सबैलाई शुभकनमना ल्हाेसारकाे
जाेगिमारा धादिङमा वितरण गरेकाे राहत रकम सदुपयाेग गर्ने अा-अाफ्नै तरिका... बुदागत रुपमा...
जाेगिमारा धादिङमा वितरण गरेकाे राहत रकम सदुपयाेग गर्ने अा-अाफ्नै तरिका...
अझ बुदागत रुपमा...
*एउटै घरमा ४, ५ जना सम्मले पायाे राहत रकम १५०००
*एउटै परिवारकाे छुट्टाछुट्टै सदस्यले पुर्ण क्षतिकाे राहत रकम बुझ्याे ।
*पुर्ण रुपमा छानविन नगरि राहत रकम मन परेका, अाफ्नाे भन्नेहरुलाई बाडियाे ।
*हुनेवाला, पहुँच वालाले जे गरेनी हुन्छ भन्ने एक उदाहरण जाेगिमारा घादिङ
*घरै नभएकाहरुलाई पनि दिईयाे पुर्ण क्षतिकाे राहत रकम
*घर घर नपुगी एकै ठाउँमा बसेर चर्केकाे, नचर्केकाे घरहरु प्राय पुर्ण क्षतिमा दार्ता
*एउटै घरमा बसेका दुई परिवार मध्ये एककाे पुर्ण क्षति एककाे अांसिक क्षति, घर भने सामान्य भन्दा सामान्य क्षति
*जाेगिमारा गा वि स मा मनलाग्दि राहत वितरण
*जाे राजनितीक अाडमा छ उसैले पायाे पुर्ण क्षतिकाे राहत रकम, घर नहुने र घर नभत्केकाले
*वास्तविक भुकम्प पिडितले भन्दा पहुँच वालाले पुर्ण क्षतिकाे राहत
*प्रायः वितरण गरेकाे राहत रकम सदुपयाेग गरेनन् कसैले
*भुकम्प अघि १४४० रहेकाे जाेगिमारा गा वि स भित्र रहेकाे घर भुकम्प पछि १७०१ घर हुन पुगेकाे छ ।
*पहुँच वाला ले जे गरेनी हुन्छ भन्ने ज्वलन्त उदाहरण हाे याे ।
*नियकम निकायले छानविन गर्न कुनै चासाे दिएकाे छैन ।
BBC ले खोल्यो नाकाबन्दीको रहस्य ...
बीबीसीले खोल्यो नाकाबन्दीको रहस्य
काठमाण्डु,मंसिर– भारतको चर्चित मिडिया बीबीसी हिन्दीले नेपाल–भारत सीमामा भइरहेको यथार्थबारे खुलासा गरेको छ । भारत सरकारले नेपालमाथि नाकाबन्दी नलगाएको बताएता पनि नेपालमा अत्यावश्यक बस्तुको अभाव भएको र मधेसीले पनि सीमामा अवरोध नपुर्याएको बताउँदै बीबीसीले नियन्त्रित नाकाबन्दी भएको खुलासा गरेको हो ।
नाकाबन्दीका नाममा सीमा क्षेत्रमा निकै चलखेल भएको बताउँदै त्यसमा लेखिएको छ, ‘खासमा यो नियन्त्रित नाकाबन्दी हो । यसको रिमोट कन्ट्रोल कुनै अज्ञात हातमा छ । यहाँ भने त्यही नाममा निक्कै चलखेल भैरहेको छ ।’
सवारीलाई आउन जान कुनै रोकतोक नरहेको बताउँदै उसले १४ किलोमिटर लामो लाईन भएको र गाडीवालासँग पैसा लिएर केही गाडी छाड्ने गरिउको खुलासा गरेको छ । सीमा सुरक्षाले माथिको आदेश भन्दै सवारीका साधनलाई नेपाल प्रवेश गर्न नदिएको बीबीसीले खुलाएको छ ।
सुमाचारमा भारतले नेपालमाथि राजनीतिक खेल खेलेको घुमाउरो पारामा भनिएको छ । लेखिएको छ, ‘नेपालमा सबैभन्दा बढी तनाव इन्धनले गर्दा भएको छ । ट्रकको लाइनमा तमाशा हेर्न आएकाहरु पनि भन्छन् यो भारतले नेपालमा हिँड्न डुल्न समेत बन्द गरेर बाध्य गराउने रणनीति हो ।’
पढौँ बीबीसीको पूर्ण समाचारः
अनिल यादव वरिष्ठ पत्रकार, सोनौली सीमा से
सोनौली बॉर्डर पर खड़े होने भर से विदेश मंत्री सुषमा स्वराज के छान-कूटकर दिए बयान के निहितार्थ नज़र आने लगते हैं.
दरअसल, यह नियंत्रित नाकाबंदी है जिसका रिमोट कंट्रोल ऊपर किसी अज्ञात हाथ में है. यहां ज़मीन पर इसके नाम पर बहुत से खेल चल रहे हैं.
विदेश मंत्री ने संसद में कहा था कि भारत की ओर से जाने वाले ट्रकों को ख़ुद नेपाल के मधेसी आंदोलनकारियों ने रोक रखा है.
सोनौली सीमा पर कोई आंदोलन नहीं, फिर भी दो-तीन दिनों में एक बार निर्धारित संख्या में ही ट्रक जाने दिए जाते हैं. इनकी 14 किलोमीटर लंबी क़तार नौतनवां से काफ़ी आगे तक है. जबकि बसों और दूसरे वाहनों के आने-जाने पर कोई रोक नहीं है.
तो ट्रकों पर ही पाबंदी क्यों? सिर्फ यही एक सवाल नहीं, हर सवाल के जवाब में कस्टम और सशस्त्र सुरक्षा बल के अफ़सर कहते हैं कि सब ऊपर के आदेश पर किया जा रहा है.
ऊपर किसके आदेश से? यह पूछने पर वे ऐसे हंसते हैं जिसका मतलब है, ‘क्या आप वाकई इतने भोले हैं कि जिसे नेपाल का पांच साल का बच्चा तक कोस रहा है, उसे आप नहीं जानते!’
उस पार नेपाल में जाकर यही सवाल पूछें तो चौंकाने वाला सवाल सुनाई देता है. ‘कैसे पड़ोसी हैं आप’, जैसे यह पत्रकार भारत सरकार का प्रतिनिधि हो.
फिर वो कहते हैं, “हमारा संविधान अभी बना भी नहीं और आप संशोधन कराने लगे. हमने नहीं माना तो आप हमारा खाना-पीना क्यों रोकने लगे?”
कस्टम अधिकारियों का दावा है कि अब हर दिन क़रीब 100 ट्रकों को जांच के बाद जाने दे रहे हैं. लेकिन जाने के लिए कौन से ट्रक चुने जाएंगे (स्थानीय ज़बान में इसे कहते हैं कौन सी गाड़ी काटी जाएगी)?. इसमें कई पेंच हैं.
महाराजगंज ज़िले के कोल्हुई और नौतनवां में इंडियन ऑयल कॉरपोरेशन और नेपाल ऑयल कॉरपोरेशन के एलपीजी टैंकरों को ट्रकों की मुख्य क़तार से बाहर निकालकर मैदान में खड़ा करवा दिया गया है.
दवा लदे ट्रकों को तो प्राथमिकता पर निकाला जाता है लेकिन पेट्रोल, डीज़ल और गैस ले जाने वाले टैंकरों को पुलिस नहीं जाने देती. इसी तरह संगमरमर, कार, बाइक लदे ट्रक भी जाने दिए जा रहे हैं.
नेपाल में सर्वाधिक दिक़्क़त ईंधन की है. ट्रकों की क़तार में घुसकर तमाशा देखने वाले भी कह देते हैं कि भारत नेपाल का चलना-फिरना बंद कर उसे मजबूर करना चाहता है.
ट्रक ड्राइवर बताते हैं कि दो महीने से खड़े ट्रकों में से कौन जाएंगे, इसके लिए भी पुलिस वाले पैसे लेते हैं. पैसा लेने का रेट है- सामान्य ट्रक 300, बड़ा ट्रक 500 रुपए. कंटेनरों के लिए इससे भी अधिक. क्योंकि एक कंटेनर अगर एक दिन खड़ा रहता है, तो माल मंगाने वाली कंपनी को क़रीब 13,000 रुपए का नुक़सान होता है.
इस वक़्त सोनौली बॉर्डर की सड़क और नौतनवां रेलवे स्टेशन पर एक अनुमान के मुताबिक़, 20 अरब रुपए का सामान फंसा है.
ट्रकों से सामान उतारकर छोटी गाड़ियों और ठेलों से पार कराने की कोशिश हो रही है.
नेपाल के व्यापारी और कारखाने अपने ऑर्डर रद्द कर रहे हैं क्योंकि कोई नहीं जानता कि नाकाबंदी कब ख़त्म होगी.
भ्रष्टाचार के आरोपों के जवाब में पुलिस वाले कहते हैं कि हम लोग मुफ़्त में बदनाम किए जा रहे हैं.
पुलिस कहती है, “हमारे अफ़सरों के पास केंद्र और यूपी के मंत्रियों और बड़े नेताओं के फ़ोन आ रहे हैं कि उनके खास उद्योगपतियों के ट्रक जाने दिए जाएं और जब हम उन्हें अफ़सरों के हुक्म पर जाने देने के लिए क़तार से निकलवाते हैं, तो आरोप लगते हैं.”
असनको एक घरमा आगलागी, एकको मृत्यु
काठमाडौं
२०७२-
स्थानीय असन त्यौडस्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।असनचोक नजिक रहेको विनोद तुलाधरको चारतले कच्ची घरमा आगलागीमा परी डेरामा बस्ने १८ वर्षीय सुजन नगरकोटीको मृत्यु भएको छ भने उनकी दिदी सोनु नगरकोटी घाइते भएकी छिन् । घाइते नगरकोटीको वीर अस्पतालमा उपचार भइरहेको जनसेवा प्रहरी विशाल बजारका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले राससलाई जानकारी दिए ।
उनका अनुसार नगरकोटीको परिवार लामो समयदेखि सो घरमा डेरागरी बस्दै आएको थियो । आगलागीबाट सँगैका दुइटा घरमा पनि क्षति पुगेको छ । कति क्षति भयो भन्ने यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
करिब डेढ सय मिटर टाढा ठमेलतिर जाने गल्लीको दायाँ भागमा रहेका केही कच्ची घरमा आगलागी भएको हो । साँझ ७ः३० बजेदेखि लागेको आगो साढे दुई घन्टापछि नियन्त्रणमा आएको छ । जनसेवा प्रहरी विशाल बजारका अनुसार आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुरबाट चार दमकल तथा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिपरेका थिए ।
दमकलको सहायताले घरको बाहिरी भागको आगो नियन्त्रणमा आए पनि भित्रको निभाउन समस्या परेको उहाँले बताउनुभयो । साँघुरो गल्ली भएका कारण दमकल भित्र छिर्न नसकेपछि असन चोकमा दमकल राखेर आगो निभाउन कठिनाइ भएको थियो । रासस
दिल्लीमा कमल थापाले चारबुँदे समझदारी गरेको खुलासा...
दिल्लीमा कमल थापाले चारबुँदे समझदारी गरेको खुलासा
बालुवाटारमा चर्काचर्कीपछि थापाको प्रस्ताव काटकुट पारियोे
मंसिर, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मधेस आन्दोलनको मुख्य मागका रुपमा रहेको सीमांकन हेरफेरलाई लिएर भारतसँग लिखित प्रतिवद्धता नै गरेको खुलेको छ ।
मधेसी मोर्चासँगको वार्ता छाडेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा यसैसाता दिल्ली गएका थिए । मन्त्री थापा दिल्ली गएकै बेला प्रधानमन्त्री केपी ओलीले समेत भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरे । र, योसँगै मधेस आन्दोलनलाई लिएर दुई देशवीच देखापरेको असमझदारी हटेको भन्दै प्रधानमन्त्रीदेखि मन्त्री थापासम्मले खुशी मनाइरहेका छन् ।
आखिर के थियो यो खुशीको भित्री रहस्य ? भारत र केपी ओली सरकारवीच असमझदारी हटाउने त्यस्तो जादुमय सूत्र के थियो ? यसबारे अनलाइनखबरले केही भित्री सूचना फेला पारेको छ ।
स्रोतका अनुसार उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले भारतीय कमकक्षी स्वराजसँग दिल्लीमा भएको भेटमा सहमति गरेका थिए । सो सहमति उनले लिखितरुपमै तीन दलका नेताहरुसमक्ष पेश गरिसकेका छन् ।
व्यवस्थापिका संसदमा कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमांकन विवाद राजनीतिक समितिमार्फत टुंगो लगाउने सहमतिको रोडम्याप मन्त्री थापाले भारतीय विदेशमन्त्रीसमक्ष सुनाएका थिए ।
विदेशमन्त्री स्वराजले थापाको प्रस्ताव सकारात्मक भए पनि मौखिक कुरामा भर पर्न नसक्ने भन्दै लिखित प्रतिवद्धता खोजिन् र चार बुँदा अघि सारिन् । स्रोतका अनुसार उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि भारतको प्रस्ताव अनुसार नै लिखित प्रतिवद्धता नै बुझाएर फर्केका हुन् ।
प्राप्त सूचना अनुसार परराष्ट्रमन्त्री थापाले भारतसमक्ष लिखितरुपमै बुझाएको चारबुँदे प्रतिवद्धताको सार यस्तो छ-
नेपालका तर्फबाट लिखित प्रतिवद्धता पाएपछि भारतले नेपालको नयाँ संविधानमा पहिलो संशोधन भएपछि सीमा नाकाहरुमा देखिएको अवरोध हट्ने आश्वासन थापालाई दिएको छ ।
समानुपातिक समावेशिता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी अघिल्लो सरकारले दर्ता गरेको संशोधन प्रस्ताव नै पास हुनेछ ।
भारतसँग भएको समझदारीलाई सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री थापाले शुक्रबार साँझ बालुवाटारमा आयोजित प्रमुख दलहरुको बैठकमा लिखितरुपमै पेश गरेका छन् ।
उनले यसलाई भारतसँगको समझदारीका रुपमा नभई मधेस समस्या समाधानका लागि भन्दै लिखित बुँदा पेश गरेका हुन् । स्रोतले भन्यो, थापाले जुन प्रस्ताव प्रमुख दलहरुको बैठकमा पेश गरेका छन्, त्यो नै सुष्मा स्वराजलाई पनि लिखित रुपमा बुझाएका छन् ।’
थापाको प्रस्ताव बालुवाटारमा काटकुट
तीन दलको बैठकमा सरकारी वार्ता टोली संयोजकले पेश गरेको प्रस्तावलाई प्रमुख दलहरुले हुबहु स्वीकार गर्न सकेनन् ।
चौथो नम्बरमा रहेको नागरिकताको बुँदालाई तीन दलको बैठकले हटाएको छ । नागरिकताको विषयमा केही पनि अस्पष्टता नरहेको भन्दै शीर्ष नेताहरुको बैठकले त्यसलाई काटेको हो ।
त्यसैगरी तीन दलका शीर्षनेताहरुको बैठकले पारित गरेको प्रस्तावमा ‘सीमांकन परिमार्जन गरिनेछ’ भन्ने बुँदालाई पनि संशोधन गरेर ‘संविधानमा व्यवस्था गरिनेछ’ भन्ने बनाइएको छ ।
स्रोतका अनुसार बैठकमा सीमांकन हेरफेर तथा परिमार्जन भन्ने शब्द राख्ने भन्नेमा चर्काचर्की भएको थियो । एमाओवादी नेताहरुका साथै कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल सीमांकन हेरफेर तथा परिमार्जन भन्ने शब्द राख्नु पर्ने पक्षमा उभिएका थिए ।
तर, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला, एमाले नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावलले कुनै हालतमा सीमांकन हेरफेर भन्ने शब्द राख्न मानेनन् ।
बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई भने, सुशीलजीले सुरु त सानो-सानो कुरामा किचकिच नगरौं भन्दै हुुनुहुन्थ्यो । तर, कृष्ण सिटौलाले हकारेपछि कोइराला चुप लाग्नुभयो ।’
भारतले माने पनि मधेसीले नमान्ने
भारतीय पक्षसँग केपी ओली र कमल थापाले कुरो मिलाइसकेपछि तीन दलको शुक्रबारको बैठकले संविधान संशोधन गर्ने र राजनीतिक संयन्त्रमार्फत सीमांकन परिमार्जन गर्ने प्रस्ताव पारित गरेको छ ।
तर, दिल्लीबाट कमल थापाले बोकेर ल्याएको चारबुँदे प्रस्तावमा हेरफेर भएपछि ओली र मोदी सरकारबीच भएको समझदारी टुट्ने त होइन भन्ने आशंका बढेको छ । दिल्लीले स्वीकार गरेको यो प्रस्तावलाई मधेसी नेताहरुले ‘पुरानै कुरा’ भन्दै हाताहाती सहमति हुनुपर्नेमा जोड दिएका छन् ।
किनभने जतिखेर शुक्रबार बालुवाटारमा तीनदलका नेताहरुले कमल थापाबाट प्रस्तुत चारबुँदामा छलफल गरिरहेका थिए र त्यसलाई तीनबुँदे बनाइरहेका थिए, लगभग त्यहीबेला भारत
माया गर्छु तिमीलाई मुख फोर्न मन लाग्यो...
दुई चार शब्द, मलाई पनी कोर्न मन लाग्यो !
दिलमायाको दिललाई चोर्न मन लाग्यो !!
नबोल्नेको केही नि हुनेवाला छैन यहा,
"माया गर्छु तिमीलाई मुख फोर्न मन लाग्यो !!"
आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु...
कञ्चनपुर, मंसिर १६ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका–१ स्थित सरिता खड्काको घरमा आगलागी हुँदा उनका तीनजना छोराछोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा सरिताका ११ बर्षीय छोरा अर्जुन, ८ बर्षीय किरण र ५ बर्षीया छोरी प्रिया छन् ।
आगलागीमा सरिता र एक छोरा भने घाइते भएका छन् । राति खाना खाएपछि अंगेनामा आगो ननिभाएकाले आगो सल्किएर घर जलेको प्रहरीको अनुमान छ ।
सरिताका श्रीमान् भने वैदेशिक रोजगारका लागि भारतमा रहेका छन् । आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भएको छ ।
अख्तियारले लगायो कान्तिपुरमाथि गम्भीर आरोप...
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्तिपुर पब्लिकेशनमाथि गम्भीर आरोप लगाएको छ । अख्तियारले आज एक प्रस विज्ञप्ती जारी गर्दै कान्तिपुरले पीत पत्रकारिता गर्दै आएको आरोप लगाएको हो ।
‘स्वभावतस् मर्यादित र व्यवसायिक पत्रकारिता प्रति आयोगको उच्च सम्मान रहि आएको छ । पत्रकारिता क्षेत्र संगको सहकार्यलाई आयोगले सर्वथा उच्च प्राथमिकता दिदै आएको छ । तर पीत पत्रकारिता आयोगका निम्ति कदाचित ग्राह्य छैन र आयोग कान्तिपुर प्रवृतिको पीत पत्रकारिताको सर्वथा भर्त्सना गर्दछ । आयोग विरुद्ध झुठ र भ्रममा आधारित कान्तिपुरको सिलसिलेवार शव्दाक्रमण के व्यवसायिक पत्रकारिता हो ? के कलम र छापा मञ्चको दम्भका आधारमा असत्यलाई वलात सत्यापित गर्ने प्रयत्न आफैमा अपराध होईन ? कान्तिपुरका यि सवै हर्कतलाई आयोगले सदा आफ्नो स्मृतिमा राखेको छ ’, अख्तियारको विज्ञप्तीमा भनिएको छ ।
अख्तियारको कार्याधिकार, सम्वैधानिक एवं कानूनी दायित्व र जनता प्रतिको जिम्मेवारी वारे आयोग नेतृत्व जानकार रहेको भन्दै विज्ञप्तीमा आफ्नो व्यवसायिक मर्यादा र आचार प्रति कान्तिपुसर चिन्तित र सचेत पर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
अब कान्तिपुुुुरको कुनै पनि समाचारको खण्डन नगर्ने भन्दै विज्ञप्तीमा भनिएको छ, ‘ कन्तिपुरको सिलसिलेवार शव्दाक्रमण विरुद्धको आयोगको यो अन्तिम खण्डन हो । दैनिक र नियोजित ढंगवाट यस छापामाध्यमले प्रकाशमा ल्याउने काल्पनिक समाचार र विचारको निरन्तर खण्डन–मण्डनमा समय खर्चन संभव छैन । ’
कान्तिपुरले पूर्वग्राही ढंगले अख्तियार र अख्तियार प्रमुखलाई लक्षित गरेर निरन्तर भ्रामक समाचार लेख्दै आएको अख्तियारको दाबी छ ।

