अख्तियारले लगायो कान्तिपुरमाथि गम्भीर आरोप...



काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कान्तिपुर पब्लिकेशनमाथि गम्भीर आरोप लगाएको छ । अख्तियारले आज एक प्रस विज्ञप्ती जारी गर्दै कान्तिपुरले पीत पत्रकारिता गर्दै आएको आरोप लगाएको हो ।

‘स्वभावतस् मर्यादित र व्यवसायिक पत्रकारिता प्रति आयोगको उच्च सम्मान रहि आएको छ । पत्रकारिता क्षेत्र संगको सहकार्यलाई आयोगले सर्वथा उच्च प्राथमिकता दिदै आएको छ । तर पीत पत्रकारिता आयोगका निम्ति कदाचित ग्राह्य छैन र आयोग कान्तिपुर प्रवृतिको पीत पत्रकारिताको सर्वथा भर्त्सना गर्दछ । आयोग विरुद्ध झुठ र भ्रममा आधारित कान्तिपुरको सिलसिलेवार शव्दाक्रमण के व्यवसायिक पत्रकारिता हो ? के कलम र छापा मञ्चको दम्भका आधारमा असत्यलाई वलात सत्यापित गर्ने प्रयत्न आफैमा अपराध होईन ? कान्तिपुरका यि सवै हर्कतलाई आयोगले सदा आफ्नो स्मृतिमा राखेको छ ’, अख्तियारको विज्ञप्तीमा भनिएको छ ।

अख्तियारको कार्याधिकार, सम्वैधानिक एवं कानूनी दायित्व र जनता प्रतिको जिम्मेवारी वारे आयोग नेतृत्व जानकार रहेको भन्दै विज्ञप्तीमा आफ्नो व्यवसायिक मर्यादा र आचार प्रति कान्तिपुसर चिन्तित र सचेत पर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

अब कान्तिपुुुुरको कुनै पनि समाचारको खण्डन नगर्ने भन्दै विज्ञप्तीमा भनिएको छ, ‘ कन्तिपुरको सिलसिलेवार शव्दाक्रमण विरुद्धको आयोगको यो अन्तिम खण्डन हो । दैनिक र नियोजित ढंगवाट यस छापामाध्यमले प्रकाशमा ल्याउने काल्पनिक समाचार र विचारको निरन्तर खण्डन–मण्डनमा समय खर्चन संभव छैन । ’

कान्तिपुरले पूर्वग्राही ढंगले अख्तियार र अख्तियार प्रमुखलाई लक्षित गरेर निरन्तर भ्रामक समाचार लेख्दै आएको अख्तियारको दाबी छ ।

No comments:

Post a Comment