रेसलर जोन सीनाको मृत्यु ?

रेसलर जोन सीनाको मृत्यु ? एजेन्सी । रेसलर जोन सीनाको मृत्युको खवर केहि दिन यता चर्चामा रहेको छ । सेलिब्रेटीको मृत्युको खवर सामाजिक सञ्जाल तथा इन्टरनेटमा चर्को सँग उठिरहेको छ । उनको मृत्यु एक कार दुर्घटनामा भएको चर्चा समेत चलेको छ । सीनाको मृत्युको खवर न्यूज साइट ग्लोवल एसोसिएटेडमा प्रकाशन भए सँगै उनको मृत्युको चर्चा बढेको हो । तर जोन सीना भने सकुशल रहेका छन् । उनको मृत्युको खवर भाइरल जसैगरि फैलिएसँगै उनलेनै आफू जिवित रहेको भनाई सार्वजनिक गरेका थिए । यस अघि पनि अगष्टमा रेसलिङ खेलका बिच उनको शिरमा आएको चोट पछि आराम मा रहेको सीना मृत भएको हल्लाको समाचार तथा इन्टरनेटमा ठूलै हल्ला भएको थियो । सामाजिक सञ्जाल तथा इन्टरनेटमा वेला बखतमा सेलिब्रेटीहरुको झूटो मृत्युको हल्लाह फिजिने गरेको छ ।

No comments:

Post a Comment