गौशालामा लाखौँको लुटपाट
महोत्तरी: महोत्तरीको गौशालामा हतियारधारी समूहबाट लाखौँको लुटपाट भएको छ।
गौशाला नगरपालिका-८ का मनोज साहको घरमा गएराति हतियारधारीको समूहले पेस्तोल देखाई रु १० लाख बराबरको लुटपाट गरेको हो ।
घरको पछाडि बाँसको सहाराले घरभित्र पसेको सो समूहले रु पाँच लाख नेपाली, एक लाख भारु, एक थान मोबाइल, दुई तोला सुन, एक तोला चाँदी लुटपाट भएको पीडित मनोज साहले बताए।
समयमै प्रहरी घटनास्थलमा पुगेपछि थप लुटपाटबाट जोगिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए।
- रासस
No comments:
Post a Comment