काठमाडौ बाट चितवन तिर जाँदै गरेकाे ट्रक जाेगिमारा १ हुग्दीखाेला पुल बाट तल खसेकाे छ...

जाेगिमारा १ हुग्दीखाेला पुलबाट ना ४ ख १४३५ नं. काे ट्रक खस्दा २ जना गम्भीर घाईते भएकाे छ । ट्रक काठमाडौ बाट चितवन तिर जाने क्रममा हुग्दीखाेला पुलबाट खसेकाे हाे ।  डाईभरले घर अम्लेखगन्ज बताएकाे छ । स्थानियहरुले २ घाईतेलाई समयमै कुच्चिएकाे गाडिबाट निकालेर राेड सम्म ल्याएपनि एम्बुलेन्स र पुलिसलाई जानकारि दिएपनि समयमा अाईपुग्न सकेकाे थिएन करिब ३० मिनेट पछि अाईपुगेकाे थियाे । घाईतेहरुलाई उपचार गर्नकाे लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएकाे छ ।

काठमाडौं बाट नुवाकाेट जाँदै गरेकाे माईक्रो बस दुर्घटना हुदाँ ८ जनाकाे मृत्यु ७ जना घाईते...

काठमाडौ बाट नुवाकाेटकाे विदुर जाँदै गरेकाे  बा १ ज ७५८३ नम्बरको  माईक्राेबस मदनपुर कमेउरेनिमा दुर्घटना हुदा  ८ जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ भने ७ जना घाईते भएकाे छ । घाईतेकाे उपचारकाे लागि काठमाडौ लगिदै
थप विवरण अाउन बाकि...

काठमाडौं बाट नुवाकाेट जाँदै गरेकाे माईक्रो बस दुर्घटना हुदाँ ८ जनाकाे मृत्यु ७ जना घाईते...

काठमाडौ बाट नुवाकाेटकाे विदुर जाँदै गरेकाे  बा १ ज ७५८३ नम्बरको  माईक्राेबस मदनपुर कमेउरेनिमा दुर्घटना हुदा  ८ जनाकाे घटना स्थलमै मृत्यु भएकाे छ भने ७ जना घाईते भएकाे छ । घाईतेकाे उपचारकाे लागि काठमाडौ लगिदै
थप विवरण अाउन बाकि...

प्रभावकारी सेवाका लागि कार्यक्रम ल्याउन टेलिकमलाई मन्त्री राईको निर्देशन

---------------------------------------------------------------------सेवाग्राहीले अनुभूति गर्नसक्ने गरी नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले सेवा प्रवाह गर्न नसक्नुको कारण पहिचान गरेर सुधारका कार्यक्रम ल्याउनुपर्ने भएको छ ।
टेलिकमको बाह्रौँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दुई महिनाभित्र जनगुनासो नआउने गरी सेवाप्रवाहमा गुणात्मक सुधार ल्याउन सूचना तथा सञ्चारमन्त्री शेरधन राईले निर्देशन दिँदै भन्नुभयो–‘‘अन्यथा सरकार आफँैले अर्को टोली गठन गरेर काम अघि बढाउनेछ ।’’
उहाँले गुणस्तरीय सेवा प्रवाह गर्न, ग्रामीण क्षेत्रमासमेत सेवा विस्तार गर्न, सन् २०२० सम्ममा सम्पूर्ण जनतामा इन्टरनेट सुविधा पु¥याउन, प्रत्येक जिल्लालाई अप्टिकल फाइवरमा जोड्न, ताररहित टेलिफोनसेवा प्रवाह गर्न, दुई वर्षमै सबै जिल्लामा ई–गभर्नेन्स पु¥याउनका लागि तीव्ररुपमा पूर्वाधार तयार पार्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिनुभयो ।
एक वर्षभित्रमा टेलिकमलाई नयाँ उचाइमा पु¥याउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्न सुझाव दिनुभएका मन्त्री राई भन्नुभयो– ‘‘संस्थाको सुधारका लागि सरकारमा रहेको जगेडा कोषको रकम सदुपयोग गरेर टेलिकमले लाभ लिनसक्छ ।’’
सेवाप्रति समर्पणकै कारण नेपाल टेलिकमले रु २० अर्ब भन्दा बढी राजस्व सङ्कलन र रु १४ अर्ब भन्दा बढी मुनाफा आर्जन गर्न सफल भइ अन्य सार्वजनिक संस्थाको तुलनामा प्रेरणाको रुपमा खडा भएको उहाँले बताउनुभयो ।
टेलिकमका अध्यक्ष समेत रहनुभएका सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ‘राष्ट्र निर्माणमा योगदान’ र ‘ग्राहक सेवामा समर्पण’ भन्ने नारालाई साकार पार्न र सूचना तथा सञ्चारमन्त्रीका निर्देशन पूरा गर्न सबै ग्राहकको सुख–दुःखको साथी बन्ने र सक्दो सुधार तथा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
टेलिकमलाई आत्मनिर्भर बनाउने मात्र होइन, सामाजिक उत्तरदायित्व पनि बहन गर्ने, राम्रा कामलाई निरन्तरता दिने, प्रतिस्पर्धामा नयाँ ढङ्गले अघि बढने तथा गुणस्तरीय सुधारमा जोड दिने बताउँदै उहाँले एक महिनाभित्र व्यवस्थापनमा सुधारको मार्गचित्र बनाउने, प्रत्येक महिना सुधारका काम अघि बढाउने र आगामी दुई वर्षमा अन्य सेवाप्रदायक संस्थाको तुलनामा यसलाई ६० प्रतिशत माथि पु¥याउने जानकारी दिनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अघिल्लो वर्षदेखि टेलिकमले दिएको निरन्तरको सेवाले यो राष्ट्रकै प्रभावकारी संस्था भएको प्रमाणित भएपनि सेवाको गुणस्तरमा भने विकास गर्न नसकेको बताउनुभयो ।
फ्रिक्वेन्सीको व्यवस्थापनमा टेलिकम चुकेको छ भन्दै उहाँले ७२ दशमलब १० मेगाहर्जको फ्रिक्वेन्सीलाई पूरै सदुपयोग गर्न नसकेको र नेपालबाट भारतमा कुरा गर्दा करिब रु तीन लागे पनि भारतबाट नेपालमा कुरा गर्दा भारु १२ तिर्नुपर्ने अवस्थामा अझै सुधार भएको छैन भन्नुभयो ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धीप्रसाद आचार्यले संस्थागत सुधार, गुणस्तर सुधार तथा सेवा विस्तार, व्यापार प्रवद्र्धन, वित्तीय सुधारका साथै सामाजिक उत्तरदायित्व बहन तथा विभिन्न सेवामा थप सुविधा प्रदान गरिएको जानकारी दिनुभयो ।
वार्षिकोत्सवमा दूरसञ्चार सेवाको इतिहास र बाह्रौँ वार्षिकोत्सवको स्मारिका लोकार्पण, २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान, क्रिकेट खेलको लोगो अनावरण, क्रिकेट सङ्घका प्रतिनिधिलाई ट्रफी प्रदान, विविध सेवा विस्तारमा योगदान पु¥याउने संस्थालाई सम्मानपत्र प्रदान र भूकम्पका समयमा उल्लेखनीय कार्य गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । रासस

वीरगञ्ज-रक्सौल नाका खुल्यो...

पाँच महिनादेखि वीरगन्च रक्सौला नाकास्थित मित्तेरी पुलमा मधेसी मोर्चाले लगाएको बासको ढाट( अवरोध) रक्सौलस्थित भारतीय नागरिकहरुको समूहले हटाएका छन्। योसँगै वीरगञ्ज-रक्सौलको प्रमुख नाका आजदेखि खुलेको छ।
शुक्रबार दिउँसो आएका उनीहरुले मोर्चाको ढाट हटाएपछि पाँच वटा ट्याम्पू नेपालबाट भारततर्फ गएका छन्। अहिले मित्तेरी पुलबाटै व्यापारीहरुले भारतबाट नेपालतर्फ सामान ल्याइरहेका छन्। मधेसी मोर्चाका एक जना धर्नाकारीलाई हटाएर मेत्तेरी पुलमा सशस्त्र प्रहरीको टोली बसेको छ। यसअघि दुई पटक मित्तरी पुलबाटै सवारी साधन आवतजावत गरिरहेका छन्।

२१ फेब्रुअरीमा लन्च हुँदै ग्यालेक्सी एस सेभेन ( S7 )


एजेन्सी : विश्वचर्चित मोबाइल निर्माता कोरियन कम्पनी सामसुङले आफ्नो फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस सेभेनलाई फेब्रुअरी २१ मा लन्च गर्ने भएको छ ।
यो स्मार्टफोन लन्च गर्नका लागि सामसुङले सञ्चारमाध्यमलाई निम्ता पठाउन थालेको छ । कम्पनीले यो लन्च इभेन्टलाई 'अनप्याक्ड' नाम दिएको छ । साथै यसमा कम्पनीको 'नेक्स्ट ग्यालेक्सी' पनि लन्च गरिनेछ ।
यो इभेन्ट मोबाइल वर्ल्ड कांग्रेस भन्दा एक दिन अघि आइतबार २१ फेब्रुअरीका दिन बार्सिलोनामा हुनेछ । कम्पनीले यसका लागि एक टिजर पनि सार्वजनिक गरेको छ । जसमा यो स्मार्टफोनलाई एक बक्समा देखाइएको छ ।
यो टिजरमा एक युवकले सामसुङको भर्चुअल रियलिटी हेडसेट लगाएको देखाइएको छ । यो स्मार्टफोनमा भर्चुअल रियलिटीका केही फिचर्स दिन सक्ने सामसुङले जनाएको छ ।
यो स्मार्टफोन लन्च हुनु एक महिनाअघि नै यसको फोटो र विशेषता सार्वजनिक भइसकेको छ । समाचार अनुसार यसमा एप्पलको थ्री डी टच जस्तै प्रेसर सेन्सिटिभ टच उपलब्ध हुनेछ ।
यो फोन पूर्णरुपमा वाटर प्रुफ पनि हुनेछ । यसका अलावा यसमा क्वालकमको नयाँ प्रोसेसर स्न्यापड्रयागन ८२० र यूएसबी टाइप सि पोर्ट जस्तै सुविधा पनि रहेको छ।