बेनिघाटमा बसको ठक्कर बाट पैदल यात्रीको मृत्यु.....


धादिङ, चैत्र ११ ।
  यात्रुबसको ठक्करले पैदल यात्रीको मृत्यु भएपछि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट सडकखण्ड ठप्प बनेको छ ।

काठमाडौंबाट पूर्व तर्फ जादै गरेको ना ५ ख ४१६३ नम्बरको बसले वेनिघाट गाँउ विकास समिति वडा नं ८ गोमती खोला नजिकै एक पैदल यात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

>मृत्यु हुनेमा वेनिघाट ८ की २८ वर्षिया लक्ष्मी गुरुङ रहेकी छन् ।
 >>>>>>>>>>>>>>>>>>>


पैदल यात्रुको मृत्युपछि स्थानियले बसमा तोडफोड गरेका छन् भने चालकलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग ठप्प पारेका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
>
 बेनिघाटमा बसको ठक्कर बाट पैदल यात्रीको मृत्यु पछि सडकमा बालिएको टाएर..
 बसको ठक्कर बाट पैदल यात्रीको मृत्यु पछि सडकमा बालिएको टाएर..

No comments:

Post a Comment