अमेरिकाले भन्यो– भारतको नाकाबन्दीमा नेपाल... अाफ्ना नागरिकलाई सचेत हुन अाग्रह...

। भारतले नेपालमा नाकाबन्दी लगाए/नलगाएको भन्नेमा जुहारी चलिरहेका बेला अमेरिकाले भने भारतका तर्फबाट नेपालमा नाकाबन्दी भएको प्रष्ट गरेको छ ।
नेपालमा रहेका आफ्ना नागरिकका लागि जारी गरेको सूचनामा अमेरिकाले भारतीय पक्षले लगाएको नाकाबन्दीबारे उल्लेख गरेको हो ।
भारतले नेपालमा नाकाबन्दी लगाएका कारण इन्धनको अभाव बढेको भन्दै अमेरिकाले नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई सचेत पनि गराएको छ । काठमाडौंमा रहेको अमेरिकी दुतावासले शुक्रबार ट्राभल एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई सचेत गराएको हो ।
नेपालमा इन्धन अभाव बढ्दै गएको र सीमा नाकामा भारतले नाकाबन्दी लगाएकाले अब नेपाल भ्रमण गर्दा समस्या पर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ ।
अमेरिकाले नेपालमा देशव्यापी रुपमा इन्धनको समस्या रहेको भन्दै दुर्गम क्षेत्रमा सकेसम्म नजान आग्रह गरेको छ । इन्धन अभावका कारण नेपालमा अहिले स्रोत साधन सीमित भएकाले दुर्गम क्षेत्रमा जाँदा कुनै समस्या परे समाधान गर्न सीमित मात्र विकल्प हुने अमेरिकी भनाइ छ ।

पर्यटकको सेवा सुविधालाई निरन्तरता दिइरहे पनि पहिलेको जस्तो अवस्था नरहेकोले सीमित र थोरै सुविधा हुँदा सतर्कता अपनाउन अमेरिकाले भनेको छ । एड्भाइजरीमा नेपालमा देखिएको इन्धनको समस्या एक दुई हप्तामा पनि समाधान हुने नदेखिएको उल्लेख छ ।




No comments:

Post a Comment