मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु...


मोटरसाइकल आपसमा ठोकिँदा
दुवै चालकको मृत्यु
रासस



दाङ: दाङमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुवै
चालकको मृत्युभएको छ ।
घोराही–तुलसीपुर सडक खण्डको सर्रा नजिकै हेमन्तपुरबाट
घोराही आउँदै गरेको रा २ प ९९६१ नम्बरको मोटरसाइकल र
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ९६०८ नम्बरको
मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालकको मृत्युभएको हो ।
घोराही आउँदै गरेका घोराही–११ भरतपुर निवासी ४३ वर्षीय
पूर्णचन्द्र पौडेल र तुलसीपुरतर्फ जाँदै गरेका घोराही–५ का २५
वर्षीय भूपेन्द्र पुरीको मृत्युभएको दाङका ट्राफिक प्रहरी प्रमुख
प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

No comments:

Post a Comment