चितवनमा पछिल्लो समय स्वाइन फ्लु संक्रमित ह्वात्तै बढेका छन । दुई दिनअघि दशजनामा सीमित स्वाइन फ्लु आज बढेर २७ जनामा पुगेको छ । संकास्पद बिरामीको रिपोर्ट आएसँगै २७ जनामा स्वाइनफ्लु भएको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गरेको छ । हालसम्म काठमाण्डौमा पिसिआर परिक्षण गराइएका १ सय ६२ जनामा २७ बिरामीमा स्वाईन फ्लु अर्थात ईन्फ्लुएन्जा एचवान एनवानको संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले जनकारी दिनुभयो । गत सोमबारको रिपोर्टसम्म जम्मा दशजनामा मात्र भेटिएको स्वाईनफ्लु संक्रमण तीन दिनको बीचमा थप १७ जना बढेर कुल २७ जनामा फैलिएको केसीले जनाउनुभयो । उनका अनुसार स्वाईनफ्लु संक्रमित हुनेहरु अधिकांस महिला रहेका छन । जिल्ललामा एकमात्र स्वाईनफ्ल्को प्रारम्भिक परिक्षण हुने भरतपुर अस्पतालमा पनि स्वाइन फ्लु जँचाउने बिरामीको चाप बढ्दो रहेका चिकित्सक डा भोजराज अधिकारीले बताउनुभयो । उहाँले अब स्थिति नियन्त्रण गर्न थप सतर्कता आवश्यक रहेको जानकारी दिनुभयो । भरतपुर अस्पतालमा आइसोलेसन वार्ड समेत व्यवस्था गरेर विरामीको उपचार भैरहेको छ । जनस्वास्थ्य कार्यालय चितवनले भिडभाडमा नहिँड्न, हात नमिलाउन, संक्रमित भएको आशंका भए छुट्टै बस्न र बाहिर हिँड्दा मास्क लगाएर हिंड्न सर्वसाधारणलाई अपिल गरेको छ । महिला, वृद्धवृद्धा र बालबालिकामा स्वाइनफ्लुको जोखिम बढी रहने भएकाले सतर्क रहन पनि अपिल गरिएको छ । रुघाखोकी लाग्ने, ज्यान दुख्ने , थकाई लाग्ने लगायतका लक्ष्यण भए तुरुन्त अस्पताल गएर परिक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ ।
No comments:
Post a Comment