दरवार हत्याकाण्डको १४ वर्ष , थप रहस्यमै

इतिहासकै राजतन्त्र र नेपाली राजनीतिमा कालो दिनको रुपमा लिइने तत्कालिन राजा विरेन्द्र शाहको वंश नास भएको आज १३ वर्ष पुरा भएको छ ।तत्कालीन राजा बिरेन्द्र हुँदा वि.सं. २०५८ साल जेठ १९ गते राती दरवारभित्र भएको गोलीकाण्डमा राजा विरेन्द्रको वंश नै सखाप हुनेगरि उनको परिवारका सबै सदस्यहरुलाई घटनास्थलमै गोली हानी मारिएको थियो । जुन घटनामा रहस्यमय ढंगले ज्ञानेन्द्र शाह परिवारलाई भने केही भएको थिएन । जेठ १९ को रात राजपरिवारका सदस्यहरुको पारिवारिक रात्रिभोज भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो । जुन काण्डमा मारिएका अन्य भारदार र सैन्यबारे अहिलेसम्म स्पष्ट जानकारी आएका छैन । घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रले गराएको ठहर गरेको थियो । जुन कुरालाई अहिलेसम्म आम नेपालीले विश्वास गरेका छैनन । विरेन्द्रको वंशनासपछी राजाका रुपमा ज्ञानेन्द्र शाह शासनसत्तामा आएका थिए । तर राणाकालीन शासन शैलिमा सत्ता चलाउन खोज्दा ज्ञानेन्द्र शाहले नेपाली राजतन्त्रको शासन सत्तानै सखाप पार्न पुगे । जनआन्दोलन २०६२ ६३ को बलमा राजतन्त्र हटाएसँगै नेपाल गणतन्त्रमा प्रवेश गरेको छ । गणतन्त्र आइसकेपनि नेपाली जनताले शिष्ट र भद्र स्वभावका मायालु राजाका रुपमा चित्रित गरेका बिरेन्द्र शाह परिवारलाई अझै भुलेका छैनन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । युवराज दिपेन्द्रले उनकी प्रेमिका देवयानी राणासँग विवाह गर्न परिवारले अनुमति नदिदा आवेगमा आएर दरवार हत्याकाण्ड मच्चाएको बताइएको छ । तर दरवार हत्याकाण्डका भग्नावशेसहरु भने तत्कालिन राजा ज्ञानेन्द्रले राजतन्त्र मासिने बेलामा रातारात भत्काएर मासेका थिए । इतिहासमा तत्कालिन युवराज दिपेन्द्रमाथि हत्याराको कालो दाग लागेपनि अधिकांश नेपालीहरुले उनको विगतको बानी व्यवहार र चरित्र हेर्दा यो घटना दिपेन्द्र बाटै घटेको विश्वास गर्न पटक्कै सकेका छैनन् । काँग्रेसका नेता गिरिजा प्रसाद कोइरालाले समेत दरवार हत्याकाण्ड ग्राण्ड डिजाइनमा भएको दर्जनौं पटक भन्दै ज्ञानेन्द्रसँग वार्गेनिग गरेपनि उनले कहिल्यै ...

No comments:

Post a Comment