गुल्मी, जेठ २,
गुल्मीको वामीमा ९ वर्षिय बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वामी गाविस वडा नम्बर–८ बस्ने २६ वर्षिय डम्बरसिंह छन्त्याललाई प्रहरीले पक्राउ गरेको हो ।
छन्त्यालले ९ वर्षिय बालिकालई घाँस काट्न गएको अबस्थामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी वामीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
No comments:
Post a Comment