खपेर हजार पिंडा बाच्दै छु प्ररदेशमा
बिर्सिएर जिन्दगीलाई हाँस्दै छु प्ररदेशमा
सुख दुःख जिन्दगीको खेल सम्झिएर
धैर्यताको मालाफेरि गास्दै छु प्ररदेशमा
उही कथा उही ब्याथा बोकेर मुटु भित्र
जिन्दगिलाई दल दलबीच भास्दै छु प्ररदेशमा
दुख्ने मुटु झिकेर फ्याक्न कतै नसकेनी
आधुरा ती सपनाहरू मास्दै छु प्ररदेशमा
घाईते मुटु बोकेर फुको मुस्कान दिदै आज
जिन्दगिको रंगमन्चमा नाच्दैछु प्ररदेशमा...
No comments:
Post a Comment