२१ फेब्रुअरीमा लन्च हुँदै ग्यालेक्सी एस सेभेन ( S7 )


एजेन्सी : विश्वचर्चित मोबाइल निर्माता कोरियन कम्पनी सामसुङले आफ्नो फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस सेभेनलाई फेब्रुअरी २१ मा लन्च गर्ने भएको छ ।
यो स्मार्टफोन लन्च गर्नका लागि सामसुङले सञ्चारमाध्यमलाई निम्ता पठाउन थालेको छ । कम्पनीले यो लन्च इभेन्टलाई 'अनप्याक्ड' नाम दिएको छ । साथै यसमा कम्पनीको 'नेक्स्ट ग्यालेक्सी' पनि लन्च गरिनेछ ।
यो इभेन्ट मोबाइल वर्ल्ड कांग्रेस भन्दा एक दिन अघि आइतबार २१ फेब्रुअरीका दिन बार्सिलोनामा हुनेछ । कम्पनीले यसका लागि एक टिजर पनि सार्वजनिक गरेको छ । जसमा यो स्मार्टफोनलाई एक बक्समा देखाइएको छ ।
यो टिजरमा एक युवकले सामसुङको भर्चुअल रियलिटी हेडसेट लगाएको देखाइएको छ । यो स्मार्टफोनमा भर्चुअल रियलिटीका केही फिचर्स दिन सक्ने सामसुङले जनाएको छ ।
यो स्मार्टफोन लन्च हुनु एक महिनाअघि नै यसको फोटो र विशेषता सार्वजनिक भइसकेको छ । समाचार अनुसार यसमा एप्पलको थ्री डी टच जस्तै प्रेसर सेन्सिटिभ टच उपलब्ध हुनेछ ।
यो फोन पूर्णरुपमा वाटर प्रुफ पनि हुनेछ । यसका अलावा यसमा क्वालकमको नयाँ प्रोसेसर स्न्यापड्रयागन ८२० र यूएसबी टाइप सि पोर्ट जस्तै सुविधा पनि रहेको छ।

No comments:

Post a Comment