एउटै मोटरसाइकलमा चार जना सवार, चारैजनाको मृत्यु...




रौटहट–रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डको बालचनपुर चौकमा आज बिहान बिपरित दिशाबाट आइरहेका ट्रक र मोटरसाइकल एक आपसमा ठोकिंदा एउटै मोटरसाइकलमा सवार चारजनाको मृत्यु भएको छ ।
चन्द्रपुर बाट गौरतर्फ गइरहेको ना ५ ख ९७९१ र बिपरीत दिशाबाट आइरहेको बा३३प २०६८ नम्बरको ट्क एकआपसमा ठोकिंदा मोटरसाइकल चालक धमौरा ४ का रुपेश यादव,मोटरसाइकलको पछि रहेका औरैया २ का २३ बर्षिय दिलिप कुमार शिंह,सोही ठाँउका कमोद साह, र २५ बर्षिय जयप्रकाश गुप्ता घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ ।
मृतक गुप्ता छात्रबृतीमा काठमाण्डौ स्थित पुलचोक ईन्जिनियरींग क्याम्पसमा अध्ययनरत छात्र थिए । अर्कामृतक साह भने प्रहरीबाट ससपेन्ड भइ पुनजागिरको लागी मुदा लडीरहेका थिए । मृतक शिंह भने भारतमा घरभइ मामाघर औरैयास्थित निजि बोडिंगमा शिक्षकको रुपमा कार्यरत थिए ।
काठमाण्डौ बाट रात्रीशेवा बस बाट बिहान चन्द्रनिगाहपुर झरेका तिनैजना बन्दको कारण घरसम्म जान अन्य सवारीसाधन नपाएपछी भाडादिएर रुपेश यादवको मोटरसाइकलमा गइरहेका थिए । ट्कको स्टेरिंग फेल भएको र दुर्घटनामा परेका मोटरसाइकल पुर्णरुपमा क्षतीग्रस्त देखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएस्पी मनोज यादवले बताएका छन ।
दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको तथा आवशयक अनुसंधान भइरहेको डिएस्पी यादवले जनाएका छन । मृतक चारैजनाको शव पोष्टमार्टमका लागी प्राथमिक स्वाश्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा ट्क नियन्त्रणमा रहेपनी चालक फरार रहेको प्रहरीले जनाएको छ ।
झण्डै तिनमहिना देखी मधेशमा जारी आमहडतालको अवधिमा सार्वजनिक सवारीसाधन नचल्दा केही स्थानियहरु काठमाण्डौ बाट आउने यात्रुसंग भाडालिएर एकाबिहानै गणतब्य सम्म पुरयाउने गर्दछन् ।

No comments:

Post a Comment