BDC : सामाजिक सञ्जलाहरु फेसबुक र ट्विटरमा धेरै समय बिताउने युवा र किशोरहरुमा उनका अन्य साथीहरुको तुलनामा धेरै निद्रासम्बन्धी समस्या उत्पन्न हुन सक्ने देखिएको छ।
फेसबुक र अन्य सामाजिक सञ्जाल चलाउने युवा र किशोरहरुभन्दा बाहिरी खेलकूदको गतिविधिमा रमाउनेहरु बढी स्वस्थ रहने पनि अध्ययनले देखाएको छ ।
अमेरिकामा भएको एक अध्ययनले यो देखाएको हो । यो अध्ययनकी मुख्य लेखिका र यूनिभर्सिटी अफ पिट्टसबर्गकी शोधकर्ता जेसिका सी लेवन्सनक अनुसार आफूहरुले सामाजिक सञ्जालले निद्रा बिथोलिरहेको तथ्य पत्ता लगाएको बताइन् ।
'यी ती प्रमाणमा पहिलो भाग हुन् जसले सामाजिक सञ्जालका कारण तपाईंको निद्रा प्रभावित गरिरहेको पुष्टि गरेका छन्', उनले भनिन् ।
दैनिक ६१ मिनेट सामाजिक सञ्जालमा
अध्ययनपछि निष्कर्षमा पुग्नका लागि लेवन्सन र उनका साथीहरुले १९ बाट ३२ वर्षका एक हजार सात सय ८८ मानिसमा परीक्षण गरेका थिए ।
यस क्रममा उनीहरुलाई फेसबुक, यूट्यूब, ट्विटर जस्ता विभिन्न सामाजिक सञ्जालबारे प्रश्न गरिएको थियो । यो अध्ययनले मानिसहरु प्रत्येक दिन औसत ६१ मिनेट सामाजिक सञ्जालमा बिताइरहेको देखिएको छ ।
यसका अलावा उनीहरुले हरेक साता अलग-अलग प्रकारका सामाजिक सञ्जाल हेर्ने गरेको पनि देखाएको छ । यस अध्ययनमा सहभागी ३० प्रतिशत सहभागीहरुमा निद्रासम्बन्धी बाधाको उच्चस्तर देखिएको छ ।
जो मानिस साताभर निरन्तर सामाजिक सञ्जाल चलाइरहन्छन्, उनीहरुमा निद्रासम्बन्धी समस्य बढ्ने सम्भावना सामाजिक सञ्जाल निरन्तर नचलाउने मानिसभन्दा दोब्बर देखिएको छ ।
यो अध्ययनले सामाजिक सञ्जाल निरन्तर नचलाउने मानिसहरु भन्दा सामाजिक सञ्जालमा निरन्तर ब्यस्त रहनेमा निद्रासम्बन्धी समस्याले सताउने सम्भावना दोब्बर हुने सम्भावना रहन्छ ।
लेवन्सनले भनिन्, 'सामाजिक सञ्जालमा ब्यस्त रहने मानिसहरुको समयले उनीहरुको निद्रासम्बन्धी समस्या पत्ता लगाउन सकिन्छ ।'
- एजेन्सीको सहयोगमा
धेरै फेसबुक चलाउनुहुन्छ ? अब होसियार हुनुस् नत्र ...
भु-कम्प ले क्षतिग्रस्त बनाएकाे शंखादेवी मन्दिर अझैसम्म मर्मतसम्भार हुन सकेन...
भु-कम्प ले क्षतिग्रस्त बनाएकाे शंखादेवी मन्दिर अझैसम्म मर्मतसम्भार हुन सकेकाे छैन । मर्मतसम्भार गर्नकाे लागि उचित रकम नहुदा जिर्ण अवस्थामै छाेड्नुपरेकाे यश मन्दीरकाे पुजारीले बताउनु भयाे । उहाँले अझ कुरा थप्दै भन्नुभयाे, यहाँ रहेकाे याे बुढाेरुखहरु काटेर बेचेर अाएकाे रकमले मर्मत गर्नकाे लागि बारम्बार भनेता पनि ल ल त्यसै गराैं भनेता पनि अहिले सम्म मर्मत गर्न कुनै पनि पक्षले अग्रसर नभएकाे, पुजा गर्न अाउने भक्तजनहरु पनि पुजा गर्न डराएकाे र कतिबेला याे मन्दिर ढल्ने हाे भन्ने चिन्ताले दिनरात सताईरहेकाे छ उहाँ लगाएत मन्दिर बाट अलि तल रहेकाे ठिमाङ गाउँका बासिन्दाहरुलाई । त्रिपालकाे अाडमा मन्दिरका विभिन्न भागहरु अड्डाईरहेकाे तपाईहरुले पनि देख्न सक्नुहुन्छ र भित्ताहरु पनि देख्न सक्नुहुन्छ । हामी चाहन्छाैं कि छिटाे भन्दा छिटाे जाेगिमारा गा.वि.स अन्तर्गत ठिमाङमा रहेकाे शंखादेवी मन्दिर चाडै मर्मतसम्भार हाेस् र दुर्घटना हुनबाट बचाउ ।
पाँच महिनापछि वीरगन्ज रक्सौल नाका खुल्यो
मितेरी पुलबाट गाडी अाेहाेरदाेहाेर गर्न थाले
वीरगन्ज : मधेसी दलले पाँच महिनादेखि नाकाबन्दी गरेको वीरगन्ज–रक्सौल नाका शुक्रबार बिहानदेखि अघोषित रुपमा खुलेको छ ।
आन्दोलनकारीले धर्ना दिएको दगशजा क्षेत्रस्थित मितेरी पुलबाटै शुक्रबार बिहान पाँचवटा मालवाहक ट्रक रक्सौलबाट वीरगन्ज छिरेका छन् ।
भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पाँचवटा ट्रक शुक्रबार बिहान आठ बजे तिर आन्दोलनकारीले धर्ना दिएकै मितेरी पुलबाट वीरगन्ज प्रवेश गरेका हुन् ।
ना १ ख ९७३६ ,ना १ ख ६७२५, ना १ ख २८९४,ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरका मालवाहक ट्रक बिहान रक्सौलबाट वीरगन्ज छिरेका हुन् । यस्तै शुक्रबार बिहान वीरगन्ज तर्फबाट पनि सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौल गएका छन् ।
नाकाबन्दीका कारण वीरगन्जमा लामो समयदेखि अलपत्र परेका एन एल ०१ डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरका भारतीय खाली ट्रकहरु रक्सौल गएका हुन् ।
बिहान देखि जीप, कार लगायतका चार पाङग्रे साना सवारी सधानका साथै टयाम्पो, रिक्सा र टाँगाहरु पनि धर्नास्थलबाटै निवर्धारुपमा वीरगन्ज रक्सौल ओहोर दोहोर गरिरहेका छन् ।
मितेरी पुलको धर्नास्थलमा दुईजना मात्र आन्दोलनकारी बसेका बेला मालवाहक ट्रकहरु रक्सौलबाट वीरगन्ज र वीरगन्जबाट रक्सौल छिरेका हुन् ।
बिहान धर्नास्थलमा आन्दोलनकारीहरुको संख्या कम भएको बेला रक्सौलबाट मालवाहक ट्रकहरु वीरगन्ज छिरेको धर्नामा बसेका पर्सा रामनगरीका बृद्ध विक्रम साह तेलीले बताए ।
‘बिहान धर्नास्थलमा हामी दुइजना मात्रै थियौँ, धर्नामा बसेका युवक विजय राउतले भने, ‘रक्सौलबाट धमाधम ट्रकहरु आए, हामीले चाहेर पनि रोक्न सकेनौँ ।’ ।
बिहान साढे सात बजेतिर रक्सौल तर्फबाट करिब एक सयको संख्यामा आएका व्यापारी र कारोबारीहरुले धर्नाकारीले मितेरी पुलमा टाँगेको टेन्ट (अस्थायी छाप्रो) उखेलेर फाल्ने प्रयास गरेका
थिए ।
उनीहरुले टेण्टछेउमै आन्दोलनकारीले नाका अवरुद्ध पार्न तेस्र्याएको बाँसको ढाट हटाएर ट्रकहरु छिराएको धर्नामा बसका बृद्ध तेलीले बताए ।
‘रक्सौलबाट अचानक सय जनाको संख्यामा आएकाहरुले टेण्ट नै उखलेर फाल्ने कोशिश गरे, हामी दुईजना मात्रै भएकाले प्रतिवाद पनि गरेनौँ । पछि उनीहरुले बाँसको ढाट हटाएर ट्रक छिराए’, उनले भने, ‘अघिदेखि नै नेताहरुलाई मोबाइलबाट फोन गरिरहेका छौँ । तर कसैले पनि फोन उठाएका छैनन् ।’
शुक्रबार बिहान रक्सौलबाट छिरेका मालवाहक ट्रक वीरगन्ज भन्सार कार्यालयको यार्डमा रहेका छन् । प्रहरी चौकी इनर्वाका इन्चार्ज रुपेश झाले पनि रक्सौलबाट बिहान मितेरी पुल हुदै पाँचवटा ट्रक वीरगन्ज भित्रिएको र वीरगन्जबाट सातवटा खाली भारतीय ट्रकहरु रक्सौल गएको बताए ।
रक्सौलबाट हार्डवेयर, मेशीनरी पाटपूर्जा र कपडा बोेकेका ट्रक वीरगन्ज भित्रिएका ट्रकहरु अहिले वीरगन्ज भन्सार कार्यालयको यार्डमा रहेको प्रहरी नायव निरीक्षक झाले बताए ।
पर्साका प्रहरीले उपरिक्षक राजुबाबु श्रेष्ठले पनि शुक्रबार बिहान रक्सौलबाट पाँचवटा माल सामानसहितको ट्रक वीरगन्ज भित्रिएको र वीरगन्जबाट सातवटा खाली भारतीय ट्रक रक्सौलतर्फ गएको बताए ।
रक्सौलबाट धर्नास्थल मितेरीपुल हँदै मालसामान सहितका ट्रकहरु वीरगन्ज भित्रिएपनि आन्दोलनरत मधेसी दलका नेताहरुले भने वीरगन्ज रक्सौल नाका नखुलेको दाबी गरेका छन् ।
उनीहरुले नाकाबन्दी जारी नै रहेको बताएका छन् । वीरगन्ज–रक्सौल नाकामा मधेसी दलको धर्ना र नाकाबन्दी जारी नै रहेको नेपाल सद्भावना पार्टीका महासचिव शिव पटेलले बताए ।
शुक्रबार बिहान केही तस्करहरुले रक्सौलबाट ठेला र रिक्सामा मालसामान वीरगन्ज छिराउने क्रममा आन्दोलनकारीहरुसँग झडप भएको भन्दै उनले नाकाबन्दी भने जारी नै रहेको बताए ।
सीमाङ्कन र संविधानप्रति असन्तुष्ट मधेसी दलले वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा गत असोज ७ गते देखि धर्ना दिएर नाका ठप्प पार्दै आएका हुन् ।
यस्तै मधेसी दलहरुले आन्दोलन थालेको शुक्रबार सय ६८ दिन पुगेको छ । सीमाङ्कन र संविधान प्रति असन्तुष्ट मधेसी दलले गत साउन ३० गते देखि आन्दोलन शुरु गरेका हुन् ।
मधेसी दलको आन्दोलन र बन्द हडतालको कार्यक्रम जारी रहेपनि वीरगन्जका बजार र पसलहरु खुल्ने गरेका छन् । सार्वजनिक सवारीका साधनहरु पनि निर्वाधरुपमा सञ्चालनमा रहेका छन् ।
यसअघि वीरगन्जबाट छोटो दुरीका साना सवारी साधन मात्र संचालनमा रहेकोमा केही दिनदेखि यता भने लामोदुरीका सार्वजनिक सवारी साधनहरु पनि सञ्चालनमा आएका छन् ।
ठगी आरोपमा थुनिएकी रेखाले भनिन्, ' प्रहरीले व्यक्तिगतरुपमा इबी साध्यो'
ठगी गरेको भन्दै केहि समय अगाडी पक्राउ परेकी गायिका रेखा शाहले आफूमाथि प्रहरीले व्यक्तिगत इबि साधेको आरोप लगाएकी छिन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रेखाले सो आरोप लगाएकी हुन्। उनले प्रहरीलाई बिना प्रमाण आधार सोधपुछका लागि प्रहरी कार्यालय बोलाएर थुनेको उल्लेख गरेकी छिन्।
रेखाले प्रहरीको हिरासतमा आफूमाथी राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकारको उल्लघंन गरेको र मानसिक यातना दिएको बताउँदै हिरासतबाट मुक्त भएपछि ३ दिन अस्पतालमा उपचार गराउनु परेको जनाएकी छन्। उनले आधारहिन मुद्दामा प्रहरीले झुटो मुद्दालागाएको भन्दै विज्ञप्तिमा, ' त्यो मुद्दा कतिसम्म आधारहिन थियो भन्ने प्रमाण त मलाई अदालतमा पेश गरिएकै दिन बिना धरौटी सामान्य तारेखमा रिहा हुनुले नै पुष्टि गर्दछ' भनेकी छन्।
उनले प्रहरीले विधिको शासनको उलघंन गर्दै प्रहरीले आफूलाई अत्यन्त तल्लो स्तरमा गालीगलौज गरेको पनि बताएकी छन्। उनले आफ्नो विज्ञप्तिमा नेपालको प्रहरी हिरासतमा हुने दुव्र्यवहार र यातना अविलम्ब रोक्न र यसका भागेदारलाई कानुनको दायरामा ल्याउन म राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, संयुक्त राष्ट्रसंघीय निकाय र अन्य राष्ट्रिय–अन्तर्राष्ट्रिय नियोगहरुलाई अपील गरेकी छन्।
रेखाले जारी गरेको विज्ञप्ति यस्तो छ:
आदरणीय सञ्चारकर्मी पत्रकार मित्रहरू,
नेपालको फौजदारी न्याय प्रणालीमा प्रहरीले गर्ने अनुसन्धान र अभियोजनका क्रममा मैले भोगेका र देखेका ज्यादतीका सम्बन्धमा तथ्यहरु उजागर गर्नैपर्ने देखेर म यो वक्तव्य जारी गर्दै छु।
बिना सबुत–प्रमाण कसैलाई रिसिइबी साँध्न र कसैको बहकाउमा आएर पक्राउ गर्न कानुनको आदर्श र सिद्धान्तले कसैलाई छुट दिएको छैन। अझ अनुसन्धानको क्रममा हिरासतमा प्रहरीबाट यातना पाउने अवस्थाको कल्पना पनि गर्न सकिदैन, विधिको शासनमा। तर म र मेरा श्रीमान् इन्द्रबहादुर गुरुङमाथि नितान्त व्यक्तिगत रिसिइबी साँध्न हुँदै नभएको अभियोगमा महानगरीय प्रहरी वृत्त, टेकुले सोधपुछ गर्न भनी बोलाएर प्रहरी परिसरमै पक्राउ गरी झूठो मुद्दा चलायो। त्यो मुद्दा कतिसम्म आधारहिन थियो भन्ने प्रमाण त मलाई अदालतमा पेश गरिएकै दिन बिना धरौटी सामान्य तारेखमा रिहा हुनुले नै पुष्टि गर्दछ।
प्रहरी हिरासतमा १० दिन बस्दा बिरामी मलाई औषधिसमेत खान दिइएन। मेरा कानुनी सल्लाहकार, आफन्त, सञ्चारकर्मी र शुभेच्छुकलाई भेट्नसमेत दिइएन। अत्यन्त तल्लो स्तरमा गालीगलौज गरियो, जो अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीत छ र यो मानवअधिकारको गम्भिर उलङ्घनको विषय हो।
हिरासतमा प्रहरीले केही थुनुवालाई पिटेको पनि मैले देखे। आजको सभ्य समाजमा हिरासतमा थुनुवामाथि अमानवीय र यातनापूर्ण व्यवहार सह्यै हुन सक्दैन। नेपालको प्रहरी हिरासतमा हुने दुव्र्यवहार र यातना अविलम्ब रोक्न र यसका भागेदारलाई कानुनको दायरामा ल्याउन म राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, संयुक्त राष्ट्रसंघीय निकाय र अन्य राष्ट्रिय–अन्तर्राष्ट्रिय नियोगहरुलाई अपील गर्दछु।
ममाथि प्रहरीले लगाएको झूठा मुद्दाको नाम ‘केही सार्वजनिक अपराध’ हो तर यसको संवेदनशीलता नबुझी केही संञ्चार माध्यममा ठगी मुद्दा भनेर आएकोमा त्यसलाई यहाँबाट चाहिँ नदोहोर्याइयोस् भन्ने आग्रह पनि गर्दछु।
दूधको दूध, पानीको पानी छुट्टयाउने न्याय प्रणालीप्रति आभारी छु। हिरासतबाट पाएको यातनाले बिग्रिएको स्वास्थ्य स्थिति नर्भिक अस्पतालमा ३ दिन बसेपछि केही सुधार भएको छ र बल्ल म आफूमाथि भएको अन्यायको विरुद्ध यसरी बोल्न सक्ने भएकी छु।
ममाथिको झूठा मुद्दा र हिरासतमा दिइएको यातना नेपालको संविधानको ठाडो उल्लङ्घन त हुँदै हो, सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकार र सम्पत्तिको अधिकारको पनि हनन हो। दोषीमाथि कारवाही होस्।
रेखा शाह
२०७२ माघ ३ देखि १० गते सम्म श्री शंखादेवी उ.मा.वि. ले सफलताकाे साथ मनायो "स्वर्ण महाेत्सव" @ jogimara, dhading ...
२०७२ माघ ३ देखि १०
गते सम्म श्री शंखादेवी उ.मा.वि. ले सफलताकाे साथ मनायो "स्वर्ण महाेत्सव"
jogimara, dhading
५० अाैँ वसन्त पार गरि
धादिङ जिल्लाको जोगीमारा गा.बि.स स्थित श्री शंखादेवि उच्च मा. वि ले आज एक भब्य कार्यक्रम गर्दै स्वर्ण महोत्सव सफल्तापुर्वक मनाएको छ ।
हामीलाई सम्झनुहाेस्...
कुनै पनि कार्यक्रममा भिडियाे खिच्नु परेमा हामी लाई सम्झनुहाेस् साथै फाेटाे सम्बन्धि सम्पुर्ण काम गरिन्छ ।
तनहुँमा बस दुर्घटना, एकको मृत्यु...
तनहुँ बस दुर्घटना, एकको मृत्यु
तनहुँमा भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ। तनहुँको दक्षिणी भेग राम्जाकोटबाट भीमाद बजारतर्फ आउँदै गरेको ग१ख ४९७० नम्वरको यात्रुवाहक बस माझकोट–९ मिछुलुङमा सोमवार विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान हुन सकेको छैन । सो बसमा करिब ५० जना यात्रु सवार रहेको बताइएको छ । गम्भीर घाइते सातजनालाई उपचारका लागि पोखरा पठाइएको भीमाद प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए।
#damaulinews
आकाश हेर्दै तारा गन्ने रहर छ कि छैन...
आकाश हेर्दै तारा गन्ने रहर छ कि छैन?
तिमिलाई मेरो बन्ने रहर छ कि छैन?
भोलिको भर हुन्न कान्छी आजै छलफल गरम
लजाउदै बुढाे भन्ने रहर छ कि छैन ??
एक घर एक हेलिकप्टर.... (रमाईलाे छ नयाँ साेच)
एक दिन सबैकाे घरमा हेलिकप्टर हुनेछ
याद गर्नुहाेस्
त्याे हेलिकप्टर कागजकाे हुनेछ
त्यसले हावा भन्दापनि कम वजन भएकाे नेताहरुलाई अाेसार-पसार गर्ने काम गर्नेछ ।
अाज हामी दुनियाकाे अगाडि शिर ठाडाे पारेर भन्न पाएका छाैं "नेपाली" अाखिर याे कसरी सम्भब भयाे त?
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।
यिनले सानो सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी , दक्षिणमा मगध र पश्चिममा
सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो।
नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी , छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे।
नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाह का पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाई
एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ पछि भयो। वि.सं.१८७३ मा साल सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।
प्रारम्भिक जीवन
पृथ्वी नारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य गोरखा का
राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो।
उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई
रामायण , महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार ,
घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए।
यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसंग भएको थियो। गोरखा र मकवानपुर विच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसंग नियाले। त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए। [२] वि.स १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिए। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरीना दर्शन गर्न गएको क्य्रा थाहा पाई काठमाडौंका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए।
गोरखा दरवार
दाम्पत्य जीवन
उनको पहिलो विवाह मकवानपुर का राजा हेमकर्ण सेन की छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। तर, पछि हेमकर्ण सेन ले असमर्थता जनाए। उनको दोस्रो विवाह काशी का अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाह को जन्म भएको थियो।
कार्यकालको सुरुआती वर्ष
वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौं उपत्यकाको राजनैतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए। पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरे जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थिए।
पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा र गैरेश्वर पन्थको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए तर नुवाकोटमाथिको गोर्खालीहरुले पराजयको सामना गर्नु पर्यो।
नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरु संकलनार्थ वनारस पुगे। पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा परिवर्तन गरे। सोहि बेलामा तिर्थ गर्न भनी गएका जाजरकोटका राजा हरी शाहसंग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरु बारे सन्धि गरे।
दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालुपाडेको सेनापतित्वमा नुवाकोटमाथी हमला गरे। यस पटक गोर्खाका १२-२० वर्षसम्मका सबै युवाहरुलाई सशस्त्र तयारी गरीएको थियो भने सैनिकहरुको संख्या १ हजार भन्दा माथि थियो। यीमध्ये केहि सैनिक खेतालाहरुको रुपमा नुवाकोट पुराइएको थियो। तत्पश्चात कालु पाडेले नुवाक्कोट रक्षा तैनाथ रहेका जयन्त राणालाई गोर्खामा मिल्नुबाहेक उनको लागि अन्य भलाइ नभएको पत्र पठाए। तर जयन्त राणाले काठमाण्डौ पुगी गोर्खालीहरुबाट सम्भावित आक्रमणको जानकारी दिंदै थप सैनिक र हातहतियार माग गरे। तर उपत्यकामा इन्द्रजात्राको चहलपहल रहेकाले जयप्रकाश मल्लले जयन्त राणाको मागको उपेक्षा गरे। जयन्त राणाको छोरा शंखमणी राणाले नुवाकोटको सुरक्षामा तैनाथ रहेकको समयमा गोरखाबाट पृथ्वीनारायण शाह, दलदर्मन शाह, चौतारा विष्णु शाह, काजी शुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरे। दलदर्मन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरे। नुवाकोटमा गोरखालीहरुको कब्जा भएकाले नुवाकोटका सिपाहीहरु भागि वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे। जयन्त राणा यहाँ पक्राउ परे।
नेपाल एकिकरणको प्रयत्न
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए।
तनहुँमाथिको आक्रमण
नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरुले लामीडाँडामा कब्जा गरे। तर तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोरखालीहरुबीच भिडन्तको सम्भावना बढ्यो। तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजासंग सन्धि गर्ने भन्ने खवर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनविच केहि समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेमा गोर्खाली सैनिकहरुले त्रिविक्रम सेनलाई वन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरे। यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरे। वि.स.१८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसंग युद्ध गर्न परेको थियो। यस युद्धमा गोर्खाले ठुलो जनधनको क्षति वेहोर्न पर्यो। तर पनि नालदुम, दहचोक, महादेव पोखरी, सिरानचोकको साथै कुलेखानि, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना मकवानपुर सम्म पुग्यो।
किर्तिपुरमाथि पहिलो आक्रमण
वि.स. १८१४ मा पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गरे। यसमा गोरखाको तर्फ १२०० सैनिक थिए। तर किर्तिपुरले काठमाण्डौ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिए। यी दुईपक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाई हुँदा धेरै गोरखालीहरुले वीरगति प्राप्त गरे। किर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाचेका थिए। किर्तिपुर्को पहिलो युद्धमा विरगती प्राप्त गरेका काजि कालुपाडेका ठाउमा उनको छोरा वंशराज पाडेलाई र सेनापति पदमा शिवराम सिहका छोरा कहरसिंह वस्नेतलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिए। वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे।
मकवानपुर विजय
वि.स. १८१९ को भाद्र महिनामा बंशराजपाडे र केहरसिंहले संगठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरुका साथ पठाएको ठुलो संख्यामा मकवानपुरमा आक्रमण गरे। यहा १० घन्टासम्म लडाई चलेको थियो र अन्तत: दिग्वन्ध्न सेनले आत्मासम्पर्ण गरे।
गोरखा माथि आक्रमण
वि.स. १८२० मा दिग्वन्धन सेनलाई मद्धत गर्ने निहुमा तनहुका राजा त्रिविक्रम सेन, पाल्पाको राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवांगली, धौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरे।
किर्तिपुरमाथि दोश्रो आक्रमण
वि.स १८२१ को भाद्र महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोर्श्रो आक्रमण भयो। यस युद्धमा पनि किर्तिपुरलाई पहिले जस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि किर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी किर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन। यस युद्धमा किर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केहि फौज फर्कन वाध्य भए।
किर्तिपुरमाथि तेस्रो आक्रमण
किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए। उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रुपमा केहि सैनिक किर्तिपुर पठाए। त्यसबखत किर्तिपुरमा धान भित्राउने समय परेकाले वंशराज कीर्तिपुरेहरुलाई आत्मसम्पर्ण गर्न भने। यो युद्धमा किर्तिपुरलाई छिमेकी राज्यहरुबाट सैनिक सहयोग भएको थिएन। वि.स. १८२२ चैत्र ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरे।
सल्यानसंगको सम्बन्ध
वि.स १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाहसंग आफ्ना छोरी विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरे। छिल्ली, दाङ, देउखरीलाई दाइजोको रुपमा दिए।
काठमाडौं उपत्यका माथिको आक्रमण
किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरुसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरुसंग सैनिक तथा हातहतियारको सहयोग मागे। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाण्डौतिर बढ्यो। यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाडेँ र वीरभद्र उपाध्याय र वंशु गुरुङको समुह ढुंगेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रुपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अंग्रेज फौज आफुसंग रहेको हातहतियार र बन्दुकहरु छाडी आफ्नो प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरे।
कान्तिपुरमाथि आक्रमण
पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौँका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र संकालु प्रवृतिका भएकाले रानी र भारदारहरु रिसाई उनलाई पदच्युत गरी उनका छोरा राज्यप्रकाश शाहलाई राजा बनाएका थिए। तर पछि उनले पुन: आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो छोरा, रानी र भारदारहरुको सहानुभूति प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवी देवताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए भने विदेशी सैनिकलाई बढी तलब समेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो। यस्तो स्थति बुझेर पृथ्वीनारायण शाहले
ललितपुरको पतन
वि.स. १८२५ आश्विन १३ मा इन्द्र जात्राको समय पारि नरदेवी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुर माथि विजय गरे। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लका गई शरण लिए। वि.स १८२५ आश्विन २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाए। पाटनका राजाले विना कुनै युद्ध आत्मसमपर्ण गरे ।
भक्तपुर विजय
काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अंग्रेजसंग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिहं थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाए। भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भयो। हार स्वरूप वि.स. १८२६ मंसिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लाग्यो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाईदिए। ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाए। त्यहा पुगेको १८ महिना पछि उनको मृत्यु भयो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरियो।
चौबीसे राज्यमाथि आक्रमण
उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाँडे र केहरसिंह बस्नयातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भयो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्नयातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाँडे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।
मृत्यु
वि.सं. १८३१ (स.न् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्-झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही पुस २७ गते बिहान सात बजे उनको निधन भयो । घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई 'दिव्य उपदेश' समेत भनिन्छ। [३] "नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।" आदि जस्ता सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए। माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम 'मोहन तिर्थ' वा देवीघाटमा उनको मृत्यु भयो।