असनको एक घरमा आगलागी, एकको मृत्यु


काठमाडौं
२०७२-

स्थानीय असन त्यौडस्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।असनचोक नजिक रहेको विनोद तुलाधरको चारतले कच्ची घरमा आगलागीमा परी डेरामा बस्ने १८ वर्षीय सुजन नगरकोटीको मृत्यु भएको छ भने उनकी दिदी सोनु नगरकोटी घाइते भएकी छिन् । घाइते नगरकोटीको वीर अस्पतालमा उपचार भइरहेको जनसेवा प्रहरी विशाल बजारका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले राससलाई जानकारी दिए ।

उनका अनुसार नगरकोटीको परिवार लामो समयदेखि सो घरमा डेरागरी बस्दै आएको थियो । आगलागीबाट सँगैका दुइटा घरमा पनि क्षति पुगेको छ । कति क्षति भयो भन्ने यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

करिब डेढ सय मिटर टाढा ठमेलतिर जाने गल्लीको दायाँ भागमा रहेका केही कच्ची घरमा आगलागी भएको हो । साँझ ७ः३० बजेदेखि लागेको आगो साढे दुई घन्टापछि नियन्त्रणमा आएको छ । जनसेवा प्रहरी विशाल बजारका अनुसार आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुरबाट चार दमकल तथा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिपरेका थिए ।

दमकलको सहायताले घरको बाहिरी भागको आगो नियन्त्रणमा आए पनि भित्रको निभाउन समस्या परेको उहाँले बताउनुभयो । साँघुरो गल्ली भएका कारण दमकल भित्र छिर्न नसकेपछि असन चोकमा दमकल राखेर आगो निभाउन कठिनाइ भएको थियो । रासस

No comments:

Post a Comment