र चीनको सीमानामा पर्ने उत्तरी मुस्ताङ्गको कोरल्ला नाकामा बनाइएको गेट भत्काइएको छ । मुस्ताङ्गको छोसेर गाउँ विकास समितिमा नेपाल र चीनको सीमाना भन्दा ४ किलोमिटर वर बनाएका कारण गेट भत्काइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
यो गेट जिल्ला विकास समिति मुस्ताङ्गले २०६३ मा निर्माण गरेको थियो । सीमा निरीक्षणका क्रममा जाँदा ४ किलोमिटर वर निर्माण गरिएको पाइएकाले आगामी दिनमा सीमा बिबाद आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मंगलबार भत्काइएको मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनुभयो ।
नेपाली सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा गेट भत्काइएको उहाँले बताउनुभयो । अब सीमानामा नै नापी विभाग र परराष्ट्र मन्त्रालयको स्वीकृती लिएर गेट बनाउने काम हुने उहाँको भनाई छ । सरकारी खर्चमा सीमा भन्दा ४ किलोमिटर वर बनेको गेटको औचित्य नभएको भन्दै गृह मन्त्रालयले पनि गेट भत्काउन निर्देशन दिएको थियो ।
No comments:
Post a Comment