अाज शनिबारको दिन माता मनकामनालाई दर्शन गराैं

सधै जसाे भिड हुने गाेरखामा रहेकाे माता मनकामना मन्दिरमा शनिबारकाे दिन झनै भिड हुने गरेकाे छ । मााता मनकामना मन्दिरमा दर्शन गर्न अाउने दर्शनार्थी हरु लामै लाईनमा बसेर भएपनि दर्शन काे लागि पर्खेर बसिरहने गरेका छन् । धेरै जनाकाे मनकाे ईच्छा, कामना हरु पूरा गरिदिनु भएकै कारणले पनि माता मनकामना मन्दिरमा दर्शनार्थीहरु धेरै भिड लाग्ने गरेकाे छ । झन शनिबारकाे दिन बिदाकाे सयम भएकै कारणले गर्दा पनि माता मनकामना मन्दिर पुग्नेकाे संख्या बढेकाे हाे । घण्टाै घण्टा लाईनमा बसेर भएपनि मनकामना मन्दिरकाे दर्शन गरे पछि मनमा खुसी, शान्त, अानन्द, ढुक्क भएकाे अनुभव र नयाँ तरङ्ग अाएकाे महसुस हुन्छ । शनिबारकाे दिन सुन्दर, शान्त देश नेपालका विभिन्न ठाउँ बाट मानिसहरु दर्शनका लागि, रमाईलाेका लागि माता मनकामना मन्दिर पुग्ने गरेका छन् । पृथ्वी राजमार्गमा गाडिहरु अरु दिनकाे भन्दा शनिबारको दिन धेरै हुने गरेकाे छ । 

जय मनकामना माता

# विश्वदीप डल्लाकाेटी (D.C.)

पानी नपिउँदा शरीरमा उत्पन्न हुने केही समस्या...


पानी हाम्रो जीवन हो। यसले शरीरलाई स्थिर राखेको हुन्छ। शरीरको हरेक प्रणाली र प्रक्रियमा पानीको आवश्यकता हुन्छ। जानौं पानी नपिउँदा शरीरमा उत्पन्न हुने केही समस्या ;

–पर्याप्त पानीको सेवनमा कमी हुँदा विभिन्न हृदयसम्बन्धी रोगहरू लाग्न थाल्दछ। पानीको कमीले रगत बाक्लो हुने र रक्तसंचार प्रक्रियामा पनि समस्या उत्पन्न हुने गर्दछ। यस्तै मृगौला सम्बन्धी समस्या, क्यान्सर तथा मूत्रसम्बन्धी रोगहरू लाग्न सक्दछ।
–पानीको कमी अथवा डिहाइड्रेशनका कारण थकानको महसुस हुन्छ। शरीरका कोषिकाहरूमा पर्याप्त पानी नपुग्दा शरीरमा उर्जाको कमी हुन जान्छ र थकान महसुस हुन्छ। यसका साथसाथै टाउको दुखाई, ताव आदिको समस्या पनि हुन्छ।
– पर्याप्त पानीको सेवन नभएमा पाचनसम्बन्धी समस्या पनि देखिन थाल्दछ। पानीको कमीका कारण खाना पच्नमा समस्या हुन्छ। जसका कारण शरीरको तौल पनि बढ्दै जान्छ र शरीरमा विषाक्त पदार्थको मात्रा पनि बढ्दै जान्छ।
– शरीरमा पानीको कमीका कारण तौल बढ्न पनि जान्छ। पब्लिक हेल्थ एण्ड वाटर रिसोर्स इन्स्ट्चियूटको अध्ययनले पर्याप्त पानीको सेवनले मानिसले कम क्यालोरी लिने र तौल नबढ्ने देखाउँछ तर पर्याप्त पानी नपिउँदा शरीरमा तौल बढ्दै जान्छ।
– यस्तै पानीको कमीले अनुहार सुख्खा देखिने, चायाँ पर्न थाल्ने, अनुहारमा डण्डिफोर, घाउखटिरा पनि देखिन थाल्दछन्। त्यसैकारण मानिसले दैनिक न्यूनतम चार लिटर पानी पिउनुपर्दछ।