संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन् ।
नेपालमा अघोषित रुपमा नाकाबन्दी गर्न निर्देशन दिएर गल्ति गरिरहेका मोदीले अमेरिका अर्काे गल्ति गरेका छन् । आफ्नै देशको झण्डाको अपमान गरेर मोदी अमेरिकामा आलेचित भएका छन् । साथै भारतमा पनि उनको आलोचना सुरु भएको छ ।
सर्वत्र आलोचना सुरु भएपछि मोदीको स्वच्छ करियरमा ठूलो झट्का लागेको छ । भारतीय सञ्चार माध्यमले समेत मोदीको आलोचना गरेका छन् ।
अमेरिकामा बस्दै आएका भारतीय नागरिक शेफ विकास खन्नालाई दिएको एक अटोग्राफले मोदीको अमेरिका र भारतमा आलोचना सुरु भएको हो । अटोग्राफमा राखिएको झण्डामा साइन गरेपछि मोदी विवादको घेरामा परेका हुन् । भारतको संविधान अनुसार राष्ट्रिय झण्डामाथि कुनै पनि कुरा लेख्न पाइँदैन् । तर, मोदीले यो कुरालाई उल्लंघन गरेर विकास खन्नाको अटोग्राफ झण्डामा दस्तखत गरे जसका कारण आफ्नै देश र विदेशमा आलोचित बने ।
उसो त नाकाबन्दी लगाएर मोदी नेपालबाट पनि आलोचित भइरहेका छन् । सामाजिक सञ्जालमा उनको चर्काे विरोध भइरहेको छ भने देशैभरी प्रदर्शन र पुत्ला जलाइएको छ ।
नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरे...
एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् ।
डा. भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।
संविधान जारी भएयता पार्टी अध्यक्ष प्रचण्डसँग गम्भीर मतभेद जनाउँदै आएका भट्टराई शनिबार काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । उनले सांसद् पदबाट पनि परित्याग गरेका छन्।
बाबुरामले पत्रकार सम्मेलन अघि नै साधरण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा एमाअाेवादी अध्यक्ष प्रचण्डलार्इ जानकारी गराइसकेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै बाबुरामले आफूले अहिले नै नयाँ शक्ति निर्माणबारे केही नसोचेको जानकारी दिए । 'अहिले नै नयाँ शक्तिबारे केही सोचेको छैन', उनले भने,'केही समय स्वतन्त्र व्यक्तिकारुपमा क्रियाशिल हुनेछु ।'
बाबुरामको यो घोषणापछि उनी र प्रचण्डबीचको तीन दशक लामो सहयात्रा पनि टुंगिएको छ । यसअघि संविधानको विजयोत्सव मनाउने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाबुरामलर्इ ३० वर्षदेखि झेलिरहेको जनाउँदै एक वर्ष उनलार्इ झेल्न भन्दै ब्यंग्यात्मक मन्तब्य दिएका थिए ।
उनले आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेर मधेसतिर लाग्ने योजनायसअघि नै बनाइसकेका थिए ।
पत्रकार सम्मेलनमा पार्टीभित्रको आन्तरिक विवाद र संविधान घोषणाप्रतिको असन्तुष्टी पोख्दै सभासद् र पार्टीको साधरण सदस्यसमेत नरहने गरी भट्टारार्इले राजीनामा दिएका हुन् ।
गोरखा निर्वाचन क्षेत्र नं १ बाट दोस्रो संविधानसभामा विजयी नेता भट्टरार्इ सभासद्बाट पनि राजीनामा दिँदै राजीनामा पत्र सभामुख सुबास नेम्बाङलार्इ बझाइसकेका छन् ।
वैकल्पिक वा नयाँ राजनीतिक शक्तिको स्थापनाको चर्चा गर्दै आएका उनले केही दिनअघि मधेस आन्दोलनमा समर्थन र एेकेबद्धता जनाएक थिए ।
आइतबारदेखि पेरिस डाँडामा बोलाइएको केन्द्रीय समितिको बैठकलाई बहिष्कार गरेर मधेसतिर जाने तयारी बाबुराम पक्षले यसअघि नै गरिसकेको छ ।
मधेसलाई प्रतिनिधित्व गर्ने एमाओवादीका नेता तथा सभासद्हरुले तराईका विभिन्न भागमा आयोजना गर्ने सभालाई बाबुरामलाई लैजाने कार्यक्रम बनाइसकेका छन् ।
Subscribe to:
Comments (Atom)