आज बिहान मात्रै ६ पटक धक्का महसुस .....

भूकम्पछिका पराकम्पन आउने क्रम अझै जारी आज बिहान मात्रै ६ पटक धक्का महसुस ... , १२ वैशाखको भूकम्पपछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन । आज बिहान मात्र ६ पटक भूकम्पको पराकम्पको महसुस गरिएको छ । बिहान सवा दुई बजे, ४ः२८ र ४ ३८ मा दोलखालाई केन्द्र विन्दु बनाइ, ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । त्यस्तै ६ः११ मा नुवाकोट तथा ६ः३१ मा धादिङ केन्द्र विन्दु रहेको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै ९ः२६ मा समेत भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । तर यस्ता साना पराकम्पनले खासै असर नपुर्याउने भएकाले डराउनु नपर्ने भूकम्पविद्हरुले बताउने गरेका छन् ।

No comments:

Post a Comment