नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरे...

एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् । डा. भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् । संविधान जारी भएयता पार्टी अध्यक्ष प्रचण्डसँग गम्भीर मतभेद जनाउँदै आएका भट्टराई शनिबार काठमाडौंको इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । उनले सांसद् पदबाट पनि परित्याग गरेका छन्। बाबुरामले पत्रकार सम्मेलन अघि नै साधरण सदस्यसमेत नरहने गरी पार्टी छाडेको घोषणा एमाअाेवादी अध्यक्ष प्रचण्डलार्इ जानकारी गराइसकेका थिए । पत्रकार सम्मेलनमा बोल्दै बाबुरामले आफूले अहिले नै नयाँ शक्ति निर्माणबारे केही नसोचेको जानकारी दिए । 'अहिले नै नयाँ शक्तिबारे केही सोचेको छैन', उनले भने,'केही समय स्वतन्त्र व्यक्तिकारुपमा क्रियाशिल हुनेछु ।' बाबुरामको यो घोषणापछि उनी र प्रचण्डबीचको तीन दशक लामो सहयात्रा पनि टुंगिएको छ । यसअघि संविधानको विजयोत्सव मनाउने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफूले बाबुरामलर्इ ३० वर्षदेखि झेलिरहेको जनाउँदै एक वर्ष उनलार्इ झेल्न भन्दै ब्यंग्यात्मक मन्तब्य दिएका थिए । उनले आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेर मधेसतिर लाग्ने योजनायसअघि नै बनाइसकेका थिए । पत्रकार सम्मेलनमा पार्टीभित्रको आन्तरिक विवाद र संविधान घोषणाप्रतिको असन्तुष्टी पोख्दै सभासद् र पार्टीको साधरण सदस्यसमेत नरहने गरी भट्टारार्इले राजीनामा दिएका हुन् । गोरखा निर्वाचन क्षेत्र नं १ बाट दोस्रो संविधानसभामा विजयी नेता भट्टरार्इ सभासद्बाट पनि राजीनामा दिँदै राजीनामा पत्र सभामुख सुबास नेम्बाङलार्इ बझाइसकेका छन् । वैकल्पिक वा नयाँ राजनीतिक शक्तिको स्थापनाको चर्चा गर्दै आएका उनले केही दिनअघि मधेस आन्दोलनमा समर्थन र एेकेबद्धता जनाएक थिए । आइतबारदेखि पेरिस डाँडामा बोलाइएको केन्द्रीय समितिको बैठकलाई बहिष्कार गरेर मधेसतिर जाने तयारी बाबुराम पक्षले यसअघि नै गरिसकेको छ । मधेसलाई प्रतिनिधित्व गर्ने एमाओवादीका नेता तथा सभासद्हरुले तराईका विभिन्न भागमा आयोजना गर्ने सभालाई बाबुरामलाई लैजाने कार्यक्रम बनाइसकेका छन् ।

No comments:

Post a Comment