६ वर्षीया बालिका बलात्कृत

पाँचथर, फाल्गुन २९ - बाराको घट्ना तातिएकै बेला तेहृथुमको थोक्लुङ-२ मा एक ६ वर्षीया बालिका छिमेकीबाट बालात्कारको शिकार भएकी छन् । प्रहरीका अनुसार ११ दिनअघिको उक्त घटना गाउँमै मिलाउने प्रयासले सार्वजनिक हुन ढिलाई भएको हो । पीडित पक्ष प्रहरीमा आएपछि घट्ना बाहिर आएको छ । बालिकाको अवस्था कमजोर बन्दै गएपछि घटनाको ७ दिनपछिमात्र उपचारको लागि लगिएको उनकी आमाले टेलिफोनमा बताइन । लामो समयसम्म उपचार नपाएकोले बलात्कृत बालिकाको अवस्था नाजुक बन्दै गएको छ । बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि सुविधासम्पन्न अस्पतालमा पठाइएको छ । उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्तिका डा.किजन महर्जनले बालिकाको योनी च्यातिई पूरै भाग सुन्निएको बताए । पिसाब नरोकिने, योनीमार्ग दुख्ने र हिंडन नसक्ने समस्या भोगिरहेकी उनको पाठेघरसमेत सुन्निएकोले संक्रमण भएको आशंका गरिएको महर्जनले बताए । नाबालिका बलात्कार आरोपी स्थानीय प्रेमकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठराईका प्रहरी नायव निरीक्षक जीवन बोगटीका अनुसार बिहीबार अचानक भागेका १८ वर्षीय श्रेष्ठलाई तमोरखोला नजिकै दिदीको घरमा लुकेर बसेको अवस्थामा गएको मध्यराति पक्राउ गरिएको हो । आरोपितलाई भगाउन सहयोग गरेको भन्दै प्रहरीले उनका दाजु यामबहादुर श्रेष्ठलाईसमेत अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । बालिकाकी आमाका अनुसार गहतराजको घर बन्दकी हाली बस्दै आएका नजिकका छिमेकी श्रेष्ठको मतान कोठामा मोवाइल चार्ज गर्न जाँदा अपरान्ह साढे पाँच बजे नाबालिका बलात्कारको सिकार भएकी हुन । आरोपितकी आमा बोल्न सक्तिनन् । बाबु घरबाहिर गएको मौकामा घटना भएको स्थानीयले बताए ।

No comments:

Post a Comment