कक्षा ११ को आंशिकको नतिजा सार्वजनिक, ३९.६३ प्रतिशत उत्तीर्ण

 कक्षा ११ को आंशिक परीक्षामा ३९.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार ४२ हजार ७ सय ९९ विद्यार्थी उत्तीर्ण भएका छन् । गत जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको परीक्षामा १ लाख ७ हजार ९ सय ९५ विद्यार्थी सहभागी भएका थिए ।
विगतका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशन गरिदै आएको थियो । तर, यो पटक नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।
एकै पटक नतिजा सार्वजनिक गर्दा कक्षा १२ पास भएका तर कक्षा ११ मा १/२ विषयको आंशिक परीक्षा दिएका विद्यार्थीले माथिल्लो तह पढ्न थप १ वर्ष पर्खनुपर्ने भएकाले आंशिकको नतिजा पहिले सार्वजनिक गरिएको उनले बताए ।
कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल आगामी पुस १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएका जनाइएको छ 

No comments:

Post a Comment