तनहुँ बस दुर्घटना, एकको मृत्यु
तनहुँमा भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ। तनहुँको दक्षिणी भेग राम्जाकोटबाट भीमाद बजारतर्फ आउँदै गरेको ग१ख ४९७० नम्वरको यात्रुवाहक बस माझकोट–९ मिछुलुङमा सोमवार विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान हुन सकेको छैन । सो बसमा करिब ५० जना यात्रु सवार रहेको बताइएको छ । गम्भीर घाइते सातजनालाई उपचारका लागि पोखरा पठाइएको भीमाद प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए।
#damaulinews
No comments:
Post a Comment