बिहीवार 12 चैत, 2071
पोखरा, चैत्र १२ । पोखराको न्यूरोडमा रहेको डिआईबी फर्म हाउसमा आगलागी हुँदा दुई वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
रुपा गुरुङको घरमा रहेको गोविन्द अधिकारीको फर्म हाउसमा बिजुली सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।
आगलागीबाट दुई वटा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन्। पसलभित्रै राखिएका तीन वटा मोटरसाइकल पनि जलेको छ ।
पोखराको दुई वटा दमकल र खानेपानीका ट्याङकरको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट भएको क्षतिको विवरणको संकलन भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment