जुम्लाma बस दुर्घटना: १८ को मृत्यु ...

चैत २, जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको ना ४ ख ४९७० नम्बरको बस दुर्घटनामा ज्यान गुमाएका सवै १८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेहरुको नामावली निम्नानुसार छ: १. जुम्ला, महावै पातरखोला–९ का २१ वर्षीया देवु रोकाया २. उनका नाम नखुलेका तीन महिनाका छोरा, ३. सोही वडाका १४ वर्षीय जितेन्द्र अधिकारी, ४. कालिकाखेतु–९ का ३५ वर्षीय रतन शाही, ५. सनिगाउँ–८ का २५ वर्षीय चालक सागर बुढा, ६. सोही गाविस–२ का ५२ वर्षीय लालविरे शाही ७. शाहीका ६ वर्षीय छोरा विजय शाही, ८. सोही गाविस–५ का ४२ वर्षीया रती रोकाया, ९. नराकोट–६ का २६ वर्षीय राजबहादुर बुढा, १०. बड्की गाविस–९ का ४० वर्षीया पम्फादेवी रावत, ११. सोही वडाका २० वर्षीय पुष्पराज आचार्य, १२. सोही वडाकै ११ वर्षीय बिजु रोकाया, १३. तातोपानी–४ का सह–चालक १७ वर्षीय रण कामी १४. कालिकाखेतु गाविस–१ का २० वर्षीया धनलक्ष्मी न्यौपाने १५. कालिकोट जिल्ला फुकोटका २५ वर्षीय नवराज तिरुवा १६. कालिकोटकै फोइमहादेव–४ का ५५ वर्षीया काली बुढा १७. सोही वडाकै ५० वर्षीया रेशमकला बुढा १८. सोही वडाकै अर्का सह–चालक २५ वर्षीय हर्क बुढा दुर्घटनामा परेर गम्भीर घाइते भएका १८ जना मध्ये जुम्ला सनिगाउँ–९ का २४ वर्षीया हिमाली रोकाया, सोही वडाका ३५ वर्षीया शिवकली रोकाया र चन्दननाथ नगरपालिका–९ का ४६ वर्षीय कलिमान सार्कीलाई उपचारका लागि हेलिकप्टरमा वाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरी निरीक्षक ईन्द्र बहादुर साउदले जानकारी दिए ।अन्य घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बसमा २९ जना सवार रहेको बताइएको छ ।बस जुम्लाको रारालिही गाविस–१ गाड्गुडेनीमा सडकबाट दुई सय मिटर तल तिला नदीमा खसेको थियो ।प्रहरी निरीक्षक साउदका अनुसार दुर्घटनामा परी १३ जनाको घटनास्थलमा तथा पाँच जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

No comments:

Post a Comment