जिल्ला शिक्षा कार्यालय धादिङद्वारा विद्यालयहरूलाइ जरूरी सूचना ।

जिल्ला शिक्षा कार्यालय, धादिङद्वारा निकट भविष्यमा गरिने SIP Appraisal कार्यशालाका लागि विद्यालयद्वारा तयार गरिएका SIP तथा Social Audit Report बुझाउने सम्बन्धमा विद्यालयहरूलाइ जरूरी सूचना ।

rafting in trishuli river nepal

शिक्षक लाइसेन्स नभएका शिक्षकलाई सेवाबाट नहटाउन सर्वोच्चको आदेश

  • काठमाडौं । अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)नभएका शिक्षकलाई सेवाबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलवार लाइसेन्स नभएका र अस्थायी लाइसेन्स भएका शिक्षकहरुलाई सेवाबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

    शिक्षक लाइसेन्स नभएका कारण हटाइएका लमजुङका शिक्षक राजु न्यौपाने, ओखलढुंगाका शिक्षक लोकनाथ गौतम, बाग्लुङका गुरुदत्त रेग्मी, र अस्थायी लाइसेन्स भएका लमजुङकै राजु गुरुङले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा मुद्धा दायर गरेका थिए । सो मुद्धाको सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायधिशद्धय दिपक कुमार कार्की र डा. आनन्द मोहन भट्टको संयुक्त इजालसले सो अन्तरिम आदेश जारी गरेको हो ।

    जिशिका लमजुङले गएको १५ भाद्रमा चलानी नं ३८५ मा शिक्षक लाइसेन्स नभएको र अस्थायी लाइसेन्सको पनि म्याद नाघिसकेको भन्दै जिल्लाका ११ शिक्षकहरुलाई बर्खास्ती गरेको थियो । कालिका प्रावि वन्सारका प्रावि शिक्षक राजु गुरुङ, भगवान आधारभूत विद्यालय ढोडेनीका प्रावि शिक्षक मिनबहादुर घले, जटेश्वर आधारभूत विद्यालय बाहुन डाँडाका प्रावि शिक्षक चन्द्रकान्त घिमिरे, जनविकास मावि बेशीसहरका निमावि विज्ञान शिक्षक अमरबहादुर घिमिरेलाई जिशिकाले बर्खास्तीको पत्र थमाएको थियो ।

    त्यस्तै, सम्झना माविका गणित र विज्ञान शिक्षक ओमप्रकाश मिश्र, मावि तहका राहत विज्ञान शिक्षकहरु महेन्द्र बालविकास मावि भलायखर्कका राजु न्यौपाने, वीरभक्ति मावि तार्कुघाटका नारायण न्यौपाने, डछुवादुर्छा मावि करापुका प्रल्हाद कार्की, त्रिभुवन मावि घनपोखराका प्रेमबहादुर थापा, सम्झना मावि समी भञ्ज्याङका सावित्री गुरुङ र अमर मावि खुदीका योगेन्द्र दाहाललाई जिशिकाले बर्खास्त गरेको थियो । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालद्वारा हस्ताक्षरित बर्खास्त पत्रमा शिक्षा विभागको २९ असार ०७२ को च.नं. २०६ को पत्र, क्षेशिनिको १६ भाद्र ०७२ को च.नं. ५४५ को पत्रको निर्देशन कार्यान्वयन गर्न लाइसेन्स नभएका र अस्थायी लाइसेन्सको पनि म्याद नाघेका ती शिक्षकहरुलाई २० भाद्र ०७३ भित्र अवकाश गर्ने व्यहोरा उल्लेखित थियो ।

    त्यस्तै, निम्नमाध्यमिक विद्यालय गौर रौतहटमा अध्यापन गराइरहेका ओखलढुंगाका अपाङ्गता भएका शिक्षक लोकनाथ गौतमलाई शिक्षा विभागको २९ असार ०७२ कै निर्देशन भन्दै जिशिकाले १४ साउन ०७२ मा शिक्षक लाइसेन्स नभएको भन्दै बर्खास्त गरेको थियो । शिक्षक सेवा आयोगको नियमावलीमा २०५७ को नियम ९(२)ले अपाङ्गता भएका शिक्षकलाई सामान्य व्यक्तिभन्दा भिन्न व्यवस्था गरेकाले आफूलाई हटाउनु गैरकानूनी भएको भन्दै उनी पनि अदालतको शरणमा पुगेका थिए । बहिरा अपाङ्गता भएकालाई संविधान ÷कानूनले नै विशेष व्यवस्था गरेको नियमावलीमा समेत फरक व्यवस्था भएकोमा जिशिकाले नियमविपरीत अन्यायपूर्ण ढङ्गले हटाउने काम गरेकाले न्यायका लागि अदालतमा पुगेको अपाङ्ग शिक्षक गौतमले दावी गरेका थिए ।

    सर्वोच्चमा मंलवार शिक्षा विभागको सो निर्णयको तर्फबाट सरकारी अधिवक्ताहरु र पीडित शिक्षकका पक्षबाट अधिवक्ता कोषराज काफ्लेले बहस गरेका थिए ।

    अघिवक्ता काफ्ले गत १५ असारमा भएको शिक्षा ऐन आठौं संशोधनको दफा ११ (ड)को उपदफा ५ (क) मा विज्ञान, कम्प्युटर विज्ञान, इञ्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय सञ्चालन तथा लेखा, कानून, कृषि तथा पशुविज्ञान विषयको लागि अस्थायी अध्यापन पत्रको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछन् भन्ने व्यवस्था भएकोमा तर त्यो लाइसेन्सको विज्ञापन नखुल्दै जिशिकाले ती शिक्षकहरुलाई अवकाश दिनु ऐनविपरीत भएको तर्क गरेका थिए ।

    बहसमा, ती शिक्षकहरु लाइसेन्सको व्यवस्था नहँुदै नियुक्त भएका, उनीहरुले ५ वर्षे अस्थायी लाइसेन्स लिएका र ५ मंसिर २०६६ अगाडि नियुक्त भएका शिक्षकले तीन वर्षभित्र तालिम नलिएमा सो लाइसेन्स रद्द हुने शिक्षक सेवा आयोगको नियमावली २०५७ को नियम ६ (घ) ३ मा व्यवस्था गरेको भन्दै त्यस नियमावलीको आठौं संशोधन २०७० मा म्याद २२ कात्तिक ०७१ सम्म रहेकोमा पुनः त्यस नियमावलीको नवौं संशोधनले लाइसेन्सको म्याद २२ कात्तिक २०७५ सम्म थप गरेकाले उनीहरुको अस्थायी लाइसेन्सको अवधि अझै बाँकी रहेको अधिवक्ता काफ्लेले दावी गरेका थिए ।
    #education_pati

    असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्...



  • १. कक्षाकोठा व्यवस्थापन
    कक्षाकोठामा छिर्नेबित्तिकै सोच्नुहोस् कि तपाईं विद्यार्थीको आँखामा सुपर हिरोको भूमिकामा हुनुहुन्छ । कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप गर्नुहोस् । तपाईंको व्यवहार र हाउभाउको आधारमा विद्यार्थीले तपाईंलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थीको उमेर समूहअनुसार फरकफरक व्यवहार गर्नुहोस् ।

    २. उद्देश्य निर्धारण गर्नुहोस्
    तपाईं कक्षामा के उद्देश्य लिएर छिर्नुभएको छ, पहिले नै निर्धारण गर्नुहोस् । विद्यार्थीले के सिकून् भन्ने अपेक्षा तपाईंले राख्नुभएको छ, सोही अनुसार पढाइलाई अगाडि बढाउनुपर्दछ । पाठ योजना बनाउँंदा नै यस विषयलाई प्राथमिकता दिनुहोस् ।

    ३. कक्षाकोठालाई शान्त बनाउनुहोस्
    जहिले पनि शान्तपूर्ण वातावरणमा पढाउनुहोस् । एकआपसमा कुराकानी गर्ने तथा शिक्षक र विद्यार्थीबीच अन्तरसंवाद हुन सकेन भने सिकाइ क्रियाकलाप प्रभावकारी नहुन सक्छ । तर कक्षालाई शान्त बनाउने नाममा शिक्षक विद्यार्थीको अन्तरसंवादलाई शून्य बनाउनु हुँदैन ।

    ४. विषयवस्तुको गहिराइमा पुग्नुअघि विद्यार्थीलाई मौखिक प्रश्न सोध्नुहोस्
    पुस्तकमा भएको विषयवस्तुअनुसार सीधै पढाउँदा सम्बन्धित विषय विद्यार्थीलाई अनौठो लान सक्छ । यस्तो अवस्थामा उनीहरूलाई पृष्ठभूमि बताउनेगरी मौखिक रूपमा नयाँनयाँ विषयवस्तुबारे सोध्नुहोस्, जसले विद्यार्थीलाई किताब पढेपछि अझ धेरै ज्ञान दिन सकोस् ।
    ५.सकारात्मक सोचका साथ प्रतिस्पर्धा गराउनुहोस्
    विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन एकआपसमा स्वच्छ प्रतिस्पर्धाको भावनाको विकास गराउनुहोस् । कुन विषयमा कुन विद्यार्थीले धेरै लेख्न सक्छ वा व्याख्या गर्न सक्दछ भन्ने बानीको विकास गराउनुपर्दछ । जसले विद्यार्थीलाई रचनात्मक र मेहनती बनाउनसमेत मद्दत पुर्‍याउँदछ ।
    ६. पाठयोजना बनाउन नबिर्सनुहोस्
    हरेक कार्य सम्पन्न गराउनका लागि योजनाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले शिक्षकले पनि पाठयोजना बनाएरमात्र कक्षाकोठामा प्रवेश गर्नुपर्दछ । शिक्षकले वर्षभरिमा कुन एकाइलाई कति दिन पढाउनेदेखि लिएर कुन दिन कक्षामा छिरेको समयमा के के पढाउने भन्ने विषयमा समेत स्पष्ट योजना बनाउनुपर्दछ ।

    साभार : अन्नपुर्णपोष्ट दैनिक

    कक्षा ११ को आंशिकको नतिजा सार्वजनिक, ३९.६३ प्रतिशत उत्तीर्ण

     कक्षा ११ को आंशिक परीक्षामा ३९.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


    राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार ४२ हजार ७ सय ९९ विद्यार्थी उत्तीर्ण भएका छन् । गत जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको परीक्षामा १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी सहभागी भएका थिए ।
    विगतका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशन गरिदै आएको थियो । तर, यो पटक नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।
    एकै पटक नतिजा सार्वजनिक गर्दा कक्षा १२ पास भएका तर कक्षा ११ मा १/२ विषयको आंशिक परीक्षा दिएका विद्यार्थीले माथिल्लो तह पढ्न थप १ वर्ष पर्खनुपर्ने भएकाले आंशिकको नतिजा पहिले सार्वजनिक गरिएको उनले बताए ।
    कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल आगामी पुस १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएका जनाइएको छ