करीको यो जालोमा छिर्ने क्रम करिब १५ वर्षअघि उत्कर्षमा पुगेको स्थानीय सम्झन्छन्। खासगरी माओवादी सशस्त्र द्वन्द्वका कारण गाउँका धेरै युवा कि सहर विस्थापित भए कि लागुऔषध कारोबारी बने। ‘सशस्त्र द्वन्द्वकालमा युवाहरू सहरतिर विस्थापित हुने क्रम तीव्र थियो। त्यही समय धेरै युवाले पैसा कमाउने सहज विकल्पका रूपमा यसलाई लिएको पाइन्छ,' पूर्वप्रधानपञ्च वीरबहादुरले भने, ‘यसबाट हुने आम्दानीले एकपछि अर्को गर्दै धेरैलाई आकर्षित गर्यो'।' यसले स्थानीय स्तरमा ठूलो सामाजिक समस्या उत्पन्न गरेको उनी बताउँछन्। ‘लागुऔषध कारोबारमा संलग्नमध्ये अधिकांश आफैं दुर्व्यसनी हुँदा रहेछन्,' उनले भने, ‘यो समस्या स्थानीय स्तरमा पनि देखियो।' यस्तो विकृति भित्रिनुको अर्को कारण निरक्षर स्थानीय बासिन्दालाई ‘यो काम गैरकानुनी हो' भनी सुरुमै सतर्क गराउनेको अभाव पनि हो। धनबहादुरका साथी गोपाल फ्युबा दार्खा–३ कै बृचेत माध्यमिक विद्यालयमा शिक्षक छन्। नेपालीमा स्नातकोत्तर उनी आफू पनि झन्डैझन्डै ‘पिठो' (स्थानीय बोलीचालीमा लागुऔषधलाई पिठो भनिन्छ) कारोबारमा छिरिसकेको सम्झन्छन्। गाउँबाट एसएलसी दिएपछि थप अध्ययनका लागि राजधानी छिरेका थिए गोपाल। पढाइसँगसँगै पोखराको एउटा ट्रेकिङ कम्पनीमा जागिर खान थाले। यो २०५५/५६ सालतिरको कुरा हो। ‘पैसा साह्रै थोरै थियो,' ती दिन सम्झँदै गोपालले भने, ‘एक–दुईपटक भरिया बनेर विदेश गइसकेका गाउँकै तीन जना साथी पोखरा आए। उनीहरूले मन फुकाएर खर्च गरे। मलाई पनि पिठो बोक्न जाने रहर जाग्यो।' उनका अनुसार त्यतिबेला एकपटक ओसारेको ९० हजार रुपैयाँ ज्याला पाइन्थ्यो। उनी यही लोभमा पासपोर्ट बनाउन काठमाडौं आए। तर, काकाले बेस्सरी हकारेपछि उनी हच्किए। यो काम ‘अवैध' रहेछ भन्ने उनलाई काकाबाटै ज्ञान भयो। र, बेलैमा यसमा छिर्नबाट जोगिए। ‘काकाले ‘यस्तो काममा लागिस् भने हामी तँ मरेको ठान्नेछौं' भन्दै बेस्कन हकार्नुभयो,' उनले सम्झे, ‘त्यो सुनेपछि आँटै आएन।' आफूलाई काकाको सुझबुझले जोगाए पनि गाउँका अरू धेरैलाई त्यसैगरी हकार्ने र सम्झाउने मानिसको अभाव भएको उनी बताउँछन्। त्यसैबीच मुलुक सशस्त्र द्वन्द्वको चपेटामा परेर गाउँमा बस्नै नसक्ने भएपछि धेरैले सेना र माओवादीको दोहोरो मारबाट बच्न यसैलाई विकल्प बनाए। ‘त्यसपछि त भरिया बनेर लागुऔषध ओसार्नेहरू ह्वात्तै बढे,' उनले भने। बैंककस्थित दूतावासका डेपुटी चिफ अफ मिसन अर्यालले पनि जनचेतना अभावका कारण धेरै समस्या परेको ठान्छन्। ‘भरिया बनेर यता आएर पक्राउ पर्ने वा थाहा नपाई लागुऔषधको तस्करीमा फसेका धेरै छन्,' अर्यालले भने, ‘उनीहरुलाई सचेत विषयमा जनचेतनता जगाउन आवश्यक छ।' नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोप्रमुख डिआइजी केशरीराज घिमिरे देशभित्र पनि लागुऔषध कारोबारमा संलग्न धेरै धादिङ र मकवानपुरका रहेको बताउँछन्। लागुऔषध कारोबारमा संलग्नमध्ये केही अहिले पनि थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, पाकिस्तान र अफ्रिकी देशमा बसेर काम गरिरहेका छन्। संसारभरि ‘बाली नाइन' नामले चर्चित लागुऔषध काण्डको खुलासा हुँदा धादिङ, सत्यदेवीका मानसिंह घलेले अन्तर्राष्ट्रिय गिरोह चलाउने गरेको पाइएको थियो। सन् २००५ मा इन्डोनेसियाली प्रहरी कारबाहीमा घले मारिएका थिए। इन्डोनेसियाबाट ८ किलो लागुऔषध अस्ट्रेलिया तस्करी गर्ने क्रममा अस्ट्रेलियालीहरू पक्राउ परेपछि घलेको संलग्नता खुलेको थियो। सन् २००१ मा अमेरिकाले निगरानी राख्न थालेको घलेमाथि अस्ट्रेलिया सरकारको दबाबका कारण जकार्ता प्रहरीले कारबाही गरेको हो। त्यसअघि अन्य विभिन्न अपराधमा घले पक्राउ पर्दै छुट्दै आएका थिए। उता, लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारी ५० वर्षीय गोपी तामाङ (काइँली) लाई नेपालसहित भारत, बंगलादेश, श्रीलंका र थाइल्यान्डका प्रहरीले खोजी गरिरहेको छ। अफगानिस्तान र पाकिस्तानका सीमा क्षेत्रमा बसेर कारोबार गर्ने आशंका गरिएको गोपीलाई लागुऔषधका ठूला तस्करका रूपमा चिनिन्छ। यही समूहले नेपाललाई ‘ट्रान्जिट' बनाएर लागुऔषध तस्करी गरिरहेको प्रहरी भनाइ छ। प्रहरीका अनुसार पछिल्लो समय उनकै मार्फत धेरै नेपाली लागुऔषध तस्करी जालोमा जोडिन पुगेका हुन्। ... कमाए कि गुमाए?लागुऔषध तस्करीका दुई रूप भेटिन्छन् गाउँमा। एकतिर यसले केही हदसम्म आर्थिक उन्नति गराएको छ भने अर्काेतिर पारिवारिक विखण्डन र समस्या ल्याएको छ। घरमूली नै विदेशी कारागारमा बन्दी जीवन बिताउनुपर्दा परिवार छिन्नभिन्न भएका उदाहरण प्रशस्तै छन्। धनबहादुरको परिवार त्यसैमध्ये एक हो। अहिले पनि धादिङको उत्तरी क्षेत्रमा लागुऔषध ओसारपोसारमा संलग्न हुनेहरू बडो सानसाथ गाउँ पुग्छन्। सडकबाट जाँदा करिब ८ घन्टा लाग्ने उक्त ठाउँमा पुग्न उनीहरू हेलिकप्टर प्रयोग गर्छन्। झन्डै २०–२५ मिनेट दुरीमा हेलिकप्टर ल्यान्ड गरेर घरसम्म पुग्छन्। ‘कारोबारमा संलग्नहरू बारीको पाटामा हेलिकप्टर झारेर त्यहीँ घरपरिवारसँग भेटघाट गरी फर्कन्छन्,' एक स्थानीयले भने, ‘कोही–कोही मात्र दुईचार दिन यतै बस्छन्।' ती स्थानीयका अनुसार उनीहरूको बास धेरैजसो काठमाडौं र विदेशमै हुन्छ। ‘ठूला कारोबारीका कुरै छाडौं, भरियाहरूको पनि फूर्तिफार्ती निकै बढी हुन्छ,' उनले भने, ‘गाउँमा हुने जात्रा वा उत्सवमा उनीहरूको रबाफ प्रस्टै देखिन्छ।' त्यही देखासिकीले कतिपय युवालाई लागुऔषध भरिया बन्न प्रेरित गरेको उनले बताए। यति हुँदाहुँदै लागुऔषध ओसार्ने अपराधमा सरिक भएर कमाउनेभन्दा गुमाउनेहरू नै यहाँ बढी छन्। लागुऔषध ओसारपोसारमा संलग्नलाई समाजमा पुनःस्थापित हुन समस्या छ। एकचोटि तस्करको छाप लागेपछि रोजगारी पाउन समस्या हुने गरेको पाइएको छ। लागुऔषध कारोबारमा संलग्न भनी १० वर्ष कारावास सजाय भोगेर गत वर्ष रिहा भएका एक व्यक्ति अहिले गाउँ–काठमाडौं आउजाउ गरिरहन्छन्। भरिया बन्नुअघिसम्म उनी झार्लाङको एक प्राथमिक विद्यालयमा शिक्षक थिए। २०५१ देखि २०५५ सालसम्म उनले शिक्षकका रूपमा १ हजार ८ सय ५० रुपैयाँ तलब थाप्थे। ‘चाँडै पैसा कमाउने भूत सवार भयो। त्यसपछि भरियाको काम गरेँ,' उनले सुनाए, ‘देखासिकी पनि हो।' यस क्रममा धेरैचोटि पाकिस्तान, थाइल्यान्ड र म्यानमार पुगेको उनले बताए। पाकिस्तानमा पक्राउ परी तीन वर्ष जेल परेर छुटेका उनी पछि जोरपाटीस्थित डेराबाट लागुऔषधसहित पक्राउ परे। ‘९ वर्ष ५ महिना जेल सजाय भोगेँ,' उनले भने, ‘जेलमै बस्दा समाजशास्त्रमा मास्टर्स गरेँ, तर अहिले बेरोजगार भएर भौंतारिरहेको छु। लागुऔषधमा जेल परेको भन्नेबित्तिकै कसैले जागिर दिँदैन।' लामो समय तस्करी गरेर थुप्रै पैसा कमाए पनि अहिले उनीसँग सम्पत्तिको नाममा केही छैन। दुई छोरामध्ये एकलाई छारे रोगले च्यापेको छ। ‘मैले यसमा लागेर केही पाइनँ, जे कमाएँ सबै गुमाएँ,' उनले भने, ‘परिवारलाई पनि कहिल्यै सन्तोष भएन, आफ्नो जन्मथलोको इज्जत पनि खराब भयो, कुलको इज्जत पनि गयो।' दुर्व्यसनी बनेर धेरै फर्किएका केहीका मृत्युसमेत भएको स्थाानीय बासिन्दा बताउँछन्। ‘लागुऔषधका दुर्व्यसनी बनेका यस्ता केहीमा एचआइभी/एड्सजस्तो गम्भीर रोगसमेत भेटिएको छ,' एक स्थानीयले भने, ‘निकै बिरामी भएपछि गाउँ आएर केहीको मृत्युसमेत भएको छ।' ... कहिलेकाहीँ क्रिश्चियन मिसनरीहरु जेलमा परेका मानिसका सन्देश लिएर धादिङ आइपुग्छन्। जेलमा परेकाहरुलाई सघाउने कार्यमा संलग्न उनीहरु फोटो, चिठीपत्र लिएर आउने गरेका छन्। म्लाङदुङसँग पनि हरियो ब्याकग्राउन्डमा खिचेको छोराको फोटो छ। मंसिरमा सत्यदेवी आएका क्रिश्चियन मिसनरीले ल्याइएको। उनी दिनहुँ यही फोटो हेरेर टोलाउँछन्। छोरो फर्कने हो/होइन। फोटो हेरेर बुढ्यौली धानिरहेका छन् म्लाङदुङ। भन्छन्, ‘यस्तो दुर्दिन अब अरूलाई देख्नु नपरोस्।' copy by nagarik news

प्रियंकाले भनिन्,’नारीबाटै जन्म लिन्छस् र त्यही नारीको सम्मान गर्दैनस् ?’


काठमाडौं > ‘अरे बलात्कारीहरु, यो कुरा कसरी बिर्सन्छस कि नारीको जुन संबेदनसिल अंगको त नास गर्छस, त्यहीबाट निस्के पछि तेरो अस्तित्व शुरु भएको हो। नारीबाटै जन्म लिन्छस र त्यही नारीको सम्मान गर्दैनसरु पहिलो पल्ट त्यही नारीको दूध पिउछस, र पछि त्यहि दुधको शिकार गर्छस। तलाइ लाज लग्दैनरु धिक्कार छ ।’
priyankaनायिका प्रियंका कार्कीको फेशबुक स्टाटस हो यो । देशमा बलात्कार र एसिड आक्रमणको घटना बढेपछि अभिनेत्री प्रियंका कार्कीले कडा अभिव्यक्ति दिंदै आफ्नो फेसबुकमा यस्तो स्टाटस राखेकी हुन् । उनी टिएनएम म्यागजिनसँग सहकार्य गरेर महिला हिंसाबिरुद्धको अभियानमा लागेकी छिन् ।
टिएनएम म्यागजिनको पहिलो संस्करणको कभर गर्ल बनेकी प्रियंकाले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महिला हिंसाबिरुद्धको अभियानमा लाग्ने घोषणा गरेकी हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री कार्कीले भनिन्, ‘महिला हिसां रोक्न सेलिबे्रटीको आवाजले समाजमा ठुलो प्रभाव पर्ने हुँदा जनचेतना जगाउन हामी अगाडी बढ्नु जरुरी छ ।’
  -<<<<

i t 's  me 

bishwadipdc  

धादिङ मा सात बर्षिया बालिका बलात्कृत ...

धादिङको जरुङमा सात बर्षिया बालिका बलात्कृत ... धादिङ- पछिल्लो समय बालिका बलात्कारका घट्नाहरु बढ्दै गईरहेको छ । अबोध बालिकालाई करणी गर्नेलाई फांसीको सजायं दिनु पर्ने माग चौतर्फी उठिरहेको बेला धादिङमा पनि एउटा अपराधिक घट्ना वाहिर आएको छ । दक्षिणी धादिङको बिकट बस्तिमा सात बर्षिया बालिका बलात्कृत भएको खबर सार्वजनिक भएको छ । गोठालो गएको वेला ती वालिका माथि उक्त अपराध भएको आशंका गरिएको छ । अवोध वालिकालाई बलात्कार गरेको आंशकामा प्रहरीले धादिङ महादेवस्थान गाउँ विकास समिति वडा नम्बर ८ जरुङका २४ बर्षिय बलबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घट्ना चार गते भएपनि घटनास्थल विकटमा रहेको र प्रहरी सम्म खबर आउन ढिला भएपनि खबर पाउनासाथ आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले धादिङ न्यूजलाई जानकारी दिनु भयो । Copy by dhadiNG NEWs

म नेपाली मेरो नेपाल...

म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल  म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल   म नेपाली मेरो नेपाल  म नेपाली

आक्रमणकारी जीवनले भने, ‘एसिड हानेपछि सबैभन्दा आनन्द आयो’

आक्रमणकारी जीवनले भने, ‘एसिड हानेपछि सबैभन्दा आनन्द आयो’

अझै दुई जनालाई सिद्ध्याउन चाहन्थे जीवन
  

  
Acid Attack (2)काठमाडौं, चैत ६ – वसन्तपुरमा ट्युसन पढिरहेकी दुई छात्रामाथी गत फागुन १० गते भएको एसीड आक्रमणको घटनाले उतिबेलै प्रहरी प्रशासन चौतर्फी आलोचनाको घेरामा परेको थियो । शुक्रबार प्रहरीले आक्रमणकारी जीवन विकलाई पक्राउ पछि सार्वजनिक ग¥यो । पक्राउ परेका जीवनले बदलाको भावनामा आक्रमण गरेको महानगरीय प्रहरी आयुक्त एआईजी विज्ञानराज शर्माले पत्रकार सम्मेलनको क्रममा जानकारी दिए । उनलाई प्रहरी टोलीले उनी बसीरहेको टोखास्थित डेराबाट बिहिबार राती ११ बजे पक्राउ गरेको थियो ।
acidt incident_A plus tution1 
यस कारण गरे आक्रमण
रामेछापको फुलासी ८ स्थायी घर भएका जीवनको परिवार र पिडित संगिता मगरको परिवार ०६९ जेठदेखि बसन्तपुर नजिकै झोंछेको एउटै घरमा डेरामा बस्दै आएका थिए । सोहि क्रममा उनले संगितालाई ट्युसन पढाउने गरेका थिए । ट्युसनकै क्रममा उनीहरु एक आपसमा नजिकिएका थिए । पक्राउ परेका जीवन र संगिता बीचको सम्बन्धबारे उनको भाइ सन्तोषले थाहा पाएपछि विवाद बढेको थियो ।
एक वर्षपछि जीवन र संगिताबीच मनमुटाव भएपछि सम्बन्धले दुस्मनीको रुप लिएको थियो । ०७० मंसीर महिनामा संगिताका भाइ सन्तोष मगरले गाँजा खाएर घरमा आएको भन्दै जीवनले हप्काएका थिए । उनले सन्तोषलाई गाँजा किन खाएको भनि हप्काउँदा सन्तोषले जीवनको घाँटीमा समाएका थिए । सोहि क्रममा जीवनको परिवारलाई संगिताको परिवारले दुव्र्यवहार गरेको थियो । संगिताले उनको परिवारलाई हातपात गरेपछि जीवनले बदलाको भावना लिएका थिए । ‘संगिताको आमा र संगिता स्वयमले जीवनलाई दुव्र्यवहार गर्ने गरेपछि उनले संगिताको सौन्दर्यलाई कुरुप तुल्याउने उद्देश्य राखेका थिए ।’ आयुक्त शर्माले पत्रकार सम्मेलनको क्रममा भने ।
जीवनले घटना घटाउने उद्देश्यले गत जेठ मै पुरानो बसपार्कस्थित एक गेष्ट हाउसमा बसेर संगिता र सन्तोष मगरलाई आक्रमण गर्ने उद्देश्यले एसीड संकलन गरेका थिए ।
०७१ असोज महिनामा उनले संकलन गरेको एसीड बोतलमा सार्ने क्रममा नष्ट भएको थियो । दोस्रो पटक पनि उनले न्युरोडको ब्याट्रि पसलबाट एसीड किनेका थिए । उनले सजिलोको लागि हर्लिक्सको बोतलमा एसीड राखेका थिए । उनले पटक–पटक संगिताको परिवारलाई एसीड प्रहार गर्ने प्रयास गरेका थिए । यद्यपी जीवनको मिसन सफल बनेको थिएन । टोखामा बस्दै आएका जीवन, संगिता र उनको भाईको पिछा गर्दै नियमित रुपमा बसन्तपुर एरिया आउने गरेका थिए ।
A plus tution center_Acid incident
फागुन १० गते यसरी भएको थियो घटना
गत फागुन १० गते जीवन बिहान ५ बजे झोलामा एसिड बोकी टोखाबाट माईक्रोबस चढेका थिए । संगिताको खोजीमा हिँडेका उनी बसन्तपुर हुँदै उनी बस्ने घरतर्फ गएका थिए । घर बाहिर कसैलाई नदेखेपछि पुनः उनी बसन्तपुर डबलीतर्फ फर्केका थिए । जीवनलाई संगिता ट्युसन पढ्न जाने थाहा थियो तर ट्युसन सेन्टरबारे थाहा पाएका थिएनन् ।
ट्युसन सेन्टरको खोजी गर्दै संगिताको घर तर्फ जाँदै गर्दा उनले ‘ए प्लस ट्युसन सेन्टर’ मा बत्ति बलेको देखेपछि त्यता बढेका थिए । त्यतिबेलै उनले संगिता मगर र हेमु मुखर्जीलाई देखेपछि एसीड छ्याप्न प्रयास गर्दै गर्दा कक्षा बाहिरबाट सिमा बस्नेत प्रवेश गरेपछि केहि समय बाहिर रोकिएका थिए । केहि समय पश्चात् उनले संगिता मगर बसिरहेको अवस्थामा मुखमा पर्ने गरी हर्लिक्सको बोतलमा रहेको करिब ५०० मिलिलिटर एसिड प्रहार गरेका थिए । एसीड प्रहार पछि जीवन हर्लिक्सको बोतल फालेर ठमेलबाट टोखाको माइक्रो चढेका थिए । घटना भएको भोलीपल्ट बिहान आफ्नै भाइले संगितामाथी भएको आक्रमणबारे फेसबुकमा प्रश्न गर्दा उनले आफूलाई थाहा नभएको रिप्लाइ दिएका थिए ।
Acid Attack (1)आफूले गरेको आक्रमणको समाचार पत्रपत्रिकमा आउँदा जीवन चकित बनेका थिए । उनले आक्रमणबारे प्रकाशित सबै पत्रिका संकलन गरि राखेका थिए । शर्माका अनुसार जीवनले प्रहरीसँगको बयानका क्रममा आफूले भारतीय सामाचार च्यानल हेरेपछि घटना ठूलो रहेछ भन्ने थाहा पाएको बताएका थिए ।
Acid Attack (5)
‘घटनापछि मलाई खुसी लागेको छ । जीवनको बयानलाई उदृत गर्दै शर्माले भने ‘अझै दुई जनालाई सिद्ध्याएपछि पक्राउ पर्न चाहन्थेँ ।’
घटना भएको १० दिनपछि जीवन भारतको सिक्किमको रानीपुलमा गई करिब ८ दिन त्यहाँ बसेका थिए । गत फागुन २९ गते उनी नेपाल फर्किएका थिए । भारतीय सेनामा भर्ना हुनका लागि सिक्किम हिँडेका उनी भर्ना छनौट नभएपश्चात् जेठमा सिक्किमबाट फर्किएका थिए । उनी नेपाल आएको बारे उनको परिवारलाई कुनै पनि जानकारी नभएको प्रहरीको भनाई छ ।
 Copy by   रातोपाटी 

फेरि स्वाइन फ्लुबाट एक महिलाकाे मृत्यु ...

काठमाडौं, चैत ६ स्वाइन फ्लु संक्रमण भइ ग्रिनसिटी हस्पिटलमा भेन्टिलेटरमा रहेकी ४३ वर्षीया एक महिलाको मृत्यु भएको छ । बुटवल, रुपन्देहीवाट ती महिलालाई थप उपचारको लागि राजधानीको अस्पतालमा रेफर गरिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ । यो मृत्यु संगै स्वाइन फ्लुले मर्नेको संख्या चार पुगेको छ । यस अघि मोडेल अस्पतालमा एक महिला, ओम अस्पतालमा एक पुरुष र किष्ट मेडिकल कलेजमा एक पुरुष गरी तिन जनाको मृत्यु भएको थियो । 'सास फेर्न गार्हो भएर ति महिलालाई भेन्टिलेटरमा राख्न यहा पठाइएको थियो',गि्रन सिटि अस्पतालका मेडिकल डाइरेक्टर डा.रोमियो कंसाकारले भने-'यहा आए पछि हामीले थप परिक्षणको लागि पठाउदा स्वाइन फ्लु भएको पुष्टि भयो ।-bdc

चिकित्सा विज्ञानलाई ठाडो चुनौती – माताले पत्थरी मुखले चुसेरै निकाल्छिन ...

सुनसरी, २०७१ चैत्र मुखले चुसेर पथरीयाका रोगीको पेटभित्रबाट ढुंगा निकाल्न सकिन्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर मोरङको शिसवनीजहदाकी एक महिलाले भने दैविक शक्तिको प्रभावका कारण आफूभित्र सो क्षमता रहेको दाबी गरेकी छन् । पत्याउनै मुस्किल पर्ने यो दृश्यले चिकित्सा विज्ञानलाई ठाडो चुनौती दिएको छ । बिना अप्रेसन पथरीयाको बिरामीको किडनी, गल ब्लडर र पेटभित्रको ढुंगा चुसेरै निकालिने हल्ला फैलिएपछि मोरङको सिसवनीजहदा–८ स्कुलटोल, सोहेलमा बिरामीहरुको भीड लाग्ने गरेको छ । मोरङ सिसवनीजहदाकी ३७ वर्षीय पारोदेवी मण्डलले मुखले चुसेरै अहिलेसम्म हजारौं पथरीयाका बिरामीको ढुंगा निकालिसकेको दाबी गरेकी छन । प्रत्येक मंगलबार र बिहीबार आफ्नै आँगनमा विशेष अनुष्ठानको आयोजना गरेर उनले बिरामीको ढुंगा निकाल्ने र अन्य शारीरिक कष्टहरुको उपचार गर्दै आएकी छन् । उनी पथरीयाका बिरामीहरुलाई लस्करै आँगनमा सुताउँछिन् र पालैपालो पेटभित्रको ढुंगा मुखले चुस्दै फुत्तफुत्त थालमा राख्छिन् । निकालिएको ढुंगा तत्कालै बिरामीलाई दिएर पठाइन्छ । विराटनगर–१३ तीनटोलियाबाट सो ठाउँ पुगेका संजय शर्माले समेत मंगलबारै चमत्कारिक शक्तिबाट आफ्नो पेटभित्र रहेको ५ एमएमको ढुंगा निकाल्न लगाए । उनले ढुंगा निकालिसकेपछिको आफ्नो अनुभव यसरी सुनाए । भारतको विहार कटिहारका सत्यमकुमार सिंहले आफूले दिल्लीमा उपचार गराउँदा पेटभित्र ३ वटा ढुंगा फेलापरेको बताउँदै यसअघि सोही ठाउँ आएर २ वटा ढुंगा निकालिसकेको र अन्तिम ढुंगा निकाल्न फेरि आएको बताए । मोरङकै दर्वेशाकी अनितादेवी सरदारलाई समेत विराटनगरमा जाँच गराउँदा पेटमा ४.४ एमएमको ढुंगा रहेको पुष्टि भएपछि उपचारका लागि आएको बताइन् । -मकालु टेलिभिजन सम्बन्धित खबरहरू

कहिले देखि लागेछ यो मनमा घाउ पत्तै नपाई दुख्न थालेको छ - Bishwadip DC

कहिले देखि लागेछ यो मनमा घाउ पत्तै नपाई दुख्न थालेको छ कहिले देखि निदाउन छाडेछ यो आँखा हर रात सुन्यतामा टोलाउन थालेको छ कहिले देखि पराई भएछ निष्ठुरी बोलाउदाँ पनि रिसाउने गरेको छ अनि कहिले देखि उजाड भएछ वशन्त हरेक पाउलाहरु कक्रिन थालेको छ। :- Bishwadip DC

जुम्लाma बस दुर्घटना: १८ को मृत्यु ...

चैत २, जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको ना ४ ख ४९७० नम्बरको बस दुर्घटनामा ज्यान गुमाएका सवै १८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेहरुको नामावली निम्नानुसार छ: १. जुम्ला, महावै पातरखोला–९ का २१ वर्षीया देवु रोकाया २. उनका नाम नखुलेका तीन महिनाका छोरा, ३. सोही वडाका १४ वर्षीय जितेन्द्र अधिकारी, ४. कालिकाखेतु–९ का ३५ वर्षीय रतन शाही, ५. सनिगाउँ–८ का २५ वर्षीय चालक सागर बुढा, ६. सोही गाविस–२ का ५२ वर्षीय लालविरे शाही ७. शाहीका ६ वर्षीय छोरा विजय शाही, ८. सोही गाविस–५ का ४२ वर्षीया रती रोकाया, ९. नराकोट–६ का २६ वर्षीय राजबहादुर बुढा, १०. बड्की गाविस–९ का ४० वर्षीया पम्फादेवी रावत, ११. सोही वडाका २० वर्षीय पुष्पराज आचार्य, १२. सोही वडाकै ११ वर्षीय बिजु रोकाया, १३. तातोपानी–४ का सह–चालक १७ वर्षीय रण कामी १४. कालिकाखेतु गाविस–१ का २० वर्षीया धनलक्ष्मी न्यौपाने १५. कालिकोट जिल्ला फुकोटका २५ वर्षीय नवराज तिरुवा १६. कालिकोटकै फोइमहादेव–४ का ५५ वर्षीया काली बुढा १७. सोही वडाकै ५० वर्षीया रेशमकला बुढा १८. सोही वडाकै अर्का सह–चालक २५ वर्षीय हर्क बुढा दुर्घटनामा परेर गम्भीर घाइते भएका १८ जना मध्ये जुम्ला सनिगाउँ–९ का २४ वर्षीया हिमाली रोकाया, सोही वडाका ३५ वर्षीया शिवकली रोकाया र चन्दननाथ नगरपालिका–९ का ४६ वर्षीय कलिमान सार्कीलाई उपचारका लागि हेलिकप्टरमा वाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी निरीक्षक ईन्द्र बहादुर साउदले जानकारी दिए ।अन्य घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसमा २९ जना सवार रहेको बताइएको छ ।बस जुम्लाको रारालिही गाविस–१ गाड्गुडेनीमा सडकबाट दुई सय मिटर तल तिला नदीमा खसेको थियो ।प्रहरी निरीक्षक साउदका अनुसार दुर्घटनामा परी १३ जनाको घटनास्थलमा तथा पाँच जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दारेचोकमा कार दुर्घटना हुँदा एकको मृत्यु ...

पृथ्वी राजमार्ग मा पर्ने चितवनको दारेचोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दारेचोक–७ चुम्लिङटारमा गएराती २ बजे नंबर नखुलेको भारतीय कार सडकबाट त्रिशुली नदी किनारमा खस्दा अर्का एक जना गंभिर घाईते भएका छन् । कार सडकबाट ४०-५० मिटर तल खस्दा भारतको कानपुरका ३० बर्षीय बिनित बर्माको ज्यान गएको हो । बर्माको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा घाइते सोही ठाउँ बस्ने ३१ वर्षीय अमित बर्मा र अर्का विनित दुबेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।

पोखरा–जोमसोम सिधा बस सेवा सञ्चालनमा ...

पोखराबाट हिमाल पारिको जिल्ला मुस्ताङको जोमसोमसम्म आजबाट सिधा यात्रुबस सञ्चालनमा आएको छ । नियमित सिधा बस सञ्चालनको लागि पृथ्बीराजमार्ग बस सञ्चालक समिति र मुस्ताङ जिप तथा बस ब्यबशायी समिति बिच भएको सहमति अनुसार बिहान ८ बजे पोखराबाट २६ यात्रु सहित जोमसोमको लागि बस छुटेको छ । त्यस्तै जोमसोमबाट पनि बिहान ७ बजेनै १७ यात्रु सहित पोखराको लागि बस छुटेको पृथ्बीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले जानकारी दिए । बस सेवाको पोखराबाट पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले उद्घाटन गरेका हुन् । पोखरा–जोमसोम सडक खण्डमा पर्ने म्याग्दी बेनी र मुस्ताङका यातायात ब्यबशायीको सिण्डिकेटलाई तोड्दै पहिलोपटक सिधा बस सेवा सञ्चालनमा आएको हो । पहिलो चरणमा दुबैतर्फ एक÷एक बस सञ्चालनमा ल्याएको र यात्रुको चाप बढे बस संख्या थपिने साईले बताएका छन् । दुबै समितिले बराबर संख्यामा बस चलाउने सहमति गरेका छन् । पोखराबाट जोमसोमसम्मको एकतर्फि भाडा १२ सय रुपैया तोकिएको छ । यो भाडादर स्वदेशी र बिदेशी सबै यात्रुका लागि समान हो । पोखराबाट बेनी ८१ र बेनीबाट जोमसोम ७४ किलोमिटर बाटो पार गर्न करिब १० घण्टा लाग्ने उनले बताए । स्थानिय यातायात ब्यबशायीको सिण्डिकेटले पोखराबाट मुक्तिनाथ दर्शनको लागि गएका तीर्थयात्री र पर्यटकले कम्तिमा आधा दर्जन सवारी फेर्नुपर्ने बाध्यता थियो । मुस्ताङ बस तथा जिप ब्यबशायी समितिका सचिब राजु लालचनले यात्रुको सुबिधाका लागि सिधा बस सेवा सञ्चालनमा ल्याएको बताए ।

Breaking news... जुम्लामा बस दुर्घटना, १३ जनाको मृत्यु ...

*सोमबार २ चैत्र, २०७१ * जुम्लामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। जुम्ला बजारदेखि कालिकोटको नाग्माका लागि हिँडेको ना४ख ४९७० नम्बरको बस रारारिरी सडक खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ। एक जनाको सकुशल उद्धार गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।

कारलाई ठक्कर दिँदा अमेरिकामा दुई नेपालीको मृत्यु, दुई घाइते ...

अमेरिका,चैत १ तीव्र गतिमा आएको रेलले इन्टरसेक्सनमा कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई नेपालीको निधन भएको छ। घटनामा परी अन्य दुई गम्भीर घाइते भएका छन्। लुइभेलको वुइचल एभेन्यूमा शनिवार अपरान्ह भएको दुर्घटनामा मृत्यु हुनेमा स्थानीय फर्नक्रीक हाइस्कुलमा १२ कक्षामा अध्ययनरत सुक राई र सेनेका हाइस्कुलमा कक्षा १० अध्ययनरत चिता चुहान रहेका छन्। निधन भएका दुवैजना नेपाली मुलका भूटानी शरणार्थीहरु हुन्, जो भूटानी शरणार्थीहरुका लागि तेस्रो मुलुक पुनर्वास अन्तर्गत अमेरिका आएका थिए। दुर्घटनामा घाइते हुने अरू दुईजनामा किश्मत मिश्र र नवीन थापा रहेका छन्। घाइतेहरुको युनिभर्सिटी अफ लुइभेलमा उपचार भइरहेको छ। भारी बोकेको रेलले सेतो रंगको क्याम्री कारलाई इन्टरसेक्सनमा ठक्कर दिएर आधा माइलपरसम्म घिसारेर लगेको स्थानीय सञ्चारमाध्यमहर ूले जनाएका छन्। दुईजना प्रत्यक्षदर्शीले रेल आइरहेको भिडियो रमाइलोका लागि लिइरहेका वेला सो दुर्घटनाको भिडियो रेकर्ड भएको थियो। इन्टरसेक्सनमा लाइट वलिरहेको र ट्रेनको हर्नको आवाज सुनिरहेको अवस्थामा पनि कारमा सवार युवाहरुले कार अगाडि वढाएको सञ्चार माध्यमहरूले जनाएका छन्।

एकैदिन दुई जना बलात्कृत ...

झापामा एकैदिन दुई जना बलात्कृत **३० फागुन, २०७१ * झापा–झापामा शुक्रबार एकैदिन दुई जना बालिका बलात्कृत भएका छन्। बलात्कारका घटनाविरुद्ध देशव्यापी रुपमा अभियानै चलिरहेका बेला झापाको विर्तामोडमा पनि शुक्रबार विभिन्न संस्थाको अगुवाईमा प्रदर्शन भइरहेको थियो। ठिक त्यहीबेला विर्तामोड बसपार्कमा एक जना १३ वर्षीया बालिका बलात्कृत भइन् भने त्यसको केही घण्टापछि दक्षिण झापाको पृथ्वीनगरमा अर्की ११ वर्षीया बालिका उस्तै पीडाको शिकार भइन। त्यो पनि आफ्नै बाबुबाट। प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजे विर्तामोड नयाँ बसपार्क क्षेत्रमा स्थानीय सूर्यमान तामाङबाट १३ वर्षीया बालिका बलात्कृत भएकी हुन्। आमा नभएकी, बाबुले पनि अर्की आमा ल्याएपछि छिमेकीको आश्रयमा रहेकी ती बालिका आश्रयदाता परिवारको सानो चिया पसलमा काम सघाउँथिन्। सूर्यमानले आफ्नो निर्माणाधिन घरमा चिया मगाएपछि उनी चिया पुर्याउन माथिल्लो तला उक्लेकी थिइन्। उनी त्यहीँ बलात्कृत भएकी हुन्। इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार हल्ला भएपछि अभियुक्तलाई तत्कालै पक्राउ गरिएको थियो। त्यस्तै दक्षिण झापाको पृथ्वीनगर ४ मा बाबुबाटै छोरी बलात्कृत भएकी छन्। प्रहरीका अनुसार आमा गाउँकै अर्कै पुरुषसँग अर्को विवाह गरेर गएपछि ११ वर्षे छोरी आमाकै पछि लागेकी थिइन्। शुक्रबार दिउँसो तामाङ थरका उनका ४३ वर्षे बुबा छोरी लिन पूर्व पत्नीको दोस्रो घर पुगेका थिए। बाबु नै लिन आएपछि उनी खुशीसाथ बाबुसँग घर फर्केकी थिइन्। तर, उनको त्यो खुशी राति ८ बजेतिर भयंकर दशामा बद्लियो। बाबुले अकल्पनीय आक्रमण गरेर बलात्कार गरेपछि उनी रुँदै चिच्याउँदै हिडिँन्। 'छोरीलाई फकाएर घरमा ल्याएर बलात्कार गरेको देखिन्छ', जिल्ला प्रहरी स्रोतले भन्यो। प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।

६ वर्षीया बालिका बलात्कृत

पाँचथर, फाल्गुन २९ - बाराको घट्ना तातिएकै बेला तेहृथुमको थोक्लुङ-२ मा एक ६ वर्षीया बालिका छिमेकीबाट बालात्कारको शिकार भएकी छन् । प्रहरीका अनुसार ११ दिनअघिको उक्त घटना गाउँमै मिलाउने प्रयासले सार्वजनिक हुन ढिलाई भएको हो । पीडित पक्ष प्रहरीमा आएपछि घट्ना बाहिर आएको छ । बालिकाको अवस्था कमजोर बन्दै गएपछि घटनाको ७ दिनपछिमात्र उपचारको लागि लगिएको उनकी आमाले टेलिफोनमा बताइन । लामो समयसम्म उपचार नपाएकोले बलात्कृत बालिकाको अवस्था नाजुक बन्दै गएको छ । बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि सुविधासम्पन्न अस्पतालमा पठाइएको छ । उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिका डा.किजन महर्जनले बालिकाको योनी च्यातिई पूरै भाग सुन्निएको बताए । पिसाब नरोकिने, योनीमार्ग दुख्ने र हिंडन नसक्ने समस्या भोगिरहेकी उनको पाठेघरसमेत सुन्निएकोले संक्रमण भएको आशंका गरिएको महर्जनले बताए । नाबालिका बलात्कार आरोपी स्थानीय प्रेमकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठराईका प्रहरी नायव निरीक्षक जीवन बोगटीका अनुसार बिहीबार अचानक भागेका १८ वर्षीय श्रेष्ठलाई तमोरखोला नजिकै दिदीको घरमा लुकेर बसेको अवस्थामा गएको मध्यराति पक्राउ गरिएको हो । आरोपितलाई भगाउन सहयोग गरेको भन्दै प्रहरीले उनका दाजु यामबहादुर श्रेष्ठलाईसमेत अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । बालिकाकी आमाका अनुसार गहतराजको घर बन्दकी हाली बस्दै आएका नजिकका छिमेकी श्रेष्ठको मतान कोठामा मोवाइल चार्ज गर्न जाँदा अपरान्ह साढे पाँच बजे नाबालिका बलात्कारको सिकार भएकी हुन । आरोपितकी आमा बोल्न सक्तिनन् । बाबु घरबाहिर गएको मौकामा घटना भएको स्थानीयले बताए ।

चितवनमा २७ जनामा स्वईन फ्लु ...

चितवनमा पछिल्लो समय स्वाइन फ्लु संक्रमित ह्वात्तै बढेका छन । दुई दिनअघि दशजनामा सीमित स्वाइन फ्लु आज बढेर २७ जनामा पुगेको छ । संकास्पद बिरामीको रिपोर्ट आएसँगै २७ जनामा स्वाइनफ्लु भएको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ । हालसम्म काठमाण्डौमा पिसिआर परिक्षण गराइएका १ सय ६२ जनामा २७ बिरामीमा स्वाईन फ्लु अर्थात ईन्फ्लुएन्जा एचवान एनवानको संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले जनकारी दिनुभयो । गत सोमबारको रिपोर्टसम्म जम्मा दशजनामा मात्र भेटिएको स्वाईनफ्लु संक्रमण तीन दिनको बीचमा थप १७ जना बढेर कुल २७ जनामा फैलिएको केसीले जनाउनुभयो । उनका अनुसार स्वाईनफ्लु संक्रमित हुनेहरु अधिकांस महिला रहेका छन । जिल्ललामा एकमात्र स्वाईनफ्ल्को प्रारम्भिक परिक्षण हुने भरतपुर अस्पतालमा पनि स्वाइन फ्लु जँचाउने बिरामीको चाप बढ्दो रहेका चिकित्सक डा भोजराज अधिकारीले बताउनुभयो । उहाँले अब स्थिति नियन्त्रण गर्न थप सतर्कता आवश्यक रहेको जानकारी दिनुभयो । भरतपुर अस्पतालमा आइसोलेसन वार्ड समेत व्यवस्था गरेर विरामीको उपचार भैरहेको छ । जनस्वास्थ्य कार्यालय चितवनले भिडभाडमा नहिँड्न, हात नमिलाउन, संक्रमित भएको आशंका भए छुट्टै बस्न र बाहिर हिँड्दा मास्क लगाएर हिंड्न सर्वसाधारणलाई अपिल गरेको छ । महिला, वृद्धवृद्धा र बालबालिकामा स्वाइनफ्लुको जोखिम बढी रहने भएकाले सतर्क रहन पनि अपिल गरिएको छ । रुघाखोकी लाग्ने, ज्यान दुख्ने , थकाई लाग्ने लगायतका लक्ष्यण भए तुरुन्त अस्पताल गएर परिक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रहरी नायब महानिरीक्षकले माइक्रोबस रोकेपछि ...

काठमाडौँ, फागुन २९– आज बिहान ८ बजे रत्नपार्क आइरहेको माइक्रोबसलाई हात्तीगौँडामा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले रोक्नका लागि हात देखाए । प्रहरीका उच्च हाकिमले नै गाडी रोकाएपछि गाडी चालक आफ्नो केही गल्ती भएको हो कि भनी चिन्तित देखिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख चन्द आफ्ना सहयोगीसहित सरासर गाडीभित्र चढे र दोस्रो लहरमा बसे । गाडी चालक अक्क न बक्क भए, प्रमुख चन्दले गाडी चलाउन आग्रह गरेपछि गाडी हुइँकियो । गाडीमा प्रमुख चन्दले महिला सिटमा नियमित रुपमा बस्न पाएको वा नपाएको बारे महिलाहरुसँग सोधपुछ गरे । त्यस्तै गाडी चालकसँग उनीहरुका अप्ठेराबारे पनि जिज्ञासा राखे । आरक्षण सिटमा बस्न आग्रह गर्दा यात्रु झगडा गर्न खोज्ने, ओर्लिएर हिँड्न खोज्ने, खुद्रा पैसा नहुँदा पैसा फिर्ता गर्न समस्या हुनेलगायत समस्या रहेको गुनासो गाडी चालकले चन्दसमक्ष राखेका थिए । आफू सवार माइक्रोबस पुरानो बसपार्क आइसकेपछि चन्दले गाडी भाडा दिन खोज्दा गाडी चालकले सहचालकलाई भाडा नलिन भने । चन्दले भाडा लिनु र दिनु कर्तव्य भएको बताउँदै उनी आफ्ना सहयोगी र आफ्नो गरी रु १८ का दरले रु ३६ भाडा तिरी गाडीबाट ओर्लिएर भृकुटीमण्डपबाट रामशाहपथसम्म हिँड्दै आए । काठमाडौँ उपत्यकास्थित ट्राफिक प्रहरी एकाइमा कार्यरत सबै तहका ट्राफिक प्रहरी कर्मचारीले कार्यालय आउँदा र कार्यालयबाट घर वा डेरा फर्किँदा आजदेखि हरेक शुक्रबार अनिवार्य रूपमा सार्वजनिक सवारीसाधनको प्रयोग गर्ने निर्णयअनुरुप आज चन्दले सार्वजनिक सवारीसाधन चढी आफ्नो घर हात्तीगौँडाबाट रामशाहपथस्थित कार्यालयमा आएका हुन् । ट्राफिक प्रमुख चन्द सार्वजनिक सवारीमा सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यसहित अभियान सुरु गरिएको र यसलाई निरन्तरता दिइने बताउँछन् । उनी भन्छन्– “साझा यातायातमा ६० जना यात्रु अटाउँछन् तर तीन वटा कारमा १५ जना मात्रै यात्रु अटाउँछन्, धेरै निजी सवारीसाधनलाई उपत्यकाको सडकले धान्न सक्ने अवस्था छैन, त्यसैले सबैलाई सार्वजनिक सवारीमा आकर्षण बढाउन सक्नुपर्छ ।” ट्राफिक कार्यालयका अधिकृतले सार्वजनिक यातायातका सवारी प्रयोग गर्दा अनुगमन र जाँचको दायरा फराकिलो भई त्यहाँका विकृति र समस्याबारे थाहा पाउने अवसर प्राप्त हुने र त्यसलाई निराकरणका लागि योजना बनाउन सहयोग पुग्ने उनको भनाइ छ । यस कार्यबाट सरकारी इन्धनको बचत हुन गई आर्थिक मितव्ययिता कायम हुने, ट्राफिक नियम उलङ्घनमा कमी आउने र सार्वजनिक सवारीसाधनमा यात्रुमैत्री वातावरणको सिर्जनामा टेवा पुग्ने विश्वास कार्यालयले लिएको छ । बढी भाडाको गुनासो भाडा बढी लिने, आरक्षण सिटको पालना नहुने, यात्रु कोचाएर राख्ने, यात्रुसँग दुव्र्यवहार गर्नेलगायत समस्या सार्वजनिक सवारीका साधनमा हुने गरेको गुनासो रहेको छ ।

हामी नेपाली हाम्रो नेपाल ...

हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
हामी नेपाली हाम्रो नेपाल
>>>>> >>>>>>>>>>>

5 बर्षीया बालिका बलात्कारको शिकार

लमजुङ। देशमा बलत्कारका घटनाहरु एकपछि अर्को गर्दै बढिरहेका बेला लमजुङमा पनि एक बालिका बलात्कृत भएकी छिन् । पूर्बी लमजुङको नौथर गाउँ विकास समितीकी पाँच बर्षीया बालिका बलात्कारको शिकार भएकी हुन् । बालिकालाई नौथरकै १९ बर्षीया युवक धनबहादुर गुरुङले बलात्कार गरेका हुन । प्रहरीले पिडित बालिकालाई २०७१ ‘एफ’ अल्फाबेट नाम दिएको बताइएको छ । बालिकाको घरमा कोही नभएको मौका छोप्दै गुरुङले चक्लेट दिन्छु भनेर बालिकालाई फकाई जर्बजस्तीकरणी गरेको खुल्न आएको निमित्त प्रहरी प्रमुख राजेन्द्र अधिकारीले बताउनुभयो । पिडित परिवारले बलात्कारका अभियुक्त गुरुङलाई किटानी जाहेरी दिएका थिए । बालिकाले पनि सुरुमा कसैलाई केही भनिनन् । तर पछि दुख्यो भनेर आफन्तलाई भनेपछि आफन्तले सोधखोजी गर्दा उनी बलात्कृत भएको रहस्य खुलेको हो । त्यसपछि बालिकालाई फकाईफकाई सोधीखोजी गर्दा बालिकाले गुरुङसँग खेलेको र उसले चकलेट दिएर फकाई लगाएर गरेका क्रियाकलापहरु सवै बताएको परिवारले जनाएका छन् ।प्रहरीले सूचनाका आधारमा अभियुक्तलाई २५ गते नै पक्राउ गरेको थियो । घटनाको प्रकृति र अस्पतालको ‘रिर्पोट’ ले बलात्कार गरेको पुष्टी भएको छ । गुरुङलाई कारवाहीका लागि जर्बजस्तीकरणीकोमहल अन्र्तगत प्रक्रिया अगाडि बढाइ म्याद थप गरिएको छ । Copy by Dhamilikuwa Gharambesi Lamjung fb

दुखद समाचार एकै परिवारका छ जनाको मृत्यु...

विषाक्त पिठोको रोटी खाँदा पीडा–८, पुकुनगाउँ, धादिङका सन्जबहादुर तामाङ (स्याङ्तान) सहित एकै परिवारका ६ जनाको सोमबार ज्यान गएको छ। बिरामी १६ जनाको राजधानीस्थित दुई अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार तीमध्ये ६ जना सिकिस्त छन्।
मृत्यु हुनेमा सन्जबहादुरकी बुहारी फूलमाया (२८ वर्ष), नाति–नातिना अर्जुन (५), सुमित्रा (७), अनिता (२) र रमेश (५) छन्।

घून–किराबाट जोगाउन विषादी हालेर बीउका लागि राखिएको गहुँ पिँधेर बिहानै रोटी पकाएर खाएको केही बेरमै विपन्न सन्जबहादुरसहित परिवारका सबै सदस्य बिरामी परेका थिए।

अस्पताल जान हिँडेका उनीहरूमध्ये सन्जबहादुर, फूलमाया र अनिताको राजमार्ग आइनपुग्दै किरान्चोक–९, डाँडागाउँमा, एक जनाको राजमार्ग र दुई जनाको ललितपुर, धोविघाटस्थित मेघा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। उनका अनुसार बिरामी सबै सन्जबहादुरका परिवार र छिमेकी हुन्।

बिरामीमध्ये ११ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल र ४ जनाको बल्खुस्थित शिवज्योति अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न मनमोहनकी चिकित्सक डा. रोशनी शाहीका अनुसार गम्भीर अवस्थाका ६ जनाको आइसियु र अन्य ५ जनाको 'हाई केयर वार्ड' मा उपचार भइरहेको छ।

'रगतमा कडा किसिमको विषादीको मात्रा देखिएको छ,' शाहीले नागरिकसँग भनिन्, 'पूर्ण रिपोर्ट आउन बाँकी छ।' चिकित्सकका अनुसार शिवज्योतिमा उपचार गराइरहेका खतरामुक्त छन्।

धादिङ जिल्ला जनस्वास्थ्य प्रमुख सुमन मल्लले बिरामीले कडा खालको प्रतिबन्धित विषादीयुक्त खाना खाएको पुष्टि भएको बताए। 'घटनास्थलमा थायोडिनको बोतल भेटियो,' गाउँमै शव कुरेर बसेका उनले नागरिकसँग भने, 'सरकारले गत भदौमा मात्र प्रतिबन्ध लगाएको थायोडिन कडा किसिमको विषादी हो।'
- See more at: http://nagariknews.com/main-story/story/34415.html#sthash.bhSe8kJ9.dpuf

आजबाट meet.net.np चलाउन थालियो...

http://www.meet.net.np/meet/profile/BISHWADIPDC
आजबाट यो चलाउन थालियो...


बलत्कृत ६ वर्षे बालिकाको कान्ति अस्पतालमा निधन ....

काठमाडौं-सत्र दिनअघि बारा सदरमुकाम, कलैया नगरपालिकामा बलत्कृत ६ वर्षे बालिकाको आइतबार निधन भएको छ। १४ दिनदेखि अस्पतालको पिआइसियु (पेडिनेटनल आइसियु)मा उपचाररत बालिकाको आइतबार साँझ ७ बजे मृत्यु भएको हो। 
अस्पतालका निर्देशक डा.चन्देश्वर महासेठले अस्पताल आएदेखि नै कोमामा रहेकी उनको सोमबार भेन्टिलेटरमै मुटु र फोक्सोले काम गर्न छोडेको (कार्डियाक पल्मोनरी एरेस्ट) भएको बताए। 'पछिल्लो कारण कार्डियाक पल्मोनरी एरेष्ट हो,' डा.महासेठले भने, 'अरु विस्तृत कारण पोष्टमार्टमपछि खुल्छ,'
अस्पतालले बालिकाको मृत्युको घोषणा गरेसँगै शब कान्ति अस्पतालमा राखिएको छ।
महानगरिय प्रहरी बृत महराजगञ्ज प्रमुख सानु भट्टराईले भोलीमात्रै त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुने जानकारी दिए। सोपश्चात् आफन्तलाई शब बुझाइनेछ। बालिकाको अन्तिम सस्कार कलैयामै लगेर गरिने आफन्तहरुले जनाएका छन्।
कलैयामा फागुन ८ गते शुक्रबार साँझ बेपत्ता पारिएकी बालिका ९ गते शनिबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्। आइतबार हेलिकप्टरबाट राजधानीको कान्तिबाल अस्पतालमा ल्याएर उपचार भइरहे कुनै सुधार आएको आएन्।
डा.महासेठका अनुसार काठमाडौ ल्याइपुर्यारउँदा नै बालिका कोमामा गइसकेकी थिएन्। 'त्यसपछि सुधार आएन्, ब्रेनडेथको अवस्था थियो,' उनले भने।
अस्पताल ल्याएको छठौ दिन नै चिकित्सकहरुले बालिकालाई भेन्टिलेटरबाट निकालेर कार्डियाक पल्मोनरी रिसाइटेसन (सिपिआर) गर्न सहमति मागेका थिए। तर परिवारले भेन्टिलेटरमा शरीर चलिरहुन्जेल उपचार जारी राख्ने चाहाना राखेको थियो। सो अनुसार अस्पताल प्रशासनले उपचार जारी राखेको थियो। 'यसबीचमा पनि भेन्टिलेटरको सहायतामा श्वासप्रश्वास र मुटु धडि्कएरहेको हो,' महासेठले भने, 'त्यो पनि बन्द भयो, मतिष्कको कुनै पनि प्रतिक्रिया बाँकी थिएन्'।
वीरगञ्जदेखि नै भेन्टिलेटरमा राखेरै काठमाडौ ल्याइएकी बालिकालाई मतिष्कको संकेत बाँकी नहरेपनि चिकित्सकहरुले सम्पूर्ण अंगहरुको रेस्पोन्स बढाउँन संभव हुनेसम्मको सबै विकल्प प्रयोग गरेको जनाएका थिए।
परिवार र आफन्तहरुले घटनाप्रति राज्यले गम्भीरता नदेखाएको गुनासो गरेका छन्। स्थानीय प्रशासनले घटनामा संलग्नको आरोपमा एक व्यक्तिलाई गिरफ्तार गरेपनि 'यति दुःखद् घटनाप्रति राज्यले आवश्यक संवेदना नदेखाएको' बाराका पूर्व सभासद् प्रमोद गुप्ताले बताए।

फरक मत । छोटो लुगा लगाएर हिड्नु के नारी स्वतन्त्रता हो ? तिम्रै जय होस ...

फरक मत । छोटो लुगा लगाएर हिड्नु के नारी स्वतन्त्रता हो ? दिउसै रक्सी खाएर बुढालाइ लात्ती हानेर हिड्नु के नारी स्वतन्त्रता हो ? जो नारी पहिल्यै देखि स्वतन्त्र छ उसैलाइ चाहिएको छ नारी अधिकार ! नारी अधिकार कै कुरा गर्छौ भने सडक का चोक चोक मा भाशन नारा जुलुस हैन गाउँ गाउँ मा आउ अनि पिडित महिलालाइ न्याय देउ ! तिमी भन्दा धेरै चोक चोक मा धाएर देखाइदिन्छु तिमी पाएन्ट लगाए म सारी लाएर देखाइदिन्छु हामिलाइ बच्चा जन्माउने साधन मात्रै नसम्झ भनेर नथर्काउ तिमी भुडी बोकाउ म बच्चा पाएर देखाइदिन्छु । सुबिधा लिने ठाउँ मा हामी महिला हुम आरक्षण चाहिन्छ भन्छ्न अधिकार लिने ठाउँ मा हामी पुरुश बराबर छम समान हुम भन्छ्न ! म त केइ बुझ्नै सक्तिन ! तिम्रै जय होस नारी दिवस को शुभकामना । Copy by suraj_भिरखोईरे

म त केइ बुझ्नै सक्तिन ! तिम्रै जय होस ...

फरक मत । छोटो लुगा लगाएर हिड्नु के नारी स्वतन्त्रता हो ? दिउसै रक्सी खाएर बुढालाइ लात्ती हानेर हिड्नु के नारी स्वतन्त्रता हो ? जो नारी पहिल्यै देखि स्वतन्त्र छ उसैलाइ चाहिएको छ नारी अधिकार ! नारी अधिकार कै कुरा गर्छौ भने सडक का चोक चोक मा भाशन नारा जुलुस हैन गाउँ गाउँ मा आउ अनि पिडित महिलालाइ न्याय देउ ! तिमी भन्दा धेरै चोक चोक मा धाएर देखाइदिन्छु तिमी पाएन्ट लगाए म सारी लाएर देखाइदिन्छु हामिलाइ बच्चा जन्माउने साधन मात्रै नसम्झ भनेर नथर्काउ तिमी भुडी बोकाउ म बच्चा पाएर देखाइदिन्छु । सुबिधा लिने ठाउँ मा हामी महिला हुम आरक्षण चाहिन्छ भन्छ्न अधिकार लिने ठाउँ मा हामी पुरुश बराबर छम समान हुम भन्छ्न ! म त केइ बुझ्नै सक्तिन ! तिम्रै जय होस नारी दिवस को शुभकामना । Copy by suraj_भिरखोईरे

चालक भागेपछि बस खस्यो, ६ को मृत्यु ...

चालक भागेपछि बस खस्यो, ६ को मृत्यु - पोखरा, फागुन २३ क्षमताभन्दा बढी यात्रु बोकेको बस नियन्त्रणबाहिर गएपछि चालकले छाडेर भाग्दा सडकबाट खस्न पुगी ६ जनाको ज्यान गएको छ । बसका ५७ यात्रु घाइते भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ । कास्कीकोटको गुन्टेचौरबाट पोखरा आइरहेको ग१ख ४८४९ नम्बरको बस सराङकोटको मगरटोल गोठादीधारा पँधेरीमा अगाडिको टायर माटोमा धस्सिएर अनियन्त्रित भएपछि चालक खिलबहादुर आलेमगर सिट छाडेर भागेका थिए । लगत्तै बस सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । उपचारार्थ मणिपाल अस्पताल ल्याइएपछि घाइतेमध्येका पोखरा–२६ का १६ वर्षीय विवश तिमिल्सिना, ५० वर्षीय हरिबहादुर खत्री, ४० वर्षीया गोमा लुइँटेल, ५० वर्षीय लेखबहादुर ढकाल, ३९ वर्षीया तारा थापा र कास्कीकोट–६ की ५५ वर्षीया भिमा केसीको मृत्यु भएको हो । प्रहरी उपरीक्षक हरिबहादुर पालका अनुसार घाइतेमध्ये मणिपाल मेडिकल कलेजमा ३८, गण्डकी मेडिकल कलेजमा ७, फिस्टेल अस्पतालमा ५ र सहारा अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । सख्त घाइते पोखरा–२६ का २५ वर्षीय दिलबहादुर ढकाल, ८ महिनाका एल्भिस थापा, १८ वर्षीय सुमन थापा र कास्कीकोट–६ की सरिता खडकालाई काठमाडौं लगिएको छ । घटनास्थलबाट फरार उदयपुरको तावाश्री घर भई कास्कीको सार्दीखोलामा बस्ने चालक २७ वर्षीय खिलबहादुर आलेमगर दिउँसो आफैं आएर प्रहरीमा आत्मसमर्पण गरेका छन् । अगाडिको टायर धस्सिएपछि आफू भागेको चालकले बयान दिएको प्रहरीले जनाएको छ ।

कारण ?

अभिभावक आफ्ना बच्चालाई सरकारी स्कूलमा पढाउन चाहँदैनन्। बिरामी पर्दा सरकारी अस्पताल पहिलो रोजाइमा पर्न छोडेका छन्। तर सरकारी जागिरप्रतिको आकर्षण बढ्दो छ।

प्रताप लामाले तेस्रो नेपाली ताराको उपाधि जितेका छन्

प्रताप लामा तेस्रो नेपाली तारा काठमाडौं, फागुन २२ प्रताप लामाले तेस्रो नेपाली ताराको उपाधि जितेका छन्। शुक्रबार आर्मी अफिसर क्लबमा भएको ग्रान्ड फिनालेमा लामाले सुरेश लामा र देवेश राईलाई पछि पार्दै उपाधी चुमेका हुन। उपाधीसँगै लामाले २ लाख पचास हजार नगदसहित बजाज डिस्कोभर मोटरसाइकल पनि पाएका छन्। प्रतियोगिताको फस्ट रनरअप देवेश राई बनेका छन्। सुरेश लामा सेकेण्ड रनअप बनेका छन्

रेसलर जोन सीनाको मृत्यु ?

रेसलर जोन सीनाको मृत्यु ? एजेन्सी । रेसलर जोन सीनाको मृत्युको खवर केहि दिन यता चर्चामा रहेको छ । सेलिब्रेटीको मृत्युको खवर सामाजिक सञ्जाल तथा इन्टरनेटमा चर्को सँग उठिरहेको छ । उनको मृत्यु एक कार दुर्घटनामा भएको चर्चा समेत चलेको छ । सीनाको मृत्युको खवर न्यूज साइट ग्लोवल एसोसिएटेडमा प्रकाशन भए सँगै उनको मृत्युको चर्चा बढेको हो । तर जोन सीना भने सकुशल रहेका छन् । उनको मृत्युको खवर भाइरल जसैगरि फैलिएसँगै उनलेनै आफू जिवित रहेको भनाई सार्वजनिक गरेका थिए । यस अघि पनि अगष्टमा रेसलिङ खेलका बिच उनको शिरमा आएको चोट पछि आराम मा रहेको सीना मृत भएको हल्लाको समाचार तथा इन्टरनेटमा ठूलै हल्ला भएको थियो । सामाजिक सञ्जाल तथा इन्टरनेटमा वेला बखतमा सेलिब्रेटीहरुको झूटो मृत्युको हल्लाह फिजिने गरेको छ ।
रेसलर जोन सीनाको मृत्यु ? एजेन्सी । रेसलर जोन सीनाको मृत्युको खवर केहि दिन यता चर्चामा रहेको छ । सेलिब्रेटीको मृत्युको खवर सामाजिक सञ्जाल तथा इन्टरनेटमा चर्को सँग उठिरहेको छ । उनको मृत्यु एक कार दुर्घटनामा भएको चर्चा समेत चलेको छ । सीनाको मृत्युको खवर न्यूज साइट ग्लोवल एसोसिएटेडमा प्रकाशन भए सँगै उनको मृत्युको चर्चा बढेको हो । तर जोन सीना भने सकुशल रहेका छन् । उनको मृत्युको खवर भाइरल जसैगरि फैलिएसँगै उनलेनै आफू जिवित रहेको भनाई सार्वजनिक गरेका थिए । यस अघि पनि अगष्टमा रेसलिङ खेलका बिच उनको शिरमा आएको चोट पछि आराम मा रहेको सीना मृत भएको हल्लाको समाचार तथा इन्टरनेटमा ठूलै हल्ला भएको थियो । सामाजिक सञ्जाल तथा इन्टरनेटमा वेला बखतमा सेलिब्रेटीहरुको झूटो मृत्युको हल्लाह फिजिने गरेको छ ।

बहुला कुकुरको टोकाइबाट ४० जना घाइते ...

पर्सा, फागुन २० – पर्साको पोखरिया नगरपालिका क्षेत्रमा बहुला कुकुरको टोकाइबाट ४० सर्वसाधारण पीडित भएका छन् । पोखरियाआसपासका लङ्गडी हरिहरपुर, धोविनी, मसिहानी, एकडरवा, विरञ्चिवर्वा, बसन्तपुर, सेमरालगायत गाउँका करिब ४० जनालाई कुकुरले टोकेर घाइते बनाएको हो । पोखरिया अस्पतालमा जाँदा रेबिजविरुद्धको खोप नरहेका कारण त्यसै फर्कन बाध्य भएको सेमराका पीडित जगदीश प्रसादले बताए । पोखरिया अस्पतालका अहेब वृजेश द्विवेद्वीले रेबिजविरुद्धको खोप हेटौँडाबाट मगाएर दुई÷तीन दिनमा उपलब्ध गराउने जानकारी दिए । पोखरिया अस्पतालमा एक हप्तादेखि बहुला कुकुरले टोक्दा लाउने रेबिजविरुद्धको सुई अभाव भएको छ । पोखरियामा सुईको अभाव भएपछि सर्वसाधारणहरु वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका उपचारका लागि आउने गरेका छन् । बहुला कुकुर नियन्त्रणबाहिर नै भएका कारण उसको आतङ्क जारी रहेको पोखरियाका स्थानीयवासीले बताएका छन् ।

चितवनमा १ करोडको अवैध हिरा बरामद एक भारतीयसहित तीन पक्राउ

चितवनमा १ करोडको अवैध हिरा बरामद एक भारतीयसहित तीन पक्राउ २०७१ फागुन १९ गते प्रकाशित चितवन । अवैध रुपमा ल्याएको एक करोड मूल्य बराबरको ६ थान हिरासहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा भरतपुरको गोन्द्राङमा चेकजाँच गर्दा हिरासहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लमजुङ टक्सारका मुक्तराज मल्ल, गाडि चालक नवलपरासीका जिवित गुरुङ र भारत हैदराबादका राजकुमार थापा छन् । प्रहरीका अनुसार भारतीय नागरिक थापाले हिरा लिएर आएका हुन् । ‘मार्केटको खोजीका क्रममा पोखराबाट काठमाडौं हुँदै चितवन आइपुगेका हुन्’ प्रहरी निरीक्षक रुगम कुँवरले अनलाइनखबरसँग भने । प्रहरकिा अनुसार उनीहरु ग १ य ३३० नम्बरको पर्यटक कारमा चितवनको टाँडीमा फर्किएका थिए । पक्राउपछि प्रहरीले जिल्ला सुनचाँदी संघमार्फत हिरा जाँच गरेको थियो । त्यसक्रममा हिरा ११. दशमलव ५ क्यारेटको भएको र बजार मूल्य १ करोड १० लाख भएको खुलेको छ । प्रहरीले बरामद भएको हिरासँगै उनीहरुलाई कारबाहीका लागि राजश्व विभाग केन्द्रीय कार्यालय पठाउने बताएको छ ।
चितवनमा १ करोडको अवैध हिरा बरामद एक भारतीयसहित तीन पक्राउ २०७१ फागुन १९ गते प्रकाशित चितवन । अवैध रुपमा ल्याएको एक करोड मूल्य बराबरको ६ थान हिरासहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा भरतपुरको गोन्द्राङमा चेकजाँच गर्दा हिरासहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लमजुङ टक्सारका मुक्तराज मल्ल, गाडि चालक नवलपरासीका जिवित गुरुङ र भारत हैदराबादका राजकुमार थापा छन् । प्रहरीका अनुसार भारतीय नागरिक थापाले हिरा लिएर आएका हुन् । ‘मार्केटको खोजीका क्रममा पोखराबाट काठमाडौं हुँदै चितवन आइपुगेका हुन्’ प्रहरी निरीक्षक रुगम कुँवरले अनलाइनखबरसँग भने । प्रहरकिा अनुसार उनीहरु ग १ य ३३० नम्बरको पर्यटक कारमा चितवनको टाँडीमा फर्किएका थिए । पक्राउपछि प्रहरीले जिल्ला सुनचाँदी संघमार्फत हिरा जाँच गरेको थियो । त्यसक्रममा हिरा ११. दशमलव ५ क्यारेटको भएको र बजार मूल्य १ करोड १० लाख भएको खुलेको छ । प्रहरीले बरामद भएको हिरासँगै उनीहरुलाई कारबाहीका लागि राजश्व विभाग केन्द्रीय कार्यालय पठाउने बताएको छ ।