नेपालसँग छिट्टै इन्धन सम्झौता हुन्छः चिनियाँ राजदूत

   – चिनियाँ राजदूत ऊ चुन्ताईले चीनबाट पेट्रोलियम पदार्र्थ आपूर्तिका लागि नेपालसँग चाँडै सम्झौता हुन लागेको जानकारी दिएका छन् ।
सभामुख ओनसरी घर्तीसँग सोमबार भएको भेटमा चुन्ताईले त्यस्तो जानकारी गराएका हुन् ।
चीनले नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानस्वरुप उपलब्ध गराईसकेको छ । चीनसँग पेट्रोलियम पदार्थ र एलपी ग्यास आयातका लागि सम्झौता गर्न दुई सदस्यीय टोली बेइजिङ गएको छ । चीनका लागि नेपाली राजदूत महशे मास्के पनि भारतीय नाकाबन्दीका कारण नेपालमा भएको इन्धन अभावलाई पूर्ति गर्न चीनसँग हुन लागेको सम्झौताबारे छलफल जारी राखेका छन् ।
– अन्नपूर्ण पोस्टबाट

सरकारलाई अन्तिम चेतावनी...




सरकारलाई अन्तिम चेतावनीका लागि रौतहटमा विशाल मसाल जुलुस प्रदर्शन




रौतहट–मधेश आन्दोलनलाई निर्णायक बनाउन र सरकारलाई अन्तिम चेतावनीका लागि रौतहटको सदरमुकाम गौरमा साँझ सोमवार विशाल मसाल जुलुस प्रर्दशन गरिएको छ ।


संघीय समावेशी मधेशी गठबन्धन रौतहटका सदस्य एवम् राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम प्रवेश दासको नेतृत्वमा सयौंको संख्यामा स्थानीय मधेशी क्रान्ति चौकबाट निस्केको विशाल मसाल जुलुस नगरपरिक्रमा गर्दै नेपाल भारत सिमानामा रहेको क्रान्तिद्धारमा गई कोणसभामा परिणत भएको हो ।

विभिन्न समयमा नेपाल सरकारले मधेशदलहरुसँग गरेको सम्झौता लागु गर, मधेश आन्दोलनमा मारिएकाहरुलाई शहिद घोषणा गर, मधेशको माग शिघ्र पुरा गर, गृहमन्त्री मुर्दावाद जस्ता नारा लगाउँदै निस्केको सो विशाल मसाल जुलुसमा संघीय समावेशी मधेशी गठबन्धन रौतहटका सदस्य तराई मधेश राष्ट्रिय अभियानका ललित मल्लिक सानु, रविन्द्रनाथ गोपाली, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य रणधिर सिंह, शम्भु गिरी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका शेख जिकरुलाह, रामाधार राय यादवलगायतका सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेका थियो ।


कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका सदस्य एवम् राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष राम प्रवेश दासले सरकारलाई जुनसुकै हालतमा पनि मधेश र मधेशीको माग पुरा गराउन बाध्य पारिने र सो को लागि आफुहरु जस्तोसुकै बलिदान दिन तयार रहेको बताए । त्यसैगरी स्थानीय गरुडा, शिवनगर, कटहरीया लगायतका बजारहरुमा साँझ बर्तमान सरकारको बिरोध तथा मोर्चाको आमहड्तालप्रति ऐक्यबद्धता जनाउदै मशाल जुलुश प्रदर्शन गरिएको छ
#ratopati


जिन्दगीकाे भर हुदैन ( jeendaki ko vaar hudina )...

सप्तरी घटनाकाे विराेध गर्दै अान्दोलनकारी द्धारा कर्फ्यु उलंघन, स्थिति तनावग्रस्त...

सप्तरी घटनाकाे विराेध गर्दै अान्दोलनकारी द्धारा कर्फ्यु उलंघन स्थिति तनावग्रस्त
अान्दोलनकारी र प्रहरी बीच झडप । नेपाल भित्रिने गाडिमा कडाई हुनुकाे साथै नाका मा झन कडाई ।

प्रहरीकाे गोली लागी दुईजनाको मृत्यु...



सप्तरी, मंसिर ६ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह र रुपनीमा शनिबार राति मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
राजमार्ग अबरुद्ध गर्न बसेका मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा गोली लागेर भारदह र रुपनीमा एक–एक जनाको मृत्यु भएको हो ।
भारदहमा गोली लागेर स्थानिय बीरेन्द्र राम र रुपनीमा नागेश्वर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । भारदह र रुपनीमा गरी अन्य २५ जना प्रदर्शनकारी घाइते भएका छन् ।
घाइते मध्ये पांच जनाको अवस्था चिन्ताजनक छ । यसैबीच, स्थानीय प्रशासनले बिहान ६ बजेदेखि सप्तरीको तीन स्थानमा कफ्र्यू आदेश जारी गरेको छ ।
प्रशासनले भारदह र रुपनीको पाँचसय मिटर आसपास र सरकारी कार्यालयहरु रहेको राजबिराजको अदालत रोडदेखि जिल्ला प्रहरी कार्यालयसम्म अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको हो ।
यात्रुबाहक बसको एस्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीहरु प्रहरीमाथि नै जाइलागेपछि गोली चलाएको प्रहरीले जनाएको छ । उता, प्रशासनले कफ्र्यू जारी गरेपनि मोर्चाका कार्यकर्ताहरुको ठाउं ठाउंमा प्रदर्शन जारी नै छ ।
अहिले सप्तरी सदरमुकाममा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । उता, सप्तरीमा मोर्चाले आन्दोलन चर्काएपछि सो बाटो हुंदै पूर्व जाने सबै गाडीहरु अहिले रौतहटको चन्द्रनिगाहपुरमा रोकिएका छन् ।

दोधारा चाँदनीमा भारतीयद्धारा जग्गा अतिक्रमण

दोधारा चाँदनीमा भारतीयद्धारा जग्गा अतिक्रमण

दोधारा चाँदनीमा भारतीयद्धारा जग्गा अतिक्रमण

रासस
| २०७२ कार्तिक २७




फोटो : Bishwadip DC
कञ्चनपुर:  दोधारा चाँदनी नगरपालिका– ७, कञ्चनभोजस्थित सीमा स्तम्भ नं १७ मुन्सीटोलमा भारतीय नागरिकले नेपाली भूमिमा बसोबार गर्दै आएका छन् ।

स्थानीयवासीका अनुसार भारतीय पक्षले विगत लामो समयदेखि करिब तीन बिगाहा जग्गा नेपाली भूमि अतिक्रमण गरेर खेतीपाती गर्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिका कञ्चनभोजका स्थानीयवासीलाई पायक पर्ने सीमावर्ती बजार मेलाघाट भएको हुँदा दिनरात सीमावर्ती भारतीय बजार मेलाघाट आवतजावत गर्नैपर्ने भएको हुँदा उनीहरुले खुलेर सीमा अतिक्रमणको विरोध गर्न नसकेको बताएका छन् ।

स्थलगत भ्रमणका क्रममा करिब तीन बिगाहा नोमेन्सलेन्डलगायत नेपाली भूमि भोगचलन गर्दै आएको देखिएको नेकपा एमाले दोधारा चाँदनी गाउँ कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले बताए।

उनका अनुसार भारतको हेपाहा प्रवृत्तिका कारण दोधारा चाँदनीका विभिन्न स्थानमा सीमा समस्या आउने गरेको छ ।  अहिले साम्य गर्न नसके भोलि यो जटिल विषय बन्छ । तसर्थ जग्गा अतिक्रमणको विषयलाई तत्कालै सरकारले ध्यान पुर्‍याउनुपर्छ” – स्थानीयवासी रामसिंह खड्काले भने ।

विगत लामो समयदेखि भारतीय पक्षले दशगजा जग्गासहित नेपाली भूमि कब्जा जमाउँदै आएको स्थानीय खड्काले बताएका छन् । नीयवासीका अनुसार भारतीयले मिचेको जग्गामा उखु तथा धानखेती गर्दै आएको बताएका छन् ।

आज भाइटीकाको साइत मध्याह्न ११:५५ मा उत्तम


११:५५




यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज भाइटीकाको साइत मध्याह्न ११:५५ मा उत्तम रहेको पनि उनले बताए । त्यसअघि बारबेलाअनुसार कालबेला परेकाले कालबेला कटाएर शुभबेलाको साइत निकाल्दा साइत ढिला भएको समितिले जनाएको छ । “मध्याह्न कालमा अभिजित् नामको शुभ मुहूर्त दिइएको छ”–उनले भने ।

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्नेसमितिले जनाएको छ । अहिले चन्द्रमा उत्तरमा रहेकाले आशीर्वाद दिने मानिसको दाहिने पार्नका लागि यस्तो निर्णय गरिएको हो ।

“सप्तरङ्गी टीका भनी विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा भनी शास्त्रमा उल्लेख गरिएको छ”–समितिका अध्यक्ष गौतमले बताए । आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले बाहिरैबाट दर्शन गर्ने व्यवस्था मिलाइने बताइएको छ ।

-bdc

‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘किसानको रहर’ कवितामा उल्लेख गरेजस्तै पीडा...


छाप्रोमा झुल्किएन चाड !


कात्तिक-‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘किसानको रहर’ कवितामा उल्लेख गरेजस्तै पीडा गोरखा भूम्लिचोक–८ हिक्लुङ्गका बुधुराम चेपाङको छाप्रोमा छ । बाख्रा पाल्न बनाएको खोरमा सात महिनादेखि चेपाङको परिवार बस्दै आएको छ । पाँच सदस्यीय उनको परिवार त्यही खोरमा बस्छन् ।
देवकोटाको कवितामा उल्लेख भएझैं चेपाङको आँगनमा बिहानीपख घाम झुल्किँदैन । सानो सुर्कोमा चारैतिर भाटा गाडेर चेपाङ परिवार दुःखजेलो गर्दै दिनरात कटाउँदै आएका छन् । यसवर्षको दसैंमा मिठो, मसिनो खान नपाएको चेपाङ परिवारमा अर्को ठूलो चाड तिहार मनाउने पनि कुनै तयारी छैन । चाडपर्वको खुसियाली भन्दा बढ्दै गएको चिसोमा कसरी बालबच्चा हुर्काउने भन्ने चिन्ताले बुधुराम रातभर अनिँदै छन् ।

उनका १० वर्षका छोरा डिलबहादुर र छोरी नजिकैको थुम्का प्राविमा पढ्छन् । सरकारले दिएको किताब भएपनि कापी र कलमको अभावमा उनीहरु छन् । ‘बाख्राको खोरमा बसेका छौं, कहाँ बस्ने, कहाँ खाने रु’ चेपाङले गुनासो पोखे – ‘झुप्रो भने पनि घर थियो । भूकम्पले भत्काइदियो ।’ भत्केको घरभित्रबाट झिकेको लत्ताकपडा समेत राख्ने ठाउँको अभावले तल्लो गराको झिक्रोमा राखेको चेपाङले बताए ।
गुन्द्री ओच्छाएर एकसरो लुगामै चेपाङ परिवार रात काट्छन् । ‘गर्मीयाममा त शीतल हुन्छ,’ उनले अनुभव सुनाए – ‘जाडोमा हातखुट्टै काठिन्छ, आफ्नो हो कि अर्काको पत्तो हुँदैन । शरीर चिसो हुन्छ ।’ चेपाङको घरमा चिया खाने चलन छैन । बिहानैदेखि साहूको मेला जान पाए भने उनीहरु मख्ख हुन्छन् । कारण – मेलामा भात र दिउँसो खाजा पाइन्छ । पोल्टामा हालेर ल्याएको त्यही खाजा बाँडिचुँडी गरेर चेपाङ परिवारले जीवन निर्वाह गर्नुपरेको छ । साथै काम पाएर ज्याला थापेको दिनमा भने चेपाङ परिवारको घरमा चुल्हो बल्छ, खाना पाक्छ ।
भूम्लिचोकका बुधुरामको छाप्रोमा मात्रै होइन, यस्तो पीडा भूकम्पपछि गोरखाको पाँच ओटा गाविसका विभिन्न ठाउँमा बसोबास गर्दै आएका चेपाङ परिवारको छ ।
चेपाङ लोपोन्मुख जाति अन्तर्गत पर्छ । सरकारले बर्सेनि जनता आवास कार्यक्रम अन्तर्गत चेपाङ परिवारलाई शौचालय, भाडा माझ्ने रछ्यानसहितको घर निर्माण गरिदिँदै आएको छ । सरकारले बनाइदिएको घर पनि भूकम्पले गर्दा ढलेपछि चेपाङहरु थप चिन्तामा छन् । रु। १५ हजार राहत थापेका चेपाङहरुले जस्तापाताले बारेको छाप्रो बनाएर गुजारा चलाए पनि राहत नपाएकाहरु भने अझै त्रिपाल टाँगेर कष्टपूर्ण तवरले बस्दै आएका छन् ।
जिल्लाको भूम्लिचोक, मकैसिङ, ताक्लुङ्ग, घ्याल्चोक र ताङ्लीचोक गाविसमा चेपाङहरुको बसोबास छ । केही चेपाङहरुले तरकारी खेती, बाख्रापालन, कुखुरापालन गरेर जीवन निर्वाह गर्न सुरु गरेपनि अधिकांश चेपाङ परिवार अझै ज्याला मजदुरीको भरमा जीवनयापन गर्छन् ।
चेपाङ समुदाय र परिवारमा मात्रै होइन, भूकम्पपछि जिल्लाभर टहरोमा बस्दै आएका भूकम्पपीडितहरुले खुसियालीसाथ चाडपर्व मनाउन पाएनन् । बुंकोट ६ की ७६ वर्षीया हीरामाया श्रेष्ठले पनि त्रिपाल टाँगेर बनाएको छाप्रोमा दसैं मनाइन् । कष्टपूर्ण तवरले भएपनि त्यही छाप्रोमा तिहार मनाउने उनीहरुको तयारी छ । घरमा छोराछोरी छैनन्, बुढाबूढी मात्रै छन् । सरकारले टहरो बनाउन जस्तापाता दिएपनि कामदारको अभावले गर्दा त्रिपालको ठाउँमा जस्ताको छानो लगाउन नसकिएको श्रेष्ठले बताइन् । श्रेष्ठका छोरा वैदेशिक रोजगारीमा छन् । ‘दसैं आएजस्तो भएन,’ श्रेष्ठले भनिन् – ‘तिहार पनि लाग्यो । छाप्रोमा कहाँ दीपावली गर्नू रु’ छाप्रो साँघुरो भएकाले खेतिबाली थन्क्याउन समस्या परेको श्रेष्ठले गुनासो गरेकी छिन् ।
बारपाकका शेरबहादुर गुरुङ्गले पनि अहिलेसम्म टहरो बनाएका छैनन् । धार्चेको लेकमा, बुद्ध हिमालको नजिकैका डाँडाहरुमा हिउँ झरिसक्यो । यसवर्ष पहिलेभन्दा चाँडै चिसो बढेपछि हिउँ परेको बताउँदै गुरुङ्गले लाग्दो पुस महिनामै बारपाकमा हिउँ झर्ने अनुमान गरे । ‘हिउँ परेपछि त्रिपालमा त के जस्ताले छाएको टहरोले पनि धान्दैन,’ उनले भने । सरकारले पुनःनिर्माणको काममा ढिलाइ गर्दा बारपाकका ७५ प्रतिशत भूकम्पपीडितको जाडो कष्टपूर्ण हुने देखिएको छ ।
गुप्सीपाखामा बस्दा बिहान–बेलुकीको चिसो हावाले लाप्राकका वृद्धवृद्धा बिरामी हुँदै आएका छन् । भूकम्पले ५९४ घरधुरी बस्नै नहुने गरी भत्काएपछि लाप्राकी भूकम्पपीडित स्थानीय सामुदायिक वनको जग्गामा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । लाप्राकीहरुले त्रिपाल छाडेर जस्तापाताले छाएको, बेरेको टहरो निर्माण गरेका छन् । हिउँदमा गुप्सीपाखामा पनि हिउँ पर्ने भएकाले जाडो कसरी कटाउने भन्ने चिन्ता लाप्राकीलाई पनि छ ।
भूकम्पबाट अति प्रभावित सौरपानी, घ्याच्चोक, सिम्जुङ्ग, मुच्चोक, जौवारी, छोप्राक, हंशपुर, खरिबोट, हर्मी, बुंकोट, बोर्लाङ्ग, आरुचनौटे, थुमी, थालाजुङ्ग, छोप्राक, स्वाँरा, ताकुकोट, गुम्दा, लापु, केरौंजा, मान्वु, काशीगाउँ र सिर्दिवास क्षेत्रमा दसैं खल्लो भएको भूकम्पपीडितहरु बताउँछन् । पुनःनिर्माणको काम ढिलाइ भएको र नाकाबन्दीले समेत समस्या पारेका बेला परेको तिहारमा पनि भूकम्पपीडित खुसी देखिएनन् ।
सिर्दिवासदेखि तिब्बतसँग सिमाना जोडिएका सामागाउँ, ल्हो, प्रोक, बिही, छेकम्पार र चुम्चेत गाविसका भूकम्पपीडितले ल्होसार मनाउँछन् । अरु बेला आलु, करु, गहुँ, फापर खाने उनीहरुले ल्होसारमा भने भात खाने, सेता अक्षता लगाउने गर्छन् । भूकम्पपछि भत्केको मनास्लु पदमार्ग नखोल्दा यसवर्षको ल्होसार रमाइलो नहुने सङ्केत देखिएको भूकम्पपीडितको भनाइ छ । चुम्चेत हुँदै छेकम्पार पुग्ने चुमभ्याली पदमार्गको सर्ती खोलामा पुल निर्माण भएपनि अबरुद्ध मनास्लु पदमार्ग नखोलेसम्म खाद्यान्न ढुवानी गर्न नसकिने चुम्चेतका शेराप गुरुङ्ग बताउँछन् ।
‘पदमार्ग बनाउनुप¥यो भनेर गाउँलेहरुको डेलिगेशन पनि आएका हुन्, जिविस र स्थानीय प्रशासनले बेवास्ता ग¥यो,’ गुरुङ्गले भने । हेलिकप्टरबाट ढुवानी गरेको खाद्यान्नले उत्तरी भेगका स्थानीय जनतालाई खर्च नपुग्ने गुरुङ्गले जनाए । उत्तरी भेगका स्थानीय जनताको सहज जीवनयापनका लागि मनास्लु पदमार्ग छिटो खुलाउने र पुनःनिर्माणको कामलाई सरकारले प्राथमिकताका साथ सुरु गरेमा मात्रै अहिलेको अन्योलपूर्ण अवस्थाको अन्त्य हुने सरकोकारवालाहरु बताउँछन् ।  रासस

आगलागीबाट दुई वटा घर जलेर नष्ट


आगलागीबाट दुई वटा घर जलेर नष्ट


फोटो :फाइल फोटो

मकवानपुर: हेटौँडा उपनगरपालिका-२३ हर्नामाडीमा आगलागी हुँदा भीमबहादुर वाइवाको दुई वटा घर जलेर नष्ट भएको छ।

बिहीबार बिहान भएको आगलागीबाट दुईवटा घरमा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत नगदसहित करिब रु १० लाखसहितको क्षति भएको जिल्ला प्रहरी नियन्त्रण कार्यालयले जनाएको छ।

उक्त आगलागी नियन्त्रणमा लिन हेटौँडाबाट गएको दमकल र स्थानीय बासिन्दाको प्रत्यक्ष सहयोगबाट करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस

अाेचराङका एक चेपाङ बालक जाडाे माैसममा यस्ताे अवस्थामा...

अाेचराङका एक बालक


विहान विहान हुग्दीखाेलामा अाई पुगेको यी बालक अाेचराङ बाट दुई चार किलाे बाेडी बाेकेर ल्याई बेचेर हातमा पैसा बाेकि हिडिरहेकाे अवस्थामा यी बालककाे जाडाे माैसममा यस्ताे अवस्था देखेर स्थानिय बासिन्दाबासिन्दा अन्तिम राईले यी चेपाङ बालकलाई बाेलाई अाफ्नाे घरमा भएकाे लुगा बालकलाई लगाईदिएकोमा उहाँलाई धन्यवाद ।
गर्मी महिनामा भन्दा
जाडाे महिना सुरु भए संगै चेपाङ बालबालिकामा यस्ताे समस्या हुने गरेकाे छ ।


तिहारमा हिन्दुलाई पाकिस्तानी प्रधानमन्त्रीको शुभकामना



   
इस्लामावाद, कार्तिक २६ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफू मुस्लिम समुदायको ब्यक्ति भए पनि हिन्दुहरुलाई साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
तिहारको उपलक्ष्यमा पाकिस्तानमा रहेका हिन्दुहरुलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री शरीफले जातीय भेदभावको अन्त्य गर्न आग्रह गदै हिन्दुहरुमाथि ज्यादती गर्ने मुस्लिम समुदायका जो सुकैलाई कडा कारबाही गर्ने बताए ।
उनले भने, ‘कोही अत्याचारको शिकार भइरहेको छ भने उसको सम्बन्ध जुनसूकै धर्म–सम्प्रदायको भए पनि उसलाई मद्दत गर्नु मेरो जिम्मेवारी हो ।’
हिन्दुमाथि अत्याचार भयो र अत्याचार गर्ने समुदाय मुस्लिम रहेछ भने पनि आफू स्वयं मुस्लिम हुनका बाबजुद त्यस्ता अत्याचारीविरुद्ध कारवाही गर्ने उनको भनाई थियो ।
उनले पाकिस्तानी हिन्दु मित्रहरुलाई आगामी वर्ष त्यस्तो स्थानमा आफूलाई आमन्त्रण गर्न आग्रह गरे जहाँ दीपावली गरिन्छ । उनले हालीका अवसरमा हिन्दु धर्मावलम्बीले आफूलाई रङ लगाइदिएमा निकै खुशी लाग्ने पनि उल्लेख गरे ।
पाकिस्तानको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले हिन्दुहरुको महान चाडमा शुभकामना दिएको यो पहिलो पटक हो । पाकिस्तानका हिन्दु धर्मावलम्बीहरुले पाकिस्तानी प्रधानमन्त्री शरीफको खुलेर प्रशंसा गरेका छन् ।
यसैगरी विपक्षी पार्टी ‘पाकिस्तान पिपुल्स पार्टी’ र ‘तहरिक–ए इन्साफ’ पार्टीका नेताहरुले पनि हिन्दुहरुको चाड दिपावली मनाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
पाकिस्तानमा अल्पसंख्यक हिन्दुको धार्मिक चाडमा प्रमुख पार्टीका नेताहरु सहभागी भएको यो पहिलो अवसर हो । (एजेन्सी)

लमजुङमा जिप दुर्घटना हुदा ५ जनाकाे मृत्यु, २ जना घाईते



लमजुङकाे बेशीशहर -१३ चनाैटे मा    ग १ ज ५५८८ नं. काे जिप दुर्घटना ५ जनाकाे मृत्यु, २ जना गम्भीर घाईते ।
घाईतेहरुलाई उपचारकाे लागि पाेखरा लगियाे ।
जिप के कारणले दुर्घटना भयाे भन्ने खुल्न सकेकाे छैन ।

७ रुपैयाँको उपचारले मुटु बचाउन सकिन्छ...


७ रुपैयाँको उपचारले मुटु बचाउन सकिन्छ

काठमाडौं, कात्तिक २५ – चिसो मौसममा मुटु सम्बन्धी समस्या देखिने खतरा धेरै हुन्छ । अझ चिसोका बेला मधुमेह, रक्तचाप, दीर्घरोगी र रगतमा चिल्लो पदार्थ धेरै भएका व्यक्तिलाई मुटुको रोग लाग्ने सम्भावना हुन्छ । भनिन्छ नि रोग लाग्नु भन्दा लाग्नै नदिनु उत्तम ।
हो मुटु रोग लागेपछि यसको उपचार धेरै महंगो छ । तर मुटु रोग लाग्नुअघि सम्भावित केही रोग लागेको भए वा त्यस्ता कुनै स्वास्थ्य समस्या देखिए सामान्य औषधीले निको पार्न सकिन्छ । ललितपुरको पाटन अस्पतलाका मुटु रोग विशेषज्ञ डा. कृष्णकुमार श्रेष्ठ भन्नुहुन्छः ‘मुटु रोग लाग्न नदिन एक चक्कीको ७ रुपैयाँ पर्ने औषधी खानु पर्छ ।’
साँच्चै ७ रुपैयाँ चक्कीको औषधीले मुटु रोग लाग्दैन त ? डा. श्रेष्ठका अनुसार ७ रुपैयाँमा पाइने यो चक्की कुनै अमृतको थोपा होइन तर यो मुटु रोग लाग्न नदिने एउटा उपचार हो ।
एमोक्सिसिलिन नामक यो औषधीको मूल्य ७ रुपैयाँ पर्छ । यो मुटुका समस्या देखिनु अघि हुने टन्सिलका लागि प्रयोग गरिन्छ । डा. श्रेष्ठका अनुसार मुटु रोग लाग्नु अघि घाँटीमा समस्या देखिन्छ ।
एमोक्सिसिलिन नामक यो औषधी ५ सय एमजीको हुन्छ । दिनको ३ पटक ७ दिनदेखि १० दिन डाक्टरको सल्लाहमा नियमित औषधी खाए टन्सिल निको हुन्छ भने मुटुमा देखिन सक्ने समस्याको जोखिमबाट पनि बच्न सकिन्छ ।

कस्तो भो लाप्राक ? (फोटोहरु)


कस्तो भो लाप्राक ? [फोटोहरु]

बारपाक केन्द्र बिन्दु भएर भूकम्प गएको ६ महिना बितिसक्यो । छिमेकी गाविस लाप्राकका बासिन्दाले अस्थायी शिविरमा कष्टपूर्ण तरिकाले बर्षात कटाए ।



सदरमुकामबाट करिब ५० किलोमिटर टाढाको लाप्राकको गुप्सीपाखामा अधिकांश सर्वसाधरण अझै पनि त्रिपाल र प्लाष्टिकको अस्थायी टहरामा बस्न बाध्य छन् ।



२७ सय मिटर उचाईको गुप्सीपाखामा चिसो बढ्दै गएपछि हिउँ पर्छ । हिउँ छल्न स्थानीय भूकम्प पीडित थातथलो लाप्राक ठूलो गाउँमै फर्कन थालेका छन् । भत्केकै घरलाई मर्मत सम्भार गरेर उनीहरु बस्न थालेका हुन् ।



२०५६ सालमै पहिरोको जोखिममा परेको लाप्राक गाउँ भूकम्पले जमिन हल्लाएपछि झनै जोखिमपूर्ण बनेको थियो । वर्षातमा पहिरोले त्रासले स्थानीय सामुदायिक र राष्ट्रिय वनमा पर्ने गुम्सीपाखामा सरेका थिए ।



गुप्सीपाखामा चिसो बढेपछि उनीहरु पुरानै ठाउँमा फर्किएका हुन् । गुजुमुञ्ज ६ सय घरधुरी मध्ये केहीमा जस्ताको छानो छन । अरु सबै सल्लाको काठले छाएका एक तले घर हुन् ।

खेतिपातीका लागि पनि पुरानै ठाउँ फर्कनु परेको स्थानीयले सुनाए । त्यहाँ आलु, कोदो, गहुँ, स्याउ, जौ, करु, मकै, सिमी, सिलाम खेति हुने गर्छ । गुप्सीपाखाबाट लाप्राक आउजाउ गर्न ३ घण्टा लाग्ने हुदाँ बारीमा पुगेर खेतीपाती गर्न नभ्याउने रितिपाल गुरुङले बताए ।

भूकम्पले क्षति पुर्‍याएको लघु जलविद्युत आयोजना एक सातादेखि सूचारु भएपछि पनि स्थानीय गाउँ फर्किन थालेका हुन् ।


३५ किलोबाटको लिसाङपुक खोलाको दुई आयोजना मध्ये १५ वाटको आयोजनाको मर्मतसम्भार गरी बिजुली बाल्न थालिएको हो ।

विद्यालय पनि गुप्सीपाखामा सारिएकाले बालबालिकाहरु भने शिविरमा नै बस्ने गरेका छन् । गुप्सीपाखामा एकीकृत बस्ती विस्तार गर्ने लाप्राकबासीको चाहाना छ ।
#ekantipur

नेपाल टेलिकमले फेरि ल्यायाे ग्राहकहरुमा नयाँ सुविधा...

नेपाल टेलिकम
नेपाल टेलिकम




नेपाल टेलिकमले भोलीदेखि जिएसएम प्रिपेड सेवामा पनि ‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा उपलब्ध गराउने भएको छ ।
सुविधा अन्तर्गत नेपाल टेलिकमका पाँचवटा नम्बरमा कल गर्दा प्रति मिनेट ७० पैसा (ट्याक्स बाहेक) महशुल लाग्ने टेलिकमले जनाएको छ ।
‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा लिनका लागि सुरुमा एफएनएफएसयुबी एस्ट्रिक (FNFSUB*)  लेखि सुविधा लिन चाहेको नम्बर लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ । एक पटकमा एउटा मात्र सुविधा लिन चाहेको नम्बर पठाउनुपर्नेछ ।
 जिएसएम पोस्पेड सेवामा यसअघि तीनवटा नम्बरमा ‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा भएकोमा अब पाँचवटा नम्बरमा लिन सकिने टेलिकमले जनाएको छ ।

एउटै मोटरसाइकलमा चार जना सवार, चारैजनाको मृत्यु...




रौटहट–रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डको बालचनपुर चौकमा आज बिहान बिपरित दिशाबाट आइरहेका ट्रक र मोटरसाइकल एक आपसमा ठोकिंदा एउटै मोटरसाइकलमा सवार चारजनाको मृत्यु भएको छ ।
चन्द्रपुर बाट गौरतर्फ गइरहेको ना ५ ख ९७९१ र बिपरीत दिशाबाट आइरहेको बा३३प २०६८ नम्बरको ट्क एकआपसमा ठोकिंदा मोटरसाइकल चालक धमौरा ४ का रुपेश यादव,मोटरसाइकलको पछि रहेका औरैया २ का २३ बर्षिय दिलिप कुमार शिंह,सोही ठाँउका कमोद साह, र २५ बर्षिय जयप्रकाश गुप्ता घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ ।
मृतक गुप्ता छात्रबृतीमा काठमाण्डौ स्थित पुलचोक ईन्जिनियरींग क्याम्पसमा अध्ययनरत छात्र थिए । अर्कामृतक साह भने प्रहरीबाट ससपेन्ड भइ पुनजागिरको लागी मुदा लडीरहेका थिए । मृतक शिंह भने भारतमा घरभइ मामाघर औरैयास्थित निजि बोडिंगमा शिक्षकको रुपमा कार्यरत थिए ।
काठमाण्डौ बाट रात्रीशेवा बस बाट बिहान चन्द्रनिगाहपुर झरेका तिनैजना बन्दको कारण घरसम्म जान अन्य सवारीसाधन नपाएपछी भाडादिएर रुपेश यादवको मोटरसाइकलमा गइरहेका थिए । ट्कको स्टेरिंग फेल भएको र दुर्घटनामा परेका मोटरसाइकल पुर्णरुपमा क्षतीग्रस्त देखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएस्पी मनोज यादवले बताएका छन ।
दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको तथा आवशयक अनुसंधान भइरहेको डिएस्पी यादवले जनाएका छन । मृतक चारैजनाको शव पोष्टमार्टमका लागी प्राथमिक स्वाश्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा ट्क नियन्त्रणमा रहेपनी चालक फरार रहेको प्रहरीले जनाएको छ ।
झण्डै तिनमहिना देखी मधेशमा जारी आमहडतालको अवधिमा सार्वजनिक सवारीसाधन नचल्दा केही स्थानियहरु काठमाण्डौ बाट आउने यात्रुसंग भाडालिएर एकाबिहानै गणतब्य सम्म पुरयाउने गर्दछन् ।

चाडपर्वमा जुवा खेल्नेले खेलेकाे खेलै छ,...

चाडपर्वमा जुवा खेल्ने खेलेकाे खेलै छ समात्नीले समातेकाे समाई छ यस्तै छ यहाकाे चलन ।
घाेटला नै घाेटलाकाे देशमा जता त्यतै घाेटला । किन याे समस्धा समाधान गर्न नसकेका हाेलान? किन घुसपैठ  भईरहन्छ यहाँ  किन?

जाेकारवाहि गर्ने भन्ने निकायले नै घुसपैठ गर्न थालेपछि कहाँ देश विकास हुन्छ? यहाँ त मात्र केही व्यक्तिहरु मात्र बनेकाे छ घुष खाएर ।
एक दिन अवस्य पनि पाप घुरीबाट कराउँछ त्यसैले साेचलाई विचार गराैँ अाजैबाट अाफ्नाे गल्ती स्वीकार गरि समाज र देश विकासमा अघि बढैँ  । उज्ज्वल भविष्य तर्फ अाफु, परिवार, समाज र नेपाली जनताहरुलाई अघि साराैँ । 

कमाइको हिस्सा बाबुआमालाई... ‘बाबुआमालाई नसम्झिनेहरूका लागि यो गतिलो पाठ हो।’


कमाइको हिस्सा बाबुआमालाई

 चीनको एक कम्पनीले आफ्ना कामदारलाई तलबको केही हिस्सा बाबुआमालाई दिनैपर्ने नियम बनाएको छ। बाबुआमाप्रति सन्तानको भक्तिको विषयले सामाजिक सञ्जालहरू तताएको छ।

धेरै स्थानमा ब्युटिपार्लर सञ्चालन गरिरहेको उक्त कम्पनीले आफ्ना कर्मचारी/कामदारबीच नैतिक मूल्य स्थापित गर्न खोजेको छ। चिनियाँ समाज र संस्कारमा बाबुआमालाई सम्मान गर्नु महत्त्वपूर्ण मूल्य मानिन्छ। तर, सामाजिक सञ्जालहरूमा कम्पनीले केही बढी नै गरेको टिप्पणी भइरहेको छ।

परम्परागत रूपमा धेरै चिनियाँ अभिभावक आफ्ना सन्तानको तलबको केही हिस्सा पाउने आशा गर्छन्। सन् २०१३ मा चीनले सन्तानोचित भक्ति बढाउने उद्देश्यले कानुन नै बनाएको छ। जसमा छुट्टिएर बसेका सन्तानले बारम्बार वृद्ध बाबुआमासँग भेट्नै पर्ने प्रावधान छ।

सम्मान बढाउँदै
सन्तानोचित भक्तिको चलन चलाउने ग्वाङझाउको ब्युटिपार्लर ‘चेन’ की प्रवक्ता लु मेइयेका अनुसार उक्त कम्पनीका अधिकांश कर्मचारी ग्रामीण क्षेत्रका युवा, कम शिक्षा लिएका र गरिब छन्। ‘हामी हाम्रा कर्मचारीले आफ्ना वृद्ध बाबुआमाप्रति सम्मान र कर्तव्य निर्वाह गरून् भन्ने चाहन्छौं,’ उनले भनिन्, ‘यसबाट कम्पनीप्रतिको सहानुभूतिसमेत बढ्ने आशा छ।’ उक्त कम्पनीले ३ वर्षदेखि यस्तो अभ्यास गर्दै आएको छ। नयाँ कर्मचारीलाई सुरुमै त्यसमा प्रतिबद्ध गराइन्छ, सहमत नहुनेलाई लिइँदैन।

कम्पनीका कर्मचारीको न्यूनतम पारिश्रमिक ३ हजार युआन (३ सय ९ डलर) छ। कम्पनीले हरेक महिना अविवाहितको १० र विवाहितको ५ प्रतिशत तलब सिधै बाबुआमाको खातामा जम्मा गरिदिन्छ। कर्मचारीलाई त्यसको क्षतिपूर्तिसमेत दिने गरिएको छ। भर्ना भएको पहिलो वर्ष १ सय र तीन वर्षभन्दा बढी भएका कर्मचारीलाई ३ सय युआन दिइन्छ।

‘तलब कर्मचारीलाई’
उक्त नियमबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया छ। केहीले त्यसलाई महत्त्वाकांक्षी र हस्तक्षेपकारी कदम भनेका छन्। ‘सन्तानोचित भक्ति र तलब फरक विषय हुन्। तलब कर्मचारीलाई दिने हो, बाबुआमालाई होइन। कम्पनीले आफ्नो कार्यक्षेत्रको हेक्का राख्नुपर्छ,’ माइक्रोब्लग विबोमा वाङचुआन हेसाङडेयुफुले लेखेका छन्। अर्का ब्लग प्रयोगकर्ता जियाजियापिसीले लेखेका छन्, ‘कम्पनीको नियत राम्रो छ तर निरंकुश पनि छ। सन्तानोचित भक्ति ह्दयदेखि नै उत्पन्न हुने हो, कसैको दबाबबाट होइन।’

केहीले भने मुक्तकण्ठले प्रशंसासमेत गरेका छन्। ‘आधुनिक युवा पुस्ता आफ्ना लागि कमाउँछन् र आफ्नै लागि खर्च गर्छन्,’ आइलिन सियाओदीले लेखेका छन्, ‘बाबुआमालाई नसम्झिनेहरूका लागि यो गतिलो पाठ हो।’

काग तिहारकाे शुभकामना...


यम पञ्चकको पहिलो दिन आज काग तिहार ।

देश तथा बिदेशमा बस्नुहुने हजुरहरु सम्पुर्णलाई यम पञ्चकको पहिलो दिन काग तिहारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।।

लौ हेर्नुस यो चित्र ! जुन ६ करोड ७० लाख अमेरिकी डलरमा बिक्री भयो...


लौ हेर्नुस यो चित्र ! जुन ६ करोड ७० लाख अमेरिकी डलरमा बिक्री भयो

 चर्चित कलाकार पाब्लो पिकासोले बनाएको एउटा चित्र करिब ६ करोड ७० लाख अमेरिकी डलरमा बिक्री भएको छ । एक महिलाको नग्न अवस्थाको सो चित्र न्युयोर्क स्थित प्रसिद्ध सोथ्बी हाउसमा बोलकबोलमा बिहिबार बिक्री भएको हो ।

 बुधबारबाट विभिन्न कलाकृति बोल कबोलका लागि राखिएका मध्ये पहिलो दिन मै ७७ वटा कृति करीब ३७ करोड ७० लाख अमेरिकी डलर बराबर मूल्यमा बिक्री भएको हाउसले जनाएको छ । साथै दोश्रो दिन करीब १२२ कलाकृति ३० करोड ६७ लाख अमेरिकी डलर बराबरको मुल्यमा बिक्री भएको थियो । उक्त हाउसका अनुसार बिहिबार सम्ममा करीब ९० प्रतिशत कृतिहरु बिक्री भैसकेको पनि जनाइएको छ ।

DC अमेरिकामा घाइते...


निर्देशक डिसी अमेरिकामा घाइते

 निर्देशक दिनेश डिसी अमेरिकामा सडक दुर्घटनामा परी घाइते भएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान साँढे चार बजे टेक्सासको अस्टिनमा उनी सवार कार विपरित दिशाबाट आईरहेको अर्को कारसँग ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

निर्देशक समाज अध्यक्ष समेत रहेका डिसी पत्नि रानूको अनुहारमा १२ टाँका लगाउनुका साथै हातको एक औंला भाँचिएको छ भने डिसीको छातीमा चोट लागेको छ ।

 ब्राकेनरिज अस्पतालमा सात घन्टा लामो उपचारपछि दुवैको डिस्चार्ज गरिएको डिसीले जनाए ।

बिवाहको २५ औं वर्षगाँठको अवसर पारी असोज २६ मा पत्निसहित हनिमुन ट्रिपका लागि अमेरिका पुगेका डिसी शनिबार बिहान भने एटलान्टा उड्न अस्टिन एयरपोर्ट जाने क्रममा दुर्घटनामा परेका हुन् । अमेरिका बसाईका क्रममा उनी आफ्नो फिल्म फूलैफूलको मौसम तिमीलाईको प्रचारप्रसारमा समेत भिडेका थिए ।

नेपालमा फागुन २१ देखि प्रदर्शनमा आउने उक्त फिल्मकै प्रदर्शनको लागि उनी एटलान्टा जान लागेका थिए ।

भद्रगाेल भएकाे अवस्था...

किन धाेका दिईरहेकाे छ यहाँ नेपाल टेलिकमले?

http://bishwadipdc.blogspot.com/2015/04/blog-post_16.html

http://bishwadipdc.blogspot.com/2015/04/blog-post_16.html

म निकैबेर सोचिरहेँ यो माया भन्ने चिज कस्तो होला ?


धादिङबाट काठमाडौं जादै थिएँ ,  बस प्याकाप्याक थियो ! लास्ट सिट एकजना शुभचिन्तकको माया ले गर्दा सिट खाली भयो ।
म त्यहीँ बसेँ , अगाडी थुप्रै उभिँदै थिए ठिक्क म भन्दा अगाडी एकजना चम्कौली टाईपकि बैनी थिईन आँखा जुद्दै थियो उनको फोन आयो
फोन उठाईन , अनि उठाएर झर्किदै भनिन ह्या आम्दैछु कति फोन गर्न सकेहोलान ह्याँ गाडीमा आम्दैछु त ! अब आईसकेँ भनेर काटिदिईन फोन फेरी आयो यसपाला उठाउँदै नउठाई काटिन
सायद घरबाट आमा बा कसैको फोन थियो हाेला ,
गाडी झन प्याक हुँदैथियो घचाघच थियो
उनको फोन फेरी आयो
यसपाली भने उठाईन !
चेहरा नै खुशी थियो उनि भन्दै थिईन अँ के कस्तो छुट्न मन नलाई नलाई छुटियो , अब भेट कहिले होला है ? यस्ता धेरै गफ गरिन , करिब पाँच मिनेट । अनी नम्र भएर भनिन एकछिन बोलन नराखन कस्तो बोल्न मन लाईराछ ।
सायद यो ब्वाईफ्रेण्ड को फोन थियो ।
।।
म निकैबेर सोचिरहेँ यो माया भन्ने चिज कस्तो होला घरबाट फोन आउँदा बोल्नै मन नलाग्ने तर पराईलाई आफ्नो ठानेर बोलिराख्न मन लाग्ने ?

यो माया भन्ने चिज कस्तो होला घरबाट फोन आउँदा बोल्नै मन नलाग्ने तर पराईलाई आफ्नो ठानेर बोलिराख्न मन लाग्ने ?


 कार्यक्रम सकाएर लेखनाथ फर्कदैँ थिएँ , लोकल बस प्याकाप्याक थियो ! लास्ट सिट एकजना शुभचिन्तकको माया ले गर्दा खाली भयो ।
म त्यहीँ बसेँ , अगाडी थुप्रै उभिँदै थिए ठिक्क म भन्दा अगाडी एकजना चम्कौली टाईपकी बैनी थिईन आँखा जुद्दै थियो उनको फोन आयो
फोन उठाईन , अनि उठाएर झर्किदै भनिन ह्या आम्दैछु कति फोन गर्न सकेहोलान ह्याँ गाडीमा आम्दैछु त ! आईसकेँ भनेर काटिदिईन फोन फेरी आयो यसपाला उठाउँदै नउठाई काटिन
सायद घरबाट आमा बा कसैको फोन थियो ,
गाडी झन प्याक हुँदैथियो घचाघच थियो
उनको फोन फेरी आयो
यसपाली भने उठाईन !
चेहरा नै खुशी थियो उनि भन्दै थिईन अँ के कस्तो छुट्न मन नलाई नलाई छुटियो , अब भेट कहिले होला है ? यस्ता धेरै गफ गरिन , करिब पाँच मिनेट । अनी नम्र भएर भनिन एकछिन बोलन नराखन कस्तो बोल्न मन लाईराछ ।
सायद यो ब्वाईफ्रेण्ड को फोन थियो ।
।।
म निकैबेर सोचिरहेँ यो माया भन्ने चिज कस्तो होला घरबाट फोन आउँदा बोल्नै मन नलाग्ने तर पराईलाई आफ्नो ठानेर बोलिराख्न मन लाग्ने ?

आकाशबाट पाँच रात उल्का वर्षा हुँदैछ...


आकाशबाट पाँच रात उल्का वर्षा हुँदैछ। विश्वका सबै देशबाट देख्न सकिने यो शुक्रबार रातिदेखि लक्ष्मीपूजाको रातसम्म देखिनेछ।

खगोलविद् जयन्त आचार्यका अनुसार शुक्रबार राति ११ बजेदेखि सूर्योदय अघिसम्मका पाँच रात प्रत्येक रात १० देखि २० वटासम्म उल्का खसेको देख्न सकिनेछ। उनले शुक्रबार अन्नपूर्णसँग भने, 'आकाशलाई बाह्रवटा राशिमा विभाजित गरिएको हुन्छ, जसमध्ये यसपटक वृष राशिबाट झर्ने टुक्रे तारा देखिन्छन्।'


उनले पुच्छ्रेताराले वृष राशिमा छोडेका कणहरू पृथ्वी नजिक देखिने जानकारी दिए। उनका अनुसार तिहारको लक्ष्मीपूजाको रात सबैभन्दा बढी उल्का वर्षा हुनेछ। जुन दिन बीसभन्दा बढी उल्का खस्नेछन्। रातको समयमा अँध्यारो बढी भए प्रस्ट देख्न सकिन्छ।

अँध्यारोमा ससाना उल्का पनि देखिन्छन्। यसका लागि टेलिस्कोपलगायतका कुनै यन्त्र नचाहिने र जुनसुकै राशिका मानिसले नांगो आँखाले हेर्न मिल्ने खगोलविद्हरूको भनाइ छ।

खगोदविद्का अनुसार आकाशबाट वर्षमा ६ पटक पृथ्वीतिर उल्का वर्षा हुन्छ तर यति धेरै मात्रामा झर्दैन । जसअनुसार पुसमा मिथुन, फागुनमा कर्कट, वैशाखमा तुला, असारमा धनु र असोजमा मेष राशिबाट पृथ्वी नजिक पुग्दा उल्का वर्षा हुन्छ।

उल्का सामान्यतया सौर्यमण्डलबाट झर्दा वायुमण्डलमै घर्षण हुने क्रममा खरानी भएर बिलाउँछ। तर कुनैकुनै उल्का भने वायुमण्डलमा जलेर बचेको अत्यन्तै साना टुक्रा पृथ्वीसम्म आइपुग्छन् जसलाई उल्कापिण्ड भनिन्छ।



यस्तो घटना अत्यन्तै न्यून हुन्छ। पृथ्वीसम्म आइपुगेका कतिपयले खसेका ठाउँमा ध्वस्त बनाउने त कतिपयले ठूला खाल्डा बनाउने खगोलविद्को भनाइ छ । धार्मिक दृष्टिकोणले भने यसलाई अशुभ मानिन्छ।

वैज्ञानिक दृष्टिले उल्का वर्षा दुर्लभ विषय भएकाले अति महत्वको हुन्छ । बीपी कोइराला प्लानेटोरियमका कार्यकारी निर्देशक सनत शर्मा भने नोभेम्बर पाँच (बिहीबार) देखि १२ सम्म पूरै एक साता उल्का वर्षा हुने बताउँछन्।

उनले भने, 'प्रतिघन्टा पाँचदेखि १० वटासम्म खस्छन्। दिउँसो पनि खस्छ तर उज्यालोका कारण देखिन्न।' उनका अनुसार वृष राशिबाट उत्पत्ति हुने उल्का वर्षा (टोराइड मेट्रियोसावर) र नोभेम्बर १७ र १८ मा सिंह राशिबाट उत्पत्ति हुने उल्का वर्षा (लियोनिड मेट्रियोसावर) हुँदैछन्।

सिंह राशिबाट हुने उल्का वर्षामा प्रतिघन्टा २० वटा झिल्का झर्छन् तर वृषबाट भने आगोका गोलाजस्ता उल्का खस्ने शर्माको भनाइ छ। उनले भने, 'वृष राशिमा एन्के पुच्छ्रेताराले सूर्यवरिपरि घुम्ने बेला छोडेका अवशेषहरूको बीचमा पृथ्वी पुग्दा र सिंह राशिमा टेम्पलटटल पुच्छ्रेताराले छोडेका अवशेषहरूबीच पृथ्वी पुग्दा यसरी उल्का वर्षा हुन्छ।'
#rss

तिहारकाे उपलक्ष्यमा नेपाल टेलिकमकाे ग्राहकहरुमा नयाँ सुविधा...

थोरै डाटा प्रयोग गर्नेका लागि टेलिकमको नयाँ प्याकेज...





कात्तिक २० - नेपाल टेलिकमले थोरै डाटा प्रयोग गर्नेहरुका लागि नयाँ डाटा प्याकेज ल्याएको छ । आइतबारदेखि लागु हुने गरेर एनटिसीले जिएसएम पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ३५ रुपैयाँमा ५० एमबी डाटा दिने जानकारी दिएको छ ।

यो डाटाको समयावधि १० दिनको हुने छ ।

यस्तै २ दिनमा प्रयोग गर्नु पर्ने १० एमबी डाटाका लागि भने ८ रुपैयाँ तिर्नु पर्ने छ ।
सिडिएमएका पोष्टपेड तथा प्रिपेड ग्राहकले भने १५ रुपैयाँमा ४० एमबी डाटा पाउने छन् ।
यसको समयावधि ३ दिनको हुने छ । माथिको दरमा १३ प्रतिशत भ्याट जोडिने छ ।

प्रयोग गर्ने तरिका :

GSM Postpaid मा डाटा सुविधा लिनका लागि डाटा र आफूले चाहेको Volume को बिचमा खाली राखेर १४०० मा SMS पठाउनु पर्छ । जस्तै : 10 MB Data लिन परेमा  DATA  10MB Type गरी १४०० मा SMS पठाउनु पर्छ .

GSM Postpaid मा प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन CB Type गरी १४०० मा SMS पठाउन सकिन्छ ।

GSM Prepaid र CDMA Prepaid/postpaid मा डाटा सुविधा लिनका लागि आफूले चाहेको डाटा Volume उल्लेख गरी १४१५ मा SMS पठाउनु पर्छ । जस्तै   40MB Data लिन परेमा DATA40MB Type गरी १४१५ मा SMS पठाउनु पर्छ ।

GSM Prepaid र CDMA Prepaid/postpaid मा प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन VL Type गरी १४१५ मा SMS पठाउन सकिन्छ ।

बस दुर्घटनामा ३० जना भन्दा बढिकाे मृत्यु... (तस्वीरसहित)

रसुवा बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो

रसुवा, कात्तिक १७–

काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नंको बस आज अपराह्न १ बजे दुर्घटना हुँदा ३०  जना भन्यादा बढि यात्रुको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले घटनास्थलमै २९ जनाको शब भेटेको जानकारी दिँदै थप एक जनाको उपचारको लागि धुन्चे लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए ।
हाल घटनास्थलमै रहेका उनले भने, ‘२९ जनाको शब हामीले जम्मा गरेका छौं , अर्का एकको उपचारका लागि धुन्चेमा लगिँदै गर्दा मुत्यु भएको छ ।’ उनले मृतकहरुको सनाखत हुन बाँकी रहेको र मृतकहरुमा एक बच्चा, १२ महिला र १७ पुरुष रहेको जानकारी दिए ।


दुर्घटनामा तीस जनाभन्दा बढी घाइते भएका छन् । पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसेको प्रहरीले जनाएको छ । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए ।

घटनास्थल सदरमुकाम धुन्चेदेखि १२ किमी दक्षिण टाढा पर्छ । घाइते २० जनाभन्दा बढीलाई उपचारका लागि काठमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ  ।
बसको छतबाट हाम फालेर ज्यान जोगाएका शिव आचार्यका अनुसार अघिल्तिरको टायर पड्केपछि बस भिरमा खसेको थियो । अहिले पनि घटनास्थलमा नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।