copy by annapurnapost
फोटो :पहिरोले थुनिएपछि कालीगण्डकीको पानी पुरै सुकेको छ । तस्बिर : गोपाल छन्त्याल
फोटो :पहिरोले थुनिएपछि कालीगण्डकीको पानी पुरै सुकेको छ । तस्बिर : गोपाल छन्त्याल
म्याग्दी : म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले थुनिएपछि कालीगण्डकी सुकेको छ ।
राम्चे–९ काफलडाँडा नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले
भगवती–२ स्थित बैंसेरीमा कालीगण्डकी नदी थुनिएपछि त्यहाँ भन्दा तल्ला भेगमा
कालीगण्डकी सुकेको हो ।

राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी
नायब उपरीक्षक हिरा गिरीले जानकारी दिए । रातको समयमा निरन्तर पहिरो
खसिरहेको थियो । पहिरो झरेको स्थानभन्दा माथिा ठुलो ताल बनेको छ । बैंसरी र
फेदीका २६ घर पुरै पुरिएको छ ।
अहिले कालीगण्डकीमा म्याग्दीको बेनीबाट मिसिने राहुगंगा खोलाको पानीमात्रै
बगिरहेको छ । पहिरोले बनेको बाँध खुलाउन काठमाडौंबाट नेपाली सेनाका
विशेषज्ञ टोली हेलिकोप्टरबाट घटनास्थलतर्फ जाँदैछ ।


बेनीमा कालीगण्डकी नदी । यहाँ राहुगंगा नदीको पानीमात्र बगिरहेको छ । तस्बिर : विष्णु शर्माको ट्वीबाट



No comments:
Post a Comment