![]() |
| नेपाल टेलिकम |
नेपाल टेलिकम
नेपाल टेलिकमले भोलीदेखि जिएसएम प्रिपेड सेवामा पनि ‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा उपलब्ध गराउने भएको छ ।
सुविधा अन्तर्गत नेपाल टेलिकमका पाँचवटा नम्बरमा कल गर्दा प्रति मिनेट ७० पैसा (ट्याक्स बाहेक) महशुल लाग्ने टेलिकमले जनाएको छ ।
‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा लिनका लागि सुरुमा एफएनएफएसयुबी एस्ट्रिक (FNFSUB*) लेखि सुविधा लिन चाहेको नम्बर लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ । एक पटकमा एउटा मात्र सुविधा लिन चाहेको नम्बर पठाउनुपर्नेछ ।
जिएसएम पोस्पेड सेवामा यसअघि तीनवटा नम्बरमा ‘फ्रेण्ड्स् एण्ड फेमिली’ सुविधा भएकोमा अब पाँचवटा नम्बरमा लिन सकिने टेलिकमले जनाएको छ ।


No comments:
Post a Comment