लमजुङ। देशमा बलत्कारका घटनाहरु
एकपछि अर्को गर्दै
बढिरहेका बेला लमजुङमा पनि एक
बालिका बलात्कृत भएकी छिन् ।
पूर्बी लमजुङको नौथर गाउँ विकास
समितीकी पाँच
बर्षीया बालिका बलात्कारको शिकार
भएकी हुन् । बालिकालाई नौथरकै १९
बर्षीया युवक धनबहादुर गुरुङले बलात्कार
गरेका हुन । प्रहरीले पिडित बालिकालाई
२०७१ ‘एफ’ अल्फाबेट नाम
दिएको बताइएको छ ।
बालिकाको घरमा कोही नभएको मौका छोप्दै
गुरुङले चक्लेट दिन्छु भनेर बालिकालाई
फकाई जर्बजस्तीकरणी गरेको खुल्न
आएको निमित्त प्रहरी प्रमुख राजेन्द्र
अधिकारीले बताउनुभयो । पिडित
परिवारले बलात्कारका अभियुक्त
गुरुङलाई किटानी जाहेरी दिएका थिए ।
बालिकाले पनि सुरुमा कसैलाई
केही भनिनन् । तर पछि दुख्यो भनेर
आफन्तलाई भनेपछि आफन्तले
सोधखोजी गर्दा उनी बलात्कृत
भएको रहस्य खुलेको हो ।
त्यसपछि बालिकालाई फकाईफकाई
सोधीखोजी गर्दा बालिकाले गुरुङसँग
खेलेको र उसले चकलेट दिएर फकाई लगाएर
गरेका क्रियाकलापहरु सवै
बताएको परिवारले जनाएका छन् ।प्रहरीले
सूचनाका आधारमा अभियुक्तलाई २५ गते नै
पक्राउ गरेको थियो । घटनाको प्रकृति र
अस्पतालको ‘रिर्पोट’ ले बलात्कार
गरेको पुष्टी भएको छ । गुरुङलाई
कारवाहीका लागि जर्बजस्तीकरणीकोमहल
अन्र्तगत प्रक्रिया अगाडि बढाइ म्याद
थप गरिएको छ ।
Copy by Dhamilikuwa Gharambesi Lamjung fb
No comments:
Post a Comment