Taplejung(ताप्लेजुङ) आगलागीः ३० करोड क्षति ४४ घर ध्वस्त, ११८ परिवार विस्थापित ...

ताप्लेजुङ, चैत्र १० - सोमबार साँझ सदरमुकाम फुङलिङमा भएको आगलागीबाट घरबाहेक ३० करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । विपत ब्यवस्थापन समितिका अनुसार वाट ४४ घरमा पूर्ण क्षति पुगेको छ । ३५ जनाका ३७ घर जले भने आगो नियन्त्रणमा लिन ७ घर तथा टहरा भत्काइएको थियो । होटल, पसल तथा डेरा गरी बस्ने १ सय १८ परिवार विस्थापित भएका छन् । आगलागीले ४ सय ६५ जनालाई बासबिहीन बनाएको छ । समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौलाका अनुसार विस्थापितलाई जिल्ला विकास समिति, सामुदायीक भवन र उद्योग वाणिज्य संघको भवनमा वस्ने प्रवन्ध मिलाइएको छ । मंगलवार विहान प्रारम्भीक राहत स्वरुप पाल, कम्वल, भाँडाकुँडा, थाल, एकसरो लगाउने कपडा वितरण गरिएको छ । खाद्यान्नकालागि ३० किलो चामलको वोरा, एक किलो दाल, नुन, तेल, प्रदान गरिएको थियो । खाद्यान्न पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति र कपडा लगायतका सामग्री रेडक्रस सोसाईटिले प्रदान गरेको हो । प्रतक्षदर्शी मात्रीका न्यौपानेका अनुसार खाना पकाउने ग्यासबाट आगो फैलिएको थियो । आगोले भरत श्रेष्ठ, हर्क श्रेष्ठ, किशोर शाह, ममता सुनुवार, लक्ष्मी सुनुवार, टेकनाथ पौडेल, रमेश गौतम, युवराज वराल, नारायण सिंह मादेनको घर जलेको छ । यस्तै देवीमाया गीरी, वालकुमारी न्यौपाने, श्याम तामाङ, गोरख खवास, मनमाया गुरुङ, साँवा साइली, राम प्रसाद गोम्देन, सारदा श्रेष्ठ, डिल्लीराम लिम्वु, नरेन्द्र साँवा, वमवहादुर लिम्वु, छत्र विक, चीरञ्जीवि विक, डम्बर कार्की, ज्ञान वहादुर साम्सोहाङ, खड्गवहादुर एङदेन, निलम न्यौपाने, मात्रीका प्रसाद न्यौपानेका घर जलेका छन् । अनन्त भट्टराई, मोती पालुङवा, अम्विका एङदेन, लक्ष्मी सुनुवार, योगेन्द्र भट्टराई, लोकनाथ गीरी, हर्क गुरुङका घर खरानी भएका छन । आगलागीले यसरी ध्वस्त भए फुङलिङका घर (फाेटाेफिचर) आगलागिले सरकारी तर्फ स्थानीय शान्ति समिति, जिविस उर्जा तथा वातावरण शाखा कार्यालय जलेका छन् भने गैर सरकारी संस्था तर्फ हिमाली संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ, जनमुखी कृषि सहकारी संस्था, विअस मिडिया, जनमुखी विकास सरोकार मञ्च, विअस पर्यटन तथा वातावरण विकास परिषद, आदिवासी जनजाती विकास सरोकार मञ्च, आइएमइमनी ट्रान्सफर दुइवटा र निजामती कर्मचारी संगठनको कार्यालय जलेका छन् । साँझ ६ः४५ वजेतिर सुरु भएको आगो नौ वजे आंसिक नियन्त्रणमा आएको थियो । पूर्ण नियन्त्रणमा भने विहान दमकलले पानी हालेपछि मात्रै आएको हो । तोक्मेडाँडाँ क्षेत्रमा आगो वड्ने ठाउँ नभएपछि र सदरमुकाम क्षेत्रमा भीम मीश्रको तीन तले घर माथीवाट सयौं मान्छेले ढुङगामाटो हानेर राती आगो फैलन नसक्ने वनाएका थिए । सेना, प्रहरी र स्थानियवासी रातभरीनै सडकमा बसेका थिए । आगलागि प्रभावित बृद्धबृद्धा तथा वालवालिकालाई भने आफन्त साथीभाईकोमा पुर्याएर राखिएको थियो । उनिहरु विहान उज्यालो नहुदै देखि आफ्नो विग्रीएको संरचनाको थातथलोमा भेला भएका थिए । यसरी भयो आगलागी मात्रिका न्यौपाने, प्रत्यक्षदर्शी लगभग ६ वजेर ५० मिनेट जति भएको थियो । बच्चा खेलाएर कोठामा वसेको थिए । छोडेर वाहिर निस्किए । एसो हेर्दा होटल पूर्वेलीमा आगोको सानो ज्वाला देखें । के पाक्तैथियो के भयो पक्तो पाइन । मैले देख्ता सिलिण्डरमा आगो वल्दै थियो । त्यो देखेर त्यहा भएका सवै भागे । यसलाई निभाउनु पर्छ भनेर म, होटल साहु, मास्तिरको मिलन भाई भएर निभाउने प्रयास गर्यो । ग्याँस पानीले होइन अरुलेनै निभाउनु पर्छ भनेर प्रयास गर्दागर्दै सम्भव नभएपछि मपनि छोडेर घरतिर दौडिए । श्रीमती, आमा र भाइलाई सुनाएर वाहिर निस्कदा घरको धुरीमा आगो पुगीसकेको थियो । त्यसपछि कराउने, चिच्याउने, भागदौड गर्ने क्रम सुरु भयो । हावाको वेगले आगो यत्ति उडायोकी रोक्न सक्ने कुनै सम्भावनै थिएन । copy by ekantipur

No comments:

Post a Comment