बिहीबार राति परेको भारी वर्षाले नेपालगञ्ज जलमग्न भएको छ। नेपालगञ्जमा गए राति पाँच घन्टाको अवधिमा १६९ मिलिमिटर वर्षा भएको छ। राति साढे दसबजेदखि भारी वर्षा सुरु भएको थियो। यो निरन्तर पाँच घन्टासम्म जारी रहेको थियो। छोटो सयममा यति धेरै वर्षा भएको नेपालगञ्जमा पहिलोपटक हो । मौसम तथा जलविज्ञान विभाग नेपालगञ्ज कार्यलयका प्रमुख रिता महतोअनुसार नेपालगञ्जमा पहिलोपटक यति ठूलो मुशलधारे वर्षा भएको हो । अहिले पनि बाँकेमा वर्षा भइरहेको छ। वर्षाका कारण नेपालगञ्ज बजार क्षेत्र पुरै जलमग्न भएको छ । भारतीय सिमासँग जोडिएको हिरिमिनिया गाउँ पुरै डुबानमा परेको छ। नेपालगञ्जका घरबारी टोल, सेतुबिक चोक, न्यूरोड, बुलबुलियालगायतका क्षेत्रहरु जलमग्न भएका छन् । नेपालगञ्ज भारी वर्षाले जलमग्न भए पनि मानवीय तथा भौतिक क्षति केही नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए । डोजरलगाएर निकास खोल्ने तथा पानी बगाउने काम भइरहेको छ। नेपालगञ्ज जलमग्न भएपछि बर्दियामा पनि उच्चसतर्कता अनपाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद कुँवरले बताए । नेपालगञ्ज जलमग्न भए पछि राप्तीमा बाढी आउने त्रास स्थानीयमा छ । तर राप्ती नदीमा पानीको सतह खासै बढेको छैन।

तपाईको राशिफल हेर्नुस्...

मिति: २०७२ आशाद १० बिहीवार मेष. चु, चे, चो, ला, लि, लु, ले, लो, अ शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। सामाजिक कार्यमा सुधार आउनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। रोगबाधक क्षमता वृद्धि हुनेछ। वृष . इ, उ, ए, ओ, वा, वि, वु, वे, वो मानसिक चिन्ता बढ्नेछ। शत्रु परास्त हुनेछन्। खर्च वृद्धि हुनेछ। कार्यप्रति स्थायित्व आउनेछ। शारीरिक पीडा बढ्नेछ। मिथुन. का, कि, कु, घ, ङ, छ, के, को, हा व्यवसायबाट धन आर्जन हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। सामाजिक कीर्ति बढ्नेछ। कर्कट. हि, हु, हे, हो, डा, डि, डु, डे, डो पारिवारिक अन्योल बढ्नेछ। अधुरा कार्य पूरा हुनेछन्। सामाजिक कार्यमा सभागिता बढ्नेछ। बुद्धि बढ्नेछ। यात्रा हुनेछ। सिंह . मा, मि, मु, मे, मो, टा, टि, टु, टे धन प्राप्ति हुनेछ। आय आर्जनका स्रोत फेला पर्नेछन्। नेतृत्व क्षमताको विकास हुनेछ। परोपकारको भावना बढ्नेछ। हर्ष बढ्नेछ। कन्या . टो, पा, पि, पु, ष, ण, ठ, पे, पो तार्किक क्षमता विकास हुनेछ। पराक्रम बढ्नेछ। कार्यमा उत्साह र विश्वास बढ्नेछ। आर्थिक क्षेत्र सबल बन्नेछ। लेनदेनमा विवाद बढ्नेछ। तुला. रा, रि, रु, रे, रो, ता, ति, तु, ते आत्मविश्वास बढ्नेछ। दैनिक कार्य यथावत् रहनेछ। अध्ययनमा सुधार हुनेछ। मन विचलित रहनेछ। बोलीको प्रभाव बढ्नेछ। वृश्चिक . तो, ना, नि, नु, ने, नो, या, यि, यु स्वास्थ्यमा सुधार हुनेछ। गुरुजनको सहयोग प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। कार्य सफल हुनेछ। मांगलिक कार्य हुनेछ। धनु . ये, यो, भा, भि, भु, धा, फा, ढा, भे राज्यबाट सहयोग प्राप्त हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। भाग्योदयको योग छ। मकर. भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि आर्थिक समस्या बढ्नेछ। मानसिक चञ्चलता रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। वैदेशिक यात्रामा अवरोध हुनसक्छ। मित्र भेट होला। कुम्भ . गु, गे, गो, सा, सि, सु, से, सो, दा सम्पादन कार्य बढ्नेछ। राज्यबाट मानपदवी प्राप्त हुनेछ। पदप्रतिष्ठामा वृद्धि हुनेछ। मनोरञ्जनमा रुचि बढ्नेछ। मीन , दि, दु, थ, झ, ञ, दे, दो, चा, चि कृषि कार्यमा उन्नति हुनेछ। दैनिक कार्यबाट अपेक्षित लाभ मिल्नेछ। बन्धुको सहयोग प्राप्त हुनेछ। निर्माण कार्यमा संलग्नता बढ्नेछ।
केरा तपाई हामीले देखिरहेको र खाइरहेको अत्यन्तै परिचित फल हो । धेरै जसो बाह्रै महिना पाइने भएको र सस्तो पनि भएको कारणले गर्दा यो फल साधारण फल मानिन्छ । सर्वसुलभताका कारण केरा साधारण फल भए पनि यसको गुण चाहिँ असाधारण हुन्छन् । सके त्यसैले होला, अहिले अमेरिका, जर्मनी र बेलायत जस्ता अति विकसित मुलुकहरुमा केराले लोकप्रियतामा “फलको राजा” स्याउलाई पनि उछिनेको छ । एक तथ्यांक अनुसार बेलायतमा मात्रै प्रति वर्ष ५० लाख केरा खपत हुन्छ । यसबाट पनि यो फलको लोकप्रियता थाहा लाग्छ । केरा जंगली प्रजातिको फल हो । यो संसारको सबै भन्दा पुरानो फलमध्ये एक हो । भारत र मलाया केराको उत्पति थलो मानिएको छ । सामान्यतः जंगली अवस्थामा पाइने यो फललाई पछि यसलाई मानिसले घरमै खेती गर्न थालेका हुन् । सबैभन्दा पहिले दक्षिण एशिया (अझ विशेष गरेर भारत) तथा पपुआ न्यू गिनीका किसानहरुले घरमा खेती गर्न थालेको विश्वास गरिन्छ । पपुआ न्यू गिनीको पश्चिमी प्रान्तमा फेला परेको एक पुरातात्विक तथ्यअनुसार त इशापूर्व ५००० साल अघि नै त्यहाँ केरा खेती थालिएको थियो । त्यसै गरी क्यामरुनमा फेला परेको अर्को प्रमाणअनुसार चाहिँ त्यहाँ पहिलो शताब्दीदेखि केरा खेती थालिएको थियो । त्यही समयताका नै माडागास्करमा पनि केरा खेती शुरु भएको थियो । इशापूर्व ६०० तिरको एउटा बौद्ध ग्रन्थ समेत केराबारे उल्लेख पाइन्छ । भनिन्छ, केरा खाने पहिलो युरोपियन विश्वविजेता सम्राट अलेक्जेण्डर थिए । उनले भारतमा उक्त फल चाखेका थिए । त्यस पछिका कालहरुमा केरा अरब व्यापारीहरु मार्फत जेरुसलमा र इजिप्ट हुँदै अफ्रिकातिर फैलियो । वास्तवमा, केराको अंग्रेजी नाम banana नै अरबी भाषाबाट लिइएको हो । अरबी भाषामा banana को अर्थ हुन्छ– औला जस्तो देखिन फल । मध्यपूर्व देशहरुमा सम्भवतः पहिले देखि नै केराको उपलब्धता थियो होला तर मुस्लिम साम्राज्यको विस्तारसँगै केरा खेतीका बारेमा पनि तथ्यहरु प्रकाशमा आउन थाल्यो । नवौ तथा दशौं शताब्दीका मुस्लिम, प्यालेष्टिनी तथा इजिप्सियन साहित्य तथा अभिलेखहरुमा केराका बारेमा उल्लेख गरिएको पाइन्छ । त्यसबेला मुस्लिम समाजमा हाल स्पेनमा पर्ने ग्रानाडाको केरालाई उच्च कोटीको मानिन्थ्यो । के विश्वास गरिन्छ भने सन् ६५० तिर विश्वविजेता मुस्लिमहरुले स्पेनबाट केरा प्यालेष्टाइन ल्याइपुर्याएका थिए । उता क्रिस्चियन अधिराज्य साइप्रसमा चाहिँ मध्ययुगतिरदेखि केरा खेती थालिएको थियो । अमेरिकामा चाहिँ पोर्तुगिज नाविकहरुले सोह्रौं शताब्दीतिर अफ्रिकाबाट केरा पुर्याएका थिए । १५ औं र १६ औं शताब्दीमा पोर्तुगिजहरुले आफ्नो साम्राज्यको विस्तारसँगै एटलान्टिक द्वीपहरु, ब्राजिल तथा पश्चिम अफ्रिकामा केरा खेती गरेका थिए । विश्वमा केराको सबैभन्दा ठूलो उत्पादक र भारत हो । सन् २०११ को एक तथ्यांकअनुसार त्यस साल भारतले विश्वको कुल उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको थियो । भारत पछि युगान्डा ८ प्रतिशत, चीन ७ प्रतिशत, फिलिपिन्सर इक्वेडर ६–६ प्रतिशत, ब्राजिल ५ प्रतिशत, इन्डोनेशिया र कोलम्बिया ४–४ प्रतिशत, क्यामरुन र तान्जानिया ३–३ प्रतिशत तथा अन्य थुपै देशहरु मिलाएर ३४ प्रतिशत केरा उत्पादन गरेका थिए । निर्यातको हकमा इक्वेडर सबैभन्दा अगाडि (२९ प्रतिशत) रहेको थियो । आजभोलि भारतीय उपमहाद्वीप बाहेकमध्ये अमेरिका, दक्षिण अमेरिकाका केराहरु भाग र वेष्ट इण्डिजमा केराको खेती गरिन्छ । पौष्टिकताको खानी केरा अमेरिका, जर्मनी, बेलायत जस्ता विकसित देशहरुमा अत्यन्तै लोकप्रिय हुनुको खास कारण पनि यो पौष्टिकताको खानी भएरै हो । एउटा १०० ग्राम केरामा सामान्यतः निम्नानुसार पोषण पाइन्छः इनर्जी ८९ क्यालोरी कार्बोहाइड्रेड २२.८४ ग्राम सुगर १२.२३ ग्राम खाद्य फाइबर २.६ ग्राम चिल्लो ०.३३ ग्राम प्रोटिन १.०९ ग्राम भिटामीनहरु थाइमीन (बी १) ०.०३१ मिलिग्राम रिबोफ्लावीन (बी २) ०.०७३ मिलिग्राम नाइसिन (बी३) ०.६६५ मिलिग्राम पान्टोथेनिक एसिड (बी५) ०.३३४ मिलिग्राम भिटामीन बी६ ०.४ मिलिग्राम फोलेट (बी९) २० माइक्रोग्राम चोलिन ९.८ मिलिग्राम भिटामीन सी ८.७ मिलिग्राम आइरन ०.२६ मिलिग्राम म्याग्नेसियम २७ मिलिग्राम मानगानेस ०.२७ मिलिग्राम फोस्फोरस २२ मिलिग्राम पोटासियम ३५८ मिलिग्राम सोडियम १ मिलिग्राम जिंक ०.१५ मिलिग्राम फ्लोराइड २.२ माइक्रोग्राम क्याल्सियम ६ मिलिग्राम स्टेरोल्स ः १८.९ मिलिग्राम फाइटोस्टिरोल्स (phytosterols) । कतिपय केरा विशेषज्ञहरु त के समेत दावी गर्छन भने, स्याउमा भन्दा केरामा तीन गुना बेसी कार्बोहाइड्रेट, भिटामीन र पौष्टिक फाइबरहरु हुन्छन् । केराका फाइदाहरु देख्दा साधारण लाग्ने केराको गुण चाहिँ असाधारण हुन्छ । डिप्रेसनको समस्या होस् या मस्तिष्कलाई स्मार्ट बनाउने कुरामा होस्, केरा उपयोगी हुन्छ । केराले ह्यांगओभर हटाउन, बिहानीपख विसञ्जोपनको अनुभव हुने समस्या निदान गर्न सहयोग गर्छ । त्यसका साथसाथै, मृगौलाको क्यान्सर, डाइबिटिज, हड्डी खिइने समस्या र अन्धोपन रोक्न पनि केराले भूमिका खेल्ने अनुसन्धानकर्ताहरु बताउँछन् । कतिसम्म भने लामखुट्टेले टोकेको ठाउँमा केराको फल मा बोक्रा दल्ने हो भने तुरुन्तै चिलाइ मर्छ । केराको बोक्राले जुत्ता टल्काउन सकिन्छ । अझ पछिल्लो अनुसन्धानहरुले त कतिसम्म देखाएको छ भने केराको बोक्राले पानीमा हुने फलाम, तामा, जस्ता जस्ता स्वास्थ्यमा प्रतिकूल असर पार्ने खनिजहरुलाई छानेर पानी शुद्ध बनाउने काममा समेत उपयोग गर्न सकिन्छ । ल्युकोरिया, झाडा पखाला, दम, कब्जियत, आगोले पोलेको जास्ता समस्याहरुमा उपयोगी हुन्छ । तर खोकी र चिसो लागेको बेलामा भने केरा खानु हुँदैन । त्यसैगरी, कमजोर पाचन क्षमता भएकाले पनि केरा र दुधसंगै खानु हुँदैन । केराका फाइदाहरुलाई निम्नानुसार लिपिबद्ध गर्न सकिन्छ ः * मांसपेशीको विकासको लागि निश्चित मात्रामा कार्बोहाइड्रेडको आवश्यकता पर्दछ । केराको नियिमित सेवनले त्यो आवश्यकता पूर्ति गर्छ । * केरामा पर्याप्त मात्रामा सजिलै पच्ने धुलनशील फाइबरहरु हुन्छन् । ती फाइबरहरुले कब्जियत हटाउन तथा हाम्रा पाचन प्रक्रियालाई नियमित गर्न एवं स्वस्थ राख्न मद्दत गर्छ । * केरामा पर्याप्त मात्रामा पोटासियम पाइन्छ । त्यसकारण केराले रगतलाई मस्तिष्कसम्म अक्सिजन पु¥याउन, हृदयको घड्कन नियमित गर्न र शरीरका पानीको मात्रालाई सन्तुलित राख्न मद्दत गर्छ । * केरा पच्नामा पनि सजिलो हुन्छ । फेरी नरम र खास चपाइ रहनु नपर्ने भएकोले यो दाँत नहुने केटा केटी तथा बुढाबढीले समेत खान सक्छन् । हुर्कदो उमेरमा बच्चाहरुका लागि केरा अति तागतिलो फल मानिन्छ । तौल कम भएका मान्छेले प्रति दिन एउटा केरा २०० मि.लि दूध संग एक महिना खायो भने उसको तौल बढ्ने कुरा अनुसन्धानहरुले देखाएका छन् । * केरामा भिटामीन बी६ पाइन्छ । यो भिटामिनले हाम्रो शरीरमा ग्लुकोजको मात्रालाई नियमित गर्न सहयोग गर्छ । साथसाथै यसले तनावको बेलामा तथा मनमस्तिष्क एवं मुडलाई सन्तुलित राख्न मद्दत गर्छ । यही भिटामीन कै कारण केराको सेवनले सुन्निने समस्या कम हुन्छ, डाइबिटिजबाट बचाउँछ, तौल कम गर्न मद्दत गर्छ, स्नायु प्रणालीलाई सुदृढ बनाइदिन्छ र शरीरमा रोगसँग लड्ने सेतो रक्तकोषको उत्पादनमा सहयोग पु¥याउँछ । * केरामा थरिथरिका भिटिामीन बी तथा मिनरलहरु पाइन्छन् । यी भिटामीन तथा मिनरलहरुले धूमपानका लत लागेकाहरुलाई धूमपान छोड्नका लागि भौतिक तथा मानसिक रुपमा पनि सहयोग पुग्ने अध्ययनहरुले देखाएको छ । * हाम्रो मुडलाई ठीक अवस्थामा राख्न ट्राइप्टोफान (Tryptophan) नामक तत्वले भूमिका निर्वाह गर्छ । मानिस स्वस्थ हुनका लागि अत्यावश्यक २२ थरि एमिनोएडिसहरुमध्येको एक प्रमुख तत्व ट्राइप्टोफान केरामा पनि पाइन्छ । हाम्रो शरीरले आफैं उत्पादन गर्न नसक्ने यो तत्व खानेकुरा हुँदै रगतको माध्यमबाट मस्तिष्कमा पुगेपछि सेरोटोनिनमा परिणत हुन्छ । हाम्रो मुडलाई ठीक अवस्थामा राख्ने र खुसी राख्ने मस्तिष्कको मुख्य न्यूरोट्रान्समिटर नै यही सेरोटोनिन (serotonin) हो । * केरा पोटासियमको भण्डार हो । यसले हाम्रो मस्तिष्कलाई चैतन्य राख्ने काम गर्छ । फलतः यसले छात्रछात्राहरुको अध्ययनमा पनि सहयोग पुर्याउँछ भन्दा फरक पर्दैन । विभिन्न अध्ययनहरुले के देखाएको छ भने नियमित रुपमा नास्ता र खानामा केरा समावेश गर्ने विद्यार्थीहरुको मस्तिष्क तीक्ष्ण हुने गर्छ र उनीहरुले परीक्षामा पनि राम्रो नतिजा ल्याउने गर्छन् । पोटासियमको मात्रा उच्च हुने तर नूनको मात्रा न्यून हुने कारणले नै केराले रक्तचाप सन्तुलित राख्न मद्दत गर्छ । यही कारण नै केराले मुटुको समस्या तथा हृदयघातबाट बचाउँछ । * केरामा आइरन (फलाम) पनि पर्याप्त मात्रामा पाइन्छ । सबैलाई थाहा भएकै कुरा हो कि खानेकुरामा पाइने फलामले रगतमा हेमोग्लोबिनको उत्पादन बढाइदिन्छ र त्यस्ता खानेकुराहरुले हामीलाई एनिमिया (रक्तअल्पता अर्थात् शरीरमा रगत कम हुने) रोगबाट पनि बचाउँछ । * त्यसै गरी, महिनावारी हुँदा महिलाको पेट बाउँडिने समस्यामा पनि केराको सेवनले फाइदा गर्ने गर्छ । * कुनै तनाव र थकान पैदा गर्ने काम गर्नुपर्ने अवस्थामा आयो भने दुईवटा केरा खाइदिनुपर्छ । त्यसले हाम्रो शरीरमा आवश्यक शक्ति र ग्लुकोजको मात्रा आपूर्ति भएर त्यो स्थितिबाट बचाउँछ । * मांसपेशीहरु बाउँडिने तथा रात्रीसमयमा खुट्टा बाउँडिने समस्या छ भने पनि केराको नियमित सेवनले ठीक हुन्छ । * केराले पिसाबबाट क्याल्सियम खेर जान दिँदैन तथा खानेकुराहरुबाट क्याल्सियम सोस्ने क्षमता बढाएर शरीरको हड्डी मजबूत बनाउन सहयोग गर्छ । * केरामा पेक्टिन उच्च मात्रामा पाइन्छ । पेक्टिनले खानेकुराहरु पचाउन मद्दत गर्नुका साथसथै शरीरका विकार तथा अपच्य खनिजहरु शरीरबाट निस्कासन गर्न सहयोग गर्छ । केराले हाम्रो आमासयमा हितकारी व्याक्टेरियाहरुको बृद्धिमा सहयोग गर्नुका साथै पाचन रसहरुको उत्पादन बृद्धि गराएर खानेकुराहरुबाट पोषण सोस्न समेत मद्दत पुर्याउँछ । केरामा उच्च मात्रामा पाइने फाइबरहरुले कब्जियत हटाइ पाचन प्रक्रियालाई नियमित गर्न सहयोग गर्छ । * झाडा लागेको बेलामा हाम्रो आन्द्रा कमजोर भएको हुन्छ । त्यस अवस्थामा केराको सेवनले पाचन नलीहरुलाई आराम पुर्याउनुका साथै झाडाका कारण शरीरबाट गुमेको इलेक्ट्रोलाइटहरुको पुनः आपूर्ति समेत गराउँछ । * केरामा प्राकृतिक रुपमा एसिड प्रतिरोधी क्षमता (Antacid) हुन्छ । त्यसैले यसको सेवनले ग्यास्टिक, छात्तीको जलन जस्ता समस्यामा राहत पुग्छ । केरा मात्रै तयस्तो एउटा फल हो, जसले अल्सरको समस्यामा पनि राहत दिन्छ । विशेष गरेर अल्सरको विरामीमा केराले हाम्रो आमाशयका पत्रहरुलाई पाचन रसले क्षति पुर्याउनबाट बचाउँछ । * केरामा एन्टिअक्सिडेन्ट तत्व पर्याप्त मात्रामा पाइन्छ । फलतः यसको नियमित सेवनले हाम्रो शरीर भित्र विकारहरु जम्न पाउँदैन भने मृगौलाको क्यान्सर लगायत अन्य घातक रोगहरु लाग्ने सम्भावना पनि न्यून गराउँछ । * ज्वरो आएको बेलामा गर्मीको बेलामा केराको सेवन गर्ने हो भने त्यसले शरीरको तापक्रम न्यून गराउन मद्दत पुर्याउने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ । * मुसा आएको भागमा केराको बोक्राको भित्री भाग खुर्केर टेप लगाइदिने हो भने विस्तारै मुसा हराएर जान्छ । * केरामा पाइने एउटा प्रमुख तत्व फाइटोस्टिरोल हो । यो तत्वले रगतमा खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्नु उपयोगी हुनेगर्छ । अनुसन्धानकर्ताहरुका अनुसार फाइटोस्टिरोल र कोलेस्ट्रोलको बनावट तथा शरीरमा पच्ने प्रक्रिया एउटै खालको हुने गर्छ । हाम्रो खानामा फाइटास्टिरोलको मात्रा बढी हुँदा शरीरले खानेकुराबाट कम क्यालेस्ट्रोल सोस्ने गर्छ । फलतः शरीरमा खराब कोलेस्ट्रोलको मात्रा नियन्त्रित भई मुटु रोग लाग्नबाट समेत बचाउँछ । फाइटोस्टिरोल अल्माइजर (बुढौलीमा स्मृति क्षीण हुने) रोगमा समेत उपयोगी हुने संकेत अनुसन्धानहरुबाट देखिएको छ ।

कुन ब्लड ग्रुप भएका मानिसको स्वभाव कस्तो ...?

२०७२ जेठ २३ गते एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ। Group O : संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो। Group A : यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन। Group B : यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ। Group AB : यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ !

दरवार हत्याकाण्डको १४ वर्ष , थप रहस्यमै

इतिहासकै राजतन्त्र र नेपाली राजनीतिमा कालो दिनको रुपमा लिइने तत्कालिन राजा विरेन्द्र शाहको वंश नास भएको आज १३ वर्ष पुरा भएको छ ।तत्कालीन राजा बिरेन्द्र हुँदा वि.सं. २०५८ साल जेठ १९ गते राती दरवारभित्र भएको गोलीकाण्डमा राजा विरेन्द्रको वंश नै सखाप हुनेगरि उनको परिवारका सबै सदस्यहरुलाई घटनास्थलमै गोली हानी मारिएको थियो । जुन घटनामा रहस्यमय ढंगले ज्ञानेन्द्र शाह परिवारलाई भने केही भएको थिएन । जेठ १९ को रात राजपरिवारका सदस्यहरुको पारिवारिक रात्रिभोज भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो । जुन काण्डमा मारिएका अन्य भारदार र सैन्यबारे अहिलेसम्म स्पष्ट जानकारी आएका छैन । घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रले गराएको ठहर गरेको थियो । जुन कुरालाई अहिलेसम्म आम नेपालीले विश्वास गरेका छैनन । विरेन्द्रको वंशनासपछी राजाका रुपमा ज्ञानेन्द्र शाह शासनसत्तामा आएका थिए । तर राणाकालीन शासन शैलिमा सत्ता चलाउन खोज्दा ज्ञानेन्द्र शाहले नेपाली राजतन्त्रको शासन सत्तानै सखाप पार्न पुगे । जनआन्दोलन २०६२ ६३ को बलमा राजतन्त्र हटाएसँगै नेपाल गणतन्त्रमा प्रवेश गरेको छ । गणतन्त्र आइसकेपनि नेपाली जनताले शिष्ट र भद्र स्वभावका मायालु राजाका रुपमा चित्रित गरेका बिरेन्द्र शाह परिवारलाई अझै भुलेका छैनन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । युवराज दिपेन्द्रले उनकी प्रेमिका देवयानी राणासँग विवाह गर्न परिवारले अनुमति नदिदा आवेगमा आएर दरवार हत्याकाण्ड मच्चाएको बताइएको छ । तर दरवार हत्याकाण्डका भग्नावशेसहरु भने तत्कालिन राजा ज्ञानेन्द्रले राजतन्त्र मासिने बेलामा रातारात भत्काएर मासेका थिए । इतिहासमा तत्कालिन युवराज दिपेन्द्रमाथि हत्याराको कालो दाग लागेपनि अधिकांश नेपालीहरुले उनको विगतको बानी व्यवहार र चरित्र हेर्दा यो घटना दिपेन्द्र बाटै घटेको विश्वास गर्न पटक्कै सकेका छैनन् । काँग्रेसका नेता गिरिजा प्रसाद कोइरालाले समेत दरवार हत्याकाण्ड ग्राण्ड डिजाइनमा भएको दर्जनौं पटक भन्दै ज्ञानेन्द्रसँग वार्गेनिग गरेपनि उनले कहिल्यै ...