प्रियंकाले भनिन्,’नारीबाटै जन्म लिन्छस् र त्यही नारीको सम्मान गर्दैनस् ?’


काठमाडौं > ‘अरे बलात्कारीहरु, यो कुरा कसरी बिर्सन्छस कि नारीको जुन संबेदनसिल अंगको त नास गर्छस, त्यहीबाट निस्के पछि तेरो अस्तित्व शुरु भएको हो। नारीबाटै जन्म लिन्छस र त्यही नारीको सम्मान गर्दैनसरु पहिलो पल्ट त्यही नारीको दूध पिउछस, र पछि त्यहि दुधको शिकार गर्छस। तलाइ लाज लग्दैनरु धिक्कार छ ।’
priyankaनायिका प्रियंका कार्कीको फेशबुक स्टाटस हो यो । देशमा बलात्कार र एसिड आक्रमणको घटना बढेपछि अभिनेत्री प्रियंका कार्कीले कडा अभिव्यक्ति दिंदै आफ्नो फेसबुकमा यस्तो स्टाटस राखेकी हुन् । उनी टिएनएम म्यागजिनसँग सहकार्य गरेर महिला हिंसाबिरुद्धको अभियानमा लागेकी छिन् ।
टिएनएम म्यागजिनको पहिलो संस्करणको कभर गर्ल बनेकी प्रियंकाले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महिला हिंसाबिरुद्धको अभियानमा लाग्ने घोषणा गरेकी हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री कार्कीले भनिन्, ‘महिला हिसां रोक्न सेलिबे्रटीको आवाजले समाजमा ठुलो प्रभाव पर्ने हुँदा जनचेतना जगाउन हामी अगाडी बढ्नु जरुरी छ ।’
  -<<<<

i t 's  me 

bishwadipdc  

No comments:

Post a Comment