चितवन, जेठ १७, नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको छ। गत आर्थिक वर्षमा टेन्डर गरिए पनि प्रक्रिया नपुगेपछि खारेज गरी पुनः चालु आवमा निर्माण प्रक्रिया अगाडि बढाइएको हो। नेपाल–भारत पारवाहन तथा यातायात आयोजनाअन्तर्गत उक्त सडकखण्डको स्तरोन्नति थालिएको हो। योजनाका प्रमुख इञ्जिनियर शिवप्रसाद नेपालका अनुसार सो सडकखण्डलाई तीन भागमा विभाजन गरी तीन वटा कम्पनी मार्फत काम अगाडि बढाइएको हो। भरतपुरको आँपटारीचोकदेखि १० किलोमिटर मुग्लिनतर्फ जुगेडी पुलसम्म भारतीय कम्पनी बिएलए, नेपाली श्रेष्ठ कम्पनीले जुगेडी पुलदेखि ११ किलोमिटर मुग्लिनतर्फ तथा सिमलतालसम्म भारतीय कम्पनी उडहिल र नेपाली लामा कन्ट्रक्सनले काम थालेका छन्। सिमलतालदेखि मुग्लिनसम्मको सडकखण्ड भारतीय सुप्रिम र नेपाली रौताहा कन्ट्रक्सनले टेन्डर पारेसँगै सर्भे र मर्मतसम्भारको काम थालेको छ। कन्ट्रक्सन कम्पनीले क्याम्प निर्माण गरी उपकरणसमेत कार्यक्षेत्रमा लगिसकेको छ। सन् २०१७ को अप्रिलसम्ममा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ। विश्व बैंकको रु दुई अर्ब ८५ करोड आर्थिक सहयोगमा सडक स्तरोन्नतिको काम थालिएको हो। सडक निर्माण गर्दा भौगोलिक बनावटअनुसारको प्रविधि प्रयोग गरिने आयोजनाले जनाएको छ। ठेकेदार कम्पनीले सामान्य खसेका पहिरो पन्छाउने र मर्मत गर्ने कामसमेत गर्ने छन्। उक्त सडकखण्डमा रहेका १८ वटा पुल भने यो ठेक्कामा पारिएको छैन। पुलको सर्भे भइरहेको र छिट्टै टेन्डर मार्फत पुल पनि चौडा पारिने छ। तराईबाट राजधानी प्रवेश गर्ने मुख्य सडकका रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डको गुणस्तर नराम्रो हुँदा समय समयमा सर्वसाधारणले समस्या झेल्दै आएका छन्। रासस
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको बेला त्रिदेशीय सीमामा पर्ने नेपाली भूभाग लिपु लेकलाई भारत र चीनको व्यापारिक नाकाको रुपमा विस्तार गर्ने सम्झौता भएपछि नेपाल सरकारले यसबारे दुवै सरकारसँग औपचारिक जानकारी माग गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणका क्रममा दुई साताअघि भारत र चीनबीच व्यापार बढाउन लिपु लेक पाससहित नाथुला र सिप्किलासम्म सीमा नाका विस्तार गर्ने लगायत ४१ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो । लिपुलेक प्रयोगबारे पूर्वसहमतिअनुसार नेपाललाई कुनै जानकाी दिइएको थिएन । ‘भारत र चीनबीच कहाँसम्म र कसरी सीमा विस्तार हुने हो भन्नेबारे कुटनीतिक च्यानलबाट प्रारम्भिक रुपमा बुझ्ने काम भएको छ’, परराष्ट्र प्रवक्ता ताराप्रसाद पोख्रेलले बताए । सम्झौताबारे चासो दर्साउँदै परराष्ट्र मन्त्रालयले भारत नयाँदिल्लीस्थित नेपाली दूतावास र चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत भारत र चीन सरकारसँग जानकारी माग गरेको छ । –अन्नपूर्ण पोस्टबाट

कामुक ओंठ यस्ता हुन्छन्...

ज्योतिष शास्त्र अनुसार मानिसको ब्यक्तित्व उनीहरुको ओंठ हेरेर थाहा पाउन सकिन्छ । मुस्कान सबैभन्दा राम्रो अभिवादन हो तर यो मुस्कानको समयमा ओंठको अध्यन गर्न सकियो भने उनीहरुको स्वभाव समेत थाहा पाउन सकिने ज्योतिष शास्त्रीहरुको भनाइ छ ।आउनुस् जानौं कस्तो ओंठ हुने ब्यक्तिको स्वभाव कस्तो हुन्छ भनेर । मोटा ओंठः जुन् ब्यक्तिको ओंठ अत्याधिक मोटा हुन्छन् त्यस्ता ब्यक्ति क्रोधी स्वभावका हुन्छन् । यस्ता ब्यक्तिलाई साना साना कुरामा पनि रिस उठ्छ र उनीहरुको रिसले कुनै कुनै समयमा तै समस्या नै खडा गरिदिन्छ । यस्ता ब्यक्ति भावनाप्रदान र जिद्धी हुन्छन् । रसिक ओंठः रातो रंगका चिल्ला र कलात्मक ओंठ हुने ब्यक्ति देख्दा सुन्दर त हुन्छन् नै कला प्रिय र मृदुल स्वभावका हुन्छन् । यस्ता ब्यक्तिले घर समाजमा मान सम्मान पाउँछन् र जीवनमा उपलब्धी पनि हासिल गर्छन् । गुलाबी ओंठः गुलावी रंगका ओंठ हुने ब्यक्ति ब्यवहारमा कुशल उदार र बुद्धिमान हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो क्षमताको बलमा सबैलाई मोहित तुल्याउँछन् । यिनीहरुका मित्र पनि धेरै हुन्छन् ।उठेका ओंठः कतिपय ब्यक्तिका ओंठ अलि उठेका हुन्छन् । यसरी ओंठ उठेका ब्यक्तिहरु डरपोक हुन्छन् । यिनीहरुलाई कठिन परिस्थिती सम्हाल्न निक्कै कठिन हुन्छ । तलपट्टी धसिएका ओंठः कतिपयका ओंठ तलपट्टी धसिएका हुन्छन् । यसरी तल पट्टी फर्केका ओंठ हुनेहरुको स्वभाव रहस्यमयी हुन्छ । यनीहरुको मनमा के चलिरहेको हुन्छ बुझ्न सँधै कठिन हुन्छ । यिनीहरु निक्कै राम्रा योजनाकार हुन्छन् र योजना भने कसैलाई पनि भन्दैनन् । ठूला ओंठः ठूला ओंठ हुने ब्यक्ति शौखिन हुन्छन् । उनीहरुलाई विभिन्न प्रकारका खाना खाने शोख हुन्छ । छिट्टै रिसाउने यस्ता ब्यक्ति छिट्टै सामान्य अवस्थामा पनि आइहाल्छन् । संकुचित ओंठः कतिपय ब्यक्तिको ओंठ निक्को पातला हुन्छन् । पातला र रंगविहिन ओंठ हुनेहरु अलि बढी आडम्बरी स्वभावका हुन्छन् । यद्यपी उनीहरु अन्य ब्यक्तिमा आफ्नो प्रभाव कायम राख्न नि सफल हुन्छन् । ओंठमा कोठीः कतिपयको ओंठमा कोठी हुन्छ । यस्ता ब्यक्ति कामुक स्वभावका हुन्छन् र उनीहरुको मनमा हरदम कामुक विचार चलिरहेका हुन्छन् । उनीहरुमा विपरित लिङ्गीलाई प्रभावित गर्ने क्षमता पनि प्रवल हुन्छ ।ओंठको तल्लोभागमा कोठी हुनेहरुले कठिन परीश्रम गर्छन् किन भने यिनीहरुलाई सहजै आम्दानी हुन सक्दैन ।

पुरूषहरूले करिब पाँच सेकेण्डमा नै महिलाका आधा दर्जन कुरा नियाल्न भ्याइसकेका हुन्छन् पहिलो नजरमा नियाल्छन् यी ६ कुरा...

सर्वप्रथम पुरुषको नजर महिलाको कुन अंगमा जाला ? पहिलो नजरमा पुरुषहरुले महिलाको के कुरा नियाल्छन् ? जिज्ञासाको विषय हो । पुरूषको कुनै महिलासँग नजर जुध्यो भने केही सेकेण्डमै धेरै कुरा हेर्न भ्याइसकेका हुन्छन् । पुरूषहरूले करिब पाँच सेकेण्डमा नै महिलाका आधा दर्जन कुरा नियाल्न भ्याइसकेका हुन्छन्, केहीले त पाँच सेकेण्ड पनि लगाउँदैनन् । पहिलो नजरमा नियाल्छन् यी ६ कुरा: कपाल: कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ, पुरूषहरूले यो कुरा पहिलो नजरमा नै याद राख्छन् । लामो कपाल उनीहरूलार्ई चाहिँदैन तर, जस्तो भएपनि उनीहरूलाई खुल्ला कपाल नै मनपर्छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरूषहरू चाहन्छन् । वास्तविक मुस्कानःके तपाईंको मुस्कान आँखामा झल्किन्छ ? यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस्, किनभने पुरुषहरु तपाईंको वास्तविक मुस्कानको निर्णय गर्न माहिर हुन्छन् । स्वर:एक अध्ययनका अनुसार पुरूषहरू महिलाहरूको स्वरलाई बढि ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार हो । क्लिभेज:महिलाहरुको क्लिभेजमा पनि सुरुमै पुरुषहरुको नजर जान्छ । आकर्षक स्तनहरुसँग पुरुषहरु बढि नै लोभिने गर्छन् । हिपको बनावटःयदि तपाईंको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरूषहरुले यसको निकै ख्याल राख्दछन् । आँखाःमानिसहरुले शरीरको अरू भागहरूभन्दा आँखामा बढि ध्यान दिन्छन् ।

ghale gaun..............

>>


>>>

>>>

>>>

>>>

>>>


>>>>>>>>>>
 

>>>>>>>>>>>>>>>>>>>>>>>>


>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>


>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>


>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

>>>>>>>>>>>>>>>>>>>>
          >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
>>>>>>>>>>>>


नेपालको नवनिर्माणमा समर्पित भएका छौः प्रधानमन्त्री....


मोडलिङ क्षेत्रमा आफूलाई स्थापित गर्ने तरखरमा रहेकी नवआगन्तुक मोडल रहिसा रेग्मीका केही तस्विर....


मोडलिङ क्षेत्रमा आफूलाई स्थापित गर्ने तरखरमा रहेकी नवआगन्तुक मोडल रहिसा रेग्मीका केही तस्विर:
Rahisa-Regmi-model-(7) 


 
Rahisa-Regmi-model-(9) 

 
Rahisa-Regmi-model-(10)
OO
Rahisa-Regmi-model-(2)     




Rahisa-Regmi-model-(12) 



Rahisa-Regmi-model-(3)



Rahisa-Regmi-model-(4) 


  Rahisa-Regmi-model-(6)


copy by ratopati

ग्ल्यामर.....


रहिसा रेग्मी (मोडल फोटोफिचर).........


मोडलिङ क्षेत्रमा आफूलाई स्थापित गर्ने तरखरमा रहेकी नवआगन्तुक मोडल रहिसा रेग्मीका केही तस्विर:
Rahisa-Regmi-model-(7) 


 
Rahisa-Regmi-model-(9) 

 
Rahisa-Regmi-model-(10)
     OO 
Rahisa-Regmi-model-(2)     




Rahisa-Regmi-model-(12) 



Rahisa-Regmi-model-(3)



Rahisa-Regmi-model-(4) 

  Rahisa-Regmi-model-(6)


copy by ratopati

एकाबिहानै ५ म्याग्निच्यूडको पराकम्पन

काठमाडौं, जेठ ११– गत बैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि पराकम्पन हुने क्रम हालसम्म जारी रहेको छ । सोहि अनुसार गएरातीपनि भुकम्पका धक्का महसुश भएको छ । 150425113504-map-nepal-earthquake-aftershocks-exlarge-169

गोर्खा केन्द्रबिन्दु भएर सोमबार बिहान ३ बजेर २३ मिनेटमा ५ लोकल म्याग्निच्यूडको भुकम्पको धक्का महसुश भएको हो ।
भुकम्पको धक्का कम हुँदै गएपछि सर्वसाधारणहरु घर फर्किन थालेको अवस्थामा ५ म्याग्निच्यूडको भुकम्पको धक्का महसुश भएको हो ।
गत जेठ २ गतेयाता ५ लोकलम्याग्निच्यूड वा सो भन्दा माथिका पराकम्पन भएको थिएन ।
यसैबीच चार लोकलम्याग्निच्यूडमाथिका ६ ओटा भूकम्पको धक्का महसुश भएको राष्ट्रिय भुकम्पमापक केन्द्रले जनाएको छ ।

राम्रा दिन आउनेछन्



राजनैतिक क्रान्तिका सन्दर्भमा कवि गोपालप्रसाद रिमालले सिर्जना गरेका यी पंक्तिहरूले वैशाख १२ गतेको महाभूकम्पको फरक सन्दर्भलाई पनि सम्बोधन गरेको छ । १२ गते एक जुगको यस्तो एक दिन थियो, जसलाई नियतिका रूपमा ग्रहण गर्न नेपाली समाज अभिशप्त भयो ।

नसोचेको र नभोगेको यो प्राकृतिक विपत्तिलाई धेरै नेपालीले पीडादायी घटनाका रूपमा वर्षौंसम्म सम्झिरहनेछन्, यो विध्वंसकारी घटनालाई एक जुगको बिर्सनलायक एक दिनको रूपमा लिनुबाहेक हामीसँग अरू विकल्प पनि छैन, तैपनि यो महाविपत्तिपछि देखा परेका केही राम्रा संकेतहरूतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

‘महाभूकम्पले धेरैको मन दुखाएको छ, धनजनको क्षति भयो, यस्तो समयमा अब नेपाल बन्छ भनेर सेलिब्रेसन गर्नु, खुसी मनाउनु राम्रो होइन,’ प्राध्यापक डा. अभि सुवेदीले साप्ताहिकसँग भने– ‘तर अहिले सम्भावनाका नयाँ ढोका खुलेका छन्, मलाई त कता–कता अब मुलुक बन्छ भन्ने खुसी लागेको छ । यसलाई अवसरका रूपमा लिएर हामीले पुनर्निर्माणको यात्रामा अग्रसर हुनैपर्छ ।’ डाक्टर सुवेदीका अनुसार महाभूकम्प यस्तो दशगजा हो, जसले एउटा युगको अन्त्य र अर्को सुरु भएको घोषणा गरेको छ ।

महाभूकम्पपछिका दिनहरूमा भय र आतंकले दरिलो डेरा जमाउँदा लाखौं मन अब सबै कुरा सकियो भन्ने गलत निष्कर्ष निकालिरहेका छन्, जुन एकदमै गलत भएको विज्ञहरूको धारणा छ । कठिन दु:ख र संघर्षपछि प्राप्त हुने सुखलाई स्मरण गर्दै अब राम्रा दिनहरूको अपेक्षा राख्नुपर्ने विज्ञहरू बताउँछन् । प्राध्यापक केदारभक्त माथेमाका अनुसार विगतमा हामी इतिहासमा बाँधिएका थियौं, अब आफैं इतिहास रच्ने बेला आएको छ ।’

अब राम्रा दिनहरू आउनेछन्, खुसी र सुखका दिनहरू आउनेछन्, त्यो अरू कसैको निगाहका कारण आउने होइन, हामी आफैंले यो विपत्तिलाई अवसरका रूपमा प्रयोग गर्‍यौं भने ल्याउन सक्छौं । राम्रो दिनहरू आउँछन् भनेर आशा गरेर मात्र पनि पुग्दैन । यो बेला हरेक क्षेत्रका व्यक्तिले दीपक हुनुपर्छ, स्वामी कमल नयनाचार्य भन्छन्– ‘तर दीपक हुन सजिलो छैन, आफू अन्धकार तथा खरानी भएर पनि अरूलाई उज्यालो प्रदान गर्छ दीपकले । त्यसैले स्वार्थरहित भएर आºना लागि नसोची अरूका निम्ति सोच्ने भावना जगाउन सक्ने हो भने राम्रा एवं सुखका दिनहरू अवश्य आउनेछन् ।’

महाभूकम्पको प्रभाव मान्नुपर्छ, अहिले नेपाली जनता एकजुट भएका छन् । पछिल्लो केही समययता नेपाली समाज एकलकाँटे हुँदै गएकबो थियो । विभिन्न कारणले नेपाली नागरिकहरूबीच निकटता कम हुँदै गएको थियो । त्यसलाई महाभूकम्पले मेटिदिएको छ । यसलाई विज्ञहरूले सकारात्मक पक्ष मानेका छन् । मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यका अनुसार मानव सेवा नै नाथको सेवा हो भन्ने भावनाको जागरण भएको छ । एकीकृत भएको यो मानव साङ्लोले मुलुकको विकासका निम्ति नयाँ बाटो पहिल्याउनेछ ।

स्वामी कमलनयनाचार्य नेपालमा भूकम्प आउनुलाई सृष्टिको नियम मान्छन् । हरेक १ सय, २ सय, ३ सय, ५ सय र २ हजार वर्षमा प्रकृतिमा विभिन्न प्रकारका विपत्तिहरू आउँछन्, जसले युग परिवर्तनतर्फ संकेत गरेका हुन्छन् । अझ हरेक ५ हजार वर्षमा त सम्पूर्ण सृष्टिले नै विध्वंसको सामना गर्नुपर्ने आध्यात्मिक मान्यता छ । स्वामी कमलनयनाचार्यका अनुसार सूर्यको ताप र वायुको बहाव तीव्र गतिमा बढ्ने, मौसम पृथक् हुने, भूकम्प, बाढीपहिरो र ज्वालामुखीका घटनाहरूपश्चात् समय परिवर्तन भएर जान्छ । अहिलेको महाभूकम्पले सम्पन्नता र विपन्नताबीचको खाडल, सरकार र जनताबीच बढ्दै गएको दूरी तथा असहयोगी भावनाप्रति चेतावनी प्रकट गरेको छ । महाभूकम्पपछि १० करोडको महलमा बस्नेहरू १० हजारको छाप्रोमा बस्नेहरूसँग हातेमालो गर्न पुगेका छन् । सबै एकै वर्गका नागरिक भएका छन् । विगतमा देखिएको मानवतामा आएको ह्रास र घमण्डलाई यसले हटाइदिएको छ । लोपोन्मुख हुन पुगेको दया, धर्म र करुणाको भावना जागेको छ, यो सबैभन्दा सकारात्मक पक्ष हो ।

‘सुखको बिहानीका लागि दु:खको अँध्यारो रातको अस्तित्व स्वीकार्नुपर्छ,’ स्वामी कमलनयनाचार्यले साप्ताहिकसँग भने– ‘निस्पट्ट अँध्यारोलाई आत्मसात् गरिसकेपछि अब हामी सुनौलो बिहानीतर्फ अग्रसर छौं, अब विषमतालाई चिर्दै पुनर्निर्माणमा अग्रसर हुनुपर्छ । सहयोग गर्ने हातहरू बढेका छन्, अतिथि देवो भवको भावनालाई ग्रहण गर्दै ती सहयोगी हातहरूलाई अनुशासित भएर विकासमा अग्रसर गराउनुपर्छ ।’ धैर्य र परोपकारको भावले मात्र समृद्धिलाई पछ्याउन सकिन्छ । राम्रो दिन अवश्य आउँछ, त्यसका लागि हामी आत्मअनुशासित भएर अघि बढ्नुपर्छ, स्वामी कमलनयनाचार्यले थपे– ‘दु:खपछि सुख निश्चित छ, एकदमै दु:ख गरेको मानिस, भोक प्यासमा संघर्ष गरेको मानिसले केही खाद्यान्न पाउँदा त्यसलाई अमृत समान मान्छ, दु:ख र कष्ट भोगेकाले मात्र सुखलाई सही अर्थमा बुझ्छ, समृद्धितर्फ लालायित हामीले गरिबी र पीडाको तल्लो अवस्थालाई भोगेका छौं, त्यसले पाठ सिकाएको छ, त्यसैले अब राम्रा दिनको विकल्प नै छैन ।’

‘विचारको राजनीति नेपालमा धेरै भयो, अब विकासको राजनीतिमा सबै जुट्नुपर्छ, देशले मागेको यही हो,’ डा. योगी विकासानन्द भन्छन्– ‘महाभूकम्प सकियो भनेर हुँदैन, यो क्षेत्रमा कुनै पनि समय भूकम्प फेरि जान सक्छ भन्ने बुझेर मानसिक र भौतिक रूपमा हामी तयार हुन आवश्यक छ ।’

‘यो भूकम्पले पुष्टि गरेको महत्त्वपूर्ण कुरा इन्जिनियरिङका दृष्टिकोणले हामी पूर्णत: असफल रहेछौं भन्ने हो ।’ इन्जिनियर एवं सूचना प्रविधिविज्ञ किशोर पन्थ भन्छन्– ‘चाहे परम्परागत घरको इन्जिनियरिङ होस् वा आधुनिक, हामीले योभन्दा ठूलो भूकम्प पनि सामना गर्नुपर्ने हुनसक्थ्यो, त्यो अवस्थामा हाल चर्किएका संरचना पनि ध्वस्त हुने रहेछन् । त्यसैले इन्जिनियरिङ क्षेत्रका निम्ति नेपालमा आएको विनाशकारी भूकम्प पाठ सिक्ने राम्रो मौका बनेको छ ।’

पन्थका अनुसार नेपाल र नेपालीले आफ्नो अनुहार भूकम्पीय ऐनामा हेर्ने अवसर पाएका छन् तर आत्तिहाल्नुपर्ने अवस्था छैन ।

बलियो संरचना बनाउनुपर्छ, पुराना घर ढलेका छन्, जसलाई नयाँ बनाउनुपर्छ । हामीलाई गतिलो झापड चाहिएकै थियो, मानवीय क्षति भएकामा म दु:खी छु तर अहिले सबैले पाठ सिक्नुपर्ने भएको छ । पन्थ थप्छन्– ‘अब देश बनाउन १० वर्ष लाग्ला तर सचेत भएर राम्रो योजनासहित बनाउन सके अहिलेको भन्दा राम्रो बनाउन सकिन्छ । सरकारले नयाँ ढंगले व्यवस्थित बस्ती बसाउन पहल गरे, सहयोग गर्ने हातहरू तयार छन् ।’ डा. योगी विकासानन्दका अनुसार अहिले नेपालीको मन तरल छ, ठीक त्यही बेला हाम्रा लागि संसार सरल छ, यो नै समृद्धिको मूल आधार हुन सक्छ ।

०००

विकासको आधार चेतना हो, महाभूकम्पपछि नेपालीमा सामूहिक चेतना बढेको छ, डा. अभि सुवेदीका अनुसार नेपालीहरू परिश्रमी छन्, भूकम्पका कारण उनीहरूमा चेतना पनि थपिएको छ । ‘इतिहासमा नेपालीहरू संकट बेहोरेपछि अगाडि बढेका उदाहरण छन् । चाहे त्यो स्वतन्त्र राष्ट्र बन्ने अभियान नै किन नहोस्,’ डा. सुवेदी भन्छन्– हिजोसम्म जे र जो अदृश्य थियो आज दृश्यमा छन् । राष्ट्रिय एकताको भावना विकास भएको छ, यो घटनाले धेरै क्षेत्रमा ढोका खोलेको छ ।’ नेपालीले नेपालीलाई सम्मान गर्न थालेका छन्, भूगोलका हिसाबले पनि तराई, पहाड र हिमाल एक भएको छ, यसलाई सुखद् संकेत मान्नुपर्छ ।

‘भूकम्प आउँदा म एकेडेमीमा थिए, हामी सबै अन्यौलमा थियौं,’ डा. सुवेदीले भने– ‘बाहिरिने क्रममा देखियो, कहाँ–कहाँबाट भेला भएका युवाहरू उद्धारमा सक्रिय थिए, घाइतेहरूलाई अस्पताल पुर्‍याउँदै थिए ।’ अहिले युवाहरू स्वस्फूर्त ढंगले भूकम्पपीडितहरूको राहत र उद्धारमा सक्रिय छन् । कसले के गर्‍यो भन्दा पनि हामीले के गर्‍यौं भन्ने भावनाअनुरूप उनीहरू अहोरात्र खटिरहेका छन् । नेपालको सुन्दर भविष्य कोर्न यिनै युवा पर्याप्त भएको डा. सुवेदी बताउँछन् । डा. सुवेदी भन्छन्– भविष्य तिनै युवाहरूको हो, मलाई खुसीका साथ भन्न मन लाग्छ, भोलिका लागि हामीसँग लाखौंको संख्यामा राम्रा मानिसहरू रहेछन्, त्यसैले सही व्यवस्थापन मात्र भैदिए, राम्रा दिनहरू आउनेछन् ।’ प्राकृतिक विपत्तिपछि सूचना तथा सञ्चार प्रविधिको महत्व झल्कियो, त्यसमा पनि युवाहरू प्रविधिमैत्री भएकाले विपद् व्यवस्थापन गर्न थप सहयोग मिल्यो, वरिष्ठ प्रहरी उपरीक्षक एवं सूचना प्रविधि विज्ञ डा. राजीव सुब्बाका अनुसार यो ठुलो प्रविधिमैत्री संजाललाई विकासको बाटोमा राष्ट्रले अग्रसर गराउनैपर्छ । अब राम्रा दिनहरू आउँछन् भन्ने संकेतलाई युवाहरूको यो सक्रियताले पनि प्रष्ट पार्छ ।

हाम्रो मुलुकले विकासको बाटो पछ्याउन नसक्नुको मुल कारण हो, भ्रष्टाचार । युवादेखि विभिन्न क्षेत्रमा सक्रिय नागरिएक एवं राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासम्मले महाविपत्तिपछि प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा नगर्नुको पछाडि अविश्वास नै मूल कारण थियो । नीति निर्माण तहमा रहेकाहरू नै भ्रष्टाचारी भएकाले किन सहयोग गर्ने भन्ने प्रश्न उठ्यो, जसका कारण आफू पारदर्शी रहने भनेर सहयोगका निम्ति सरकारले याचना नै गर्नुपर्‍यो । अब समृद्ध नेपाल बनाउन भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्नुपर्ने विज्ञहरू बताउँछन् । महाभूकम्पपछि समृद्धितर्फ लागेका अन्य मुलुकले एकद्वार नीति अवलम्बन गरेर पुनर्निर्माणमा सक्रिय भएकाले अब नेपालले पनि त्यही मोडल अपनाउनुपर्ने देखिन्छ । डा सुवेदी भन्छन्– नेताहरूसँग कुनै उपाय नै छैन, सकारात्मक सोच भएका लाखौं जनता एकजुट भएका छन्, यस्तो अवस्थामा नेताले जनमुखी काम गरेनन् भने उनीहरू सकिने निश्चित छ ।’ डा. सुवेदीका अनुसार नीति निर्माण तह र व्यवस्थापकीय नेतृत्वमा रहेकाहरूले बुझे हुन्छ, यो देशका नागरिक अब सचेत भैसकेका छन् उनीहरूलाई चित्त बुझ्दो नीति तय गरेर विकासको सिद्धान्त अवलम्बन गर्नुपर्छ ।

डा. भोला रिजालका अनुसार संसारमा अचानक आइपर्ने विनाशकारी विपत्तिले चेतनाको सञ्चार गराउँछ । ‘जो मिलेर बस्न जान्छ, त्यसको भविष्य उज्वल हुन्छ, हामी अहिले सबै एकजुट भएका छौं, परेको बेलामा सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।’ डा. रिजाल भन्छन्– ‘इन्डोनेसियादेखि दक्षिण कोरियासम्मले विध्वंसपछि नै काँचुली फेरे, हामीले पनि यो कुरा बुझ्न आवश्यक छ । डा. रिजालका अनुसार मुलुक गरिब होइन मानसिकता मात्रै गरिब हो । उन्नतशील, विवेकशील नेपालीसँग विविधतापूर्ण भौगोलिक संरचना छ । राजनीतिक उथलपुथलमा मात्र सीमित भएकाले देशले विकासको गति लिन सकेको छैन, अब नागरिकहरूको उचित सहभागितामा राम्रो र समृद्ध नेपाल बनाउन सकिन्छ । ‘मैले सुनौलो भविष्य देखेको छु, तर दुर्भाग्य हामी सुनको थालीमा भिक्षा मागिरहेका छौं’ डा रिजालले थपे– ‘इच्छाशक्ति हुने हो भने हामी आफ्नो देश आफैं बनाउन सक्छौं ।’



विकासका लागि के गर्ने ?

भूकम्पले आहत बनेको गुजरातको भुज सहर कसरी पुनर्निर्माण भयो भन्ने उदाहरणबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । तत्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले भूकम्पका कारण जर्जर बनेको कच्छ क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर समग्र गुजरातको विकास अभियानको नेतृत्व गरे, जसलाई अहिले उदाहरणीय गुजरात मोडल भनिन्छ । भूकम्प प्रभावित भुजमा अहिले व्यवस्थित सहर बसेको छ । जहाँ ठूला–ठूला औद्योगिक कलकारखाना निर्माण गरिएका छन्, जसले गर्दा कुनै बेला भूकम्पले त्यो ठाउँलाई ध्वस्त बनाएको थियो भन्ने विश्वास लाग्दैन ।

डा. रिजालका अनुसार सहभागितामूलक विकास कार्यक्रमलाई अब युद्धस्तरमा अगाडि बढाउने सही नेतृत्व हामीलाई चाहिएको छ । डा. बाबुराम भट्टराई र रामचन्द्र पौडेलजस्ता नेताले आफ्नो लेखमा उल्लेख गरेजस्तै समृद्ध नेपाल बनाउनका निम्ति सबै नेता प्रतिबद्धतासहित जुट्नुपर्ने डा. योगी विकासानन्द बताउँछन् । ‘अब हामी दूरदर्शी भएर अगाडि बढ्नुपर्छ,’ डा. रिजाल भन्छन्– ‘उपयोग हुन नसकेका साधन र स्रोतलाई हामीले प्रयोगमा ल्याएर अघि बढ्नुपर्छ । हामी अपार सम्पत्तिको मालिक भएर पनि गरिब छौं तर हामीलाई नै दोहन गरेर कतिपय मुलुक धनी भएका छन् भन्ने बुझ्ने नेतृत्व चाहिएको छ ।’



चिलीको उदाहरण

चिलीमा सन् १९६० मा ९ दशमलव ५ रेक्टरस्केलको महाभूकम्प ९ मिनेटसम्म आयो । त्यसले ६ हजारभन्दा बढी मानिसको ज्यान लियो । लाखौं घरवारविहीन बन्न पुगे । भूकम्पीय दृष्टिकोणले अति प्रभावित क्षेत्र मानिएको चिलीले सन् २०१० मा फेरि ८ दशमलव ८ रेक्टरस्केलको महाभूकम्प भोग्नुपर्‍यो । सुनामी आयो, तर करिब ५ सयको मात्र ज्यान गयो । २०७० चैत १९ मा चिलीले फेरि ८ दशमलव २ रेक्टरस्केलको सुनामीसहितको भूकम्पको सामना गर्‍यो, जसमा ५ जनाले मात्र ज्यान गुमाए । तीमध्ये पनि ४ जनाको ह्दयाघातका कारण मृत्यु भएको थियो । त्यसबेला त्यहाँ ८ दशमलव २ रेक्टरस्केलको भूकम्प आएको पर्सिपल्ट ७ दशमलव ७ रेक्टरस्केलको पराकम्पन पनि आएको थियो । चिलीको यो विवरणले के देखाउँछ भने, महाभूकम्पको पटक–पटकको आक्रमणलाई चिलीका जनताले आफ्नो अनुकूल बनाएका छन् । महाभूकम्पपछि सचेत बनेर उनीहरूले तय गरेको यात्राले अहिले जस्तोसुकै भूकम्प आउँदा पनि उनीहरू त्यसलाई सहज रूपमा सामना गर्न सक्ने भएका छन् । डा. योगी विकासानन्द भन्छन्– ‘हामीले चिलीको उदाहरणलाई बुझे मात्र पनि पुग्छ । नेपालमा अब महाभूकम्प आउँदैन भन्ने छैन, भूकम्पीय दृष्टिकोणले हामी अति प्रभावित क्षेत्रमै छौं, तर चिलीलाई हेर्दा भूकम्पले मानिस मर्ने होइन रहेछ भन्ने बुझ्न सकिन्छ, मर्ने भनेको हाम्रै हेलचेक्र्याइँका कारण हो ।’

डा. अभि सुवेदीका अनुसार अहिलेको भूकम्पले सबैमा चेतना जागृत गराएको छ । चिली मात्र होइन, महाभूकम्पकै कारण क्षतविक्षत बनेका जापान, इन्डोनेसिया, गुजरातले त्यसपछि कसरी समृद्धिको बाटो समाते भन्ने उदाहरणको थुप्रैले चर्चा गरिरहेका छन् । कुशल व्यवस्थापन गर्न नसक्दा महाभूकम्पकै कारण हाइटी झनै गरिबीतर्फ धकेलिएको उदाहरण पनि हाम्रा सामु छ । त्यसैले अब नेपालले जापान, चिली, इन्डोनेसिया, गुजरातझैं समृद्धिको बाटो रोज्ने कि हाइटीको दुर्दशा भोग्ने, निर्णय लिने बेला आएको छ ।



अब सम्भव छ, स्मार्ट सिटी र इको भिलेज

डा. योगी विकासानन्द ध्वस्त काठमाडौं, भक्तपुर, ललितपुर र अन्य सहरहरूलाई स्मार्ट सिटीमा रूपान्तरण गर्ने सुअवसर आएको बताउँछन् । नयाँ एवं कडा आवास नीति बनाएर मात्र पनि पुग्दैन, समृद्धिलाई चुम्न स्मार्ट सिटीको अवधारणामा जानैपर्छ । अब बन्ने नेपालको खाका कोर्दा खुला ह्दय बनाएर सहयोग गर्न चाहने विदेशी मित्रहरूलाई ठोस योजनासहितको कार्यसम्पादनका निम्ति अपिल गरिनुपर्छ । पछिल्लो समयमा चीन, जापान, बेलायत, भारतजस्ता मुलुक नेपालले दिने सही योजनामा लगानी गर्न इच्छुक भएको बताइरहेकै छन् । ‘यो सहर बनाउने सुवर्ण अवसर नै हो,’ डा. योगी विकासानन्द भन्छन्– ‘जो कोही नेपाली अहिले सरकारको आकर्षक योजना मान्न तयार हुनेछन् । यस्तै ग्रामीण क्षेत्रलाई इको भिलेज बनाउने र व्यवस्थित बसोबासमा लैजाने योजना पनि साकार गर्न सकिन्छ ।’ स्वामी कमलनयनाचार्यका अनुसार यो समय आफ्ना असल विदेशी मित्र को रहेछन् भन्ने चिन्ने अवसर पनि हो । त्यसकारण सचेत भएर सहयोगका निम्ति अपिल गर्ने हो, प्रस्ट योजना दिने हो ।

ग्रामीण क्षेत्रमा व्यवस्थित बसोबास गराउने उद्देश्यसहित निजी क्षेत्रबाट हजारौं घर निर्माण गर्ने आकर्षक प्रस्ताव आएका छन् । तिनलाई पनि सही आवास र बस्ती नीति बनाएर लागू गर्न अब सरकार अग्रसर हुनैपर्छ । भुइँचालो समस्या होइन, समस्या डर र घरमा छ, डा. योगी विकासानन्दका अनुसार सही स्थानमा बनेका बलियो संरचना नै भूकम्प, पहिरो र बाढीबाट बचाउने आधार हुन् ।

 copy by साप्ताहिक 

कस्तो घर बनाउने ?



दुई पटकको विनाशकारी भूकम्पले नेपालका करिब ३२ जिल्लामा व्यापक जनधनको क्षति भएको छ भने करिब ५ लाख घरमा क्षति पुगेको छ । विशेषत: १२ वटा जिल्लाका विभिन्न बस्तीमा अझै पनि पर्याप्त त्रिपाल पुग्न सकेको छैन । घरमा क्षति पुग्नु, निरन्तर पराकम्पन आइरहनु तथा वर्षा आदिका कारणले जनजीवन थप कष्टकर भएको छ ।

यस्तो बेलामा तत्काल स्थायी पक्की घर बनाउन सम्भव पनि हुँदैन । यसका लागि लामो समय लाग्नुको साथै धेरै खर्च गर्नुपर्ने हुन्छ । पाल पनि धेरै समय टिक्दैन । त्यसैले सबैको ध्यान अस्थायी टहरो/कटेरो/घर निर्माणतर्फ केन्द्रित छ ।

अहिले गाउँतिर विशेषत: बाँस, काठ, त्रिपाल आदिको प्रयोग गरी टहराहरू बनाउने क्रम जारी छ । यस्ता अस्थायी/स्थायी टहरा तथा घर बनाउने विभिन्न विकल्पहरू छन् । त्यसमध्ये सरल र छरितो एउटा विकल्प हो ‘टनेल घर’ । एकै दिनमा बनाउने सकिने यो घर अहिले पुल्चोक इन्जिनियरिङका विद्यार्थीहरूले विभिन्न ठाउँमा बनाइरहेका छन् । छिटो, छरितो र सस्तो मूल्यमा बनाउन सकिने भएकाले पनि यो एउटा उत्तम विकल्प हुनसक्छ । यस्तो घर बनाउन इँटा, काठ, ढुंगा, माटो र जस्तापाता प्रयोग गरिन्छ ।

यस्तो घर इजरायल, पाकिस्तान आदि मुलुकमा प्रचलित छ । विद्यार्थीहरूका अनुसार गर्मीयाममा जस्ताबाट आउने तातो छल्न जस्तामाथि खर घाँस अथवा छ्वालीको प्रयोग गर्न सकिन्छ । परिवारको सदस्य संख्याअनुसार घरको आकार बढाउन सकिन्छ । सोहीअनुसार लागतमा केही तलमाथि हुन् सक्ने भए पनि न्यूनतम १५ हजारको हाराहारीमा यस्तो घर तयार गर्न सकिने विद्यार्थीहरू बताउँछन् ।

यसरी बनाइएको घरको एकातिर एउटा ढोका हुन्छ भने अर्कातिर दुईवटा झ्याल हुन्छन् । कम्प्युटर एसोसिएसन नेपाल महासंघले पनि यस्ता घर विभिन्न जिल्लामा बनाउने बताएको छ । तत्काललाई १० वटा र पछि १ सयवटा यस्ता घर निर्माण गरिने क्यानका अध्यक्ष विनोद ढकालले बताए । त्यस्तै अर्काे विकल्प बाँसको घर हो । गाउँघरतिर बाँस पर्याप्त उपलब्ध हुने भएकाले सस्तो मूल्यमै चिटिक्क परेका घर बनाउन सकिन्छ । स्थानीय स्रोतसाधनको प्रयोग गरी यस्ता घरहरू निर्माण गर्न सकिन्छ । ताइवानी प्रविधिमा निर्माण हुने यस्ता घर तुलनात्मक रूपमा कम खर्चिला हुन्छन् ।

यस्तो घरमा ७ दशमलव ५ रेक्टरको भूकम्प प्रतिरोध क्षमता हुन्छ । ३५ वर्षभन्दा बढी आयु भएका यस्ता घर न्यूनतम डेढलाख रुपैयाँमै निर्माण गर्न सकिन्छ । घरको आकार र सुविधाअनुसार लागत तल–माथि हुन सक्छ । डिजाइन आकर्षक हुने भएकाले चिटिक्क देखिनुका साथै प्राकृतिक भएकाले यस्ता घर जाडो र गर्मी दुवै मौसमका लागि उत्तिकै उपयुक्त मानिन्छन् । यस्तो घर बनाउन कम्तीमा २० देखि ३० दिन लाग्न सक्छ । छानामा टिन प्रयोग गरिएका यस्ता घरका भित्ता सिमेन्टले प्लास्टर गरिन्छ । हिमालयन ब्याम्वोले अहिले यस्ता घर निर्माणको काम गरिरहेको छ ।

अर्काे विकल्प हो प्रिफेबको घर । तुलना रूपमा यसको लागत अलि बढी छ । २ शयन कक्ष, एउटा भान्सासहितको यस्तो घर बनाउन न्यूनतम ८ देखि १० लाख रुपैयाँ लाग्छ । यस्तो घर बनाउन कम्तीमा पनि एक महिना लाग्न सक्छ । अहिले नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सनलगायतका केही कम्पनीले यस्तो घर बनाउँदै आएका छन् ।

रामजी बलामी



भूकम्प र सामाजिक सञ्जाल

वैशाख १२, १३ तथा २९ गते आएका विनाशकारी भूकम्पपश्चात् ती भूकम्पका बारेमा जान्न चाहनेहरूले सामाजिक सञ्जालको पनि पर्याप्त उपयोग गरे । लगभग प्रत्येक दिन आइरहने स–साना झट्का तथा फेरि ठूलै भूकम्प जान सक्ने सम्भावनासमेत सबैले व्यक्त गर्ने भएकाले पनि आफ्ना विभिन्न विचार यस्ता सञ्जालहरूमा राख्ने क्रम बढ्यो । कतिपय अनलाइन मिडियाले गलत र भ्रमपूर्ण प्रचारसमेत गरेको पाइयो ।

सामाजिक सञ्जालको प्रयोग गर्ने नेपालीहरू पनि प्रशस्तै छन् । यो समयमा विशेष गरी फेसबुकको प्रयोग गर्नेहरूले भूकम्पको चर्चा प्रशस्तै गरे । विदेशमा बसेका नेपालीहरूले पनि आफ्नो परिवार र समग्र देशको अवस्था जान्नका लागि यसको पर्याप्त उपयोग गरे । यो समयमा भूकम्प र त्यसपश्चात् गरिएका उद्धारका बारेमा जानकारी दिनका लागि केही सरकारी संयन्त्रले समेत आफ्नो आधिकारिक ट्विटर एकाउन्ट खोले । नेपाल प्रहरी तथा अन्य सरकारी कार्यालयले त सामाजिक सञ्जालमार्फत अभियान नै चलाए ।

प्रत्येक पटक भूकम्प आएपछि कति परिमाणको आयो भनी चर्चा हुनु स्वाभाविक हो । यसका लागि विभिन्न एप्सको प्रयोग गरियो । अर्थक्वेक एलर्ट तथा अन्य एप्सको प्रयोग गरी तुरुन्तै जानकारी लिन सम्भव भयो । यद्यपि भूकम्पका बारेमा आधिकारिक जानकारी दिने नेपालकै एप्स भने थिएन । यसका लागि खानी तथा भूगर्भ विभागले आफ्नो आधिकारिक एप्सका रूपमा नेपाल अर्थक्वेक अपडेटको विकास गर्‍यो ।

भूकम्पका बारेमा जानकारी लिनका लागि नेपालको आधिकारिक वेबसाइटका रूपमा सिस्मोग्राफ डट जिओभी डट एनपीको प्रयोग गरियो । त्यसैगरी अमेरिकी जियोलोजिकल सर्भेको वेबसाइट पनि आधिकारिक रूपमा प्रयोग गरियो । यी दुईले मापन गरेका भूकम्पका नाप भने फरक फरक देखिए । वैशाख १२ गतेको भूकम्पलाई राष्ट्रिय भूकम्प मापन केन्द्रले ७ दशमलव ६ र वैशाख २९ को भूकम्पलाई ६ दशमलव ८ रेक्टरस्केल भन्यो भने यूएसजीएसले यसलाई क्रमश: ७ दशमलव ८ र ७ दशमलव ४ रेक्टर स्केल भन्यो । यद्यपि नेपालको भौगोलिक स्थिति नजिक भएकाले नेपालले मापन गरेको स्केल नै सही भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी दाबी गर्छन् । भूकम्पको केन्द्रबिन्दु नजिक हुँदा तरंगहरू ५५ किलोमिटरसम्मको क्रस्टबाट हिँड्छन् । त्यही केन्द्रबिन्दुबाट मापन स्टेसनसम्मको तरंगका आधारमा त्यसलाई नापिन्छ । नेपालमा भन्दा अमेरिकाबाट मापन गरेको नापमा फरक पर्नुको कारण यही हो । त्यसैले आफूहरूको मापन सही भएको अधिकारी बताउँछन् ।

भूकम्पपश्चात् उद्धार राहतका क्रममा नेपाली युवाहरूले उल्लेख्य रूपमा कार्य गरे । आफूले गरेका सहयोग कार्यलाई सामाजिक सञ्जालमा पोस्ट गरेर प्रचारमुखी कार्य गरेको आरोप पनि धेरैलाई लागेको छ । कामै नगर्नुभन्दा काम गरेर प्रचार गर्नुलाई पनि राम्रै मान्न सकिने धेरैको

धारणा रह्यो ।

ट्विटरमा भूकम्प जानकारी

भूकम्पका बारेमा जानकारी लिनका लागि अहिले धेरै साइट उपलब्ध छन्, तर पनि भरपर्दो र आधिकारिक साइट कसलाई मान्ने भन्ने धेरैले समस्या अनुभव गरेका छन् । यो अवस्थामा अहिले नेपालका विभिन्न सरकारी निकायले आफ्ना आधिकारिक ट्विटर एकाउन्ट खोलेका छन् । यी एकाउन्टलाई फलो गर्दा भूकम्पका बारेमा आधिकारिक जानकारी प्राप्त गर्न सकिन्छ । यस्ता केही महत्त्वपूर्ण ट्विटर एकाउन्टहरू :

Prime Minister Relief Fund

@ Nepal_PM_Fund

National Emergency Operation

Centre @NEoCOfficial

Nepal Police @NepalPoliceHQ

Armed Police Force @nepalapf

Nepal Army @nepalarmy94

Earthquake Relief Portal

@ NITC_EQ_PORTAL

FNCCI Operation Relief

@ OperationRelief

Kathmandu Living Labs

@ KTMLivingLabs

Nepal Rises @nepalrises

Rapid Response Team

@ RRTnepal

Bibeksheel Nepali @bibeksheelnp

Ministry of Foreign Affairs

@ MofaNepal



भूकम्पसम्बन्धी नेपाली एप्स


खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले ‘नेपाल अर्थक्वेक अपडेट’ नामक एप्सको निर्माण गरेको छ । यसका बारेमा जानकारी राख्न चाहनेहरूका लागि केन्द्रले उक्त एप्सको विकास गरेको हो । भूकम्पसम्बन्धी अन्य एप्सहरू प्रशस्तै भए पनि नेपालका लागि यो आधिकारिक एप्स हो । यसले प्रत्येक दिन, महिना र वर्षभरी आएका सबै भूकम्पका वारेमा पछिल्लो जानकारी उपलब्ध गराउँछ । यसले भूकम्प गएको समय र यसको केन्द्र तथा म्याग्निच्युडसम्बन्धी जानकारी दिन्छ । यो बाहेक भूकम्पका बारेमा फोनबाट जानकारी राख्न चाहनेहरूका लागि समेत केन्द्रले नै टोल फ्री नम्बरको पनि व्यवस्था गरेको छ । टोल फ्री नम्बर १६१८०१४४१०१४१ मा कल गर्दा भूकम्पका बारेमा आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ ।

बिपत्तिको सूचना मोबाइलमा

नेपाल टेलिकम र नेपाल रेडक्रस सोसाइटीबीच प्राकृतिक विपत् पूर्वतयारी तथा न्यूनीकरणका लागि आवश्यक प्रणाली जडान तथा सञ्चालन गर्ने सम्झौता भएको छ ।

सम्झौताअन्तर्गत नेपाल टेलिकमले इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेडक्रिसेन्ट सोसाइटिज (आइएफआरसी) को सहयोगमा ट्रायोलोजी इमर्जेन्सी रिलिफ एप्लिकेसन (टिइआरए) जडान गरेको छ । उक्त सिस्टमले प्राकृतिक विपत्तिको सम्भावना भएका वा विपत्तिमा परेका नेपाल टेलिकमका उपभोक्ताको मोबाइल फोनमा आवश्यक जानकारीसहितको एसएमएस निरन्तर रूपमा पठाउनेछ । दैवीप्रकोपसँग सम्बन्धित सूचना गृह मन्त्रालय तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा तयार गरी विपत्ति हुनुअगावै, विपत्तिको समयमा र विपत्तिपश्चात् पठाइनेछ । प्रारम्भमा यो प्रणाली कोसी नदी किनाराका बासिन्दा तथा भूकम्पपीडित गरी ११ लाख जनसंख्यालाई जानकारी उपलब्ध गराउनका लागि छिट्टै प्रयोगमा ल्याउन लागिएको छ ।

 copy by साप्ताहिक

भय र आतंककाबीच बसेर सोच्दा जीवन के हो भन्ने लाग्यो ..... ?



भय र आतंकका बीच बसेर सोच्दा मैले जीवनलाई तीन तरिकाले पर्गेल्ने मौका पाए । पहिलो, आफ्नो जीवन आफ्नै जस्तो लाग्नु सुन्दर भ्रममात्र रहेछ, खासमा यो अर्कैको अधिनमा रहेछ । दोस्रो, मृत्यु–यात्रा भनेको पढ्ने, सिक्ने र जान्ने विषयवस्तु होइन, स्वयंले अन्तरात्मादेखि अनुभव गर्ने नितान्त निजी र अद्भुत अनुभूति रहेछ । तेस्रो, आशंका र आतंकका बीचमा पनि आनन्द खोज्न अभिशप्त हुनु नै जीवन रहेछ ।

एस्पी कोइराला, सर्जक/पूर्वअर्थमन्त्री

जीवन केही पनि होइन रहेछ, ३० सेकेन्डमा चट हुँदो रहेछ । हाम्रो जीवन हावा भरिएको बेलुन रहेछ ।

जितु नेपाल, हास्यकलाकार

सबैलाई थाहा छ, जीवन अमुल्य छ, क्षणिक छ, त्यसैले रिस, डाहा, तनावजस्ता अवगुणबाट मुक्त भएर बाँच्नुपर्छ तर मानिस त्यही गोलचक्करमा फसेको छ । भय र आतंकका बीच मृत्युलाई नजिकबाट नियाल्दा मानिस त्यही तथ्यसँग जोडिन पुग्छ ।

समा थापा, समाचारवाचिका

जीवन एक भोगाइ हो, जसलाई जस्तोसुकै परिस्थितिमा पनि भोग्नैपर्छ, यो महाभूकम्पमा प्रत्यक्ष चोट नलागे पनि जीवन भोग्न निकै कष्टकर भएको छ यसको उपचार सायद समयले नै गर्नेछ । समय बित्दै जाँदा चोटहरूमा पनि खाटा लाग्दै जाला भन्ने आशा गरौं ।

मिथिला शर्मा, नायिका

म अहिले सोच्दैछु, सही अर्थमा जीवन के रहेछ भनेर । छिमेकिको महत्व, एकअर्काको साथ र सहयोगको कति महत्व हुने रहेछ भन्ने थाहा भयो ।

गिरिश खतिवडा, र्‍यापर/सञ्चारकर्मी

वास्तवमा जीवन र मृत्यु दुवै अत्यन्त नजिक छन् । जुनसुकै बेला जसको पनि जित हुनसक्छ । यत्रो विपत्तिबाट उम्कन सफल धेरैले अहिलेसम्म मृत्युलाई नै जितिरहेका छौं तर बचेको जीवनसँगै भय र आतंकले पनि सँगसँगै पछ्याइरहेको छ । यसलाई जितेर अगाडि बढ्नु आवश्यक छ । नेपाल आमाको मुहार हँसाउनका लागि अहिले त्यस्तै विजेताहरूको आवश्यकता छ ।

सुवास कार्की, बेलासे

जीवन त ऐना रहेछ भन्ने लाग्यो । ऐनाझैं यो कतिबेला फुट्छ थाहा हुँदैन रहेछ । त्यही भएर एकअर्कालाई माया, सद्भाव प्रदान गर्दै सफा मन लिएर बाँच्नुपर्छ ।

नम्रता सापकोटा, नायिका

मलाई त जीवन पानीको फोका हो जस्तो लाग्यो, जतिबेला पनि फुट्न सक्छ ।

सागर लम्साल ‘बले’, कलाकार

पहिला त जीवन यत्ति नै रहेछ, अब मरिन्छ भन्ने लागेको थियो तर बाँचेपछि चाहिँ जीवन नयाँ–नयाँ कुरा भोग्ने अनुभवको सँगालो रहेछ भन्ने लागेको छ ।

जानकी तारामी मगर, गायिका

जीवन उत्तर नै दिन नसकिने परीक्षाको प्रश्न जस्तो पो लाग्यो । न त आफूसँग यसको उत्तर छ, न त चिटिङ गर्नलाई अन्य परीक्षार्थीको उत्तरपुस्तिकामा आँखा पुर्‍याउन सकिन्छ । खै के हो यो कठिन जीवनको परिभाषा ?

सुलोचना थिङ, निर्देशक

जीवन सुख र दु:खको सम्मिश्रण हो । दुवै पललाई हामीले मिलाएर लैजान सक्नुपर्छ । भय र त्रास हाम्रो जीवनमा कुनै पनि पल आउन सक्छ, जुन अहिले हामी नेपालीले भोगिरहेका छौं । जीवनमा अझै धेरै काम गर्नु छ, महाभूकम्पका कारण यत्तिकै सकिन्छ कि क्या हो जस्तो महसुस भएको अवस्था थियो ।

फुर्वा शेर्पा, निर्देशक

जीवन शून्य रहेछ, कहाँ कतिखेर के हुन्छ केही थाहा नहुने, अहिले हामी जीवन र मृत्युबीचको पुलमा छौं ।

भोलाराज सापकोटा, रंगकर्मी

मैले सोचे, मेरो जिन्दगी यति नै रहेछ, मृत्युलाई नजिकबाट देखेको महसुस भयो । कोही रोइरहेका थिए, कोही कराइरहेका थिए । एकदिन सबै जनाले मर्नु छ, तर मृत्युदेखि मान्छे कति डराउने रहेछ भन्ने कुरा देख्न र भोग्न पाइयो । बल्ल ‘सेकेन्ड’ को महत्व बुझियो । ५३ सेकेन्डको भुइाचालोले ८ हजारभन्दा बढीको ज्यान लियो ।

शंकर बीसी, नायक/निर्देशक

मृत्युको मुखमा पुग्दा पनि मानिस बाँच्नका लागि अन्तिम संघर्ष गर्दो रहेछ । अहिले म र बाँच्न सफल भएका सबैको अनुभूति यस्तै छ ।

आशिष प्रसाईं, इभेन्ट म्यानेजर

प्रत्यक्ष रूपमा जीवनको कठिन मोडको अनुभव हासिल गर्न सकियो । जुन बिल्कुलै नयाँ अनुभव थियो । यो पृथक अनुभव कष्टकर थियो ।

योगेन्द्र श्रेष्ठ, द्वन्द्व निर्देशक

प्राकृतिक विपत्तिको बेला धनि, गरिब, ठूलो, सानो सबै एकै समान हुने रहेछन् । आखिर जीवन कसैको हातमा रहेनछ, साथै मानिसको ज्यानभन्दा अरू कुनै कुरा ठूलो नहुने रहेछ । यो अनुभव हासिल गरियो ।

कपिलमणि दीक्षित, आर्टिस्ट

साँच्चै नै २ दिनको घामछायाँ रहेछ, जीवन । तसर्थ यो जीवनलाई बाँचेसम्म यो जगतको हितको काममा समर्पित गर्नुपर्छ । किनभने काल आज आउने हो कि भोलि थाहै हुन्न रहेछ ।

तेन्जिङ शेर्पा, इभेन्ट म्यानेजर

जीवन एउटा संयोग मात्र रहेछ, जसको न त सुरुवात न अन्त्य नै हाम्रो हातमा छ । संकटको समयमा मानिस बाँच्नका निम्ति कठोर संघर्ष गर्दो रहेछ ।

लक्ष्मी बस्नेत, मोडल

साहसी मान्छेहरू जीवनका उकाली ओरालीहरूमा आउने थुप्रै भुइँचालो निर्धक्कसँग पार गर्छन्, आत्तिँदैनन्, हतासिँदैनन् ††† तैपनि यो भूकम्पको भय र आतंकको बीचमा बसेर सोच्दा जीवन भगवानकै देन हो, उनले दिएको शरीर जतिबेला लान सक्छन् भन्ने लाग्यो †††

मेनुका थापा, अधिकारकर्मी

अहिलेको संकटग्रस्त र सकसपूर्ण दिनहरूमा मैले आफूलाई व्यस्त बनाउनुपर्छ भन्ने ठाने, जसलाई सहयोगको खाँचो छ, उसलाई सक्नेसम्मको सहयोग गरे । जीवनको कठिन मोडमा भय र आतंकका बीच कसरी बाँच्नुपर्छ भन्ने मानिसहरूलाई यो घटनाले पाठ सिकाएको छ ।

निर्णय श्रेष्ठ, र्‍यापर/समाजसेवी

यो अवस्थामा बसेर सोच्दा जीवन भनेको एकछिनमा उड्ने धुवा जस्तो लाग्यो । आखिर के रहेछ र हामी मानिसको हातमा ? हाम्रो घर हाम्रो जीवन र हामी–हामी भन्थ्यौं, तर निमेष भरमा हाम्रो केही नरहने स्थिति आउने रहेछ । अहिले ‘को राजा को भिखारी’ सबै को अस्तित्व एकै रहेछ भन्ने लाग्यो ।

सविना कार्की, गायिका

भय र आतकंको बेला सोच्न पनि नसकिने अवस्था हुँदो रहेछ । कति बेला के हुने हो भनेर मात्र दिमागमा कुरा खेल्ने रहेछ । अहिले त मस्तिष्क नै खाली छ, जसरी भए पनि बाँच्ने प्रयासमा छौं हामी सबै ।

सिम्पल खनाल, नायिका

भय र आतंकको बीचमा बसेर सोच्दा जीवन भन्ने कुरा १ मिनेटमा तहस नहस हुने रहेछ भन्ने बुझें । १ मिनेटको त्यो त्रासदीपूर्ण अवस्थाबाट हामीले नयाँ जीवन प्राप्त गर्न सक्यौं । सानो गल्तीले जीवन समाप्त हुने रहेछ भने सावधानीले जीवन बचाउन सकिने रहेछ ।

वसन्त सापकोटा, संगीतकार

जीवनको सार्थक यात्रा आत्मबोध तर्फकै आन्तरिक यात्रा रहेछ, जुन हाम्रै भौतिक शरीरबाटै सुरु हुन्छ तर अन्त्य अनन्त छ । यसकारण भौतिक सम्पतिमा गरिने लोभलाई मैले अप्राकृतिक महसुस गरेँ ।

शान्तिम कोइराला, गायक

मैले न भय न त आतंक नै महसुस गरे । मानव जातिले जब प्रकृतिको विरुद्ध गएर काम गर्छन् तब यि सबै कुरा हुनु त स्वाभाविक नै हो ।

निशा शर्मा, अभिनेत्री

जीवन उधारो रहेछ, जीवन अर्काकै रहेछ, हामी डेरावाल मात्र रहेछौं । धेरै सपना देखेर सपना पाउन दौडिने मुर्ख रहेछौं हामी । जीवन नितान्त शून्य रहेछ । हाम्रो मृत्यु निश्चित छ । भय र आतकंमा मैले जीवनलाई यसरी नै बुझें ।

निरु खड्का, अभिनेत्री

प्राकृतिक विपत्तिको औषधि भनेकै माया–सद्भाव र सहयोग हो भन्ने लाग्यो ।

सुवास रेग्मी, संगीतकर्मी

जीवन त कर्कलाको पानी रहेछ । त्यसैले कसैले पनि दु:खमा आत्तिने र सुखमा मात्तिने गर्नुहुँदैन् । सक्दो एकअर्कालाई सक्ने सहयोग गरौं । सकारात्मक भाव बोकी अघि बढौं ।

सीमा संग्रौला, गायिका

आतंकले नै भयलाई सिर्जना गर्छ, जसले गर्दा मानिसको मन र मस्तिष्कमा विभिन्न किसिमका कुराहरू खेल्न थाल्छन् । आफ्नो अमूल्य जीवनलाई कसरी संरक्षण गर्ने ? म र सबैले महसुस गरेको कुरा यही नै हो ।

पूजा गुरुङ, गायिका

हर्ट बिटको स्पिड कन्ट्रोल नभएको अवस्था छ । बाहिर पालमा बसौं, लामखुट्टेको बिगबिगी अनि घरभित्र गयो मनभित्र भूकम्पको बिगबिगी । बाँच्न निक्कै संघर्ष गर्नुपरेको छ ।

कमल श्रेष्ठ, ग्लामर फोटोग्राफर

जीवन बाँच्न पाउनु नै ठूलो कुरा रहेछ, तेरो मेरो भनेर स्वार्थ राख्नु बेकार रहेछ र मान्छेको आत्मबल, उदार मनले मात्र ऊ धनी हो कि गरिब भनेर छुट्याउने रहेछ जस्तो लाग्यो ।

मीना न्यौपाने, सौन्दर्यविज्ञ

मेरो अनुभवमा जीन्दगी दुई दिनको चोला रहेछ । आज हो कि भोलि, अहिलेको भय र आतंकबीचको जिन्दगी त संघर्ष नै रहेछ ।

भीम लिम्बू, गायक

एक किसिमले सोच्दा जीवन केही होइन रहेछ । जताततै शून्यजस्तो लाग्छ, बाँच्नका लागि मात्रै हामी यात्रारत रहेछौं । तर अर्को किसिमले सोच्दा हामी सबैले हातेमालो गरी सबै एक भएर हिँड्नुपर्ने रहेछ ।

प्रसन्न पौडेल, निर्देशक

हामी सबै प्रकृतिको दास रहेछौं । प्रकृतिलाई उछिन्न सक्छु भनेर घमन्ड गर्नु बेकार रहेछ ।

बद्री पंगेनी, लोक गायक

मेरो जीवन मेरा लागि होइन रहेछ भन्ने अनुभूति गरें ।

वसन्त भट्ट, कलाकार

यस्तो दिन देख्छु भन्ने सोच्नु त के कल्पनासम्म गरेको थिइन् । म आमनेपाली नागरिकलाई अनुरोध गर्छु, नअत्तालिनुस्, समयसँगै सबै कुरा ठीक हुन्छ ।

ममता प्रधान, नायिका

सार्थक जीवन एउटा साहसिक यात्रा हो र साहसिक जीवन बाँच्ने नैसही गन्तव्यमा पुग्छ भन्ने महसुस गरेकी छु ।

अदीति बुढाथोकी, मोडल

जीवन त केही होइन रहेछ, मानिस व्यर्थै लोभ ईश्र्या र घमण्ड गर्दो रहेछ, भन्ने चेतना भयो ।

भीषण मुकारुङ, गायक   

 copy by साप्ताहिक

पहिरोले थुनिएपछि यस्तो छ कालीगण्डकी (फोटो फिचर)

copy by annapurnapostफोटो :पहिरोले थुनिएपछि कालीगण्डकीको पानी पुरै सुकेको छ । तस्बिर : गोपाल छन्त्याल
म्याग्दी : म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले थुनिएपछि कालीगण्डकी सुकेको छ ।
 
राम्चे–९ काफलडाँडा नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बैंसेरीमा कालीगण्डकी नदी थुनिएपछि त्यहाँ भन्दा तल्ला भेगमा कालीगण्डकी सुकेको हो । 
राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिए । रातको समयमा निरन्तर पहिरो खसिरहेको थियो । पहिरो झरेको स्थानभन्दा माथिा ठुलो ताल बनेको छ । बैंसरी र फेदीका २६ घर पुरै पुरिएको छ ।
 
अहिले कालीगण्डकीमा म्याग्दीको बेनीबाट मिसिने राहुगंगा खोलाको पानीमात्रै बगिरहेको छ । पहिरोले बनेको बाँध खुलाउन काठमाडौंबाट नेपाली सेनाका विशेषज्ञ टोली हेलिकोप्टरबाट घटनास्थलतर्फ जाँदैछ । 



बेनीमा कालीगण्डकी नदी । यहाँ राहुगंगा नदीको पानीमात्र बगिरहेको छ । तस्बिर : विष्णु शर्माको ट्वीबाट