५ वर्ष पुरा भएछ एस एल सी पास गरेको ।
एस एल सी पछि २ विकल्प *
कतार र पढाई मध्ये धेरै साथीहरुले कतार रोजे
मैले पढाई रोजे
त्यस पछि.........साथी हरु कतार छिरे
म पढाई तिर लागे
उनिहरु मुल्यबान पैसा कमाउन थाले
म मुल्यहींन सर्टीफिकेट कमाउन थाले
उनीहरु फलाम र सिमेन्ट थुपार्न थाले र घर बनाए
म किताब र कापी थुपार्न थाले र डेरा साघुरो बनाए
उनीहरुले बिहे गरे र सम्बन्ध हरु विस्तार गरे
मैले बेस्ततामा आत्मिय मित्रहरु गुमाए र सम्बन्धहरु टुटाउदै गए
उनीहरुले बच्चा पाउन थाले
मैले मानसिक तनाब थोपर्न थाले
उनीहरु लाई समाजले चिन्न थाल्यो
म शहरको अध्यारो डेरामा येक्लिन थाले
उनीहरुलाई समाजले पुरस्कार र मालाले बिभुसित गर्यो
म तेही कार्येक्रमको एक कुनामा मुकदर्सक बने
उनीहरुको जिबनको सार्थकता बर्तमान मा देखिन्छ
म चाउरिन थालेको निधार समातेर भबिस्य खोज्दछु
उनीहरु सक्रिय जिबन बाट बिश्राम को बारे सोच्दैछन
म सक्रिय जिबनको खोजीमा सडकमाऒर्लदॆछु !
.................
No comments:
Post a Comment