पृथ्वी राजमार्ग मा पर्ने चितवनको दारेचोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दारेचोक–७ चुम्लिङटारमा गएराती २ बजे नंबर नखुलेको भारतीय कार सडकबाट त्रिशुली नदी किनारमा खस्दा अर्का एक जना गंभिर घाईते भएका छन् ।
कार सडकबाट ४०-५० मिटर तल खस्दा भारतको कानपुरका ३० बर्षीय बिनित बर्माको ज्यान गएको हो ।
बर्माको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते सोही ठाउँ बस्ने ३१ वर्षीय अमित बर्मा र अर्का विनित दुबेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।
No comments:
Post a Comment