तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिकी कान्छी छोरी निशाकुसुमको विवाह
















माघ ३, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको विवाहको अवसरमा विभिन्न व्यक्तिले बरबधुलाई बधाई तथा शुभकामना दिएका छन् ।


स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इन्जिनियर अभिषेक यादवका साथ सोमबार सम्पन्न भएको छ ।





शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो । समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाहको पनि उपस्थित थिए ।


विवाहको सबै कार्यक्रम आजै सम्पन्न हुने राष्ट्रपति भण्डारीका स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिए ।


तस्विरहरु : रासस ।










साँच्चै मदिराले लठ्ठिएका हुन् प्रचण्ड ? (भिडियोमा हेर्नुहोस्)


काठमाडौं, ४ माघ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मदिरा पिएको जस्तो देखिने’ तस्बिर भाइरल बनेको छ ।
विश्व उर्जा सम्मेलनमा भाग लिन केहीदिन अघि युएइ पुगेका प्रधानमन्त्रीको तस्बिर विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा शेयर गरेका छन् । तर, यो तस्बिरको वास्तविकता भने अर्कै छ ।
के हो वास्तविकता ?
यही भिडियाेलार्इ क्रप गरिएकाे थियाे । यहाँ तपाइंले प्रचण्डले मदिराले मदिरा पिएकाे देख्नु भएकाे छ ?

उर्जा सम्मेलन स्थलमा सहभागीहरुले प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मासँग तस्बिर खिचाउन खोज्छन् । सोही समयमा त्यहाँ स्थित राजदूतले प्रधानमन्त्री प्रचण्डलाई फोटो खिचाउन इसारा गर्छन् सोही इसारालाई पछ्याउँदै उनी फोटो खिच्न तम्सिन्छन् ।
ठीक त्यति नै बेला उनी हिँडेको पोजिसनलाई क्रप गरेर फोटोसपका आधारमा यो तस्बिरलाई बाहिर ल्याइएको छ ।
तर, सोही तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले भने ‘प्रधानमन्त्री झ्याप’ भन्दै चरित्र हत्या गरिरहेका छन् । नत प्रचण्डले त्यहाँ रक्सी नै पिएका थिए नत उनी अाराेप लगाएजस्ताे झ्याप नै भएका थिए ।

मनकामना दर्शनमा जानेले व्यवसायीको हैरानी खेप्न नपर्ने

मनकामना दर्शन गर्न जानेले माथिल्लो स्टेशनबाट मनकामना बजार प्रबेश वित्तिकै खेप्दै आएको हैरानी अव हट्ने भएको छ । स्थानिय व्यवसायीले दर्शनार्थीलाई होटलमा लैजान तान्ने, चर्को स्वरमा बोलाउने, बाटोमा हिड्न अवरोध गर्ने र वाटोमानै राखेर सामान बिक्री गर्ने जस्ता गतिविधी गर्दै आएका थिए । यसले दैनिक जाने दर्शनार्थी लगायत अन्य यात्रुहरुले हैरानी खेप्दै आएका थिए । सोमबार देखि यस्ता गतिविधीमा रोक लगाइएपछी मन्दिरमा आउनेले यस्ता हैरानी खेप्नु नपर्ने भएको हो ।

स्थानिय प्रशासन र गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाईले दर्शनार्थीलाई सास्ती दिने गतिविधिमा रोक लगाइएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई मनकामनाका अध्यक्ष राजकुमार श्रेठले जानकारी दिनुभयो ।
यसैविच सोमबार गरिएको अनुगमनका क्रममा केही होट तथा पसलहरु विना दर्ता संचालन गरिएको भेटिएका छन । यस्ता विना दर्ता संचालन गरिएका पसल तथा होटलहरुलाई छिट्टै दर्ता गर्न निर्देशन समेत दिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।    copy by #narayanionline.com