जहाजबाट इन्धन ल्याउन भारतको सुझाव...


काठमाडौं – अघोषित नाकाबन्दी गर्दै दुई सातादेखि अत्यावश्यक इन्धन ठप्प पार्दै आएको भारतले वैकल्पिक मार्गका रुपमा हवाईजहाजबाट इन्धन ल्याउन सुझाव दिएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापासँगको भेटमा भारतीय राजदूत रञ्जित रायले वैकल्पिक उपायका रुपमा यस्तो सुझाव दिएका हुन् ।
रायले वैकल्पिक मार्ग भन्दै भारतबाटै हवाईजहाजमा पेट्रोल डिजलेलगायत इन्धन ल्याउन सकिनेबारे भारतीय आयल कर्पोरेसनसँग कुरा गर्न सुझाए । नेपालले भने सडकमार्गको सुरक्षामा कुनै समस्या नभएकाले पूर्ववत रुपमै इन्धनको सहजताका लागि पहल गरिदिन राजदूत रायलाई भनेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
‘विकल्पबारे छलफल गर्दा जहाजको पनि विकल्प छ भन्ने सुझाव आएको हो,’ मन्त्री थापाले भने,‘चाडबाडका बेला जनतालाई पहिलेजस्तै इन्धन सहज बनाउने तत्काल पहल गर्न मैंले राजदूतसँग कुरा गरेको हुँ ।’

No comments:

Post a Comment