नाकाबाट इन्धनसहितका गाडी धमाधम आउन थाले...



लुम्बिनी कात्तिक १४– देशका अन्य नाकाको अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् ।
मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन् ।
रुपन्देहीको बेलहियाका नाकाबाट मात्रै बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् ।
उहाँका अनुसार आज बिहानैदेखि गाडी नेपाल आइरहेका छन् । भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ ।
भारतीय नाका सुनौली हँुदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ ।
सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडाँै पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रहरीको यस्तो चेतावनी...


फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रहरीको यस्तो चेतावनी


 नेपाल प्रहरीले सामाजिक सद्भाव विथोल्नेगरी सामाजिक सञ्जालमा सामाग्री प्रकाश तथा प्रदर्शन गरे यसका प्रयोगकर्तालाई कारबाही गर्ने चेतावनी जारी गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार सार्वजनिक सूचना जारी गरेर फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव विथोल्ने गरी जथाभावी प्रकाशन तथा प्रदर्शन गरे यसका प्रयोगकर्तालाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

‘हालका दिनमा विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने किसिमका कार्य भए(गरेको देखिन आएको हुँदा उल्लिखित कार्यहरु कानुनले दण्डनीय कार्यका रुपमा परिभाषित गरेको जानकारी गराइन्छ’, जारी सूचनामा उल्लेख गरिएको छ ।

सामाजिक सद्भाव विथोल्ने कार्यहरु गर्ने र गर्न लगाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको ब्युरोले जनाएको छ । ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्य नगर्न र नगराउन सबैमा अनुरोध गरेको छ ।

जाेखिम माेलेरभए पनि पुगे नेपाली ट्यांकर पेट्रोल लिन...


बाँके काे चपरगाैरीमा बस पल्टीएर अागलागी हुदाँ ७ जनाकाे मृत्यु, तस्वीर सहित...


#breaking_news
दुखद् समाचार


बाँके काे चपरगाैरीमा लु १ ख ५८२८ नं काे बस पल्टीएर अागलागी हुदाँ ८ जनाकाे मृत्यु, १० जनाकाे जिवितै उद्दार, अन्य यात्रुहरुकाे अवस्था अज्ञात ।
बस बुटवल बाट नेपालगञ्ज जादै थियाे ।
 बसभित्र रहेकाे पेट्रोल र ग्यासकाे कारण क्षति भएकाे प्रहरीकाे भनाई ।
बसमा ५५ जना यात्रु रहेकाे थियाे ।
घाईतेलाई उपचारकाे लागी अस्पताल लगिदै ।
दुर्घटना जङ्गल मा भएकाे
दुर्घटना भए लगतै बसमा अागलागी ।

थप विवरण अाउन बाँकी

मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु...


मोटरसाइकल आपसमा ठोकिँदा
दुवै चालकको मृत्यु
रासस



दाङ: दाङमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुवै
चालकको मृत्युभएको छ ।
घोराही–तुलसीपुर सडक खण्डको सर्रा नजिकै हेमन्तपुरबाट
घोराही आउँदै गरेको रा २ प ९९६१ नम्बरको मोटरसाइकल र
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ९६०८ नम्बरको
मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालकको मृत्युभएको हो ।
घोराही आउँदै गरेका घोराही–११ भरतपुर निवासी ४३ वर्षीय
पूर्णचन्द्र पौडेल र तुलसीपुरतर्फ जाँदै गरेका घोराही–५ का २५
वर्षीय भूपेन्द्र पुरीको मृत्युभएको दाङका ट्राफिक प्रहरी प्रमुख
प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

धादिङ र गाेरखा जाेड्ने याे तुईन हट्ला त ?





यसकारण झुक्दैछ नेपालसँग भारत ...


नेपालमा बनेको संविधानमा असन्तुष्टि जनाउँदै नेपालमाथि नाकाबन्दी गरेर कडा रुपमा प्रस्तुत भएको भारत एकाएक नरम हुँदै छ । पछिल्लो दुई दिनमा भारतको व्यवहार एकाएक फेरिएपछि त्यसलाई विभिन्न कोणबाट हेर्न थालिएको छ । धेरैले भारतले नेपालमाथि आफ्नो रबैया जमाउन नसकेका कारण नेपालले अन्य मुलुकसँग सम्बन्ध बढाउने डरले भारत लचिलो हुन थालेको विश्लेषण गर्न थालेका छन् । भारत नेपालसामू झुक्नुका केही कारणहरु लाई यसरी विश्लेषण गर्न सकिन्छ ।

१. नाकाबन्दी आफैलाई घाँडोः भारतले नेपालमा अत्याबश्यक पेट्रेलियम पदार्थ र खाद्यान्नको आपूर्ति रोकेर दबबा बढाउन चाहन्थ्यो । नाकाबन्दीका कारण नेपालमा त्यसको प्रभाव त पर्यो तर, नेपाल भारतसामू झुकेर भारतले राखेको असन्तुष्टिलाई सम्बोधन गर्ने पक्षमा रहेन । भारतले मधेसी दललाई साथ दियो र जसरी भएपनि नेपाललाई झुकाउने रणनीति बनायो । नेपालका प्रमुख नेतालाई भेटेर भारतको मागलाई सम्बोधन गर्न र संविधान संशोधन गरेर मधेसीका मागलाई पुरा गर्न भारतीय पक्षले दबाब दियो । त्यै पनि नेपाल भारतसामू झुकेन । नाकाबन्दीका कारण भारतबाट खाद्यान्न नेपाल आउन नसक्दा त्यसको प्रभाव भारतीय ब्यापारीसँगै भारतको अर्थतन्त्रमा पनि पर्यो । भारतमा पनि त्यसको विरोध हुन थाल्यो भने नाकाबन्दीकै कारण सुरक्षा परिषद्को सदस्य हुनबाट ऊ बञ्चित भयो । बिस्तारै नाकाबन्दीको अन्तर्राट्रियस्तरबाट विरोध हुन थाल्यो । यसले भारतलाई ठूलो झड्का लाग्यो ।

२. भारतीय हैकमबादलाई झड्काः नेपालले भारतसँग गरेको पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धि सम्झौता खारेज गर्यो । त्यससँगै नेपाल आयल निगमले इन्धन आपूर्ति गर्न आशयपत्रको सूचना प्रकाशित गर्यो । नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिका लागि विभिन्न कंपनिले चासो देखाए । यसअघि भारतसँगमात्र पेट्रोलियम पदार्थ आपूर्ति गरेको नेपालले जहाजमार्फत पनि ईन्धन भित्राउन थाल्यो । साथै, चीनसँग जोडिएका नाका खोल्न तत्परता देखायो र चीनले नेपाललाई सक्दो सहयोग गर्ने आश्वासन पनि दियो । यहाँ पनि भारतलाई हारेको महसुस भयो । कारण थियो भारतले आफूले नाकाबन्दी गरेपछि नेपालमा पेट्रोलियम पदार्थको हाहाकार हुने र नेपाल आफूसामू झुक्ने विश्वास लिएको थियो । तर, त्यसो भएन । नेपाल भारतसामू झुक्नुभन्दा अन्यत्रबाट तेल ल्याउने तयारी भयो । जसका कारण भारतको सातो उड्यो । नेपालले अन्यत्रबाट तेल लयाएपछि भारतको अर्थतन्त्रमा धक्का पुग्ने र तेलका कारण अन्य उपभोग्य बस्तु पनि निर्यात नहुने देखेपछि भारत भित्रभित्र जलिरह्यो ।



३. मोदीको हारः सुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सकेजति नेपाललाई दबाउने तर, घुँडा नटेक्ने अठोट निर्णय लिएका थिए । सोही अनुरुप उनले नाकाबन्दीका विषयमा कुनै कुरै गर्न चाहेनन् । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले पटकपटक गरेको टेलिफोनलाई उनले सिधै अस्वीकार गरे । सरकारमा कांग्रेस भएको र ऊ भारतप्रति लचिलो भएको थाहा पाएका मोदी सकेसम्म नेपाललाई झुकाउने पक्षमा थिए । तर, एमाले र एमाओवादीका केही नेताले भारतले चाहेका कुरालाई पुरा हुन दिएनन् । त्यसपछि नयाँ सरकार गठन भयो । सरकार बामपन्थी भएकाले चीनसँगको सम्बन्ध राम्रो हुने र भारतले त्यसको घाटा व्यहोर्नु पर्ने देखेपछि मोदी झस्किए । अब नेपाललाई झुकाउन झनै गाह्रो हुने उनले अनुमान लगाए र पटक–पटक कोइरालाको फोन इन्कार गरेको मोदीले ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि तत्काल फोन गरेर बधाई दिए । जसमा भारत झुकेको गन्ध थियो ।

४. नयाँ सरकारसँगै खुकुलो नाकाबन्दीः भारतीय हस्तक्षेपको विरोधमा रहेका पार्टीको गठबन्धनमा सरकार बन्ने भएपछि भारतसँगको सम्बन्धका विषयमा प्रश्न उठ्नु स्वभाविक थियो । यसअघि चीनबाट पेट्रोलियम पदार्थ ल्याउन रोकेका कांग्रेसका मन्त्री अब सरकार बाहिर थिए र कांग्रेस पनि सरकामा थिएन । जुन भारतका लागि अभिश्रापजस्तै बनेको थियो । नेपालले तेलका लागि टेण्डर आह्वान गरेको थियो भने भारतसँगको सम्झौता पनि खारेज भएको थियो । यस्तोमा नेपालले अत्यावश्यक वस्तु भारत बाहेक अन्य देशबाट निर्यात गर्ने बलियो संकेत भारतले पाइसकेको थियो । जुन भारतका लागि दुःखको कुरा थियो । नेपालसँग आफ्नो अर्थतन्त्रको ठूलो हिस्सा बोकेको भारत नेपालले अर्कै मुलुकसँग सम्बन्ध बनाउँदा टुलुटुलु हेरेर बस्न सक्दैनथ्यो । त्यसैले ओली निर्वाचित भएकै दिनदेखी भारतले नेपालमा लगाइरहेको नाकाबन्दी खुकुलो पार्यो । आइतबार र सोमबार दुई सातादेखि नेपाल भित्रन नसकेका तेलका ट्यांकर भित्रिए । भारतीय आयल कर्पोरेसनले तेल भर्न आउन आग्रह गर्यो । जसमा भारत नेपालसँग हारेको गन्ध स्पष्ट देखिन्छ । अहिले भारतीय गृहमन्त्री देखि उच्च पदस्थ ब्यक्ति नेपालसँग भारतको विगतदेखि रहेको सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध

गौशालामा हतियारधारी समूहबाट लाखौँको लुटपाट...


गौशालामा लाखौँको लुटपाट


महोत्तरी: महोत्तरीको गौशालामा हतियारधारी समूहबाट लाखौँको लुटपाट भएको छ।

गौशाला नगरपालिका-८ का मनोज साहको घरमा गएराति हतियारधारीको समूहले पेस्तोल देखाई रु १० लाख बराबरको लुटपाट गरेको हो ।


घरको पछाडि बाँसको सहाराले घरभित्र पसेको सो समूहले रु पाँच लाख नेपाली, एक लाख भारु, एक थान मोबाइल, दुई तोला सुन, एक तोला चाँदी लुटपाट भएको पीडित मनोज साहले बताए।

समयमै प्रहरी घटनास्थलमा पुगेपछि थप लुटपाटबाट जोगिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए।
- रासस

जहाजबाट तेल ल्याउँदा झन् सस्तो...


केही दिनदेखि हवाई जहाजमा तेल ओसारिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानी) लाई नेपाल आयल निगमसँग काठमाडौंमा किन्दा भन्दा भारतको कोलकाताबाट ओसार्दा इन्धन सस्तो पर्ने देखिएको छ ।
निगमका अनुसार आयल निगमसँग हवाई इन्धन किन्दा प्रतिकिलोलिटर करिब एक हजार तीन सय ५० डलर (एक लाख ३० हजार पाँच सय रुपैयाँ पर्छ ।
त्यही इन्धन कोलकातामा प्रतिकिलोलिटर चार सय ७० डलर ४० हजार सात सय रुपैयाँमा पाइन्छ । काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मीनेटमात्र छ । यहाँभन्दा कोलकातामा इन्धनको भाउ साढे तीन गुणा सस्तो रहेको छ ।

हल्का घाेचेकाे अवस्था.....


भारतबाट तेल आउथ्यो भारतबाटै नून ,त्यतैबाट घाम आउथ्यो
त्यतैबाट जून तर आज नून तेललाइ नाकाबन्दी लायौ नेपालीलाइ
दुख दिएर धोतीले के पायौ ? तिम्रो पेवा होइन यो देश जे
चाहयौ तेही हुने तराइमा आगो सल्काएर सगरमाथा छुने ,केही
फरक पर्दैन हामीलाइ अझ मधेस जगाउ सक्छौ भने घाम जूनमा पनि
नाकाबन्दी लगाउ,विश्व सामु झुकेनौ हामी तिमीले आस नगरे
हुन्छ तिमीले तेल नदिने नै भए हाम्रो बिजुलीको पनि भर नपरे हुन्छ

नेपालकाे संविधान २०७२ स्वागतम...



घटस्थापनादेखि दसैं विदा दिने प्रस्ताव अस्वीकृत...




काठमाडौं :नाकाबन्दी, इन्धनको अभाव तथा असहज आपूर्तिका कारण घटस्थापना देखि नै दसैं विदा दिने प्रस्ताव मन्त्रिपरिषद्‍बाट अस्वीकृत भएको छ।

मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले   घटस्थापना देखि नै दसैं विदा नदिने निर्णय गरेको हो। लामो विदा दिदा सेवाग्राहीहरु मर्कामा पर्ने र सरकारी कार्यलयको कार्यसम्पादन र कर्मचारीको मनोविज्ञानमा समेत नकारात्मक असर पर्ने निश्कर्षसहित विदा नदिने निर्णय गरेको हो ।


सरकारले असहज परिस्थिति सामना गरेर भएपछि सरकारी कार्यलय संचालन गर्ने भएको छ।

अमेरिकाले भन्यो– भारतको नाकाबन्दीमा नेपाल... अाफ्ना नागरिकलाई सचेत हुन अाग्रह...

। भारतले नेपालमा नाकाबन्दी लगाए/नलगाएको भन्नेमा जुहारी चलिरहेका बेला अमेरिकाले भने भारतका तर्फबाट नेपालमा नाकाबन्दी भएको प्रष्ट गरेको छ ।
नेपालमा रहेका आफ्ना नागरिकका लागि जारी गरेको सूचनामा अमेरिकाले भारतीय पक्षले लगाएको नाकाबन्दीबारे उल्लेख गरेको हो ।
भारतले नेपालमा नाकाबन्दी लगाएका कारण इन्धनको अभाव बढेको भन्दै अमेरिकाले नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई सचेत पनि गराएको छ । काठमाडौंमा रहेको अमेरिकी दुतावासले शुक्रबार ट्राभल एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई सचेत गराएको हो ।
नेपालमा इन्धन अभाव बढ्दै गएको र सीमा नाकामा भारतले नाकाबन्दी लगाएकाले अब नेपाल भ्रमण गर्दा समस्या पर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ ।
अमेरिकाले नेपालमा देशव्यापी रुपमा इन्धनको समस्या रहेको भन्दै दुर्गम क्षेत्रमा सकेसम्म नजान आग्रह गरेको छ । इन्धन अभावका कारण नेपालमा अहिले स्रोत साधन सीमित भएकाले दुर्गम क्षेत्रमा जाँदा कुनै समस्या परे समाधान गर्न सीमित मात्र विकल्प हुने अमेरिकी भनाइ छ ।

पर्यटकको सेवा सुविधालाई निरन्तरता दिइरहे पनि पहिलेको जस्तो अवस्था नरहेकोले सीमित र थोरै सुविधा हुँदा सतर्कता अपनाउन अमेरिकाले भनेको छ । एड्भाइजरीमा नेपालमा देखिएको इन्धनको समस्या एक दुई हप्तामा पनि समाधान हुने नदेखिएको उल्लेख छ ।




भारतसँगकाे तेल सम्झौता खारेज...


 नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्न ४० वर्षअघि भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग गरेको सम्झौता बिहीबार खारेज गरेको छ ।
करिब दुई महिनादेखि जारी मधेस आन्दोलनले नाकामा असुरक्षा निहुँ झिक्दै आइओसीले नियमित आपूर्ति रोकेपछि निगम वैकल्पिक व्यवस्थापननिम्ति यस्तो रणनीति लिन बाध्य भएको हो ।
नेपाल र भारत दुई देशका सरकारी कम्पनीबीच भएको सम्झौता भएकाले निगम आफैंले खारेज गर्न सक्छ । उक्त सम्झौताअनुसार आइओसीले निगमलाई आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ निर्वाधरुपमा उपलब्ध गराउनुपर्छ । तर, नेपालमा नयाँ संविधान जारी भएको विषयलाई लिएर बखेडा झिक्दै भारतले दुई सातादेखि अघोषित नाकाबन्दी लगाएको छ । त्यसयता आइओसीले पेट्रोलियम आपूर्ति रोकिरहेको आजको नागरिक दैनिकमा खबर छ ।

याे सुन्दर दृश्यहरुलाई कति जनाले अाखा लगाउनु भयाे एक पटक हेराैँ







नेपाली झण्डा सहित मेराे नयाँ तस्वीर

नेपाली झण्डा सहित मेराे नयाँ  तस्वीर

गाेरखामा तेलकाे लागि लागेकाे सवारीकाे लाईन...

तेलकाे लागि लागेकाे गाडिकाे लाईन






गाेरखामा  तेलकाे लागि लागेकाे सवारीकाे लाईन...
जनजिवन अस्तव्यस्त भएकाे छ । 

दशैंको टिकाको साइत: कुन देशमा कुन समय उत्तम ?




दशैंको टिकाको साइत: कुन देशमा कुन समय उत्तम ?

 नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टिका ग्रहण गर्ने साइत कार्तिक ५ गते विहान १०:५५ लाई उत्तम मानेको छ । तर यो सयम नेपालभरका लागि मात्र हो ।
यद्यपी, विश्वका अन्य देशमा रहेका हिन्दुहरुले भने स्थानीय समयको उत्तम साइतमा टिका ग्रहण गर्नुपर्ने ज्योतिषहरुको भनाइ छ । ज्योतिषी डा. सुनिल सिटौंलाले ज्योतिष शास्त्र विधी अनुसार निकालेको समय अनुसार अमेरिकाको विभिन्न शहरहरुमा फरक–फरक साइत पर्न गएको छ ।
अमेरिकाको क्यालिफोर्नियाको लागि कार्तिक ५ गते अर्थात अक्टोबर २२ तारिखका दिन मध्यान्न ११:५१, क्लोराडोमा १२:५, फ्लोरिडाको लागि १२:३५, न्योर्कमा १२:१६, वासिङटन डिसीमा १२:१८, मेरिल्याण्डमा १२:२५ र टेक्सासमा विहानको ११:५ लाई उत्तम साइत मानिएको छ ।
त्यस्तै गरी क्यानाडाको टोरन्टोका लागि मध्यान्न १२:४५ र मोन्र्टेलमा १२:४० लाई उत्तम साइत भनी निर्धारण गरिएको छ । त्यस्तै बेलायतको लन्डनको लागि भने १:१० लाई उत्तम साइत मानिएको छ ।
उता जापानको टोकियोमा विहानको १०:४५ लाई उत्तम साइत मानिएको छ । इजरायलको टेल अविभमा भने विहानको १०:३५ लाई उत्तम साइत मानिएको छ । अष्ट्रेलियाको मेलर्वन र सिडनीमा भने ११:४५ उत्तम साइत परेको छ । मलेसियाको क्वालालाम्पुरमा ११:२५ को साइत छ भने कोरियाको सोलमा भने विहानकै ११:५५ उत्तम साइत परेको डा.सिटौलाले बताए ।
यता घटस्थापनाको साइत चाहीं असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । यस वर्ष नेपाली पात्रो अनुसार आठ रात नौ दिनको नवरात्र परेको छ ।
नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो ।
नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । नेपाली पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिन्छ तर प्रायः आधुनिक ज्योतिषीहरुले ग्रह गणना गर्दा द्रिक सिद्धान्तका आधारमा गर्ने गर्दछन ।

सरकारलाई चुनौती दिंदै भने -अनुमती दिए पाँच दिनमै चीनबाट ग्याँस ल्याउँछौं


सरकारलाई चुनौती दिंदै भने -अनुमती दिए पाँच दिनमै चीनबाट ग्याँस ल्याउँछौं


नेपालका उद्योगीको हिम्मत

असोज २१  । ग्यास उद्योगीले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्इ तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्इास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेको  छ ।

चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सरकारले अनुमित दिए पाँच दिन मै उपत्यकामा ४० देखि ४५ हजार सिलिन्डर उर्तान सक्ने व्यवसायीको दाबी छ ।

घिमिरेले भने-‘चीनबाट ल्याएको ग्यास बजारमूल्यभन्दा प्रतिसिलिन्डर साढे पाँच सय बढी लाग्ने व्यवसायीको भनाई छ । यो सरकार सरकारले सहुलियत दिन सक्छ अथवा उपभोत्ताबाट उठाउने अनुमति दिनसक्छ । त्यसो भए एक साताभित्र ४०-४५ हजार सिलिन्डर ग्यास काठमाडौं ल्याउँछौं ।’

प्रधानमन्त्रीमा देउवाको दाबी...


काठमाडौं – नेपाली कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउन पार्टी सभापति सुशील कोइरालालाई दबाब दिने तयारी गरेको छ ।

देउवानिकट नेताहरुले बुधबार साँझ भएको बैठकले संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढे उपसभापति पौडेललाई उछिन्ने निष्कर्ष निकालेको हो ।
केन्द्रीय समितिबाट आफूलाई पुनः अनुमोदन गराएर कोइराला आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीको रहेको देउवानिकट नेताहरुको बुझाइ छ । ‘सुशीलजी नै उम्मेदवार भए पनि अब प्रक्रियामा लैजानुपर्छ,’ एक नेताले भने,‘उहाँहरु केन्द्रीय समितिकाबाट उम्मेदवार चयन गर्ने पक्षमा देखिनुभएको छ ।’
भेलाले सत्तासाझेदार नेकपा एमालेलाई नयाँ सरकारको नेतृत्व दिने सहमति भए–नभएको विषयमा सभापति सुशील कोइरालासँग जानकारी माग्ने निर्णय गरेको छ । नयाँ सरकार गठनका विषयमा छलफल गर्न बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा एमालेलाई सरकारको नेतृत्व दिने सहमति भएको हो भने सभापतिलाई त्यस्तो अधिकार कसले दियो भन्ने प्रश्न उनीहरुले अघि सार्न लागेका हुन् । सभापति कोइरालाले व्यक्तिगत रुपमा गरेको सहमतिलाई पार्टीको भन्न नमिल्ने भन्दै देउवानिकट नेताको भेलाले नयाँ सरकारको नेतृत्व पार्टीले नै गर्नुपर्ने ठहर गरेको छ ।
काग्रेसको नेतृत्वमा सरकार गठनको सम्भावना रहेको ठहर गर्दै बैठकले सकेसम्म वरिष्ठ नेता शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका लागि अघि सार्ने निर्णय गरेको छ । 


नेपाल–चीन सीमा नाकाको कोरल्ला गेट भत्काइयो


 र चीनको सीमानामा पर्ने उत्तरी मुस्ताङ्गको कोरल्ला नाकामा बनाइएको गेट भत्काइएको छ । मुस्ताङ्गको छोसेर गाउँ विकास समितिमा नेपाल र चीनको सीमाना भन्दा ४ किलोमिटर वर बनाएका कारण गेट भत्काइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
यो गेट जिल्ला विकास समिति मुस्ताङ्गले २०६३ मा निर्माण गरेको थियो । सीमा निरीक्षणका क्रममा जाँदा ४ किलोमिटर वर निर्माण गरिएको पाइएकाले आगामी दिनमा सीमा बिबाद आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मंगलबार भत्काइएको मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनुभयो ।
नेपाली सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा गेट भत्काइएको उहाँले बताउनुभयो । अब सीमानामा नै नापी विभाग र परराष्ट्र मन्त्रालयको स्वीकृती लिएर गेट बनाउने काम हुने उहाँको भनाई छ । सरकारी खर्चमा सीमा भन्दा ४ किलोमिटर वर बनेको गेटको औचित्य नभएको भन्दै गृह मन्त्रालयले पनि गेट भत्काउन निर्देशन दिएको थियो ।

अन्जु भण्डारी....

एसएलसी प्रिन्सेस अन्जु भण्डारी

घटस्थापनादेखि नै दसैंबिदा...

नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने तयारी गरेको छ । निर्णयले सरकारी अड्डा लगातार १५ दिन (असोज २६ देखि कात्तिक १०) बन्द हुनेछन् ।
आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार यससम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले लैजाने संबद्ध स्रोतले बतायो । ‘प्रधानमन्त्रीसमेत भएको उच्चस्तरीय छलफलमा सहमति भई प्रस्ताव ल्याउन गृहलाई भनिएअनुसार प्रस्ताव तयार पारिएको छ,’ स्रोतले भन्यो ।
न्यायालयसंबद्ध सबै अड्डा घटस्थापनादेखि पूर्णिमासम्म बिदा हुँदै आएको थियो । अरु सरकारी अड्डा सप्तमीदेखि द्वादशीसम्म बिदा गरी दुई दिन अड्डा खोल्ने र कोजाग्रत पूर्णिमाको दिन पुनः बिदा दिइँदै आएको थियो । यो निर्णयले सरकारी अड्डाको बिदा ६ दिन थपिनेछ ।

जहाजबाट इन्धन ल्याउन भारतको सुझाव...


काठमाडौं – अघोषित नाकाबन्दी गर्दै दुई सातादेखि अत्यावश्यक इन्धन ठप्प पार्दै आएको भारतले वैकल्पिक मार्गका रुपमा हवाईजहाजबाट इन्धन ल्याउन सुझाव दिएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापासँगको भेटमा भारतीय राजदूत रञ्जित रायले वैकल्पिक उपायका रुपमा यस्तो सुझाव दिएका हुन् ।
रायले वैकल्पिक मार्ग भन्दै भारतबाटै हवाईजहाजमा पेट्रोल डिजलेलगायत इन्धन ल्याउन सकिनेबारे भारतीय आयल कर्पोरेसनसँग कुरा गर्न सुझाए । नेपालले भने सडकमार्गको सुरक्षामा कुनै समस्या नभएकाले पूर्ववत रुपमै इन्धनको सहजताका लागि पहल गरिदिन राजदूत रायलाई भनेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
‘विकल्पबारे छलफल गर्दा जहाजको पनि विकल्प छ भन्ने सुझाव आएको हो,’ मन्त्री थापाले भने,‘चाडबाडका बेला जनतालाई पहिलेजस्तै इन्धन सहज बनाउने तत्काल पहल गर्न मैंले राजदूतसँग कुरा गरेको हुँ ।’